नमस्कार, आज म तपाईहरुलाई स्विजरल्याण्डको बारेमा रोचक जानकारी दिनेछु । हामिलाई नेपालका नेताहरुले देश स्विजरल्याण्ड जस्तै बनाउछु भनेर बाचा गरेको र आस्वासन दिएको कयौ बर्ष बितिसकेको छ । किन नेताहरुले नेपाललाई स्विजरल्याण्ड जस्तै बनाउछु भन्छन ? नेपाल र स्विजरल्याण्डको तुलना किन गरिन्छ ? स्विजरल्याण्ड र नेपालमा के समानता छ ? आउनुस आजको भिडियोमा यस्तै केही प्रश्नहरुको उत्तर आज म दिनेछु र स्विजरल्याण्डको निकै मनमोहक ठाउँको बारेमा आज तपाईंइहरुलाई बताउने छु ।
स्विजरल्याण्ड एउटा भुपरिवेष्ठित देश हो । दक्षिणमा इटाली , पस्चिममा फ्रान्स, उत्तरमा जर्मन र अश्ट्रीया र पुर्वमा ( liechtenstein) लिक्थेनस्तेन भन्ने देशहरुले यो घेरिएको छ । करिब 41 हजार वर्ग किलो मिटरमा यो फैलिएको छ । यहाको प्रमुख ठुला र ब्यवसायिक शहरहरुमा ज्युरिक , जेनेभा र बासेल शहर हुन । फिफाको हेड अफिस स्विजरल्याण्ड मै रहेको छ र यु एन को दोश्रो ठूलो अफिस पनि यहि रहेको छ । यो देशको आफ्नो भाषा छैन । यहाको अफिसिएल भाषामा जर्मन, फ्रेन्च र इटालिएन भाषा प्रयोग गर्छन ।
स्विजरल्याण्ड यत्ती सुन्दर छ कि त्यहा पुग्न जो कोही पनि लालायित हुन्छन । धर्तिमा कही कतै स्वर्गको बखान हुन्छ भने त्यो यही देश हो - स्विजरल्याण्ड । निकै सुन्दर पर्यावरण, मनमोहक द्रिश्य, यहाँको बातावरणले जो कोहिलाई पनि मात्रमुघ्ध बनाउछ । यत्ती मात्रा नभई यहाँको चकलेट र चिज, यहाँको सुन्दरता र फोटोमा देखिए जस्तै सुन्दर घरहरु यहाँ छन । खास यस्तो के छ त ? स्विजरल्याण्ड मा दुनियाँको मनिसहरुलाई आकरषण बनाउने त्यस्तो बस्तु ? सुन्दरता ?
अहं, सुन्दरता मात्रा स्विजरल्याण्डको आकर्षणको पहिचान होइन । धेरै कुराहरुमा संसारका अन्य देशहरु भन्दा पनि स्विजरल्याण्ड निकै अगाडि रहेको छ ।
आउनुस् अब म तपाईंलाई स्विजरल्याण्डका अन्य बिशेषताहरु बताउने छु ।
के तपाईंलाई थाहा छ ? स्विजरल्याण्डको राजाधानी शहर कुन हो ? धेरैले अनुमान लगाउने गर्छन् स्विजरल्यान्डको राजाधानी ज्युरिक हो भन्ने । तर यहाँको राजाधानी ज्युरिक होइन, ज्युरिक त यहाँको सबै भन्दा ठुलो शहर हो । स्विजरल्याम्डको राजाधानी हो बेर्न । यो यस्तो शहर हो । जसले आफ्नो ईतिहासिक बिशेषतालाई बचाएर राख्न सफल भएको छ । जुन काम धेरै शहरहरुले गर्न सकेको छैन । मैले पहिले पनि बाताई सकेको छु कि स्विजरल्याण्ड चकलेटको लागि निकै प्रख्यात छ । बेर्न शरहमा हरेक बर्षा अरबौ टन चकलेटहरु बन्छन । यहाँ बन्ने चकलेट पिरामिड आकारका हुन्छ्न । यहाँको पिरामिड आकारका चकलेटहरु निकै प्रख्यात छ ।
