लाग्छ

जब म तिम्रो समुहको गन्थन सुन्न थाल्छु , म मा रहेको उर्जा क्रमस सकिदै जान्छ l लाग्छ तिम्रा समुहका कुराहरु बर्षौ भैसकेका थोत्रा बाकसको बर्णन गरेर समय खेर गएको जस्तो  l ओइलाएको कर्कलाको बिषयमा बहस गरे जस्तो  l  उर्जा प्रवाह गर्नुपर्ने र उर्जा निर्वाण गर्नुपर्ने यो मेरो समय बर्थ हुदै छ जुन मेरो अहित सिवाय केहि होइन l

जाबो यत्ती कामले पनि घाइते

उ बेला  अहिलेका एन आर एन अध्यक्ष शेष घले पनि भाँडा माझ्थे रे। उहाको अनुभव त सुन्न पाइयन । लौ मेरो भय पनि 


# साबुन पानीले पनि यो ज्यानलाई यती बिध्न असर गर्छ भन्ने मलाई थाहा थियन । बिदेशको बसाइ अनी केही पैसा कमाइ हालिन्छ कि भनी बिदेशीयको केटो। बिदेसमा कहाँ पैसाको बोट हुदो रहेछ र ! पैसा त खोतलेर पो निकाल्नु पर्ने रहेछ , अहिले पो बुझ्दै छु । म अहिले युरोप को इटाली भन्ने देशमा छु । युरोप पुगेपछी युरो कमाउने सपनामा १०\१२ लाख खर्चिन तयार हुन्छन हाम्रा नेपाली दाजु भाईहरु । तर अहिले युरोपमा काम नपाएर धेरैको बिजोग भएको मैले देखेको छु । कयौ साथीहरु बिना कागज पत्र यतिकै बस्दै छन कागज पाउने आशामा । यहाँ डकुमेण्ट नहुनेलाई काम नै लगाउदैन । काम नभएसी खान बस्न समस्या हुन्छ । यता छिर्न लियको रिण को ब्याज दोब्बर  हुन लाग्दै छ तर यहाँ काम कुरो मिल्दैन । एसरी डकुमेण्ट बनाउने प्रकृयामा ३० औ लाख सिध्यै सकेका साथीहरु यहाँ धेरै छन

बिदेशी ब्यथा ।

७ दिन, दैनिक १२ घण्टा । 

छिकेकी देशका भइयहरु सँग । 
इटालीमा छु जस्तै लागेन । 
रोजगारी खोज्ने क्रममा भारतको कुनै कुनाका पुगे जस्तो। 
उही बोली, उही ब्यवहार । देशैले सिकाएका जस्ता । 
कम पारीश्रमिक धेरै काम । 
तर नेपाली म । आम नेपालीले जस्तै । 
किनकी खाना भन्दा त भोक मिठो हो नि ।

ईटालीको मिलानमा अन्तर्राष्ट्रिय मेला, नेपालको छुट्टै आकर्षण




ईटालीको मिलान शहरमा बर्षेनी लाग्छ, फाईरा मिलानो भन्ने भब्य कोटीको ब्यापारिक मेला । यो वर्षपनि फैरा मिलानो-२०१३ नोभेम्बर ३० देखी शुरु भैसकेको छ । यो डिसेम्बर ८ सम्म रहने छ । मेलामा नेपाल लगायत सयौ देशले भाग लिएका छन । नेपालीलेनै करिब ४५ वटा स्टल राखेका छन् । बिशेस गरेर हस्त कलाका समानहरु यहाँ आकर्षणको रुपमा रहेको छ । (बाँकि तस्विरहरु भित्र गएर हेर्नुस्) ……….

जिन्दगीको खेल

बिदेशीयका धेरै नेपालीको कथा ब्यथा धेरै नै पढेको थिय । कोही बिधार्थी भिसा मा बिदेशिन्छन, कोही कामदार भिसामा बिदेशिन्छन, कोही परिवारिक मिलन भिसामा बिदेशिन्छन, कोही कार्यक्रम भिसामा । जो जसरी बिदेशीय पनि सबैको एउटै लक्ष्य पैसा कमाउनु र सुन्दर भविस्यको कल्पनामा राम्नु हो । यो पेरिफेरिमा नै बिदेशी जीवन बर्षौ बितिदिन्छ । सबैको भबिश्य सुखद हुन्छ भन्ने ग्यरेन्टी हुँदैन, छैन । यो बिचको दुरिमा कोही सम्पन्न बन्छन, त को दरिद्र । कोही सप्रिन्छन त कोही बिर्ग्रन्छन । कोही सफल हुन्छन त कोही बर्वाद हुन्छन । हाल म जिन्दगीको यही खेल खेल्दै छु 

बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो रहेछ



नेपालमा दसैं उत्सब चलिरहदा यती खेर म यूरोपको कुनै कुनामा दसैंको रमझम, भेटघाट अनी भलाकुसारीमा छु । आफ्नै देशमा रहदा त्यो लामो बिदाको समय, साथी भाई सँगको भेटघाट, रमाइला कार्यक्रमहरुमा भाग लियको यादहरु लाई निरन्तरता दिनकोलागी पनि हामी यहाँ नेपालीहरु जम्मा भयका छौ । साथीहरु जम्मा भय गफगाफ रमाइलो, खानपिन, अनी हिन्दू धर्मवलम्बी साथीहरु टिका जमरा लागाउछन अन्यलाई कर छैन । बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो

यूरोपमा कमाइ काहानी

तपाईंलाई लाग्दो हो र मलाई पनि लागेको थ्यो यूरोपमा कमाइ राम्रो छ । बस्तबिकता एस्तो छ - 

म महिनाको १ हजार युरो बुझ्छु अर्थात अहिले नेपाली रुपैया १ लाख ३५ हजार । 
कोठा भाडा कम्तिमा - ५०० €
खान कम्तिमा - २०० €
बिद्युत र ग्यास - १०० €
गाडी भाडा - ३५ €
मोबाइलमा - २० €
पकेटमनी कम्तिमा - ५० €
जम्मा खर्च - ९०५ €
महिनाको बचत = ९५€ 
त्यो पनि कहिले साथी भाई भेटघाट त कहिले औषधीमुलो गर्दैमा ठीक्क ।
लोभि कन्जुस नै बनेर बाचायो भने त्यही ८, १० हजार नेपाली बच्दो रहेछ ।

कथा काहानी एस्तो छ । १२, १५ लाख लगानी गरेर काम छैन साथी यूरोपमा । त्यो पनि काम पायो भने । काम पाएन भने एस्तो हिसाब गरेर दिन बिताउने हो। बुझ्नेलाई सुनको माला , पढ्नेलाई फुलको माला ।

इटलीको मिलान शहरमा बडा दसैं २०७० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज २९/मिलान

नेपालीहरुको महान चाड बडा दशैं २०७० को अवसरमा आइतबार बिदाको दिन पारी इटलिको मिलान शहरमा भब्य सन्स्क्रितीक कार्यक्रमको आयोजना गरी मनाइयको छ । नेपालीहरु लाई एउटै छातामुनी गोलबद्द गराउनको लागि स्थापना गरियको नेपाल मितेरी मञ्च, मिलानो, इटलीको आयोजना र व्यासथापन अनी एन आर एन इटलिको सङ्योजनमा भएको कार्यक्रम नेपाल मितेरी मञ्चका अध्यक्ष श्री मुकुन्द पौड्यालको सभापतित्वमा भएको थियो । कार्यक्रममा एन आर एन इटलिका सस्थापक सदस्य डा भिम बहादुर बामको प्रमुख आतिथ्यता रहेको थियो भने एन आर एन इटलिका अध्यक्ष सञ्जय देव श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा मिलान शहर लगायत अन्य शहरहरुमा बसोबास गर्ने नेपालीहरुको पनि उल्यख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ब्यक्तीहरुलाई प्रमुख अतिथी डा भिम बहादुर बामले टिका तथा जमरा लगाइ दियका थिय । बिभिन्न नाच गान, रोचक खेल अनी दसैं सम्बन्धी गजल, कबिता र मुक्तकले कार्यक्रमलाई अझै रमाइलो र नेपालको सम्झना गराइयको थियो । नेपालमा दसैं उत्सब भब्य रुपमा मनाइरहेका बेला आफ्नो देशको सम्झना र रितिरिवाजको परम्परा जोगाउन ब्यस्त समयको बाबजुद पनि यसरी नेपालीहरु परदेशमा भेटघाट गर्ने गर्छन । सातसमुन्द्र पारी पर्देशमा रहेका नेपालीहरुलाई नेपालको चाडबाड भेटघाट गर्ने बाहाना बनिदिन्छ । कार्यक्रममा प्रमुख अतिथी डा बाम , एन आर एन इटलीका अध्यक्ष सञ्जय देव श्रेष्ठ , नेपाल मितेरी मन्च, मिलानका सल्लाहकारहरु क्रिष्ण न्यौपाने, बिशाल तामाङ लगायतले शुभ कामना दिदै आगामी दिनहरुमा पनि यस्तै भेटघाट हुन सकोस भन्ने भनाइ राखेका थिय । 

मुक्तक


नटुङ्गीने यात्रामा छु खेल जिन्दगीको 
सबै यात्री सङ्गी नहुने मेल जिन्दगीको 
कहिले सम्भावनाको खात त कहिले चुनौतिको 
यस्तै रहेछ बाढी अनी भेल जिन्दगीको। 

अक्टुबर २२

पर्देशमा रहेपनी भाषा भुल्ने छैन 
तिमीले साचेको त्यो आशा भुल्ने छैन 
याद आउछ तिनै पलहरु अनी दिनहरु 
त्यो गाउघर र आफन्तजन खासा भुल्ने छैन ।

विदेशी भूमि

केही नेपालीको लागि विदेशी भूमि रहर होला। तर अधिकांश नेपालीको लागि यो एउटा बाध्यता हो। उचित रोजगार र अवसर को खोजीमा विदेश आउने नेपालीको पछाडि उसको पारिवारिक विछोड र सामाजिक शून्यता साथै हुन्छ। त्यसमाथि आर्थिक रुप मा नि ऊ पिरोलिएको हुन्छ। अधिकांश नेपाली खोजेको र ऋण लिएको पैसामा विदेश गएका हुन्छन् । त्यस बाहेक पनि नयाँ वातावरण, भाषा ,संस्कृति, व्यस्त जीवन जस्ता समस्या उनीहरुको जीवनमा एकै पटक आइपर्छ। विदेशको जीवन आफूले सोचे जस्तो हुँदैन। आफूले सोचे जस्तो र विदेशको जीवनमा मेल नखाँदा नैरास्य बढेर जान्छ। यसका कारण उनीहरुमा तनाव ,चिन्ता, अनिद्रा, अरुचि, पाचन समस्या जस्ता समस्याको सुरुवात हुन्छ। जुन समस्या लामो समय सम्म रहँदा उनीहरुमा विभिन्न मानसिक समस्याको सुरुवात हुन्छ।

