एउटा ब्यक्तिले जीवनमा अथाहा ज्ञान लिन भ्याउछ । त्यही ज्ञान अनुसार उस्ले जीवन परिवर्तन पनि गर्दै जान्छ । यो बिचमा कतै सोचेको जस्तो पनि हुन्छ त कतै नसोचेको अवस्था पनि आईपर्छ । आफुले सिकेका ज्ञान सही हो भने घमण्ड उसमा बढ्दै जान्छ । २/ ४ जनालाई त उसले सल्लाह दिन पनि भ्याउछ । तिमी यो कारणले दु:ख पाउदै छौ , अब यसो गर भनी ज्ञान पनि दिन्छ । तर यि अथाहा ज्ञान हासिल गरेको ब्यक्ती अन्तत ति ज्ञानहरु व्यवस्थित गर्न नसक्दा आफ्नै भुमरिमा फस्छन । आखिर कुनै पनि बस्तु , ज्ञान , द्रब्य हासिल गर्नु मात्र मुख्य कुरो होइन । त्यसलाई कसरी ब्यवस्थित गर्ने र समय सापेक्ष रुपमा ढाल्ने भन्ने पनि ध्यान दिनु पर्छ ।
No comments:
Post a Comment