- यही बसौ माम छैन फर्केर नेपाल जाउ काम छैन ।
- न ढुक्क सँग बस्नलाई एउटा कोठा जोड्न सकेको छ , न दैनिकी चलाऊन जागिर नै पाउन सके ?
- समयमा दु:ख गर्नु पर्छ भन्छन , सुख सम्झे पनि दु:ख सम्झे पनि उही भाडा माझ्ने र भुइ पुछ्ने काम हो । त्यही पनि नपाएर निकै साथीहरु रन्थनेर हिडिरहेका छन , आफ्नो हालत पनि उस्तै छ ।
- नेपालमा आमा बुवा छोरोले पैसा पठाउला भनेर कुरी बसेका छन , यता आफ्नो हालत घरको न घाटको छ । न हातमा सिप छ , न भाषिक ज्ञान । फेरी यो परदेशमा कस्ले लौ भाई भनेर काम देओस ।
- २ /४ जना साथी भाई मिल्यो , कुनै चौतारोमा हुन्छ कि चिया पसलमा हुन्छ भेटघाट गर्यो , रमाइला रमाइला कुरा गर्यो , योजना बनायो कतै घुम्न गयो । निर्धक्क सँग बोलेका ति दिनहरु, छोटो काहानीलाई पनि लम्बाइ चौडाइ तन्काएर भनेका कथाहरु अनी भाका मिलाई मिलाई फुर्ती सँग वाचन गरेका ति बसाइहरु बैदेशिक यात्रा सँगै बिछोडिए ।
- निकै बर्ष पुराना ब्यक्तीहरु त निर्धक्क बोल्न सक्दैनन यहाँ, यहिकै भाषामा गफ दिने समय धेरै टाढा देख्छु । साथी भाई सँगको सम्बन्ध " ए म आए है र ए म गए है" मा सिमित छ ब्यस्तताले गर्दा । त्यती रसिलो छैन प्रवासको जिन्दगी । यहाँ सुबिधा छ सुख देख्दिन , उता सुबिधा छैन अथाहा सुख छ ।

No comments:
Post a Comment