स्विजरल्याण्ड निकै धनी देश पनि हो । यसमा कुनै शंका छैन । युरोपको धनी देशहरुमा स्विजरल्यान्डको नाम पनि अग्रपंतिमा आउँछ । यहाँको अर्थोपार्जनको प्रमुख श्रोत पर्यटन पनि हो । सानो देश भए पनि दुनियाँका कयै देशहरु भन्दा स्थिर र सम्पन्न अर्थ ब्यवस्थापन गर्ने देशहरुमा यो पनि एक हो । यहाँको अर्थ ब्यवस्थापन निर्माण कम्पनिहरुको आधारमा गरिएको छ । त्यसैले विश्वमा यहाँको पैसाको महत्व पनि धेरै नै माथि छ । तपाईंलाई थाहा नै होला यहाँको पैसाको नाउ स्विस फ्राङ्क हो । आजको दिनमा १ स्विस फ्राङ्क बराबर नेपाली १३३ रुपैया हुन आउछ ।
स्विस बैकको बारेमा पनि तपाईंइले निकै काहानीहरु सुन्नु भएको होला । स्विस आफ्नो सुन्दरता संगै सफल बैकिङ ब्यवस्थापनको लागि पनि विश्वमाझ निकै परीचित छ । यहाँको बंकहरु पैसाले भरी भराउ छन । विश्वका धेरै देशहरुको पैसा यहाँ जम्मा गरिएको छ । विश्वका मनिसहरुको यहाँ कती पैसा जम्मा भएको छ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौ । भनिन्छ कि विश्वका मनिसहरुको कालो धन यहाँ जम्मा गरिन्छ । यहाँको बंकहरुमा २३ प्रतिसत बंक एकाउण्ट बिदेशिको रहेको छ । यहाँ बंकको संख्या यत्ती छ कि यहाँको १४०० नागरिकको लागि एउटा बंक सेवामा छन ।
विश्वमा अपराधको दर हरेक दिन बढ्दै गैरहेको छ । तर स्विजरल्याण्डको अपराध दर सबै भन्दा कम छ । यहाँ रातको १० बजे सम्म मात्र मदिरा बेच्ने अनुमती छ । यहाँको हरेक मनिस संग साथमा बन्दुक राख्न पाउने अनुमती छ । त्यसैले भनिन्छ कि यहाँ आर्मिको जरुरत नै छैन । त्यसमा पनि यो विश्वकै शान्ता देशको सुचिमा पर्दछ । भनिन्छ कि यहाँका आर्मिहरुको साथमा एउटा चाकु मात्र हुन्छ । त्यो नि रातो रंगको । किनकी यहाँ निकै हिउ पर्छ । जसको कारण हिउमा पनि देख्न सकोस ।
स्विजरल्याण्ड प्राकृतिक शौदर्य मात्र नभैइ कयौ अन्य देशहरु भन्दा प्रिथक पनि छ । यहाँको नियम कानुन पनि फरक छ । विश्वका कयौ देशहरुमा घुस लिनु र दिनु अपराध मानिन्छ । नेपाल मै पनि घुस लिने र दिने काममा बन्धेज गरिएको छ । तर यहाँ घुसलाई बैध गरिएको छ । यहाँ हतियार सम्बन्धी नियम पनि खुकुलो छ ।
आउनुस अब स्विजरल्याण्डको नागरिकको कुरा गरौ । यहाँको जनसंख्या करीब ८६ लाख छ । यो जनसंख्यामा बिदेशिको जनसंख्या कारीब २३ प्रतिशत छ । यहाँको मनिसहरुको जीवन सैली निकै आधुनिक छ । यहाँको मनिसहरुको जीवन शैलीलाई विश्वमा माथिल्लो दर्जा दिने गरिन्छ । स्विजल्याण्डमा बस्ने 87 प्रतिशत मानिस शिक्षित छन । जापान पछि नागरिकको सवै भन्दा लामो आयु भएको देशको रुपमा स्विजरल्याण्डलाई मानिन्छ । यहाको नागरिकहरुको औसत आयु 86 बर्ष छ । बिश्वले स्विजरल्याण्डलाई यहाको आदर्श लोकतन्त्रको आधारमा सम्मानको नजरले हेर्छन ।
यहाको सवै भन्दा सम्मानित र धेरै तलब भएको पेशा भनेको शिक्षक हो । एउटा शिक्षकको बार्षिक कमाई 68 हजार अमेरिकी डलर बराबर छ । करिब करिब नेपाली 90 लाख रुपैया हुन आउँछ । यहाँ छुट्टि पनि शिक्षकलाई नै धेरै दिने गरिन्छ ।
