हामी प्राय सामाजिक संजालमा देख्ने गर्छौ न्युजिल्याण्डका प्रधानमन्त्री साइकलमा हिड्छन, क्यानडाका प्रधान मन्त्री सामान्य जीवन बिताउछन, अमेरिकाका पुर्व राष्ट्रपती जागीर खोज्दै छन । तर हाम्रा प्रधान्मन्त्री ? हाम्रा नेता ? भनेर प्रश्न तेर्स्याउने गर्छौ । किन हाम्रा प्रधानमन्त्रीले साईकल चढ्दैनन ? किन हाम्रा नेताहरुको जीवन समान्य छैन । आउनुस आज यसै बिशयमा चर्चा गरौ ।
न्युजिल्याण्सका प्रधान्मन्त्री किन साईकल चढेर अफिस जान्छन ?
बिकसित देशहरुमा साईकल चढ्नु बाध्यता नभई आवस्यकता र रहर हो ।
सम्पन्न देशहरुमा गाडी हिड्ने बाटो, साईकल हिड्ने बाटो र मान्छे हिड्ने बाटो ब्यवस्थीत रुपमा छुट्याईएको हुन्छ ।
गाडी हिड्ने बाटोहरु अलि धेरै घुमाउरो, one wey एक तर्फी बाटोहरु, ट्राफिक लाईट र ट्राफिक जाम हुने गर्छन ।
गाडिमा हिड्दा यी सबै झन्झटको बावजुत पनि कयौ ट्राफिक नियमहरुको ख्याल गर्नु पर्ने हुन्छ । ट्राफिक नियमको पालना नगर्दा निगरानी गर्न बाटोमा राखिएका क्यामेराले खिचेका रेकर्डले पठाउने जरिवानाको भागिदार हुनु पर्ने त छ दैछ ।
साईकलको समेत आफ्नै लेन भएकोले ठुला गाडिहरुको डर हुदैन । ट्याफिक लाईट र ट्राफिक जामको समस्या साईकलको बाटोमा हुदैन । छिटो, छरितो र स्वास्थ्यको दृश्टिले पनि साईकल चलाउनु फाईदा जनक छ । साईकलको बाटोको पनि आफ्नै नियमहरु त छन नै तर गाडिको तुलनामा यी नियमहरु नगन्य रुपमा छन ।
मान्छे हिड्ने पनि छुट्टै लेन हुन्छ । मान्छे हिड्ने बाटोमा न गाडिले अवरोध गर्छ न साईकल चढ्नेले नै । बाटोमा हिड्ने ब्यक्ती पनि कुनै अवरोध बिना आफ्नो सामर्थ्रले हिड्न पाउँछन् ।
साईकल चलाउनुका यत्ती धेरै फाईदाहरु त तपाइहरुलाई बताईसके । अब सुरक्षाको कुरा । बिकसित राष्ट्रहरुमा सुरक्षा ब्यवस्था चुस्त र छरितो बनाईएको हुन्छ । आम मान्छेले समेत सुरक्षाको प्रत्याभुती महसुस गरेका हुन्छन । त्यसको माथी नेता भनेको देश बनाउन हिडेका हुन । समाजसेवा गर्न हिडेका हुन भन्ने आम बुझाई छ । तिनको कार्यशैली अनुसार जनताले भोट दिने हुन । त्यसैले पनि नेतालाई कुनै असुरक्षा भन्ने हुदैन । खासै भन्ने हो भने यताका नेतालाई धेरै जसोले चिन्दैनन पनि । त्यसैले करोडौको गाडीमा चढोस कि साईकलमा खासै सरोकार हुदैन ।
No comments:
Post a Comment