गजल

कती जङ्घार तर्नै बाँकी , किन थाकौ अहिल्यै 
अवस्य एकदिन मर्नै बाँकी , किन थाकौ अहिल्यै 


छन अनगिन्ती सपनाहरु, एक पछी अर्को गर्दै 
योजनाहरु पुरा गर्नै बाँकी, किन थाकौ अहिल्यै

सङ्घर्शहरु तितै हुन्छन , भन्ने बुझ्दा बुझ्दै 
अप्ठ्यारामा त पर्नै बाँकी , किन थाकौ अहिल्यै 

दैवले भन्छ रे तँ आट म पुर्याउछु ,
दु:ख पछी सुख सर्नै बाँकी किन थाकौ अहिल्यै ।।
कती जङ्घार तर्नै बाँकी किन थाकौ अहिल्यै । । ।

फेब्रवरी २२ 

No comments:

Post a Comment