विश्वको कुनै देशहरुमा सफ्ट डृङ्क धेरै प्रयोग गर्छन भने स्विस अग्रपंतिमा आउँछ । यहाका धेरै मानिस रेलको प्रयोग गर्छन । यहाको प्रया भुभागमा रेल सेवा पुगेको छ । यत्ती सम्म कि अन्य कुनै देश जानू परे पनि रेल चढेर नै जान सकिन्छ ।
यहाको अर्को महत्वपुर्ण पक्ष भनेको प्रकृतिले जस्तो सुन्दरता यहा दिएको छ , त्यती नै ध्यान यहाको सरकारले पनि गर्ने गर्छ ।
यहाको हिमाली भेग ग्लेश्यरहरुमा गरिएको सुबिधाले धेरैलाई मोहित बनाउछ । स्विस लामो समय देखि लक्जरिएस घडी निर्माणमा पनि सक्रीय छ । यहाको घडी बिश्वका हरेक कुनामा महंगो मुल्यमा बिक्रीवितरण हुने गर्दछ । यहाको
ट्याग हुउर
टिस्सो
रोलेकक्स जस्ता ब्राण्ड बिश्वमा प्रख्यात छन ।
स्विसमा गाई लाई पनि भाडामा दिन सकिन्छ । भाडामा दिएको समयमा गाई बाट प्राप्त हुने दूध, दहि, घ्यु को हिस्सेदार गाई मालिक पनि हुन सक्छन ।
यहाको सरकारले यहाको हरेक नागरिकको लागि बम सेल्टर निर्माण गरिएको छ । यो एक प्रकारको बंकर जस्तै हो । जहाँ कुनै पनि प्रकारको परमाणु हतियार र मिसाईलको प्रभाव पर्दैन । यदि कुनै समयमा देशमा परमाणु हतियारको प्रयोग गरियो भने यहाको नागरिक सजिलै सुरक्षित हुन सक्छ्न ।
आउनुस अब यहाको सुन्दरताको बखान गरौ । यहाको सुन्दरताले हरेक समयमा फरक फरक रंग देखाउदछ । जहाँ एउटा दिशामा सुन्दर हिमालहरु छन भने अर्को तर्फ सुन्दर हरिया फाँटहरु र रंगिचंगी फुलका बगैचाहरु छन ।
देशको ६० प्रतिशत भाग अग्ला पहाडहरुको ढाकिएको छ । यहाका पहाडहरु करिब ८ महिना हिउले ढाकिएको हुन्छ । यहि सुन्दरताले गर्दा प्रक्रीती संग रमाउन मन हुनेहरुको लागि यो स्वर्ग कै एक टुक्रा हो । त्यसैले त यहाँ बार्षिक १ करोडभन्दा माथी पर्यटकहरु भ्रमण गर्न आउछन । दिन भरिको भाग दौड पछि साँझ आँख बन्द गरेर लामो श्वास फेर्दा आम मानिसले जुन आनन्द अनुभव गर्दछन, त्यो आनन्द यहाँ मिल्ने गर्दछ । त्यसैले स्विजरल्याण्डलाई बिश्वका आम मानिसहरुले हनिमुन मगन्तब्यको रुपमा पनि लिने गरिन्छ ।
यदि तपाईं युरोप घुम्न चाहनु हुन्छ र प्रक्रीतीप्रेमी हुनुहुन्छ भने तपाईको लागि स्विजरल्याण्ड भन्दा सुन्दर देश अरु हुनै सक्दैन ।
आउनुस अब स्विस को अन्य सुन्दर ठाउहरु घुमाउने छु ।
mount titlis
हिमाल घुम्न, बरफ सँग खेल्न र उच्छ पहाड चड्न माउन्ट टिट्लिस प्रमुख गन्तव्य हो । यहाँ पैदल हिडेर पहाड चड्नुको अलावा केबुलकारको समेत ब्यवस्था गरिएको छ । केबुलकार बाट यहाको हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँ बाट जर्मनिको ब्याक फरेष्टको समेत दृश्यावलोकन गर्न सकिन्छ । यहाको ग्लेश्यर पार्क पनि घुम्न लाएक ठाउँ हो । यहाँ हिमालमा खेलिने खेलहरुको प्रतिशपर्धात्मक खेलहरु हुने गर्दछ ।
ज्युरिक zurich city