यूरोप सपना

जो कसैको पनि सपनाको संसार हुने गर्छ यूरोप । यूरोप पुग्न लाखौं रुपैया तिर्न तयार हुन्छन जो कोही पनि । नेपालको हरेक समाज अहिले बिदेश बाट आउने रेमिट्यान्सले झिलीमिली छ । शहर बजार ब्यस्त बनेका छन , धेरै परिवारको अर्थिक अवस्था उकासिएको छ । धेरै को परिवारले मकै र कोदोको धिडो खान छाडेका छन , घण्टौ लगाएर दाउराको भारी बोक्नु परेको छैन एक क्लिकको भरमा खान पाकेको छ । बच्चाको उज्यल भबिस्यको कल्पनामा धेरै आमाहरु शहर बजार झरेका छन । अझै भन्नु पर्दा सजिलै सँग खाडी मुलुक जानु भन्दा पनि दलालको हातमा लाखौं रुपैया सुम्पेर यूरोप जान भाग्य मानी ठान्छन । यूरोपको देश मध्य इटाली पनि एक हो । यहाँ बेनी, बाग्लुङ, धादिङ, गोर्खा, झापा, काठमाण्डौ, ईलाम, इटहरी, धरान, पोखरा, काभ्रे आदी  घर भएका नेपालीहरु छन । करिब हजारको हाराहारिमा नेपालीहरु यहाँ भएको मैले सुनेको छु । मिलान शहरमा मात्र २०० को सङ्ख्यामा रहेका छन । 

एनआरएन अभियानका आठ वर्ष

- जीवा लामिछाने              


'नेपालीका लागि नेपाली' भन्ने सन्देश लिएर विदेशमा बस्ने नेपाली समुदाय संगठित हुनथालेको आठ वर्ष बितेको छ । संगठित भए विदेशमा पनि नेपालीको हकहित संरक्षणको आवाज बुलन्द बनाउन सकिन्छ तथा सीमित साधन, स्रोत र अनुभवलाई एकत्रित गरी मातृभूमिमा पनि केही योगदान गर्न सकिन्छ भन्ने मान्यता बोकेर गैरआवासीय नेपाली अभियान सुरु भएको थियो । नेपालको आर्थिक, सामाजिक रूपान्तरणमा आफ्नो सामूहिक भूमिकाको खोजीले गैरआवासीय नेपाली अभियानमा संलग्न हुन हामीलाई प्रेरित गरेको हो ।
संगठित हुने स्थापनाको पहिलो उद्देश्यमा हामीलाई निकै सफलता मिलेको छ । आठ वर्षको छोटै अवधिमा ५७ मुलुकमा विस्तार भई गैरआवासीय नेपालीको विश्वव्यापी सञ्जाल निर्माण भएको छ । विदेशमा नेपालीहरूका धेरै संगठन भएपनि सबैलाई समेट्न सक्ने साझा संगठनको खाँचोलाई गैरआवासीय नेपाली संघको सञ्जालले पूरा गरेको छ । हुन त भारतीय, चिनियाँ, ल्याटिन अमेरिकन र अफ्रिकन डायस्पोराको आ-आफ्नो मूल देशमा बढेको सक्रियता र पारस्परिक सहयोगको सफलताको कथाले पनि हामीलाई प्रेरित गरेको थियो । तर अहिले हाम्रो सञ्जालले अरू डायस्पोरालाई उछिनेको छ । पछि जन्मिए पनि यति धेरै मुलुकमा विस्तारित भएको डायस्पोरा सञ्जाल सम्भवतः अर्को छैन । बलियो संगठनका कारण विदेशमा आफ्ना हकअधिकारमा दाबी गर्ने हाम्रो शक्ति त बढेको छ नै, नेपालमा पनि संगठित भएर सामूहिक सहभागिता जनाउने सामथ्र्यमा वृद्धि भएको छ । यही सुदृढ सञ्जाललाई मध्यनजर गरी बुधबार (आज) देखि सुरु हुने गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनको नारा 'हाम्रो सञ्जाल, हाम्रो पहिचान समृद्ध नेपाल' तय गरिएको छ ।

स्विट्जरल्यान्ड सपना

- जीवा लामिछाने              

काठमाडौ, श्रावण ८ -

लामो समयदेखि नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गर्दै र सुन्दै आइएको छ । नेपालजस्तै भूपरिवेष्ठित यो पहाडी मुलुकको नेपालसँग अरु के-के समानता छन् । किन अहिलेसम्म नेपाल यस्तै विकसित हुन सकेन ?

पञ्चायतकालीन नेताहरूले जनतालाई स्विट्जरल्यान्डको सपना देखाउँथे । 'हामी मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछौं' भन्ने त नेताहरूको थेगोजस्तै थियो । प्रजातन्त्रकालमा पनि नेताहरूले यो थेगो छोडेनन्, सपना बाँड्न छोडेनन् । नेपालजस्तै पहाडी र भूपरिवेष्ठित भएर पनि समृद्ध मुलुक भएकाले स्विट्जरल्यान्डको सपना देखाइएको होला । बाँडिएका ती सपनाहरूले गर्दा मेरो मानसपटलमा स्विट्जरल्यान्डकै जस्तो सुन्दरता र समृद्धि हाम्रो मुलुकमा पनि हुनेछ भन्ने विश्वास स्थापित भएको थियो ।

एनआरएन: अपेक्षा र यथार्थ

- जीवा लामिछाने              

२०४६ सालको राजनीतिक परिवर्तनले पासपोर्ट खुला गरेपछि ठूलो संख्यामा नेपाली विदेशिने क्रमसँगै संसारभरि नेपाली डायस्पोरा फैलिएको छ । साढे २ दशकभन्दा कम समयमा सबै महादेशमा नेपालीले उल्लेख्य उपस्थिति जनाइसकेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं महाधिवेशन/विश्व सम्मेलनमा ५० देशका साथीहरूले सहभागिता जनाइरहनुभएको छ । विदेशमा बस्ने ने पालीले पनि मातृभूमिका लागि केही गर्नुपर्छ भनेर गैरआवासीय नेपाली संघको परिकल्पना गरिएको हो ।
विदेशका नेपाली विभिन्न संघ-संस्थामा संगठित हुने क्रम एनआरएन जन्मनु अघि नै सुरु भएको हो । नेपाली कांग्रेस समर्थक जनसम्पर्क मञ्च, नेकपा एमाले समर्थक प्रवासी नेपाली संघ आदि पहिलेबाटै थिए । तर सम्पूर्ण नेपालीको साझा अराजनीतिक मञ्च  चाहिन्छ भनेर एनआरएन परिकल्पना गरिएको हो । छिमेकमा भारत सरकारले गैरआवासीय भारतीय (एनआरआई) लाई संगठित गरी मातृभूमिमा लगानी भित्र्याउन थालेकाले पनि हामी प्रेरित भयौं ।

दसैं उत्सब



जब नेपाली पात्रोमा घटस्थापना शुरु हुन्छ अनी मन मस्तिस्कमा दसैंको ढ्याङ्ग्रो बज्न थाल्छ । घर देखी टाढा रहेकाहरुलाई घर जाने हतारो, साना केटा केटीहरुलाई नयाँ लुगा किन्ने हतारो, आफन्तहरु बिच भेटघाट गर्ने हतारो, मन्यजको आशिर्बाद थप्ने हतारो, किन्मेल गर्ने हतारो, यो हतारोको बिचमा अघिल्ला दसैंहरुको उल्लासको झझल्को मन मस्तिस्कमा आइरहेको हुन्छ । त्यही सम्झनाले पनि अझै यो सलको दसैंपनी उल्लासमय बन्ने सपना अनी कल्पनामा दसैं मान्न हतारिन्छन मनहरु । बिशेषत दसैं हिन्दू धर्मावलम्बीहरुले मान्ने परम्परा हो । हिन्दू सस्क्रीती हो । अघिल्ला सासकहरुले गरेको भुलले गर्दा अन्य धर्म माने धर्मालु अनी अन्य समुदायले पनि एस पर्वलाई बिशेष महत्वका साथ माने गर्दै आइरहेका छन । र पछीला बर्षहरुमा दशै माने परम्परामा केही परिवर्तन आएको छ, केही बिकास भएको छ । दसैंको अवसरमा लामो सरकारी बिदा हुने भएकोले पनि सम्पूर्ण नेपाली यो बिदाको अवसर सदुपयोग गर्न चाहन्छन । त्यसैले पनि काम बिशेषले घर देखी टाढा रहेका ब्यक्तीहरु घर फर्कान्छन, साथीभाइ भेटघाट गर्छन अनी रमाउछन । आफन्तहरु बिच भेटघाट गर्ने अवसर पनि यो समयमा जुर्दछ । यिनै बाहानाहरुले गर्दा समग्रमा सम्पूर्ण नेपालीले दसैं मनाउछन भनीदियो । तर बास्तबिकता फरक छ । ईतिहास पल्टायर हेर्ने हो भने यो दसैं पर्व जनजाती समुदायमा लादियको छ । उदाहरणको रुपमा - तामाङहरु बोन धर्म मान्थे र अहिले पनि मान्छन, बिस्तारै बौद्ध धर्ममा आस्था राख्ने भय । तामाङ समुदायको रितिरिवाज सस्क्रीती अनी परम्परामा दसैं मनाउने भन्ने कहिकतै उल्लेख भएको पाइदैन । र कहीकतै उल्लेख भयको पाइयको पनि छ । तर त्यहा केही गडबडी अनी त्यो सस्क्रीतिलाई बङ्याइयको लाटाले पनि बुझ्छन । यस्तै राइ, गुरुङ, भोटे, मगर आदी जातिहरुको परम्परामा दसैंको ईतिहास छैन । तै पनि अहिले सम्पूर्ण नेपालीहरुलाई दसैं मान्नु छ । देश धर्म निरपेक्षतामा गय । सबैले आ आफ्ना सस्क्रीती र ईतिहास बुझ्दै छन । जबरजस्ती मान्न लागाइनु र आफ्नै बिबेकले बुझ्नुमा फरक छ । मात्र यतीकी समय लाग्छ । कसैलाई जबर्जस्ती गरिन्छ भने त्यो अपराध हो । अघिल्ला सासक बर्ग अछुतो छैन । तिनैले गरेको अपराध अहिलेका जनजाती पुस्ताले भोग्दै छन । अहिलेका सासकले यो कुरा बुझ्न जरुरी छ ।
      नेपालमा दसैं उत्सब चलिरहदा यती खेर म यूरोपको कुनै कुनामा दसैंको रमझम, भेटघाट अनी भलाकुसारीमा छु । आफ्नै देशमा रहदा त्यो लामो बिदाको समय, साथी भाई सँगको भेटघाट, रमाइला कार्यक्रमहरुमा भाग लियको यादहरु लाई निरन्तरता दिनकोलागी पनि हामी यहाँ नेपालीहरु जम्मा भयका छौ । साथीहरु जम्मा भय गफगाफ रमाइलो, खानपिन, अनी हिन्दू धर्मवलम्बी साथीहरु टिका जमरा लागाउछन अन्यलाई कर छैन । बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो रहेछ । हामीले दसैंको बाहानामा इटलिको मिलन शहरमा जम्मा भयर खुब रमायौ, खयौ, अनी खुब जन्मभुमी सम्झियौ, त्यो बिगत सम्झीयौ, अनी त्यो लट्टे पिङ्ग सम्झियौ । र कत्ती साथीहरु परिवार सम्झीदै मनका कुराहरु साथीहरु सँग साट्दै थिय, त कोही दशकौ भइसक्यो स्वदेश छाडेको नरमाइलो मन्दै थिय । यो अवसर जुर्यायो नेपाल मितेरी मुन्च मिलानो, इटलिले ।

