एउटा ठूलो कम्पनिको गेटको सामुन्ने मा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्च टाइम मा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे । एकदिन कम्पनीको एक मेनेजर ले समोसा खादा खादै समोसा बेच्ने व्यापारी सित मजाक को मुड मा आएर बहश गर्न थाले ।
मेनेजरले समोसाबाला सित भने " यार ! गोपाल , तिमिले आफ्नो पसल धेरै राम्रो सित ब्यवस्थित गरेको छौ तर के तिमीलाई लाग्दैन कि तिमी आफ्नो समय र ट्यालेन्ट समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच त यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ कहाँ बाट कहाँ पुग्थ्यौ , हुन सक्थ्यो आज तिमी पनि म जस्तै मेनेजर हुने थियौ ।
यो कुरा सुनेर समोसावाला ले धेरै सोचेर जवाफ फर्काए " सर ! यो मेरो काम तपाइको काम भन्दा धेरै गुणा राम्रो छ । १० बर्ष अघि जब म टोकरीमा समोसा बेच्ने गर्थे त्यति खेरै तपाइले यो कम्पनिमा जागिर शुरु गर्नु भएको हो । त्यतिखेर म महिनाको मुस्किलले एक हजार रुपैया कमाउथे तर तपाइको तलब 10 हजार थियो ।
गएको दस साल भित्रमा हामी दुवै जनाले धेरै मेहनत गर्यौ । तपाईं सुपरभाइजरबाट मेनेजर बन्नुभयो र म त्यो टोकरी मा समोसा बेच्दा बेच्दै प्रसिद्ध समोसा पसल सम्म आइपुगे ।
आज तपाईं महिनाको 40,000 हजार कमाउनुहुन्छ र म महिनाको डेढ लाख , तर पैसाको कमाईको कारण ले मैले आफ्नो कामलाई राम्रो भनिरहेको छैन , यो त म बच्चाहरुको कारणले भनिरहेको छु ।
अलिकती सोच्नुस त ! मैले यो काम धेरै कम कमाइबाट शुरु गरेको थिए , तर मेरो बच्चाहरुलाई यो सब झेल्नुपर्दैन ।
मेरो पसल मेरो छोराहरुलाई मिल्नेछ , मैले जिन्दगीमा जुन मेहनत गरेको छु त्यसको लाभ मेरो बच्चाहरु ले उठाउनेछन । जबकी तपाइको जिन्दगीभर को मेहनत को लाभ तपाइको मालिक को बच्चाहरुले उठाउनेछ ।
तपाइले आफ्नो बच्चाहरुलाई सिधै आफ्नो पोस्ट मा ल्याएर राख्न सक्नुहुन्न । उसलाई पनि तपाई जस्तै जिरो बाट मेहनत गर्नुपर्ने हुन्छ र आफ्नो कार्यकाल को अन्त्यमा त्यही पुग्नेछ जहाँ अहिले तपाईं हुनुहुन्छ । जबकी मेरो बच्चाहरुले बिजनेशलाई यहाबाट धेरै माथी लिएर जानेछ र आफ्नो कार्यकाल मा हामी धेरै अगाडि निस्किएको हुनेछौ ।
अब तपाई नै भन्नुस कसको समय र ट्यालेन्ट बर्बाद भइरहेको छ ?
मेनेजर सर ले समोसा बेच्नेलाई दुई समोसा को 30 रुपैया दियो र केही नबोली त्यहा बाट चुपचाप निस्किए ।
यसर्थ मित्रजनहरु , जसलाई आफ्नो " काम" मा भरोसा हुन्छ उसले नोकरी गर्दछ तर जसलाई " आफुमा " भरोसा हुन्छ त्यसले व्यापार गर्दछ । क्षणिकको फाईदामा रमाउने कि दिर्घकालिन फाईदा हेर्ने ? ब्यक्तिको जिन्दगी त्यसैको आधारमा चल्दछ । अरुको कामबाट स्वतन्त्रता कहिल्यै मिल्दैन , सधै परचालित हुनुपर्ने हुन्छ , कहिल्यै क्रीएटिभ बन्न सकिँदैन । तसर्थ आफ्नो जिवनलाई जसरी सोचिन्छ त्यसरी नै छल्दछ भन्ने यो कथाको शिक्षा हो ।
No comments:
Post a Comment