नेपाल र नेपालीले कल्पेको जस्तो छैन युरोप 

अहिले नेपालमा बेरोजगारी समस्या दिन दुई गुणा रात चौ गुणा बढ्दै गैरहेको छ । बढ्दो बेरोजगारी सँगै युवाहरुमा नैरास्यता, अर्थिक समस्या, आफुले सिकेका ज्ञानको उचित प्रयोग गर्न नपाउदा उत्तिकै उदासिनता पनि बढ्दै गैरहेको । वार्षिक रुपमा राज्यले हजारौ युवा बिद्यार्थी उत्पादन गर्छन् तर त्यो योग्यता अनुसारको रोजागारी श्रीजना गर्न सकिरहेको छैन । त्यसैले पनि अहिले धेरै शिक्षीत युवा बिदेशिन वाध्य छन । नेपालमा डिग्री हासिल गरेता पनि उचित गोजगारको अभावमा कयौ युवा बिदेशिन वाध्य भयका छन । के बिदेशिय पछी त्यो योग्यता अनुसारको काम पाईन्छ त ? पैदाइन । अहिले नेपालीहरुको सजिलो रोजगारी पाउने थालोको रुपमा अरब मुलुक बनेको छ । अरबमा गर्ने काम भनेको बिकास निर्माण को काम हो । यस्को लागि शिपको जरुरत पर्छ । जुन सिप डिग्री हासिल गर्ने नेपालीमा छैन । अनी गर्नु पर्ने नै लेबर काम हो । अली धेरै रीन खोज्न सक्ने नेपाली युरोप अमेरिका तिर लम्कान्छन । कोही बिद्यार्थी भिषामा, कोही परिवार मिलन भिषामा, कोही कार्यक्रम भिषामा त कोही घुम्ने बाहानामा बिदेशीन्छन । जो जसरी बिदेशीयता पनि सबैको उद्देश्य भनेको रोजगारी नै हो ।


नेपालीले बिदेशमा पाउने काम भनेको थ्री डि नै हो । डर्टी , डेन्जरस र डिफिकल्ट । धुलो बढार्ने, पोछा लगाउने, घरको काम गर्ने, खेत बारीमा काम गर्ने , अफिस पुछपाछ गर्ने, होटलमा भाडा माझ्ने, घर , बाटो बनाउने आदी । जुन काम गर्न उनिहरुलाई झिजा लाग्छ , अल्छि लाग्छ अनी खतरा महसुस हुन्छ । नेपालीले बिदेशमा पाउने काम भनेको औसतमा यि नै हुन । कोही कोही राम्रै स्तरका काममा पनि लागेका छन तर त्यस्ता ब्यक्ती थोरै नै छन । नेपालीहरु युरोपलाई सपनाको देश सँग तुलना गर्छन । एक चोटि पुग्न मात्र पाए त परेको जे पनि गरिन्छ नि ! भन्दै साथीहरु माझ गफ छाट्छन । युरोप पुगेर १००० युरो मात्र महिनाको, कमाउन सके त नेपालमा त १ लाख ३५ हजार हुन्छ भनी कल्पना गर्न थाल्छन । जेन तेन हिसाब गरिटोपली महिनाको ४० /५० हजार बच्ने हिसाब निकाल्छन । महिनाको यती भए त बर्षमा यती उती भन्दै कल्पन्छन । तर देखेको सपना र भोग्ने बिपनामा आकाश जमिनको फरक छ । म अहिले युरोप मै छु । यहाँ प्राय नेपालीने गर्ने काम भनेको तिनै थ्री डि अन्तरगत नै हुन । अरब मुलुकमा जस्तो बिकास निर्माण तह सम्मन त नेपाली पुग्न सकेका छैनन तर होटल रेस्टुराहरुमा कुक सेफ सम्मको सम्मानित काम नेपालीने धानेका छन । त्यस्तै क्याफे बार सम्म पनि नेपालीहरुले आफ्नो रोजगारिको थालो बनाएका छन । यि त भए आफ्नो केही योग्यता र सिप भएकाहरु , नत्र प्राय सरसफाइ , मस्काउने चम्काउने , घरको काम गर्ने नै छन । एक त यहाँ भाषाको समस्या हुन्छ , त्यस्को माथि युरोपका देशै पिच्छे आ आफ्नै भाषा छ । युरोप आउने प्राय नेपाली फाट्ट फुट्ट अङ्ग्रेजी बोल्न सक्ने हुन्छन तर यहाँका मान्छेले अङ्ग्रेजी बोल्दैनन । नेपालीहरु युरोप अैपुगेर पनि सितिमिती कहाँ काम पाइहालिछ र ? च्यानल मिलाउनु पर्ने हुन्छ , साथी भाई सँग चिनजान गरी हाइ हेल्लो नहुँदा सम्म काम पाउने निस्चित हुँदैन । यहाँ काम पाउने भनेकै साथी भाईको दाया मायाले हो । नत्र काम पाइन्न ।

तपाईंलाई लाग्दो हो र मलाई पनि लागेको थ्यो यूरोपमा कमाइ राम्रो छ । बस्तबिकता एस्तो छ -
म महिनाको १ हजार युरो बुझ्छु अर्थात अहिले नेपाली रुपैया १ लाख ३५ हजार ।
कोठा भाडा कम्तिमा - ५०० €
खान कम्तिमा - २०० €
बिद्युत र ग्यास - १०० €
गाडी भाडा - ३५ €
मोबाइलमा - २० €
पकेटमनी कम्तिमा - ५० €
जम्मा खर्च - ९०५ €
महिनाको बचत = ९५€
त्यो पनि कहिले साथी भाई भेटघाट त कहिले औषधीमुलो गर्दैमा ठीक्क ।
लोभि कन्जुस नै बनेर बाचायो भने त्यही ८, १० हजार नेपाली बच्दो रहेछ ।

कथा काहानी एस्तो छ । १२, १५ लाख लगानी गरेर हामी युरोप छिर्छौ । तर सोचाइ र भोगाइ तब महसुस हुन्छ जब भाषाको समस्या पर्छ, काम पाइदैन , उता नेपालमा रिणको ब्याज बढेर पनि स्याज हुन लागिसकेको हुन्छ । यहाँ पनि खानु पर्‍यो , साथी भाई गुहार्दा गुहार्दा बल्ल २ /३ घण्टा को काम पायो भने खान सम्मा पुग्छ । त्यो पनि काम पायो भने । काम पाएन भने एस्तो हिसाब गरेर दिन बिताउने हो।

No comments:

Post a Comment