हामी सात समुन्द्र पारी छौ । नेपालमा दसैंको हर्सोलास भईरहेको समयमा यो पर्देशको ठाउमा हाम्रो नेपाली मनलाई बुझाउन, नेपाली बिच भेटघाट जमघट हुने अवसर मिलाउन पनि यो कार्यक्रम गरियको हो । नेपाल र नेपाली भन्ने भावना जगाउन, बिदेशी भुमिमा रहदा पनि आफ्नो भाषा, रितिरिवाज अनी सस्क्रीती जोगाउनको लागि पनि एस्तो कार्यक्रम अवस्यक छ ।

फुटपाथ पसल ( गफगाफमा आधारित )


लगानी - ब्यवसाय अनुसारको ।
प्रकृया - कमुने दि मिलनोमा गएर फर्म भर्ने ।
लाग्ने शुल्क - ३२ युरो
वार्षिक शुल्क - ८५ कर
ठाउको वार्षिक शुल्क - १००० युरो ( स्क्वायर फिटमा नापेर दिन्छ शायद )
चाहिने कागज पत्र - पेर्मेसो सुजोर्नो, कर्ता दि आइडीनटिटा, कोदिचेपिस्काले
कुन जोनामा गर्ने हो पहिले कन्फर्म हुने ।
१,२,३ युरोमा बेच्न सकिने अतिआवश्यक बस्तुहरु राख्न सकिन्छ ।
मासीक १००० कमाइ गर्न कम्तिमा पनि -
१०००/२४ = 41.66 युरो कमाउनु पर्छ । एस्को लागी कम्तीमा पनि दैनिक रुपमा १०० युरो बराबरको सामान बेच्न सक्नु पर्दछ ।
४१.६६/८ = ५.२० दिनको ८ घण्टा खट्दा पर्दो रहेछ ।
बिस्तारै यो क्रमलाई बढाउदै लग्न सकिन्छ ।
चाईनिज मर्केट बाट सामान ल्याएर बेच्न सकिन्छ । पछी पछी नेपाल बाट पनि सामान मगाउन सकिन्छ । 

दुबिधा नै दुबिधा ।

जीवनलाई ब्यवस्थित गर्न तिर लाग्ने कि सम्पतीको किचलो तिर ?
अरुको परिवार हेरेरै चित्त बुझाउने कि आफ्नो परिवार बनाउन तिर लाग्ने ?
जागिर खाने कि ब्यापार गर्ने ?
सधैं थोत्रो सोफामा सुत्ने कि नयाँ खाट किन्ने ?
ससुरालिमै मनमुटाव गरी बस्ने कि आफ्नो बाटो लाग्ने ?
सेवा गर्न तिर लाग्ने कि धन कमाउने तिर ?
सधैं अरुको किचलो सहेर बस्ने कि बिद्रोह गर्ने ?
म ठीक उनिहरु बेठिक कि उनिहरु ठीक म बेठीक ?


सासु ससुरा - सबै जना सदस्य आफ्नै वरिपरी देख्न चाहन्छ ।
छोरा छोरी - आधुनिकतामा चल्नु पर्ने, ह्या झ्याउ लाग्दो, पिज्जा खानु पर्ने, मै जाने मै सुन्ने ।
ठुलि छोरी ज्वाँई - कहिल्यै पनि पैसा छ भन्न जानेन, जहिल्यै पैसा छैन । तर बुडा बुडीकै कमाई राम्रो छ ।
नाता नातिनी -  दुबैलाई टि भि एक एक चाहिन्छ, पानी भन्दा जुस धेरै चाहिन्छ, बाउ र आमाको स्वभावको ।
माइली छोरी ज्वाइ - उ काममा जान्छे, आमा बा भाई बहिनिको चिन्ता छ उस्लाई, पाच पैसाको बचत गर्न सकेको छैन । चारै तिर बाडी दिने स्वभव त्यसको माथि सबै जना उसैमा निर्भर । म आए देखी पैसा बन्द , घरको तिर्नु बाहेक । सबै जना बम । पड्किन मात्र बाँकी छ । कहिले पड्किने हो प्रतिक्षामा छु । कि बम सँगै तहस नहस हुन्छु कि सुरक्षित हुन्छु । 

जब

जब कोही कसै देखी टाढा हुन्छ तब उस्लाई उस्को महत्व थाहा हुन्छ । नजिकको देवता हेला भनेको झै जब हामी नेपालमा हुन्छौ हामीलाई नेपाल र राष्ट्रियताको महत्व थाहा हुँदैन । जब हामी बिदेशिन्छौ तब हामी नेपाल, नेपाली भन्ने राष्ट्रीयता अनी घरको आमा बुवा र परिवार गुमाएको महशुस गर्न थाल्छौ । बिदेशीय पछी थाहा हुने रहेछ नेपालको त्यो परीचित ठाउँहरु अनी खुल्लम खुला लग्ने डाडा काडामा निस्फिक्री घुम्न सकेका, जो जस सँग पनि निस्फिक्री बोल्न सकेका, कही जान रोक तोक छैन, आफ्नै आफन्त आफ्नै गाउ ठाउँ, आफ्नै परिवारमा हासी खुशी बचेँका । आहा सम्झदा पनि रमाइलो लाग्ने । वस्तबिक सुख र आनन्द त त्यो हो जो हामी चिताउछौ जस्ले जिन्दगी बिताउन सजिलो बनाउछ । सबै छ नेपालमा । हामीलाई मात्र पैसाको पिरलो छ । पैसा सबै थोक होइन मात्र जिन्दगी चलाऊन चहिने एउटा पाटो । हामी भविस्य सुन्दर बनाउन र सम्पन्न हुनको लागि बिदेशीयका छौ सबै सुख त्यागेर । बिदेशमा दु:ख गरे पैसा छ , नेपालमा देखा सिखी गर्न पुग्ने पैसा छैन सबै सुख छ ।
  

यूरोप

जो कसैको पनि सपनाको संसार हुने गर्छ यूरोप । यूरोप पुग्न लाखौं रुपैया तिर्न तयार हुन्छन जो कोही पनि । नेपालको हरेक समाज अहिले बिदेश बाट आउने रेमिट्यान्सले झिलीमिली छ । शहर बजार ब्यस्त बनेका छन , धेरै परिवारको अर्थिक अवस्था उकासिएको छ । धेरै को परिवारले मकै र कोदोको धिडो खान छाडेका छन , घण्टौ लगाएर दाउराको भारी बोक्नु परेको छैन एक क्लिकको भरमा खान पाकेको छ । बच्चाको उज्यल भबिस्यको कल्पनामा धेरै आमाहरु शहर बजार झरेका छन । अझै भन्नु पर्दा सजिलै सँग खाडी मुलुक जानु भन्दा पनि दलालको हातमा लाखौं रुपैया सुम्पेर यूरोप जान भाग्य मानी ठान्छन ।
यूरोपको देश मध्य इटाली पनि एक हो । यहाँ बेनी, बाग्लुङ, धादिङ, गोर्खा, झापा, काठमाण्डौ, ईलाम, इटहरी, धरान, पोखरा, काभ्रे आदी  घर भएका नेपालीहरु छन । करिब हजारको हाराहारिमा नेपालीहरु यहाँ भएको मैले सुनेको छु । मिलान शहरमा मात्र २०० को सङ्ख्यामा रहेका छन । तपाईंलाई .......................

What does it cost to open a restaurant today?


Opening a restaurant is now an idea so that those who deliberately self-punishing thinks should be shipped in analyzes before it gets evening. But really, me and my horns we came across a pseudo-business magazine very fashionable in the era of Triceratops, which qulcuno wrote to know how much it costs.

Read the answer I ask you that, as they say, you know the long, 80-130 thousand euro are the correct numbers? (psst ... guess who the magazine?)

A restaurant is a business. With this in mind everything is weighed to the gram, because small errors cause a snowball effect: the accounts are mathematicians, not sentimental. So the first item that should be inserted is that the salary of the holder, otherwise the phase shift management. Additionally, the precise logic follows: can not cope with numbers - a covered, surface, of investments - too limited.

A restaurant in the middle level, with a ticket of 30 euro, can not make ends meet if you have less than 60 seats. For each customer in the dining space is required between 1 and 1.7 m. Difficult to spend less than 20 thousand euro for equipment (kitchen, refrigerator ...), less than 4 thousand euro for tables and chairs, less than 5 thousand euro for the dishes. In all, the investment starts from 80 thousand-130 thousand EUR, excluding license. In addition to that of the cook should be calculated the presence of at least two people in the room, depending on the type of service proposed. Eye: the rent of the premises must not exceed 10% of collection. To stay afloat, is the minimum revenue of EUR 400 thousand.

यो बाध्यता हो रहर होइन ।

बिदेशी शब्द आँफैमा बिचरा छ । बिदेशिनु भनेको कसैसँग टाढिनु हो । आफ्नो कला, धर्म, संस्क्रीती, रितिरिवाज देखी टाढा हुनु हो । आफ्नो आफन्त, नाता गोता देखी टाढा हुनु हो । जब कोही बिदेशीन्छन उस्ले यि सबै सँग बिछोड हुनु पर्दछ । जुनदिन देखी बिदेशिन्छन उस्को त्यस दिन देखी सङघर्सको दिन शुरु हुन्छ । चाहे भ्रमणको नाममा बिदेशीउन, चाहे श्रमको नाममा, चाहे पढ्ने बहानामा । सबैको पिडा एकै हो । उस्ले नयाँ हावापानी , रितिरिवाज, साथी भाई रहनसहन भाषा देखी खानपानमा समेत भिन्न अनुभव गर्न वाध्य हुन्छन । जीवनको सँङघर्स शुरु हुन्छ तब ।
भिन्न ब्यक्ती, फरक हावापानी, बेग्लई सन्क्रिती को सत्सँग बाट जीवनले नयाँ मोड लिएको आभास गर्न थाल्दछ । जीवनका अघिल्ला दिन्का दैनिकी भन्दा भिन्न दैनिकी बिताउनु पर्दा त्यो पल कम पिडा र सङ्घर्स युक्त हुँदैन । आफ्नो परिवार छाडेर बिदेशिनेले अर्काको परिवार सँग उठबस गर्नु पर्ने स्थिती हुन्छ । ब्यवहारको सिल्सिलामा आफ्नो कोहिपनी नभएको झै अरुको मात्रा सेवा गर्दा मनको कुनै कुनामा गहिरो घाऊ हुदो हो । केही धन जोडौला, आमा बाबा भाई बहिनीलाई मिठो खुवाउला अनी सुखको दिन को कल्पनाको बिदेशिन्छन स्वदेशी । तर बिदेशी रहनसहन र दैनिकिको ब्यवहारले वाक्क दिक्क नै बनाउदछ । आफ्नो मन मारेर अरुको इच्छाको पछी लाग्दा र अरुको खुशीको लागि काम गर्दा गर्दा आफ्नो खुशिको सतह सम्म बिर्सीसकेका हुन्छन । यो बाध्यता हो रहर होइन । 