यहाको हरेक ठाउ हेर्न लायक छन । सुन्दर छन । यी नै सुन्दरता भित्र ज्युरिक शहर झन पृथक छ । यो सुन्दर शहर भित्र धेरै नै ठाउँहरुमा ब्यवस्थित साइटसिन हेर्ने ठाउँ बनाईएको छ । यहाको जियोलोजिकल गार्डेन हेर्न आएको छ । यहाँ भएको हरेको जीव जन्तुको कारण युरोपमा रहेका राम्रा चिडियाखानाहरु यो पनि पर्दछ । ज्युरिक एउटा आधुनिक फेसनेबल शहर पनि हो । यहाको बन्हाल्फ स्त्रीट फेशनको लागि निकै नै प्रख्यात छ । आधिनिक फेसन कस्तो चल्दैछ भन्ने थाहा पाउन पनि यो स्ट्रीट पनि घुम्न जरुरी छ । ज्युरिक शहर यहाको ज्युरिक लेक र किनमेल गर्ने हबको रुपमा रहनाले पनि निकै महत्वपुर्ण छ ।
Rhine fall
स्विजरल्याण्ड यहाँ रहेको रायन नदिको कारण पनि प्रख्यात छ । यो नदि बग्दै गएर एउटा झरनाको रुपमा परिणत हुन्छ । यहि झरनालाई रायन झरना भनिन्छ । यो रायन झरना ज्युरिक शहर बाट एक घण्टाको यात्रामा पुग्न सकिन्छ । यो स्कार्फोसेफ भन्ने ठाउमा रहेको छ । यो यत्ती सुन्दर छ कि बखान गरेर साध्य नै छैन । यहाँ ज्युरिक शहर बाट रेल चढेर पनि पुग्न सकिन्छ ।
Gungfrau
गुङ्फ्रौ समुन्द्री सतह बाट ४१५८ मिटरको उचाईमा अवस्थित छ । यो युरोपकै सवै भन्दा अग्लो पहाड हो । यहाँ भएको रेल्वे स्टेसनलाई युरोपकै सबै भन्दा उच्छ भागमा भएको रेल्वे स्टेसन मानिन्छ । पहाड छिचोलेर बनाएको रेल मार्ग बाट यो ठाउमा पुने बाटोमा निकै सुन्दर प्रक्रीती, मनमोहक र रमणिय द्रीश्य देख्न सकिन्छ । गर्मीमा यहाँ आईस स्कि खेल्न सकिन्छ । यहाँ मानव बस्ती न छैन तर घुमफिर गर्न यो ठाउँ निकै रमणिय र मनमोहक छ ।
बेर्न
बेर्न शरह स्विजरल्याण्डको राजधानी शहर हो । स्विजरल्याण्डको दोश्रो धेरै जनसंख्या भएको शहर पनि यहि हो । प्राकृतिक सुन्दरतात यहाँ छ नै । त्यसको अलावा यो निकै पुरानो शहर पनि हो । यहाँ बार होटल लगायत कयौ एतिहासिक सम्पदाहरु देख्न सकिन्छ ।
Matterhorn
प्राकृतिक सुन्दरताको अलावा Matterhorn मा रोमान्चक खेलहरु हुने गर्दछ । हिउमा खेलिने रोमान्चक खेलहरु यहाँ हेर्न सकिन्छ । यदि तपाईलाई हिमाल चढ्ने शौख छ भने र नजिक बाट हिमाल चढेको हेर्न चाहनु हुन्छ भने पनि तपाईको सपना यहाँ पूरा हुनेछ । यहाँ युरोपकै सवै भन्दा ठूलो आईस स्कि खेल्ने ठाउँ पनि रहेको छ ।
Grotto Glacier
grotto glacier स्विजरल्याण्डको अर्को सुन्दर ठाउ हो । यहाँ हिमाली गुफा देख्न सकिन्छ । पुरै बरफले ढाकिएको यो गुफा भित्र ८४५० बटा बत्ती जडान गरिएको छ ।
schilthorn glacier
विश्व कै सुन्दर हिमाल मध्य यो पनि एक हो । यहाँ पाइन क्लोरिया माथि चढेर यहाको पुरै हिमालओ दृश्य हेर्न सकिन्छ । यो माथी बाट स्किल्थ्रोन को पुरै हिमालको फोटो पनि लिन सक्नु हुनेछ ।
तपाईलाइ स्विजरल्याण्ड सम्बन्धी यो भिडियो कस्तो लाग्यो ।
कृपया कमेण्टमा लेख्नु होला । यदि तपाईलाई यो भिडियो मन पर्यो भने एक लाईक र शेयर गर्न भने नभुल्नु होला । भिडियो अन्त सम्म हेर्नू भएकोमा तपाईलाई धेरै धन्यवाद ।
No comments:
Post a Comment