असोज २९/मिलान
नेपालीहरुको महान चाड बडा दशैं २०७० को अवसरमा आइतबार बिदाको दिन पारी इटलिको मिलान शहरमा भब्य सन्स्क्रितीक कार्यक्रमको आयोजना गरी मनाइयको छ । नेपालीहरु लाई एउटै छातामुनी गोलबद्द गराउनको लागि स्थापना गरियको नेपाल मितेरी मञ्च, मिलानो, इटलीको आयोजना र व्यासथापन अनी एन आर एन इटलिको सङ्योजनमा भएको कार्यक्रम नेपाल मितेरी मञ्चका अध्यक्ष श्री मुकुन्द पौड्यालको सभापतित्वमा भएको थियो । कार्यक्रममा एन आर एन इटलिका सस्थापक सदस्य डा भिम बहादुर बामको प्रमुख आतिथ्यता रहेको थियो भने एन आर एन इटलिका अध्यक्ष सञ्जय देव श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा मिलान शहर लगायत अन्य शहरहरुमा बसोबास गर्ने नेपालीहरुको पनि उल्यख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ब्यक्तीहरुलाई प्रमुख अतिथी डा भिम बहादुर बामले टिका तथा जमरा लगाइ दियका थिय । बिभिन्न नाच गान, रोचक खेल अनी दसैं सम्बन्धी गजल, कबिता र मुक्तकले कार्यक्रमलाई अझै रमाइलो र नेपालको सम्झना गराइयको थियो । नेपालमा दसैं उत्सब भब्य रुपमा मनाइरहेका बेला आफ्नो देशको सम्झना र रितिरिवाजको परम्परा जोगाउन ब्यस्त समयको बाबजुद पनि यसरी नेपालीहरु परदेशमा भेटघाट गर्ने गर्छन । सातसमुन्द्र पारी पर्देशमा रहेका नेपालीहरुलाई नेपालको चाडबाड भेटघाट गर्ने बाहाना बनिदिन्छ । कार्यक्रममा प्रमुख अतिथी डा बाम , एन आर एन इटलीका अध्यक्ष सञ्जय देव श्रेष्ठ , नेपाल मितेरी मन्च, मिलानका सल्लाहकारहरु क्रिष्ण न्यौपाने, बिशाल तामाङ लगायतले शुभ कामना दिदै आगामी दिनहरुमा पनि यस्तै भेटघाट हुन सकोस भन्ने भनाइ राखेका थिय ।
No comments:
Post a Comment