हिमालमा जागिर खाएको २ महिना पनि नाघी सकेछ । यो बिचमा ५/ ६ पटक मिलान पुगे हुला साहु सँग छुट्टी मागेर । आखिर मेरो अहिलेलाई स्थाइ बसोबास गर्ने ठाउँ त मिलान हो । हिमाल मा त सिजनको काम हो । हरेक पटक छुट्टी हुँदा मनमा एक किसिमको थकथकी लाग्छ । बस पाउला कि नपाउला ? टिकट माग्दा के भन्ने ? कसरी माग्ने ? भाषाको समस्याले खासै यता हिंड्न मन लाग्दैन । तै पनि हिंड्नै पर्ने हुन्छ । कहिले डकुमेन्टको काम , कहिले लगातारको काम देखी वाक्क लागेर त कहिले नेपाली साथी भाईको न्याश्रो मेट्न भनेपनी मिलान जान मन लाग्छ । हो यही सिलसिलामा अस्ती मार्च पहिलो हप्ता २ दिनको छुट्टी मनाउन मिलान गए ।
बिहानिले दिनको सङ्केत गर्छ भने झै यो छुट्टी त्यती सन्तोष जनक भएन । हिमपहिरो आएकोले त्यती काम नहुने हुँदा खैरे बाको आदेशमा छुट्टी पाएको थिय । त्यही पहिरो छिचोलेर जानु थियो मलाई । तल झर्दै गर्दा ५ घण्टा त जामै परे । साझा ५ बजे पछी मात्र गाडी चल्न थाल्यो । तल पोन्ते भन्ने ठाउँ पुगेर गाडी परिवर्तन गर्नु पर्ने थियो । आज आइतबार । सधैं चल्ने बस आज प्राय सिट फुल हुन्छ । सिट पाउने छाटकाट देखिएन । अनी लागे रेल खोज्न । अझ सम्म यहाँ बाट मैले रेल चढेको थिएन । टुटेफुटेको इटालिएन बोलेरै भएपनी मिलान पुग्न सके । अकसमात पाएको छुट्टी , हिमपहिरोले पारेको जाम, पहिलो पटक रेल यात्रा । यि समस्याहरु पन्छाउदै मिलान पुगे । २ दिनको छुट्टी सकियो l अब फेरी काम मा फर्कनु पर्यो ।
फर्कने दिन । सधैं झै म मिलान लाम्पुन्यानो बस स्टेसन पुगे । टुटेफुटेको इटालीएन बोल्दै बसको टिकट काटे । त्यो बस पोन्ते सम्मको लागि मात्र हो । त्यहा बाट फेरी अर्को बस लिनु पर्ने । कुरो मिलान देखी पोन्ते सम्मनको हो । म त बसमा निदाएछु । ड्राइभरले पोन्ते भनेर माइकिङ गर्दापो बिउझे । हत्त न पत्त झोलl समातेर म ओर्ले । सँगै रहेको झोला , हातमा भएको मोबाइल बोकेर म अर्लेछु । तर गोजिमा रहेको पर्स त बस मै झारेछु । बरु झोला बिर्सें खसै समस्या हुने थिएन होला । किन कि फेर्ने कपडा भन्दा केही थिएन । तर मेरो पर्समा पैसा, पेर्मेसो दि सुजोर्नो, बैक कार्ड सबै सवै थियो । म त एकै पलमा रित्तीए । बिच बाटोमा पुगे । न बोल्न आउछ राम्रो सँग , न अब बाँकी बाटो हिंड्ने पैसो छ , न फर्कने । आपत । मिलान फर्कने भन्दा पनि माथि जान ३ युरो भए पुग्छ । त्यस पछी माथि जान त म सँग केबुलकारको पास थियो । अनी रन्थनाइ शुरु भो के गर्ने र कसो गर्ने ? अस्ती भक्खर पाएको पेर्मेसो दि सुजोर्नो , भर्खरै मिलानको पोस्ता इटालिया बाट निकालेको बाङ्को माट अनी जेनतेन जोगाएको युरो । म अर्ले पोन्ते सबै लाग्यो बसले
