अहिले सुसी खान, जापान पुग्नुपर्दैन । तोमयाम सुप पिउन थाइल्यान्ड धाउनु पर्दैन । बेइजिङ डगको स्वाद लिन चीनको यात्रा गरिरहनु पर्दैन । पिज्जा खान इटाली धाइरहनु पर्दैन । आजको चर्चा चाहि यि नै पारीकारहरु मध्य सुसीको हो ।
जापानको खाना युरोपमा प्रख्यात गराउनमा नेपाली दाजुभाईहरुको मुख्य भूमिका छ । जर्मन, पोर्चुगल, नेदर्ल्याण्ड, बेल्जियम आदी देशहरुमा नेपालीहरुले चलाएको सुशी रेष्तुरेन्टले राम्रै ब्यवसाय गरिरहेको छ । यसको अर्थ युरोपका धेरै देशहरुमा शुशीको पारखिहरु बढ्ने क्रम तिब्र छ । अझ बिशेष गरी बेल्जियममा सुशी ब्यवसाय गर्ने नेपालीहरु अग्रपंतिमा छन । श्वास्थ, सफा र फरक स्वाद मन पराउनेहरुको लागि सुशी पहिलो रोजाईमा पर्छन । त्यसैले सुशी ब्यवसायमा लगानी गर्नेहरु र कामदारहरु लाई भ्याईनभ्याई भएको छ । यहाँ एउटा नेपालीको २ वटा ३ वटा हुँदै ५,६ वटा सम्मा सुशी रेष्तुरेन्टहरु संचालन गरेका छन । युरोपको बजारमा जापानिज सुशिले नेपाली र नेपालको आर्थिक बिकासमा ठुलो टेवा पुर्याएको छ । बिशेषगरी सुसी, ससिमी, माकी तेमाकी बनाउँदा साल्मोन, टुना, प्राउन, कटल, हामुर माछा, रेड स्न्यापर माछा, अक्टोपस, गंगाटा, स्क्वीड लगायत सामुन्द्रिक झार र सुसी चामल प्रगोग गरिन्छ ।
यसमा सोया सस, वासबी र अदुवाको अचारको प्रयोग गरिन्छ । अधिकांस सुशी चिसो सर्ब गरिन्छ र काँचो सामुन्द्रिक जीवहरुबाट तयार पारिन्छ । ताजा सामुन्द्रिक जीव र तरकारीहरु राखेर तुरुन्त खाने सुशी स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । यस्ता सुशीले तौल घटाउनुका साथै क्यान्सरबाट जोगिन समेत मद्दत गर्छ । यसले रगतका कोषहरु बढाउन र मस्तिष्कलाई तन्दुरुस्त राख्नमा पनि भूमिका खेल्छ ।
No comments:
Post a Comment