जाबो यत्ती कामले पनि घाइते

उ बेला  अहिलेका एन आर एन अध्यक्ष शेष घले पनि भाँडा माझ्थे रे। उहाको अनुभव त सुन्न पाइयन । लौ मेरो भय पनि 


# साबुन पानीले पनि यो ज्यानलाई यती बिध्न असर गर्छ भन्ने मलाई थाहा थियन । बिदेशको बसाइ अनी केही पैसा कमाइ हालिन्छ कि भनी बिदेशीयको केटो। बिदेसमा कहाँ पैसाको बोट हुदो रहेछ र ! पैसा त खोतलेर पो निकाल्नु पर्ने रहेछ , अहिले पो बुझ्दै छु । म अहिले युरोप को इटाली भन्ने देशमा छु । युरोप पुगेपछी युरो कमाउने सपनामा १०\१२ लाख खर्चिन तयार हुन्छन हाम्रा नेपाली दाजु भाईहरु । तर अहिले युरोपमा काम नपाएर धेरैको बिजोग भएको मैले देखेको छु । कयौ साथीहरु बिना कागज पत्र यतिकै बस्दै छन कागज पाउने आशामा । यहाँ डकुमेण्ट नहुनेलाई काम नै लगाउदैन । काम नभएसी खान बस्न समस्या हुन्छ । यता छिर्न लियको रिण को ब्याज दोब्बर  हुन लाग्दै छ तर यहाँ काम कुरो मिल्दैन । एसरी डकुमेण्ट बनाउने प्रकृयामा ३० औ लाख सिध्यै सकेका साथीहरु यहाँ धेरै छन । डकुमेण्ट बनेकाहरु पनि यतिखेर बिना काम बसिरहेका छन। काम पाउनै गर्हो छ । साहुहरुले कामदार राख्नै खोज्दैनन किनकी अहिले ब्यापार घाटा छ । यो यहाँको राष्ट्रिय समस्याकै रुपमा खडा भएको छ । हामीलाई एक त भाषाको समस्या छ अर्को साथी  भाई बिच चिनजान बिना काम पाउन असम्भव प्राय छ । मेरो यहाँको डकुमेण्ट पक्कको छ । म बिहान २ घण्टा जती काम गर्छु र थोरै कमाउछु । यो कामले मलाई महिनादिन खान मात्र पुग्छ । कोठा भाडा तिर्न र पैसा जोगाउन त अरु काम चाहिन्छ । जुन पाउनु गर्हो भई रहेको छ । बिहान २ घण्टा काम गरेर दिन भरी काम खोज्छु । तर पाउनु कहाँ ? कस्ले दिनु ? एही सिलसिलामा गत हप्ता एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो एक हप्ताको लागि । त्यो पनि  ईण्डियन रेस्टुराँमा । नहुनु मामा भन्दा कानो मामा जाती भने झै मैले मौका गुमाइन । दैनिक १२ घण्टा ,इन्डियन को हप्की र दप्की खाँदै  हप्ता दिन काम गरे । नेपालमा हुँदा कपडा धुन खोलामा २ / ३ घण्टा बसेर आउँदा त हात गोडा मुजा मुजा परिसकेको हुन्थ्यो । अझ यहाँ त १२ घण्टा साबुन पानी सँग । असर त पर्ने नै भयो नि।  कुनै भाँडा तातो पानीले धुनु पर्ने कुनै चिसोले। अहिले मेरो हात काम गर्न नसक्ने भएको छ । आज ६ दिन हुँदै छ अली अली चाल पाउन सक्ने भाछु । एकनासको पानी सँगको सत्सङ्ग , अझै त्यसको माथि  तातो पानी र चिसो पानीको अज्ञानता । ति डढेका डिक्चीहरु , छिन छिन मै कुकले क्रमस फाल्ने १०/१२ वाटा ताप्के अनी शहर नै उठेर खाना खान आएका जस्ता बुरुरु आउने थालि , प्लेट चम्चा का तातिले अत्यास नै लगाउने । त्यो ब्यस्तताले  म  पानी  सँग खेल्दै छु भन्ने नै बिर्सिदो रहेछ  । घर आएर पनि एसो तेल या क्रीम केहीले मालिस गरेर सुतेत भोली अली हल्का हुने थियो । त्यो पनि  हुन पाएन , दिनभरी को ब्यस्तताले कतिखेर लड्न पाउला भन्दै आराम खोजिरहने यो ज्यान ओछ्यानमा पल्टने बित्तिकै निदाउदो  रहेछु । एक्नासको घोटाइ , तातो चिसो पानीले लाठ्यएको हातको सुधार गर्ने प्रयास गर्दै छु । अरु पनि काम खोज्नु छ । कहाँ पाउछु ? कस्ले दिने ? कस्तो काम ? केही थाहा छैन । म आफ्नो देश देखी टाढा छु , परिवार देखी टाढा छु , योग्यता देखी टाढा छु । छन त केवल सम्झना छ मेरो साथ । हिजो पनि खोजे , आज पनि खोज्दैछु , सधैं सधैं खोजिरहनेछु त्यो सुन्दर भबिस्य  । फगत सपनामा बlचेँको जिन्दगी।

No comments:

Post a Comment