गोजिमा हेरे पर्स छैन । म होस मै छु । मैले लाम्पुन्यानो मा टिकट काट्न लाग्ने जती पैसा १५ युरो मात्र निकालेको थिय । टिकाट लिए अनी सिधै बसमा गएर बसे । बस हिड्यो । पोन्ते पुगे पछी म ओर्ले । अन्त कतै गएको थिएन । त्यसैले मेरो पर्स बस मै झरेको हो भन्ने मा म ढुक्क थिय । तै पनि मनै त हो कतै झोला तिर त हालीन भनेर झोला पनि टकटक्याएर खोजे , ज्याकेटको सबै गोजी छामी हेरे । कतै छैन । बसमै झरेसी कहाँ बाट पाउनु । म गम खान्छु ।
पैसा छैन , बिच बाटो , भाषाको समस्या । अनी अब के गर्ने उपाए खोज्न र सोच्न थाले । म बस बाट भक्खर ओर्लेको थिय । त्यो बस कुर्माएर जादै थियो । पक्कै पनि बस कुर्माएर पुग्नु भन्दा अघी नै ड्राइभरलाई खबर गर्न पाए त मेरो पर्स भेटिन्थियो कि भन्ने पनि लाग्यो । धन्न बिहान काटेको टिकटमा फोन नम्बर हरेछ । जे पर्ला पर्ला भनी फोन हाने । इटालिएन बोल्यो । मैले अङ्रेजी बोले । त्यो फोन उठाउने मान्छेले बुझेनछ क्यारे उस्ले अर्कै लाई फोन पास गर्यो । अनी मैले भने - म भर्खर मिलान बाट सवद बस चढेर आएको । पोन्तेमा अर्ले । तर मेरो पर्स बसमा नै छुटेछ ।
अनी उस्ले भन्यो - ११ बजे पछी संपर्क गर । बर्खर ९ बज्दै छ । ११ बजे सम्म त म के गरी बस्नु , छटपटी शुरु भयो । बुढीलाई भन्ने मनसाएमा थिएन म यो सार भयो भनेर । अब ११ बजे सम्म कुर्नु पर्ने भए पछी त के गरी बस्नु । इटालिएन भाषामै सोधे त अली चाडै त्यो गाडीको ड्राइभरलाई संपर्क गरीदिन्छ कि भन्ने लाग्यो । अनी बुढीलाई सारा कुरा भने । फोन गरी । बल्ल मन अली ढुक्क भो । उता बाट खबर आयो , पर्स पायो । ड्राइभरले सुरक्षित सँग राखीदिएको छ । भरे मिलानको अफिसमै लिन आउनु । तर हामी जिम्मेवार हुँदैनौ यस्ता कुराको भन्यो । धन्न पायो भन्ने खबर त पाए । तर यो बिदेशी भुमिमा मन त्यती ढुक्क भने हुदो रहेनछ । त्यती रमाइलो लागेन हराएको सामान पायो भन्दा पनि । भरे भनेको छ के हो के ? अनी हामी जिम्मेवार हुँदैनौ पनि भनेको छ फेरी । भरे लिन जादा छैन मात्र भनीदिए पनि कहाँ गएर के भन्नु ? मनमा अर्को सङ्काको ढ्याङ्ग्रो बज्न थाल्यो । अनी फोन गरे भरत दाईलाई । भर पर्दो र विश्वाशीलो ब्यक्ती अनी फुर्सदिला । बोल्न पनि जान्ने ब्यक्ती । भरत दाइलाई फोन गरी सार कुरा भने अनी त्यो पर्स लिन जान अनुरोध गरे ।
सबै सामान सही तरिकाले रहेछ भन्ने खबर पाए । खुशी लाग्यो । हराएको सामान फिर्ता पाउदा । कतै चेकिङ पर्दा देखाउनु पर्छ डकुमेन्ट । यदी डकुमेन्ट छैन भने केरकार गर्छन् । त्यस्को माथि भाषा नजान्ने मान्छे । किन लफडामा पर्नु भनेर डकुमेन्ट बोकेर हिंडेको । हराएमा त आपत नै पर्ने रहिछ नि । अब प्रण गरेको छु । सबै डकुमेन्टको रङ्गिन फोटोकपी गरी बोक्छु । हराएमा पनि फोटोकपी हराउछ । सक्कली त घरैमा राख्नु पर्ने रहेछ । यसरी यात्रामा निस्किदा नबोकी हिड्दा पनि हुने रहेछ । ८ महिना पुग्न लाग्यो यो भुमिमा । अझै कतै चेकिङमा परेको छैन । त्यस्सै हावा गफमा लागेर पनि यो सास्ती पाएको हो नि !

No comments:
Post a Comment