अतित

बिदेश जाने चक्करमा घुमीरहेको थिय  म खेर । मनस्थिति ले ४ औ बसन्त पार गर्दै थियो l  अब त जाने हो भनेर सबै कागज बनाएर एम्बेसीमा पनि दिएको हुँ । तर दशा  आईलागेको । बनाएको कागज पत्र त सबै बिग्रेछ । फेरी असफल l त्यसपछी पर्‍यो फसाद । फेरी बनाउ पर्ने झनझट । कति समय लाग्ने को पिरलो l पहिलो प्रयासमा काम नभएपछी जस्तो लफडा केही नहुने रहेछ । पहिले बिग्रेकोलाई सच्याउनु पर्ने अनी फेरी एम्बेसिमा गयेर कागज पत्र पेश गर्नु पर्ने । बिग्रेको सच्याउनु कहाँ सहजै हुनु र फेरी । असहजताको समय हुञ्छ त्यो पल l कहाँ के मिल्दैन कहाँ के ? एउटा मिल्यो अर्को मिल्दैन । ओरालो लगेको मिर्गलाई बाच्छाले पनि खेद्छ भने झै सामान्य अफिसको पिउनलाई पनि ज्यु ज्यु गर्नु पर्ने । बिग्र्यो पछी के लाग्छ र । गा बि स को सचीव त्यस्तै , जि बि स को कर्मचारी त्यस्तै,  त्यस्तै भेट हुन थाल्छ ति दिनहरुमा l वास्तबमा बिदेशमा काम गरिरहेका कुनै पनि व्यक्तिले कसैलाई पनि कर गर्दैनन, प्रोत्साहन दिदैनन कारण  नेपाल देखी गरेका झनझन्ट बिहोर्नु नपरोस भन्ने चाहन्छन । अथवा उस्ले जुन झनझट बेहोरेको छ , जुन दौड धुम गरेको छ अनी जुन शारिरिक, मानशिक, अनी कुटनैतीक ब्यवहारको सामना गरेको छ । यस ब्यवहार देखी वाक्क भईसकेको हुन्छ । बिदेशमा पुगेपछि पनि कहा नेपालमा सोचेको जस्तो जिन्दगि भइन्छ र ? सोचाइ र भोगाइको समिश्रण नमिल्दाको दुखेसो कमको हुदैन l  विकल्प  सहन बाध्य हुन्छन l मान्छेले सोच्ने गर्छन् त्यो कती सजिलै गयो । हो त्यहि दिन देखि सजिलोको संघर्ष शुरु हुन थल्दछ l बिदेश येस्तै छ l

बिदेशमा श्रम



को कुन देशमा छिर्न सके ? फलनाले यती कमाए ? फलनाको यतीको स्यालरी छ रे नि ?  समाजमा चलिरहेको प्रतिस्पर्धा र भलाकुसारी यस्तै छ अहिले ।  अहिले नेपाली समाजमा दैनिक रुपमा हुने गरेका भलाकुसारीहरु हुन यि । देशमा रोजगारी पाउदैन भन्ने युबा जमत ठुलो छ । सबै लाई पैसाको बिटाको खाचो छ । महिनामै हजारौं रुपैया हात पार्नु पर्नेछ । चाडैनै सम्पन्न बन्नु पर्ने छ । समाजमा उस्को भन्दा मेरो रवाफ के कम भन्ने प्रतिस्पर्धी मानसिकता बिकास हुदैछ । खेतबारी बाजै छन, काम गर्ने मान्छे छैन, अब पैसा नकमाई के खाने भन्ने चिन्ता छ ? त्यसैले त देशका हजारौं युबा दैनिक रुपमा पलायन हुँदै छन बिदेशमा श्रम बेच्न । चाहे बिद्यार्थी भिसामा होस, चाहे तालिमा गर्ने बहाना होस, चाहे पारीवारीक जमघट गर्ने भिसा होस । सबै नेपालीको मुख्य उद्देश्य बैदेशिक श्रम नै हो । पछील्लो समयमा देशमा भईरहेको अस्थीरता, बन्द, हड्ताल, राजनैतीक अन्योलता, समाजमा हुने बैदेशिक भलाकुसारीले पनि जो कुनै पनि नेपालीलाई बिदेशमा श्रम बेच्न उक्साइ रहेको छ ।

देशभित्र रोजगारीको सम्भावना न्युन भईरहेको अवस्थामा थोरै तलबको लागि भए पनि आफ्नो मात्रुभुमी छाड्न वाध्य छन अहिलेका शिक्षित युबा । जेनतेन १० +२ ब्यचलर सम्मको अध्ययन गर्‍यो । सम्बन्धित कार्यालयमा गएर पासपोर्ट बनायो अनी म्यानपावर कम्पनी खोज्न हिड्यो । हातमा +२ ब्यचलर गरेको प्रमाण पत्र र पासपोर्ट हुँदैमा कहाँ भनेको र सोचेको जस्तो काम पाइन्थ्यो र ? अरबी देशहरुमा जाने धेरै साथीले यो समस्या भोगेका छन । बरु तपाईं १० कक्षा मात्र पढ्नुस् एउटा काममा पोख्त हुनुस् । तपाईंले भनेको र सोचेको जस्तो हुनेछ भनेर अनुभवी साथीहरुले भन्ने गरेका छन । अली सम्पन्न देशहरुमा जाने हरुको पनि समस्या कम छैन । महिना भरिको तलब कोठा बहाल, बिभिन्न कर, खन्नै पर्‍यो यता उता गर्दैमा बचाउन सके थोरै सकिन्छ नत्र उस्तै हो । अनी यता नेपालमा लागेको चर्को ब्याज र रिणको पिरलो । उता काम पैसा भन्दा भन्दा जिन्दगी लखत्रान भईसकेको हुन्छ । वस्तबमा नेपाली बिदेशमा श्रम बेचेर केही पैसा जोहो गर्न सकिन्छ कि भनेर गएका हुन्छन । कालान्तरमा यो धरातल पनि बिर्सन पुग्छन कोही कोही अनी बर्वाद हुन्छन ।

नराम्रो बानी थाहा नै हुन्न त


जिन्दगी पछाडि फर्केर हेरेर चिन्तित हुनकोलागी होइन । जिन्दगी अगाडी बढाउनको लागि हो । जहाँ समस्या, चुनौती र सम्भावनाहरु प्रसस्तै हुन्छन । यो यात्रामा आइपर्ने चुनौतिलाई समना गर्नको लागि हामीले बिगतमा भोगेका, सिकेका अनुभवलाई सदुपयोग गर्न सक्दछौ । बिगतको अनुभवले हामीलाई साहास, प्रेरणा, र मार्गदर्शन दिन्छ । एस्कै आधारमा हामी अगाडि बढ्छौ ।

आमा बाबुलाई अरुको बच्चाको बानी राम्रो लाग्छ, नराम्रो बानी थाहा नै हुन्न त ।
कुनै पुरुषलाई दोश्रो पुरुषको बुढी राम्रो लाग्छ , नराम्रो बानी थाहा नै हुन्न त ।
साथीहरु कती सजिलै बिदेश गएका भन्ने हुन्छ, उस्ले गरेको दौडधुम नै थाहा हुन्न त ।
उस्ले कसरी कमाएछ एती धेरै पैसा भन्ने हुन्छ, उस्ले गरेको परीश्रम नै थाहा हुन्न त ।

भर लाग्यो , डर लाग्यो

जिन्दगीको यात्रा गर्दा नटुङ्गिने डर लाग्यो
साथ दिन मेरो समिप आयौ र पो भर लाग्यो

नेपाली समाज र बढ्दो बैदेशिक रोजगार

को कुन देशमा छिर्न सके ? फलनाले यती कमाए ? फलनाको यतीको स्यालरी छ रे नि ?  समाजमा चलिरहेको प्रतिस्पर्धा र भलाकुसारी यस्तै छ अहिले ।  अहिले नेपाली समाजमा दैनिक रुपमा हुने गरेका भलाकुसारीहरु हुन यि । देशमा रोजगारी पाउदैन भन्ने युबा जमत ठुलो छ । सबै लाई पैसाको बिटाको खाचो छ । महिनामै हजारौं रुपैया हात पार्नु पर्नेछ । चाडैनै सम्पन्न बन्नु पर्ने छ । समाजमा उस्को भन्दा मेरो रवाफ के कम भन्ने प्रतिस्पर्धी मानसिकता बिकास हुदैछ । खेतबारी बाजै छन, काम गर्ने मान्छे छैन, अब पैसा नकमाई के खाने भन्ने चिन्ता छ ? त्यसैले त देशका हजारौं युबा दैनिक रुपमा पलायन हुँदै छन । बिदेशमा श्रम बेच्न ।

अधिकारको लडाई

महिन्दो वाईबा
फोनिज धादिङ केन्द्रिय प्रतिनिधि

यदी परिवर्तन चाहन्छौ भने परिवर्तनको शुरुवात आँफै बाट गर्नु पर्दछ । समय परिवर्तनशिल छ । केही पनि स्थिर छैन । अहिले देशमा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्र संस्थागत हुन लागेको अवस्था छ । हामी आदीवासी जनजाती , हामी तामाङ, हामी गुरुङ, मगर , नेवार , राइ , लिम्बु , कुमाल भनेर मात्र अब ढुक्क हुने अवस्था छैन । पहिले हामी शोषणमा परेका हौँ र हामीलाई शोषण पनि गरेकै हो भन्ने बोध अहिले आएर अधिकांश व्यक्तीहरुले महशुस गरिरहेका छन । राज्यको नीति निर्माण तह सम्म पुग्न नसक्नु, जहिल्यै पनि हाम्रो समुदाय प्रयोग मात्र भईरहनु , गैर जनजातीको घर ब्यवहार र निती शाष्त्रमा समेत जनजातीलाई हामीले प्रयोग गर्नु पर्दछ भन्ने उल्लेख गर्नु समयको अभिसाप हो ।

प्रश्न शेरे सँग


Lady टिचरको प्रश्न शेरे सँग
"गाई सँग चार वटा म सँग दुइ वटा मात्र,के हो ?
शेरे : खुट्टा
"तिम्रो पाइन्टमाछ मेरो पेटिकोटमा छैन,के हो?
शेरे ::गोजी,पकेट
"दिउँसो ओछयानमा गर्न नमिल्ने,राती चैँ मिल्ने,के हो?
शेरे ::निन्द्रा
"केटीलाई First Time गराउँदा निकै पिडा हुन्छ,के हो?
शेरे ::कान छेडदा
"अलि-अलि छिराउँदा एकदम दुख्छ,पुरै छिर्यो भने आनन्द
आउँछ,के हो?
शेरे ::हातमा चुरा लगाउँदा Miss
"जो सँग त्यो चिज छ हातले हल्लाउँछ,छैन भने औँला हालेर
भएपनि हल्लाउँछ,के हो?
शेरे ::Tooth Brush
तपाईं पनि हाम्रो शेरे जस्तै सकरात्मक सोच राख्नुस्..

