युरोपमा ब्यस्त

नेपाल छाडेको तेस्तै ६ महिना दिन पनि पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसार सँग कल्पना गर्छन । युरोपको सम्पन्नता, शुबिधा, जीवन सैली, लवाइ खवाइ अनी युरोप पुगेदेखिन त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् तँ त सिधै युरोप पुग्ने भइस है , अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ? यस्तै प्रश्न हुने गर्थे साथी भाई को । नेपाल छदा कहिले पुगौला जस्तो मलाई पनि नभएको चाही होइन । साथी भाई बिदेश गएका छन, बर्ष दिनमा छुट्टीमा आउछ्न , त्यो कोशेली, पैसाको चुरिफुरी, अनी आफु अनुकुल लोभ लाग्दा मोबाइल, छुट्टी बसुन्जेललाई बाइक । यो लक्का ज्यानलाई एस्ता गतिबिधिले आकर्शित नगरने कुरो हुँदै भएन । यस्तै यस्तै कृयाकलापले बिदेश जान उक्साइ रहेको थियो । नभन्दै तेश्रो पटकको प्रयासमा मेरो इटलिको भिषा लाग्यो ।


नेपालमा   सोचेको सोचाई र बिदेशको भोगाइमा आकाश पातलको फरक रहेछ । जुन अहिले म भोग्दै छु । नेपालमा पनि म काम नै गर्थे , यहाँ पनि मैले काम गर्नु पर्छ । मात्र यती फरक छ नेपालमा गर्ने काम जती सहज ढंग र ढुक्क सँग गरिन्छ त्यो यहाँ हुन्न । यहाँ काम जे सुकै होस तलबको घटी बढी खसै अन्तर हुन्न । तै पनि हामी नेपालीले पाउने भनेको डर्टी, डेन्जरस र डिफिकल्ट काम नै हुन । यही काम कै सिल्सिलामा म अहिले इटालिको हिमालय क्षेत्रमा छु । यो भेगमा अरुपनी ८ / १० जना नेपालीहरु छन भन्ने सुनेको छु तर भेटेको छैन ।

यो हिमालको ठाउँ निकै चिसो छ । तापक्रम जहिले पनि माइनसमा हुन्छ । कहिले काही हिउ पर्छ । हिउ लगातार धेरै पर्‍यो भने मान्छे ओसार्ने केबुल्कार पनि बन्द हुन्छ । तलको मान्छे तलनै अनी माथिको मान्छे माथि रोकिनु पर्छ । अहिले म जहाँ छु यो ठाउलाई गाबिएत भन्छन । यहाँ नजिकै  मानव निर्मित एउटा ताल छ । त्यसैको नाम रहेछ गाबिएत । चरै तिर सेताम्मे छ ।डाडा, खोला, ताल, बाटो घरको छाना पुरै हिउले ढाकेका छन । तैपनी मान्छेहरुको आवात जावात उत्तिकै छ । यो इटालिको भाल्ले दि ओस्ताव भन्ने एउटा जिल्ला जस्तै रहेछ । हिउदमा युरोपका बिभिन्न देशहरुबाट समेत यहाँ छुट्टी मनाउन आउँदा रहेछन । हिउसँग खेल्दै आफ्नो छुट्टीको सदुपयोग गर्न , शहरी वातावरण बाट केही समय टाढा रहन पनि यहाँ आउनेहरुको भिड नै लाग्ने रहेछ ।

लिच्यो , सान्द्रो , लुइजी, मिरेल्ला यि इटालियन नामहरु हुन , जस्को आज भोली म संगत गर्दैछु । खासै फरक पाइन मैले मानविय स्वभवमा । के को इटालियन के को नेपाली । हासो उस्तै, खुशी उस्तै, माया उस्तै , दु:खाइ उस्तै । अनी के फरक छ भन्नु । हो उनिहरु र हाम्रो सस्कार अली फरक छ । त्यती हो । दैनिक ब्यवहारमा सबै मान्छे उस्तै । कामको सिल्सिलामा म थक्दा उ पनि थकेको देख्छु , कतै केही बिराउदा उ पनि रिसायको देख्छु, रमाइला क्षणमा उ पनि खुशी नै देख्छु , हामीलाई जस्तै उस्लाई पनि नेपालीको संगत गर्न मन लाग्दो रहेछ । मात्र मान्छेको स्वभाव हो , खराब मान्छे नेपाली पनि खराब नै हुन्छ इटालियन पनि खराब नै हुन्छ । असल स्वभाव पनि त्यही रहेछ । इटालियनहरु खैरे भनेपनी हामी जस्तै हुन , खासै फरक देखिन यो १५ दिनको सङ्गतमा । हेर्दै जाउ अरु के ब्यवहार देखाउछन ।

