नरे दाई आफ्नै गतिमा गुनगुनाउदै थिय - जिन्दगी भनेको आफ्नो हो । मन्ने वा नमान्ने मा फरक छ यहाँ । तिमी आफ्नो जिन्दगीलाई सजिलो मान्छौ वा कठिन , दु:ख पाएको ठान्छौ वा सुख पाएको ठान्छौ ? जिन्दगी यतिकै ठीक छ या यो जिन्दगी त अली बोरै भो नि , केही प्रगती गर्नै सकिन ? जिन्दगी आफ्नो हो , फलानाले गरेर मेरो बिग्रियो, मलाई यो अफ्ठ्यारो भो , यो कारणले मैले प्रगती गर्न सकिन , दु:ख पाए , मलाई यहाँ रोक्यो । यि सब बाहानाहरु हुन । आफु उम्कन रचियका कथाहरु हुन । अक्सर हाम्रा जिन्दगी बाहाना मात्र गरी अघी बढी रहेको हुन्छ । आफु केही गर्न खोजी रहेका हुँदैनौ । अनी जब केही पर्छ दोष जती अरु माथि थोपरी दिन्छौ ।
नरे दाइको रफ्तार झन बढ्दै थियो - जिन्दगी जिउन सजिलो छ । यो सुन्दर फुल हो । जसरी एक मालिले कडा परीस्रमा गरी सुन्दर फुल उमार्छन , त्यस्तै जिन्दगी सुन्दर बनाउन पनि परीस्रम त गर्नै पर्छ । परिस्रम बिनाको सुन्दर फुलको आशा गर्छौ भने काडाको झनझट त सहनै पर्छ । जिन्दगी सुन्दर बनाउने वा दुरगन्धीत, यो दु:खको भुमरी हो वा सुखको अवसर , अवसर मान्ने वा चुतौती । आँफैमा भर पर्ने कुराहरु हुन । कुनै पनि कृयाकलापलाई सकारात्मक मान्नु हुन्छ या नकारात्मक , हेराइमा भर पर्छ । सब चिज मान्ने र नमान्नेमा फरक छ यहाँ ।

No comments:
Post a Comment