सुपर जोक्क्स कोमेडी

क्लब भनेको त थ्री स्टार जस्तोपो हुनुपर्छ, मनाङ त जिल्ला पनि हुन्छ।
चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
झन्डा त हाम्रो नेपालको जस्तोपो हुन पर्छ..चार पाटे त सिगान पुछ्नी रूमाल पनी हुन्छ
केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ
मान्छे भएसी त इमान, इज्जत र प्रेस्टिज हुनुपर्छ, ठग्न, लुट्न र ढाँटन त नेताले गर्छन नी !!
प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ
केटा भएपछि ह्यान्डसम हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ ।
केटी भनेको Beutiful हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ
ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ
साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त ncell ले पनि दिन्छ नि
केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ
सिम भनेको त नमस्ते पो हुनु पर्छ,सेल(एनसेल)त रोटि पनि त हुन्छ
चर्चा भनेको एसएलसीको रिजल्टजस्तो हुनुपर्छ पर्चार त जेको पनि हुन्छ
मायालु धोकेबाज हुनुपर्छ …. विश्वसनीय त् कुकुर पनि हुन्छन !!
माया भनेको त साचो पो हुनु पर्छ, ताला त ढोका मा पनि हुन्छ .
कपाल घना र बाक्लो हुनु पर्छ,,,,,, मुलायम त भैसी को पुच्छर नी हुन्छ नी
छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!!!!!!!
“Reult भनेको त FAIL हुनुपर्छ ALL CLEAR त shampoo पनि हुन्छ “
क्लव भनेको म्यान्चेष्टर युनाइटेड हुनुपर्छ, कलेज त लिभरपुल, चेल्सी पनि हुन्छन् ।
गर्लफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!!!!!!!!!!!!
मान्छे भनेको त हसिलो पो हुनु पर्छ रसिलो त सुन्तला पनि हुन्छ !!!!!! लोल
चस्मा त Ray Ban को हुनुपर्छ POLICE त शशस्त्र पनि छ ….
चस्मा त Ray Ban को हुनुपर्छ Okey त साबुन पनि छ ….

असन्तोष दुःखको कारण हो


मानिस अचम्मको प्राणी हो, जीवन यापनका क्रममा एउटा इच्छा पुरा गर्न मरिहत्ते गर्दछ। जब उक्त इच्छा पुरा हुन्छ, अर्को इच्छा जन्माउँछ ,त्यसलाई प्राप्त गर्ने त्यस्तै सकस गर्दछ, दुःख गर्दछ र बाचुन्जले यस्तै चक्रमा जकडिएर इहलिला समाप्त गर्दछ।
इच्छा पुरा गर्यो तर सुखी कहिल्यै हुन सकेन् । श्रीसम्पती पनि जोड्यो तर रमाउन सकेन र केही इच्छा मनमै साँचेर धर्ति छोड्छ। र धार्मिक शास्त्र अनुसार अतृप्त मन लिएर अर्को जन्म लिन्छ र यसैगरि सांसारिक दुःखको भवसागरमा फस्दछ । जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सुख र सुविधाको बिचमै रहेर दुःखी जिवन जिउन अभिशप्त हुन्छ। त्यतिमात्र कहा हो र ? मानिस अरुको सुःख देखेर पनि दुःखी हुन थाल्दछ र त्यही पिडामा जलेर जीवन नर्क बनाउँछ। मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सरल उपाय बताइएको छ। साना देखी ठुला दुःखबाट मानिसलाइ उन्मुक्ति दिन महान धर्मग्रन्थहरुमा विशेष तर सरल सुत्र बताइएको छ ।

सधै सन्तुष्ट रहौं ।
जसरी पनि सन्तोष गरौ ।

निचोड भनेको सुखको एउटै सजिलो मन्त्र सन्तोष रहनु हो। असन्तोष दुःखको कारण हो। हर अवस्थामा जस्तै सुकै विपप्ती आइलागोस मनमा सन्तोष हुनु जरुरी छ। यो एउटै सुत्रले लोक देखी परलोक सम्म मुक्ति मिल्दछ ।

समाज हामीले बनाएका हौ समाजले हामी होइनौ !

मानिसको जन्म न धनी न गरीब न दुखी म सुखी न दलित न ब्राम्हण न जनजाती को रुपमा हुन्छ । मानिस केवल मानिस नै भएर जन्मने हो । हामीले बनाएका  कार्य ब्यवस्ता अनी हामीले निर्माण गरेका रितिरिवाज भाषा धर्म सन्स्क्रिती अनी हामीले बनाएका समाजले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारीरहेको हुन्छ । वास्तबमा समाजमा घटिने जतिपनी घटनाहरु छन ति सम्पूर्ण परिस्थीती हामीले निर्माण गरेका हौ । र कालान्तरमा हामीलाई नै ति घाटना क्रमले हामीलाई घुमाइ रहेको हुन्छ । हामी समयको रफ्तार सँगै जीवनको भुमरुमा फस्दै गैरहेका हुन्छौ ।

ब्राम्हण छेत्री बैस्य शुद्र । यो बर्गीकरण कस्ले गर्‍यो र किन गर्‍यो त ? मनन गर्नु पर्ने बिषय छ । हामीले स्कुल पढ्दा श्री ५ प्रिथ्बी नारायण शाहले
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)को पोखरामा जारी पाचौ महाधिवेशनले डण्ड गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) अब नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फनिज) भएको छ । उपाध्यक्षमा भैरव आङ्ला, महासचिवमा गजुरधन राई, सचिवमा राजेश चाम्लिङ , मनोज घर्तीमगर (पुरुषतर्फ) रजनी तामाङ (महिलातर्फ) र कोषाध्यक्षमा टेकराज थामी निर्वाचित भएका छन । महाधिवेशनबाट २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । यसअघि संघ रहेकामा विधान संशोधन गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बनाइएको छ ।

अबको बीस बर्ष पछिको हाम्रो धुवांकोट - बुद्दीलाल तामाङ


१.शिक्षा:
(क) सबै बिध्यालय भवनहरु आरसीसी बिल्डिंगमा रुपान्तरण भइसकेको हुनेछन|
(ख) सबै बिद्यालयहरुको शक्षिक गुणस्तरले गुणात्मक फड्को मारी सकेको हुनेछन| बोर्डिंगहरुको पढाई भन्दा धेरै नै गुणस्तरीय पढाई दिई रहेको हुनेछ|
(ग) बिद्यालयहरु आधुनिक सुबिधा सम्पन्न भै सकेको हुनेछ|
२. स्वास्थ्य सरसफाई:
(क) हालको स्वास्थ्य चौकीले स्वास्थ्य केन्द्रको स्थान लिई सकेको हुनेछ|
(ख) स्वास्थ्य केन्द्र पचासौं सैय्या क्षमताको आधुनिक सुभिधा सम्पन्न हुनेछ|
(ग) उपस्वास्थ्य चौकी स्वास्थ्य चौकी बनी सकेको हुनेछ|
(घ) गाउँमा एम्बुलेन्स सुबिधा चौबिसै घण्टा उपलब्ध भै सकेको हुनेछ|
(ङ) फोहोर मैलाको उचित ब्यबस्थापन भै सकेको हुनेछ|
(च) घर/ घरमा आधुनिक पक्कि चर्पी बनि सकेको हुनेछ|
२. यातायात:
(क) धादिङ बेशी-भर्यांग भुरुंग मोटरबाटो र डाँडा गाउँ- पात्ले मोटरबाटो पिच(पक्कि) भै सकेको हुनेछ|
(ख) सबै बस्तिलाई समेटेर जाने अर्को मोटरबाटो बनि पिच भै सकेको हुनेछ|
(ग) टोल/टोलमा जाने मोटरबाटो ग्रावेल भै सकेको हुनेछ|
३.उर्जा/बिधुतिकरण : (क) घर/घरमा बिजुली बत्ति बलि सकेको हुनेछ|
(ख) दाउरालाई उर्जाको रुपमा प्रयोग गर्ने काम बन्द भै सकेको हुनेछ|
४. कृषि/उद्योग :
(क) परम्परागत कृषि प्रणालीको अन्त्य भै आधुनिक कृषि प्रणाली स्थापित भइसकेको हुनेछ|
(ख) ठूलाठूला कृषि फर्महरु बनि सकेको हुनेछ|
(ग) जग्गा खण्डिकरणको अन्त्य भइ जमिनको चक्लाबन्दी तथा जमीन सुध्रिटीकरण भइ सकेको हुनेछ|
(घ) नगदे बालि तथा फलफुल खेति ब्यापक रुपमा लगाउन थाली सकेको हुनेछ|
(ङ) कम्तिमा एउटा उन्नत जातको बिउ बिजन उत्पादन गर्ने नर्सरीको स्थापना भइ सकेको हुनेछ|
(च) एउटा कुलरको स्थापना भइ सकेको हुनेछ|
(छ) केहि साना उधोगहरु जस्तै कास्ट उधोग, मसला उधोग, जुस तथा जाम उधोग, कागज उधोगहरु बनि सकेका हुनेछन|

५.खानेपानी/ सिंचाई :
(क) घर/घरमा खानेपानीको उचीत् व्यवस्था भइ सकेको हुने छ|
(ख) ढलको उचित व्यवस्थापन भइ सकेको हुनेछ|
(ग) एक/एक थोपा पानीको सदुपयोग गरि ठाउँ ठाउँमा ठूला ठूला रिजर्वोयर टंकीहरु निर्माण गरि सकेको हुनेछ|
६. सामाजिक सुरक्षा:
(क) एक शक्तिशाली प्रहरीचौकी स्थापित भइ सकेको हुनेछ| जसले २४ घण्टा नै जनताको सुरक्षा गरि रहेको हुने छ|
(ख) केन्द्रिकृत र ब्यबस्थित बस्ती बसाली सकेको हुनेछ|
माथि उल्लेखित कुराहरु काल्पनिक हुन्| एक किसिमले भन्दा गफ नै हुन्| सबै मान्छे गाउँ छाडेर शहर पसीरहेका छन्| तर फेरी अर्को अथार्थ केहो भने मान्छेले आँटे के हुदैन र? गाबिसका सबै मान्छे एकजुट हुने हो र तल उल्लेखित कुराहरु गर्ने हो भने यी कल्पनाहरु यथार्थमा बदलिन पनि सक्छन |
(१) राजनीति: राजनीतिलाई गलत ढंगले बुझ्ने र प्रयोग गर्ने गरिएको छ| राजनीतिको लागि बिकाश होइन बिकासको लागि राजनीति गर्ने काम गर्नु पर्यो| पार्टीहरु बिचको खिचातानी बन्द हुनु पर्छ|
(२) भ्रस्टाचार: सबै किसिमका भ्रस्टाचारहरुको अन्त्य हुनु पर्छ|गाबिस सचिव देखि दलका कार्यकर्ताहरुबाट हुने भ्रस्टाचार रोकिनु पर्छ| गाबिसको बजेट र त्यसको बिनियोजन सबैले बुझ्ने गरि ठूलो बोर्डमा ठूला अक्षरहरुले लेखेर टाँस्नु पर्छ| बिद्यालय तथा स्वाथ्य चौकीहरुमा भएको आर्थिक हिना मिनालाई रोक्नु पर्छ|
(३) बिकाशमा प्राथमिकता क्रम: बिकाशका विविन्न शिर्षकहरुलाई प्राथमिकताक्रममा राखिनु पर्दछ| सोहि अनुसार बजेट बिनियोजन गर्नु पर्दछ|
(४) प्राबिधिक ज्ञान: बिगतका बिकाश आयोजनाहरुको समिक्षा गरिनु पर्दछ| प्राबिधिक ज्ञानको अभावमा गरिने बिकाश आयोजनाले दिगो र फलदायी परिणाम निकाल्दैन|
(५) सरकारी बजेट: राजनैतिक पार्टीहरुमा रहेका नेता कार्यकर्ताहरुले सके सम्म आफ्नो ब्यग्तिगत स्वार्थलाई त्यागी गाबिसको बिकासको लागि धेरै भन्दा धेरै सरकारी बजेट भित्र्याउने कोसिस गर्नु पर्दछ|
(६) NGO / INGO: सके सम्म NGO / INGO हरुसंग सम्पर्क गरेर गाउँमा बिकाश बजेट भित्र्याउने कोशिश गर्नु पर्छ|
(७) सबैले श्रम गरौँ: बर्षको कम्तिमा २/३ दिन सबैले श्रमदान गर्ने बानी गरौँ|
(८) आर्थिक सहयोग गरौँ: बिदेशमा रहने सबैले बर्षको एक दुई दिन बराबरको आम्दानी गाउँको बिकासको लागि दान गरौँ|
(९) संगठन: गाउँको बिकाशलाई ब्यबस्थित बनाउन संसारै भरि संगठन बनाऔ| जस्तै गाबिस स्तरीय, वडा स्तरीय, धादिंग बेन्शिमा, काठमाडौँमा, भारत, मलेसिया, अरब तथा युरोप अमेरिका लगायत संसारै भरि जहाँजहाँ धुवाकोटे बसेका छन् सबै ठाउँमा संगठन बनाइ सबैको सामुहिक शक्तिले गाउँ बनौँ|

