मेरो आमाको रहर.

म सपना, सकारात्मक सोच र आत्म विश्वास बोकेको साधारण मानव हुँ / म संग सानो सपना छ, तेस्लाई पुरा गर्ने सकारात्मक सोच र आत्म बिस्वास छ,अनि छ मेरो आमा बुबाको आशिरबाद पनि/ येही सानो आकाश अंगालेर चल्ने जिजीबिषा छ ..!

पिठ्युँमा डोको अनि डोको भरिधेरै गह्रौं भार
बोकी लौरोको सहारालिएर उकालिन्दैछिन मेरी आमा
बेंशीको खेत र झुप्रो घर
उनकोजिबन भरिको गन्तब्य भएको छहरेक बिहान उनलाई सताउनघाम लुकामारी खेल्दै,
देउराली डाँडा देखी उदाउँछ।

सेतै हिमालसरि फुलेका केशराशीकोर्न नपाएर नागबेली परिसकेको,
अनि समुन्द्री छालका तरंग झैंचाउरिएको मेरी आमाको अनुहार,
मन भरि चोट भएपनि मेरो सामुबसाईं छोडेको घरको झ्याल जस्तैत्यो फुक्लेको
दाँत अनि मेरोप्रेरणाको लागी उनी हाँस्ने गर्छिन।
म उनको त्यो हाँसोमा दुख अनि सुखदुवैको सुस्केरा महसुस गर्छु।
गाईभैंसी अनि भेडाबाख्रा मात्रदेखेकी मेरी आमा
कहिलेकाहींअनुरोध र ईच्छा प्रकट गर्छिन,
छोरा!
तिमी जाने शहर तसुनैसुनको दरबारले बनेको हुन्छ रे,
त्यहाँ चरा भन्दा छिटो उड्ने,
अनि बाघ भालु भन्दा छिटो कुदनेमाचढ्छन रे,
म निभ्नु भन्दा पहिलेसक्छौ भने एकपल्ट देखाउ है,
म पनि बैकुण्ठ बास लिन्छु होलात्यो सबै देखें भने।
मेरी आमा,
उनको गन्तब्य गाउँबेंशीमापुरै जिबन अर्पण गरिसकेकीतिमीलाई के थाहा?
हामी बस्नेझुपडी भन्दा शान्त, त्यो शहर छैन,
तरै पनि म मेरी आमाको रहर,
त्यो रमाईलो शहर घुमाउने छु।
खोक्रो आडम्बरमा उभिएका त्योस्वर्ण दरबारहरु देखाउने छु।
अनि तिमी के महसुस गर्छौमलाई भन्नेछौ आमा,
यो शहर त केवलनामको मात्र शहर रहेछ भनेर।
शायद तिमी उकाली ओराली
गर्दाभेटेका तिम्रा साथीसंगी सँगसाल अनि भोर्लाको पातमाबिंडी,
बेरेर दुख अनि सुखकोबात मारे जस्तो देख्ने छैनौ
शहरमा,
देउरालीको बरपिपलको शितल अनिबिसाउने चौतारी भेट्ने छैनौ शहरमा।
केवल निस्तेज पिरो धुवाँमा
रुमल्लिएकोअनि मान्छे हिंड्ने गोरेटोमाआगो नै आगोको लप्काहरुभेट्नेछौ,
तरै पनि मेरी आमातिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
म त्यो तिम्रो ईच्छा र आकंक्षाअबस्य पुरा गर्ने छु
आमा,
पुरा गर्नेछु।

No comments:

Post a Comment