बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो रहेछ



नेपालमा दसैं उत्सब चलिरहदा यती खेर म यूरोपको कुनै कुनामा दसैंको रमझम, भेटघाट अनी भलाकुसारीमा छु । आफ्नै देशमा रहदा त्यो लामो बिदाको समय, साथी भाई सँगको भेटघाट, रमाइला कार्यक्रमहरुमा भाग लियको यादहरु लाई निरन्तरता दिनकोलागी पनि हामी यहाँ नेपालीहरु जम्मा भयका छौ । साथीहरु जम्मा भय गफगाफ रमाइलो, खानपिन, अनी हिन्दू धर्मवलम्बी साथीहरु टिका जमरा लागाउछन अन्यलाई कर छैन । बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो रहेछ । हामीले दसैंको बाहानामा इटलिको मिलन शहरमा जम्मा भयर खुब रमायौ, खयौ, अनी खुब जन्मभुमी सम्झियौ, त्यो बिगत सम्झीयौ, अनी त्यो लट्टे पिङ्ग सम्झियौ । र कत्ती साथीहरु परिवार सम्झीदै मनका कुराहरु साथीहरु सँग साट्दै थिय, त कोही दशकौ भइसक्यो स्वदेश छाडेको नरमाइलो मन्दै थिय । यो अवसर जुर्यायो नेपाल मितेरी मुन्च मिलानो, इटलिले ।

हामी सात समुन्द्र पारी छौ । नेपालमा दसैंको हर्सोलास भईरहेको समयमा यो पर्देशको ठाउमा हाम्रो नेपाली मनलाई बुझाउन, नेपाली बिच भेटघाट जमघट हुने अवसर मिलाउन पनि यो कार्यक्रम गरियको हो । नेपाल र नेपाली भन्ने भावना जगाउन, बिदेशी भुमिमा रहदा पनि आफ्नो भाषा, रितिरिवाज अनी सस्क्रीती जोगाउनको लागि पनि एस्तो कार्यक्रम अवस्यक छ ।

No comments:

Post a Comment