रेडियो प्रस्तोता र श्रोता


नेपालमा रेडियोको शङ्ख्या धेरै नै छन तर त्यहा काम गर्ने सङ्ख्या पनि सिमित छ। कहिले धेरै र कहिले थोरै हुने समस्यात भई नै हाल्यो । किन हुन्छन त धेरै र थोरैको सङ्ख्या रेडियोमा । गम्भीर बिषय छ । जब एक जना ब्यक्तिले रेडियोमा बोल्ने लालसा राख्दछन तब उसले आफ्नो कुरा रेडियो संचालक समक्ष राख्दछन र उस्ले त्यो अवसर पाउछन पनि । .............................

नेपाली काङ्ग्रेसको ईलाका स्तरिय आम-सभा


जेष्ठ १८/धादिङबेशी
नेपाली काङग्रेस धादिङ क्षेत्र न १ को ईलाका न ३ ले आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले नेपाली काङ्ग्रेसले मात्र जनताले चाहेको सम्बिधान बनाउने र सबै दललाई समेटेर मङ्सिरको पहिलो हप्तामा सविधान सभाको दोश्रो निर्वाचन गराउनु कङ्ग्रेसको सङ्कल्प रहेको बताउनु भएको छ । साथै अहिले सम्म भएका जतिपनी आन्दोलनका उपलब्धी छन, त्यो नेपाली काङ्ग्रेसको... अगुवाइले मात्र भएको तर काङ्ग्रेसले एस्लाई जोगाएर राक्न नसकेको कुरामा जोड्दिनु भएको थियो । नेपाली काङ्ग्रेस बुढाथुम गाबिस सभापति राजेन्द्र अर्यालको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको प्रमुख आथीत्यता रहेको थियो । साथै नेपाली काङ्ग्रेस धादिङ क्षेत्र न १ का युवा नेता दिलमान पाख्रिन, जिल्ला स्तरिय नेताहरु बासु तिमील्सिना, फणिकान्त छत्कुली, हरी सिमखडा, रमेश धमला लगायतको उपस्थीती रहेको थियो । ............................

सेमजोङ वाक डुप्खाङ अष्ठ महाचैत्य ।

बुद्ध जयन्ती

पहिचान - जनजाती युवा र भबिश्य

राज्य सन्यन्त्रमा गैर जनजाती .........
जनजाती सम्बन्धी राज्यको धारणा .........
जनजातिको बर्तमान अवस्था ..........
जनजाती युवाको भविस्य .....
शिक्षामा जनजातीको अवस्था ........................
के गर्न सकिन्छ जनजातिले युवाले ? .....................
किन जनजाती युवा बिदेशीन्छन ? ...........................
नेपालको राजनिती र जनजाती युवा ................................
नेपालमा जनजातिको भविस्य कती ? .....................................
जनजातिले गरेका उपलब्धी र अबको सम्भावना । .........................

सन्तुस्ठी

वास्तवमा मान्छे सन्तुस्ठी चाहन्छ । तर त्यो मिलीरहेको छैन । कारण प्रत्यक घरमा कलह छ, प्रत्यक समुहमा बिवाद छ, प्रत्यक कार्यालयमा असमझदारी छ, प्रत्यक ब्यक्ती कुनै न कुनै दल प्रती आस्था राख्दछन । देशको अर्थ व्यवस्था धारासाही छ, राजनिती डामाडोल छ, नेता नै पिच्छे स्वार्थ छ । दलिय स्वार्थ, जातिय स्वार्थ, समुहको स्वार्थ, अनी ब्यक्तीगत स्वार्थ । घरमा आमाको सिरियल हेर्नु पर्ने, बुवाको खै सधै काम, छोराको स्कुलको फिस तिर्नु पर्ने, साथीहरुको राम्रो मोबाईल बोक्छन आफ्नो चै नराम्रो भन्ने गुनासो, छोरीको मेकअप गर्ने समान किन्न पैसा छैन भन्ने गुनासो , अफिश गयो समयमा तलब दिन नसकेर कर्मचारीको कचकच, पसलमा केही किन्न गयो अस्ती भन्दा दोब्बर महङ्गी बढेको छ । समाचार हेर्यो भात्केको र बिग्रेको भन्दा केही सुन्न पाउने होइन । नेताको कुरा सुन्यो चाख लाग्दो र घात लाग्दो बिकासको कुरा केही छैन । अनी कहाँ बाट पाओस सन्तुस्ठी, कहाँ बाट मिलोस आनन्द ।

स्वार्थ, घमन्ड, रिश, लोभ, स्वभावले गर्दा नै यो समाज ब्यस्त बनिरहेको छ ।

धादिङबेशी पिडामा बाच्दै छ ।

धादिङबेशी बजार केही दिन अघी देखी असहज अवस्थामा आफ्नो दिन बिताइ रहेको छ । सधैं जसो गाडीको हर्न बजेको सुन्ने बानी लागेको बजारमा अहिले त्यसलाई उछिनीयर प्रहरी दाईको सिट्ठीको आवाज चर्को सुन्न थालेको छ । बाटोको किनारामा एकै छिन पनि गाडी, बाइक रोक्न दिइदैन । प्रहरी दाईले सिट्ठी मारीहाल्छ । जस्को कारण अब बाइक चड्नु भन्दा हिंड्न पो सहज हुने भो भन्ने लगिराको छ ।  बिच बजारको टिकाट काउन्टर सारेर पुछार बजार पुर्याएको छ प्रशानको ठाडो आदेशमा । जस्को करण बिच बजारका ब्यवसाइहरु असन्तुस्ठ देखीएका छन भने अब सर्वसाधारणले गाडीको टिकट काट्न पुछार बजारमा रहेको बस पार्क पुग्नु पर्ने झन्झट बेहोर्नु पर्ने देखिन्छ । त्यस्तै निलकण्ठ क्याम्पसको बिधार्थी चुनावले पनि बजार केही तातेको होकी भन्ने लगिराछ ।




केही जोखिम, केही रमाइलो, केही रोचक र एउटा ग्रामीण अनुभव


पर्खाइमा भिज्यो सिरानी
सम्झनिमा बित्यो सपनी,
चाडै फर्की आउ हे मेरी मायालु................. "
नेपाली पप गायक राजु लामा द्वारा गाइयको यो मिठो गीत गाडीमा जोडले घन्कीदै थियो । शायद घरमा कोही निकै लामो समय देखी पर्खिरहेको छ, भेट नभएको धेरै समय भईसकेको छ । यस्तै यस्तै बुझ्न सकिन्थियो गीत सुन्दा । सबै भावुक देखिन्थे, घरको यादले सताएको देखिन्थियो सबैलाई र सबै गन्तब्यमा पुग्न हतारीएको भान हुन्थियो । यो य...ात्रा धादिङबेशी देखी सेमजोङ गाउ सम्मको थियो । बेशीको पिच बाटो छाडे देखिन कची बाटो ३ घण्टाको यात्रा पछी सेमजोङ पुगिन्छ । गाडी भरी भरीभराउ मान्छे थिय । अझ नआटेकाहरु छतमा समेत गएर बसेका थिय । गाडी आफ्नै रफ्तारमा कच्ची बाटोमा धुलो उडाउदै सङ्कोस पाख उक्लिन थाल्यो ।

ल हेर्नुस् गगन थापा र अन्जना केसीको लभ स्टोरी (´थोडे बदमास हो तुम, थोडे शैतान हो तुम´)


´थोडे बदमास हो तुम, थोडे शैतान हो तुम´
अञ्जनाले स्टेजमा गाएको ´सांवरिया´ फिल्मको यो गीत मेरै निम्ति थियो। म भावविभोर भएँ। उनले मतिर हात बढाइन्। म तानिएँ। संगीतको तालमा हाम्रा पाइला स्वस्फूर्त डोल्न थाले। केही पलको साथ जीवनभरका लागि स्मरणीय रह्यो। खुशीको लम्बाइ होइन, पल महत्वपूर्ण हुन्छ– अञ्जनाको भनाइ म विस्तारै बुझ्दैछु।


´यसपालि लण्डन आउँदा खुब घुमौंला है,´ यही जनवरी १ मा नेपाल छाड्नुअघि मैले उनलाई टेलिफोनमा फुर्क्याएको थिएँ। पार्टी जनसम्पर्क समितिको कार्यक्रम भए पनि मनमा अञ्जनालाई भेट्ने उत्साह बढी थियो। तर सात दिनको बसाइमा सात घन्टा समय निकाल्न गाह्रो पर्‍यो। विमानस्थलमा झरेदेखि नफर्कुञ्जेल उत्सुक र उत्साही साथीहरूले घेरेका घेर्‍यै। हरदिन राती अबेरसम्म मिटिङ चल्थे। काठमाडौंजस्तै पलनबिराई मोबाइल बज्थे। उनी समीप थिइन्, तै एक किसिमको दूरी थियो।

रोजगार , मानसिकता

जीवनलाई आर्थिक उपार्जनसँग जोडिराख्न श्रीमान खाडीमा गएको  तीन वर्ष भएको छ र जसले आफ्ना श्रीमान्सँग मुस्किलैले र छोराछोरी जन्माउने उपक्रममा मात्रै सँगै रहन पाएका छन । युबाहरुको उपस्थीती सुन्य छ । कोही बाँकी छन  भने चिसो हावापानीको मायाले ओर्लन नसकेका बूढाबूढी मात्र छन  हिँड्नै नसक्ने काल पर्खी बसेजस्ता अपांगहरू छन  परिवारका सबै आधार गुमाइसकेका अबलाहरू मात्रा बाँकी छन र बाल बच्चाहरु छन ।

