यदी तपाई ब्रुज भ्रमण गर्नु हुन्छ भने तपाईंले गर्न सक्ने सबै भन्दा राम्रो चीज मध्ये एक यहाको वायुमिलको अवलोकन गर्दै सुन्दर पर्यावरणको साथ एउटा सुन्दर छोटो पैदल यात्रा गर्न सक्नु हुनेछ । यो शहरको केन्द्रको नजिक छ, त्यसैले शपिंग गर्ने ठाउँहरू, बियरहरू र कफिहरू पत्ता लगाइसके पछि यो एक क्षणको लागि व्यस्त शहरको जीवनबाट उम्कने राम्रो अवसर हो।
बेल्जियमको ईतिहासमा मिलको इतिहास निकै महत्व पूर्ण छ। यदि तपाईंले १६ औं शताब्दीको ब्रुजको नक्सा हेर्नु भयो भने, तपाईं यहाँ देख्न सक्नुहुन्छ कि त्यहाँ २३ वटा भन्दा कम वायुमिलहरू थिएनन्! तिनीहरू १३ औं शताब्दीको अन्तदेखि शहरका पर्खालहरूको भाग थिए। आजकल, त्यहाँ डाम्पोर्ट र क्रुइसपोर्टको बीचमा चार वटा मात्र मिलहरू बाँकी छन् ।
१ कोइलवेमिल
यो मिललाई कोइलवेमिल वा कोएलवे मिल पनि भनिन्छ । मकै पिस्नको लागि यसको प्रयोग गरिएको थियो । यसलाई बोस्टरहोउटोमलेन भनेर पनि चिनिन्छ । र खास यो मेउलेबेके भन्ने ठाउमा अवस्थित थियो। सन् 1980 मा यो बिग्रिएपछि ब्रुज शहरले यो मिललाई अहिलेको ठाउँमा पुन:निर्माण गरेको हो । खासमा यसको निर्माण सन 1765 मा इट्टाको जग हालेर काठको मिलको रूपमा निर्माण गरिएको थियो।
२ निउवे पेपेगाइ
यो मिललाई निउवे पेपेगाइ भनिन्छ । छतमा राखिएको सुगाको कारण यसको यो नयाँ नाम राखियको हो । सन 1970 मा यसलाई यहाँ सारिएको हो । यसको खास नाउ होज सीनेमोलन हो । यसको निर्माण सन १७९० मा भएको थियो । तेल मिलको रूपमा यो निर्माण गरिएको थियो । यो मिल अहिले आगन्तुकहरूको लागि खुला छैन।
3. सिन्ट-जनशुमिल
यो मिल यहाँको सबै भन्दा पुरानो मिल हो । सन १७७० मा यसको निर्माण गरिएको थियो । यो एकमात्र मिल अझै पनी आफ्नो वास्तविक स्थितिमा
नै रहिरहेको छ । यो मिल मात्र एउटा एउटा मिल हो जुन संग्रहालयको रुपमा हेर्न सक्छौ, जुन सार्वसाधारणको लागि खुला छ। अर्को खुशीको कुरा यो छ कि यो मिल अझै संचालनमा छ, पिसिँदै छ। यो मिल पनि इट्टा जगहालेर काठको प्रयोग गरी बनेको छ।
4. बोन्ने किएरे
यो मिललाई स्टाक्मोलेन् वा पोष्ट मिलको रूपमा पनि चिनिन्छ। खास यसको निर्माण सन १८४४ मा भएको थियो । आँधीबेहरी दुर्घटनाको कारण भत्किएपछी हालको स्थानमा पुनःनिर्माण गरिएको हो । यसको पुनर्निर्माण सन १९११ मा गरियको हो । यो मिल सिन्ट-जानशुमिल भन्दा कान्छो हो । यो मिल पनि उस्तै वस्तु शैलीमा निर्माण गरिएको छ । यो पनि इट्टाको जग हालेर काठको प्रयोग गरी बनाईएको मिल हो । चाखलाग्दो तथ्य के हो भने यो निर्माण गरे देखी यो मिललाई कहिल्यै प्रयोगमा ल्याईएन । सँधै सजावटको लागि मात्र भएको छ र अन्न दानालाई कहिल्यै प्रयोग गरिएको थिएन। यो मिल आगन्तुक र सर्वसाधारणको लागि खुल्ला छैन।
यदी तपाई साइकल चलाउनु हुन्छ भने सजिलै सँग यसको चक्कर लगाउन सक्नु हुनेछ । साइकलको सहायताले समयको बचत र यात्रा सहज बनाउन सक्नु हुनेछ । यहाँको हरिया चउर र नहरको किनरामा शरीरिक ब्यायाम गर्न र सुस्ताउन स्थानीयहरू माझ लोकप्रिय छ। यहाँको शान्तिमय वातावरणले तपाईंलाई घाँसमा बस्न बोलाउँदछ । वायु मिलको भ्रमण साथै प्रकृतिको आनन्द लिनुहोस् र केहीबेर आराम गर्नुहोस्।
No comments:
Post a Comment