हावा चले पछी हिउ त धुलो जसरी उड्दा रहेछन । द्रिश्य रमाइलो देखिदो रहेछ । शायद यही हेर्न र एसैमा खेल्न होला शहरमा बसेर वाक्क भएकाहरु हिमाल तिर उकाला लाग्छन ।

 बन्दा खानेलाई इनसलाता अनी पाउरोटीलाई पाने भन्दा रहेछन इटालियनहरु । खुब खादा रहेछन इटालियनहरु   इन्सलाता र पाने । आफुलाई त  खाजा खाएको कि खाना खाएको , कस्तो छुट्याउनै गार्हो पर्‍यो  । न खाउ दिन भरिको भोको , खाउ बन्दा । अझै उनिहरुको त बेस्ट खाना रे ! कावली कि खै के हो भन्दा रहेछन बन्दालाई अझै । अझै सोध्छन मिठो छ ? भनेर । नमिठो भनौ मलाई मासु भात पक्कै दिदैन । फेरी बन्दा सँग खासै अपरिचित पनि होइन । बोनो , अझै मोल्तो बोनो भन्दै आँखा चिमचिम गर्दै पेटको राँको शान्ता पारे  ।

केरा खान लाग्यो , तेरो देशमा एस्तो पाउछ भनेर सोद्छन । किन नपाउनु , पाउछ नि भन्दा एत्रो ठुलो होइन होला , सानो पाउने होला भन्छ ।
आलु खान लाग्यो । तेरो देशमा आलु पाउछ भनेर सोद्छन ।
कहिले तेरो देशमा खरायो पाउछ भनेर सोध्छन , कहिले कुखुरा छ भनेर सोध्छन , कहिले के कहिले के ? होइन यो इटालियनले के सोच्छन हँ नेपाललाई ? जे पनि तेस्कै देशमा मात्रा पाउने जस्तो ।
अनी मेरो पालो भनी दिए - तेरो देशमा केरा शुपरमार्केटमा पाउदो रहेछ , हामी बोटैमा टिपेर खान्छम , आलु कहाँ बाट आउछ थाहा छैन तलाई तर हामी स्वदिलो आलु बारीबाटै खनेर पकाउछौ । कुखुराको मासु भनेर कुनै खुट्टा मात्र , कुनै पखेटा मात्र , कुनै जिउ मात्र , यो भलेको मासु , यो पोथीको भनेर लेखेकोले मात्र चिन्छस , तर हाम्रो मा त कल्की हल्लाउदै जुध्ने भाले आगनमै चरीरहेको हुन्छ भनिदिए ।

करिब १०० दिन अब हिमालयको बास हुने भो । झिनो मात्रामा देखिने मोबाइको साहायताले इन्टरनेट चलाऊछु । त्यो पनि धेरै हिउ परेको दिन कता बिलाउछ थाहा हुन्न । एसो साथीभाईको स्ट्याटस चियाउन सम्म भ्याउछु । यो भन्दा अघी एस्तो ठाउमा कहिल्यै पाइला टेकेको थिएन । त्यसैले पनि यो मेरो सुनौलो अवसर हो नयाँ अनुभव गर्ने । हिमालमै बसिन्छ, रुखो सुखो के पाउछ त्यही खाइन्छ , उनीहरुले जे जे बोल्छ त्यही बोल्ने कोशीस गरिन्छ , नसके सुनिन्छ ।  खैरे बुढो मलाई पो तेरो देशमा पाउने याक ल्याइदेन भन्छ । अझै २ वटा पोथी अनी १ वटा भाले रे ! सक्छस ? भन्छ । मैले के उत्तर दिनु । अनी भनी दिय - भेडा चाहिन्छ भने चै भन , मेरो हजुर बा सँग कुरा गरौला । याक त मैले त देखेको छैन । हिमाल हेर्न त तेरो देश अैपुगेको छु । लौ त !

 नेपालमा याक पाउछ भन्ने चै थाहा रहेछ त्यसलाई । ३ वटा याक चाहियो रे , २ वटा पोथी १ वटा भाले । अनी भनी दिए - आफ्नो भिसा त कत्रो कसरत गरेर लाग्यो ।

No comments:

Post a Comment