भ्रम मानसिकता
हाम्रा पुराना मानसिकताले, पुराना दर्शनले हाम्रो दिमागलाई त्यही गर्न भनेको छ जुन हिजो थियो र आज पनि यथावत छ । हामीलाई बिरालोले बाटो काटेमा अशुभ हुन्छ भनी सिकाएको छ । तसर्थ हामी बाटोमा हिड्दै गर्दा बिरालोले बाटो काटी दियमा अशुभ मान्छौ । यो हाम्रो सोचाइ हो । जुन कुरा हामीलाई हाम्रा पुर्खाले सिकाएको छ । हाम्रा सस्कारले सिकाएको छ । के यो ठीक होला त ? हामीले कहिले पनि आफ्नो बिवेक प्रयोग गरेनौ । जुन कुरा भ्रम थियो । हो, हामी यस्तै यस्तै भ्रममा बाची रहेका छौ ।

पीडित मानसिकता
हामीलाई आमा बुवाले बच्चै देखी यो गर यो राम्रो हो यो नगर यो नराम्रो हो भनी सिकाएको छ । हाम्रो समाजले पनि हामीलाई त्यस्तै राम्रा र नराम्रा कुराहरु सिकाएका छन । हामी आफै बुद्दी र बिबेक प्रयोग गर्न सक्ने हुँदा पनि हामीले त्यो राम्रो किन राम्रो हो र त्यो नराम्रो किन नराम्रो हो बिचरा गरिरहेका हुँदैनौ । हामीले आँफै निर्णय गर्न सकिरहेका छैनौ । कारण हाम्रो मानसिकता पहिले नै हाम्रो परिवारले र यो समाजले भरी दिएको हुन्छ यो राम्रो हो र यो नराम्रो हो भनी ।

संसारमा सबै रोएको समान सुनिन्छ । सबै हासेको उस्तै देखिन्छ । सबैलाई चोट लाग्दा दुख्छ । सबैलाई उस्तै भोक लाग्छ ।
भाषा, धर्म, सस्क्रिती र रितिरिवाज फरक हुन सक्दछन । जुन समाजमा निरभर पर्दछ ।

किन दु:ख पाईन्छ ?
असीमित चाहनाहरु, पुराना मान्यताहरु र जिन्दगिका योजना नहुँदा दु:ख पाईन्छ ।
जिन्दगीलाई कसरी सुखी बनाउन सकिन्छ ?
पुराना मान्यताहरु छाड्न सक्नु पर्छ ।
जिन्दगिको योजना बनाउनु पर्छ ।
चाहानाहरु सिमित पाल्नु पर्छ । 

यात्रा, जैविकविविधता, साहित्य र संगीत ।
समाज, जीवन र प्रकृति
समाज, जीवन र प्रकृति

गैरा

हाम्रो गाउ, राम्रो ठाउँ, आउ हामी मिली बनाउ ।

* सेम्जोङ वडा न १ र २
* घर धुरी सङ्ख्या २१०
* अनुमानित ब्यक्ती सङ्ख्या २०००
* मुख्य पेसा - कृषि
* बैकल्पिक पेशा - बैदेशिक रोजगार
* मुख्य पर्व - ल्होसार
* स्थानिय पर्व - किर्पा सस्क्रिती
* बिशेषताहरु - तामाङ बाहुल्य बस्ती
   - प्रसस्थ पानीको श्रोत भएको ।
   - राष्ट्रिय बिधुत प्रसारण लाइन पुगेको
   - परम्परागत पनि घट्टको व्यवस्था भएको

मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

By Salokya, on August 11th, 2012


स्केचः भानगघग्यालेरी
हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्‍याएका रहेछन्-

नमुना गाउ सेम्जोङ १ र २ गैरा गाउ

*** सम्ब्रीद्द गैरा गाउको परीकल्पना  ***
" हामीले नगरे कसले गर्छ
अहिले नगरे कहिले गर्ने । "

१ श्वास्थ्य चौकीको समस्या छैन ।
२ स्कुलमा पढाई राम्रो छ ।
३ पानीको समस्या छैन ।
४ गाडी गाउमै अैपुग्छ ।
५ बिजुली बत्ती २४ सै घण्टा छ ।
६ फोन, इनटर्नेटको सुबिधा छ ।
७ खान र बस्न आवासको सुबीधा छ ।
८ रमाइलो गाउ छ , जहाँ म्हेन्दोमायाको साथमा तामाङ सस्क्रीतीको झल्को मेट्न पाईन्छ ।
९ ढेडो र गुन्द्रुकको स्वाद लिन सकिन्छ ।
१० सुन्दर शान्ता र रमणिय वातावरण छ ।

 

*** त्यसैले त आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गर्दछ । एस्तो भने दिन कहिले आउँला ?

वास्तबमा जिन्दगी केही होइन !

रिश राग र घमन्ड नगर
इर्श्या अभिमान र द्रेश नगर
लोभि पापी र क्रोधी नहोउ
सक्छौ दानी, दयालु र मायालु होउ
सक्छौ मिलनसार,ज्ञानी र ध्यानी होउ
वास्तबमा जिन्दगी केही होइन !

जिन्दगी वास्तवमा केही होइन ।
जिन्दगी त एउटा खेल हो ।
हामी त यस धर्ती मा हुने यावत कृयाकलापका पात्र मात्र हौ ।
मानौ नाटक खेल्ने कलाकार हौ ।
हामी दैनिक जीवन मा जे जे गर्छौ त्यो त हाम्रो अभिनय हो ।

मेरो जिन्दगी

जब म २ बर्षको थिय
म अली अली बुझ्ने भएछु झै लाग्न थाल्यो ।
अनी म सोच्थे
म कहिले स्कुल जान पाउला र मेरो जिन्दगी शुरु होला ।
केही बर्ष पछी म स्कुल पनि जान थाले,
तब मलाई लाग्न थाल्यो म कहिले ए बि सि डि र क ख ग घ पढ्न सकुला र मेरो जिन्दगी शुरु होला !
केही समय पछी मैले त्यो पनि जाने
तब मलाई लाग्न थाल्यो म कहिले १ बाट २ कक्षामा पुगुला र मेरो जिन्दगी शुरु होला !
यवम रितले मेरा कक्षाहरु बढ्दै गए
मेरा चाहनाहरु बढ्दै गये
तै पनि मलाई मेरो जिन्दगी शुरु भएको जस्तो लागेन ।
अनी म सोच्थे मेरो एस एल सि सकिये पछी त मेरो जिन्दगी शुरु होला नि  एस एल सि पनि सकियो
तै पनी मेरा जिन्दगी शुरु भएझै लागेन ।
अनी म सोच्न थाच्थे अब म विवाह गर्छु ।
अनी त मेरा जिन्दगी शुरु होला नि भनी सोच्थे

बिहे गरे ।
तै पनि मेरो जिन्दगी शुरु भये जस्तो लागेन ।
अनी सोचे एउटा छोरो त जन्माउनु पर्ला
छोराको साथमा एउटा सुन्दर जिन्दगी शुरु होला नि झै लग्न थाल्यो
र छोरो जन्माये
अह तै पनि मेरो जिन्दगी शुरु भयेजस्तो लागेन
तर
आज त म एउटा छोरोको बाउ,
एउटा श्रीमतीको श्रीमान र
एउटा समाजको जिम्मेवार नागरिक
बसन्तका रीतु पनि २७ वटा पार गरी सकेछु ।
तैपनी जिन्दगी शुरु भएको जस्तो लागेन ।
आधी जिन्दगी त शुरु नहुँदै सकिएछ ।
अनी म कल्पन थाले
आँफै लाई प्रश्न गर्न थाले
साच्ची मेरो जिन्दगी शुरु नभएकै हो त !
कहिले शुरु हुन्छ त मेरो जिन्दगी  ?

चैत्र ३१,धादिङ

जीवन र कार्यसम्पादनका लागि रुपान्तरणका प्रविधीहरु - 2

जब हामी आमाको कोखबाट जन्म लिन्छौ । त्यसबेला हामी रुन्छौ । तब देखी हाम्रो षङ्घर्शको दिन शुरु हुन्छ । हाम्रो जीवनको शुरुवात नै रुवाइबाट भएको हुन्छ । हाम्रो जन्म सँगै हामीले नाम, जात, धर्म, लिङ्ग, सुख, दु:ख, धनी, गरिव आदी इत्यादी यो समाजले के के दिने हो हामीलाई भिडाइ दिएको हुन्छ । हामी जन्मदा त सुद्ध मानव भएर जन्मेका हुन्छौ । तर हाम्रो समाज, देश, धर्म, रितिरिवाज, सन्स्क्रिती र हाम्रा अन्धविश्वासले हामीलाई बालक देखी नै अन्धो बनाइदिएको हुन्छ । अनी हामीले जे जती देखेका छौ र जे जती बुझेका छौ त्यो नै हामीलाई महान लाग्छ र हामी त्यसैमा रमाउछौ ।
म त जन्मदा एक मानव भएक जन्मेको हुँ, मेरो चेतना छ, म मा हासो खुशी छ, मेरो प्रजनन क्षेमता छ र मलाई भोक लाग्छ भन्ने नै बिर्शीसकेका हुन्छौ । हामी एही समाजले भिडाएको नाम मा गर्व गर्छौ, मेरो त जात ठुलो उस्को त सानो भनी हामी तुलना गर्छौ । म त गरिव उ त धनी भनी सोच्छौ । यो राम्रो त्यो नराम्रो आदी इत्यादी सोच्छौ । वास्तवमा यि काल्पनिक बिषय बस्तुले हामीमा भ्रम श्रीजना गरिदिएको हुन्छ । यि सामाजिक बन्धनमा रुमालिदा हामी आफ्नो मार्ग लाई नै बिर्सी सकेका हुन्छौ । यो समाजको कृयाकलापले हामीमा एक प्रकारको सोचाइ बनिसकेको हुन्छ । समाजले जे गर्छ हामीलाई त्यही शाही लगिरहेको हुन्छ अनी हामीले पनि त्यही गर्नु पर्छ भनी सिकिरहेका हुन्छौ । यसरी हामीमा अन्धबिश्वास , झुट र ढोङ्गको छाप बसेको हुन्छ । हो हामी त्यही सोचले ग्रश्त बनी त्यही अनुसारको कर्म गर्छौ । र त हामीलाई सोही अनुरुप नतिजा प्राप्त हुन्छ । त हामी रिस, राग, क्रोध,असन्तुस्ठी र दु:ख मात्र पाइरहेका हुन्छौ ।
जब हामी समाजको यि यावत अन्धविश्वास, कुरिती, ढोङ्ग,र आस्थाको पछी लाग्न छाड्छौ र हामी मानव हौ , हामीले यो सुन्दर जीवनलाई त्यसै खेर जान दिनु हुँदैन, केही उर्जाशिल कर्महरु गर्नु पर्छ, त्यस्को लागि हामी नै सक्रीय र कृयाशिल हुनु पर्छ भन्ने भावना मनमा मनन गरेर अघी बढ्यौ भने हाम्रो जीवन अवस्य सफल र सर्थक हुनेछ । नेपाली समाज भाग्यवाद मा अत्यधिक विश्वाश गर्छन् । भाग्यको भरमा नपरी कर्ममा विश्वाश गरी अगाडि बढेमा अवस्य जीवनले गती लिनेछ ।

चैत्र २९ , धादिङ 

जीवन र कार्यसम्पादनका लागि रुपान्तरणका प्रविधीहरु


- सकारात्मक बिचारमा
- सकारात्मक ब्यवहार
- सकारात्मक चिन्तन
- सकारात्मक सोचाइ

परिवर्तन
- आनन्दको जीवन
- खुशी जिन्दगी
- सुखको अनुभुती
- शान्तीको आभास

- मान्छे सबै भन्दा असन्तुस्ठी आफ्नो घर परिवार देखी हुन्छ । फेरी त्यो असन्तुस्ठी आँफै भित्र हुन्छ ।

वैद्य माओवादीको वन्द........सुनसान राजमार्ग........अनि हामी तीन भाइको राजमार्ग यात्रा




मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच


म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।
मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।
जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ ।
मेरो इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक आत्मबल दिएको छ । म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ ।
आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।
म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।
आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास

मेरो आमाको रहर.

