घुम्दै

दुनियाँको पश्चिमी धुर्ब घुम्दै छु । यती बिध्न बिकास निर्माण मान्छे कै बुद्धी र बिबेकले गरेका हुन र ! भन्ने लाग्दै छ । अदभुत, अनौठो, हामीले असम्भव सोचेका , तस्बिरमा हेर्दा एस्तो त हुँदैन यार यो त फोटोमा पो भनेका पनि देखियो बिकास । आखिर मान्छेले आटे के असम्भव रहेछ र ? त्यही गाडी दगुर्ने बाटो पनि कस्तरी मात्र बनायका ?
तल बाट पनि दगुरेका, माथि बाट पनि दगुरेका, सँगै पनि त्यती कै छन । कसैले कसैलाई हर्न बजाएर खिसी गरेको, हेपेको पनि देखीदैन , सानो , ठुलो , माझौला सबै आ आफ्नै गतिमा दगुरेका, मान्छेहरु पनि कसैलाई हतार छैन , सबैलाई ज्ञान छ म यो समयमा यो ठाउँमा पुग्छ , यती समयमा यो गाडी समाउने हो । सबै ट्याक्क ट्याक्क भने जस्तै । फेरी गाडीले पनि बेइमान नगर्ने , समयमै अैपुग्ने । बनाएकै हुन यि खैरे हरुले । ठुला ठुला बाटोहरु , ठुला ठुला घरहरु, ठुला ठुला खेतका पाटाहरु । यस्तै ठुला ठुला बनाउन सोचाई पनि पक्कै ठुलै चाहिने होला । त्यसैले मान्छेको ज्यान पनि ठुला भएका होलान यिनिहरुको हाम्रा भन्दा । त्यसैले भनेका होलान - " बल होइन पासा बुद्दी लगा बुद्दी " ।

No comments:

Post a Comment