म सपना, सकारात्मक सोच र आत्म विश्वास बोकेको साधारण मानव हुँ / म संग सानो सपना छ, तेस्लाई पुरा गर्ने सकारात्मक सोच र आत्म बिस्वास छ,अनि छ मेरो आमा बुबाको आशिरबाद पनि/ येही सानो आकाश अंगालेर चल्ने जिजीबिषा छ ..!

पिठ्युँमा डोको अनि डोको भरिधेरै गह्रौं भार
बोकी लौरोको सहारालिएर उकालिन्दैछिन मेरी आमा
बेंशीको खेत र झुप्रो घर
उनकोजिबन भरिको गन्तब्य भएको छहरेक बिहान उनलाई सताउनघाम लुकामारी खेल्दै,
देउराली डाँडा देखी उदाउँछ।

चैत्र २५ गतेको नेपाल बन्दको यो अवसर ।

मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच

- कर्ण शाक्य

म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।

सकारात्मक इच्छाशक्ति नै सफलताको पहिलो बिन्दु हो


अम्बर गुरुङ

विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर ‘हुन सक्दैन’ अथवा ‘गर्न सक्दिन’ भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो ।

जिन्दगी

घुम्यो, बस्यो। परिवारमै रमायो। प्रकृतिको नजिक बस्यो। घामपानी जिन्दगानी। घाम लागे घामै रमाइलो, पानी परे झरी नै रमाइलो लाग्छ। खोइ किन हो कुन्नि? एउटालाई गर्मी हुदाँ अर्काले पसीना काढ्नेसम्मको आत्मीयता छ हाम्रोमा। परिवार छोडेर कतै जान पनि मन लाग्दैन। जिन्दगी नै मस्तीको लागि त हो नि, जति जिउँछौ खुलेर जिउ, मरेपछि लानु के छ र!' यत्ति भनेर उसले सिनित्त पारी त्यो ग्लास।  ।

सुहागरात

- सौरभ कार्की
 
 'आश्रिया, ए आश्रिया!'
म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद।
कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे।
'आम्मामा! कत्ति सारो मोटाएकी तँ!'
म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, धेरै त होइन, कम्मर छिनेकी।

'कता जान आँटेकी?'
'घर नि। भन्न के छ तेरो हालखबर?' मैले सोधेँ।
'यस्तै त हो नि!' उसले आफंैलाई नियाली। टाइट जिन्स, पेन्सिल हिल, स्लिपलेस, गलामा मोतीको माला, टलक्क टल्किने झुम्का। उसका हरेक शृंगारमा मेरा आँखा दौडिरहेका थिए।
उसले भनी- 'जाम् कफी पिउन।' उसको आग्रह टार्न सकिनँ। घरमा फोन गरेर भनिदिएँ- 'म आउन अलिक ढिलो हुन्छ होला।' मेरो हात समातेर हिँडिरहेको छोरो देखेर उसले सोधी- 'कसको बच्चा नि यो?'
'मेरो।'
'छोरो यत्रो भइसक्यो? कहिले बिहे गरेकी नि तैंले?'

टुक्का

अन्तरद्वन्द चलेका छन
भित्र भित्रै जलेका छन
रिस, राग, घ्रीणा भाव मोह रुपी जालमा परी
जिबन त्यस्सै जलेका छन ।

चैत्र १८

साझा सवाल - 2069/12/11


कृषि पेशा गरिरहेका उत्साही किसानहरूको कथा समेटिएको आजको साझा सवाल तपाईंलाई कस्तो लाग्यो?

किसानका सफलताको कथालाई समेटेकोमा ज्यादै खुशी लाग्यो । इच्छा सक्ती हुने हो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने दरिलो उद्दारण हो यो । अर्काको देशमा गएर नोकर हुनु भन्दा आफ्नै देशमा साहु भएको जाती चाहे त्यो थोरै लगानी कै किन नहोस् ? एस्ता प्रेरणादायी कार्यक्रम आगामी अंकहरुमा पनि सुन्न र हेर्न पाउ । देश बिगारने नेताहरुको फुस्रा र बेतुकका बहस सुनेर समय बर्बाद गर्नु भन्दा त एस्ता केही उत्साह, प्रेरणा र हौसल्ला मिल्ने कार्यक्रमले आउँदा दिनहरुमा पनि स्थान पाउने हो भने निराशा, बेचैन र आफ्नो भविस्य नै अन्योल लगिरहेको नेपाली नागरिकहरुमा अवस्य थप उर्जा मिल्ने थियो कि ! साझा सवला टिमको ध्यान यि र यस्तै बिकास कार्यक्रम तर्फ केन्द्रित होस् शुभ कामना ।

नेपाली फिल्म "रिदम" हेरेपछी केही लेख्न मन लाग्यो ।

बस्तबिकता भन्नु पर्दा म तक्मे बुढो को अभीनय हेर्न गएको थिय । तर कुरो अन्त मोडियो ..........
धेरै पछी नेपाली फिल्म हेरे । पहिले भन्दा केही सुधार भएको हो कि भन्ने लाग्यो । तै पनि हिन्दी फिल्मको छाप बसेको यो दिमागमा नेपाली फिल्मले के स्थान पाउथ्यो र ! राष्ट्रियतालाई साछी राखेर भन्छु नेपाली कथानक चलचित्र रिदमले चै केही सुधागरेछ है भन्ने लाग्यो । हामी प्राय नेपालीहरुलाई नेपाली राष्ट्रिय गान नै थाहा छैन । यो बस्तबिकता हो । फिल्ममा मानिसको जीवनमा आउने उतारचढावका समसामायिक घटनाक्रमलाई देखाउन खोजिएको छ । राष्ट्रियताको प्रेमलाई उठान गरिएको छ फिल्ममा तर कही कतै कथा बस्तु मेला नखाएको हो कि भन्ने पनि लाग्नु स्वभाविक हो । मध्यान्न अगाडि दर्शक अन्योल हुने भयता पनि मध्यान्न पछी भने फिल्मले दर्शकलाई अन्यन्त्र मन जान दिदैन । केही कौतुहलता, केही भावुक अनी राष्ट्रियताको भाव दर्साउदै अन्तमा नेपाली राष्ट्रिय गान गाउन सबैलाई अनुरोध गर्दै फिल्म सकिएको छ । फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको छ ।

उनको हाँसो

– श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत

 तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर  जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै आभिया भन्ने सुपरभाइजर पनि हामीसँगै राती काम गर्न थाली । सुपरभाइजर भए तापनि उनी अन्य सुपरभाइजरहरु भन्दा हामीसँग बढी नै मिल्ने र हाम्रो समस्या बुझ्ने खाले थिई । उनी सबैजना कामदारहरुसँग अति नै मिलनसार र समझदार थिई । उनीसँग काम गर्न थालेको दुई हप्ता पछि एक राति उनी र मसँगै बेलुकीको खाजा खान थाल्यांै, खाजा खाइसकेपछि १० मीनेट जति समय अझै बाँकी भएकोले हामी त्यतिकै आराम गर्न लागेका थियौैै । अचानक उनी एक्लै खिलखिलाएर हाँस्न थाली । मैले आश्र्चयचकित हुँदै साधें – ”तपाइँ ठिकै त हुनुहुन्छ, आभिया ?“ उनी एकैछिनमा गम्भीर हुदै बोली—“सत्य मलाइ केहि पनि नसोध्नु । मलाइ म जस्तो छु , म जे गर्दैछु, त्यस्तै छाडिदिनुस् । कृपया मसँग केहि पनि नसोध्नुहोला । ” मलाइ यति भनेर उनी एकछिन चुपचाप रही र पूनः एक्लै खिलाखिलाएर हाँस्न थाली— “ हा..................हा ..........।”

राम्रो सोच बनाउनुस्, साकारात्मक सोच्नुस्, सबै सँग राम्रो ब्यवहाँर गर्नुस्, मिठो मिठो कुरा गर्नुस्, मिस्कुराउनुस्, तब न जिबनले सुखानु भुती अनिभव गर्दछ ।

हामी मान्छेको स्वभाव कस्तो छ भने हामी प्रय समय अरुको कुरा काटेर बिताउछौ । जुन कामको न कुनै प्रतिफल आउछ न कुनै सार नै । फलनाले एसो गर्‍यो , फलानाले एसो भन्यो भन्दैमा हाम्रो अंमुल्य समय बर्बाद भई रहेको हुन्छ । दुई चार जना साथी जम्मा हुन्छौ अनी सुरु हुन्छ - उस्ले त एसो भने छ नि फलनालाई, त्यो त खत्तम नै हो नि, मलाई त त्यो देखी कस्तो रिश उट्छ, अनी हामी पनि उल्टै थपी दिन्छौ हो मा हो । त्यही त , त्यती मात्र कहाँ हो र फलाना त एस्तो पनि हो नि ! हाम्रो भालाकुसारी झन उत्कर्स मा पुग्दछ । यसरी हाम्रो अंमुल्य समय बर्बद भईरहेको छ । हामीले समयको नाश गरी रहेका छौ । यि र यस्तै कारणले हामीले दु:ख पाइरहेका छौ । हाम्रो मन अशान्त छ । हामीले समयको सही सदुपयोग गर्न सकीरहेका छैनौ । आजको यो .............. प्रहरमा हामी तपाईंलाई तेसै बस्न दिने छैनौ । आग्रह गर्छौ, सल्लाह दिन्छौ, अभीप्रेरित गर्छौ । समयको सही सदुपायोग गर्नुस् । बर्तमानलाई सन्तुलनमा ल्याउनुस्, भबिस्य आफ्से आफ शुधार भएर जाने छ । साथी भाई सँग गफिनुस् तर नकारात्मक बहस नगरनुस् । कसैको कुरा काटेर समय बर्बाद नगरनुस् । राम्रो सोच बनाउनुस्, साकारात्मक सोच्नुस्, सबै सँग राम्रो ब्यवहाँर गर्नुस्, मिठो मिठो कुरा गर्नुस्, मिस्कुराउनुस्, तब न जिबनले सुखानु भुती अनिभव गर्दछ । जीवनमा आनन्दको झल्को आउँदाछ । आफुले राम्रो सोचे, आरुले पनि राम्रो सोची दिन्छ भन्ने मनमा राख्नु पर्दछ । सबै सँग समान ब्यवहार गर्नु पर्दछ । .............................