कार्यक्रम परदेशको जिन्दगी

 बिदेशमा संगालेका अनुभवहरु सुनाउने

जिन्दगीका भोगाईका कथाहरु बाड्ने
संघर्शका अनुभुतीहरु सुनाउने
तितामिठा गफ गर्ने
जिन्दगी कस्तो चल्दैछ सुनाउने

वाका कप

 धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यघाङ गाउँपालिकाको सिमाना वाकामा प्रत्यक बर्ष संचालन हुँदै आएको वाका कप यो क्षेत्रमा संचालन हुँदै आएको एउटा एतिहासिक फुटबल खेल हो । यसले सेमजोङको शानलाई उचो राखेको थियो । त अब यो सेमजोङ भित्र मात्र सिमित रहेन । यसको दाएरा फैलीसकेको छ । यसले नेत्रावती डबजोङको नाउँ राख्नेछ । यसको बिगत देखी को इतिहास कोट्याउने हो भने यसले अनेक बाधा ब्यवधान र संघर्श पार गर्दै १२ औ वाका कप फुटबल खेल सफलता पुर्वक सम्पन्न गरिसकेको छ । कुनै आन्तरिक आर्थिक श्रोत नभए पनि एक आपसमा सहयोग उठाउदै फुतबल खेल आयोजना गर्दै आएको घाम जत्तिकै छर्लंग छ ।

एउटा पोख्रेली युवाको रातो पासपोर्ट पाएपछि को कथा

 

एउटा सुशी सेफको युरोप सपना र उनले भोगेको युरोप
म पोखराको ब्यस्त ठाउँमा एउटा नयाँ क्याफे चलाइ रहेका थिय । त्यो ब्यबसाय पनि सोचे जस्तो नभएपछि अचानक युरोप जाने भुत सवार भयो । अनि अनेक चक्कर काटेर ठुलो रकम खर्चेर पोर्तुगल छिरे ।
सुरुमा केही समय खेतिमा काम गरे र पछी एउटा सुशी रेस्टुरेन्टमा भाडा धुने काम गर्न थाले । सुरुवाती तलब मासिक ७५० युरो बाट हेल्पर हुँदै अन्तमा सुशी सेफ बन्न सफल भए । ५ बर्षको अन्तरालमा मेरो तलब ७५० बाट बढेर मासिक चौध सय युरो पुगेको थियो ।

औसत प्रवासको जिन्दगी

 बिहान,

जुरुक्क उठ्यो । बाथरुम छिऱ्यो । किचेनमा आएर अम्लेट फट्कारेर पाउरोटीमा डाम्यो । भुक्लुक्क चिया उमाल्यो । खायो पियो, लुगा लगायो, भात छ भने प्लास्टिकको डब्बामा पोको पाऱ्यो, झुण्ड्यायो अनि ड्याम्म ढोका लगायो । दौड़ियो ‘सब वे’ (ट्रेन स्टेशन) तिर हतारहतार । किनकी, समयमै काममा पुग्नु छ ।
साँझ,
कामबाट घर फर्किन हतार । भात रित्तिएका खाली डब्बा झुण्ड्याउँदै ‘सब वे’ तिर दौडियो । घर पुग्यो, ढोका खोल्यो, ड्याम्म ढोका बन्द गऱ्यो । न कोही छिमेकीलाई “काका संचै ?” भन्नु छ न “म पनि भर्खर कामबाट आईपुगे” भनेर सुनाउनु छ । न “भाउजुलाई कस्तो छ अहिले ?” भनेर सोध्नुपर्ने छिमेक छ न “बजारमा काउलीको भाउ पनि कस्तो ह्वात्तै बढेको” भनेर सुनाउनु पर्ने मान्छे नै भेटिन्छ । न सुनिदिने मान्छे छ न आफुलाई सोधिदिने मान्छे हुन्छ । सबै आ-आफ्नै धुनमा, सबै आ-आफ्नै पारिवारिक संसारमा ।
खाली डब्बा किचेनको सिन्कमा राखेर सोफामा भ्यात्त पसारियो । टिभी खोल्यो वा मोवाईलमा फेसबुक खोल्यो । बेलुकीको खाना र भोलि बोकेर लाने खानाको जोरजाम गऱ्यो । नेपाल र आफु बसेकै ठाउँमा साथी भाईहरुलाई फोन लगायो ।
एकछिन खुसी भयो, फेरि मनमा कुरा खेलायो । खाना खाएर बेडमा सुत्न गयो । कुनैबेला भुसुक्क निदाईन्छ, कुनैबेला रातभर मनमा कुरा खेलेरै बित्छ ।
बिहान फेरि सूर्य उदाउँछ । त्यही रुटिन दोहोरिन्छ ।
औसत प्रवासको जिन्दगी, फेसबुकमा ‘एडिट’ गरेर टाँसेको फोटो जस्तो चाहीं छैन है !

आलीसान भबन, ठुला र चौडा कोठाहरु, आधुनिक मोडलका टि भि , साउण्ड सिस्टम, वासिङ्ग मेसिन, प्रसस्त पानी, ग्यास, २४ सौ घण्टा बिजुली , जता जाउ गाडीको सुबिधा, उकालो ओरालो गर्नु पर्ने ठाउमा लिफ्ट , बच्चाहरुको लागि खेल्ने बगैचा, सुबिधा माथि सुबिधा , यि सबै धान्न पुग्ने जागिर । झट्ट हेर्दा आहा ! कती रिल्याक्स जिन्दगी । कती मजाका ! एस्तो पो जिन्दगी । हो यस्तै छ प्रायको युरोप जिन्दगी । तपाईंलाई आहा लागिरहेको जिन्दगी युरोपमा भोग्नेहरु कसैले पनि आहा भनेको सुनिन मैले । यहाँको ब्यवस्थाले यि सबै सुबिधा दिएको छ मान्छेलाई तर यि सुबिधामा सुख अनुभुती गर्ने समय यहाँ कोही कसै सँग पनि छैन । आहा क्या ! आनन्द, आज त म ढुक्क छु , एस्तो पो सुख ,कसैले पनि भन्दैनन यहाँ । किनकी कसै सँग पनि त्यो अभिब्यक्ती गर्ने फुर्सद नै छैन । फुर्सद भए पनि त्यो कसैले पनि भन्दैनन र भन्न सक्दैनन । यहाँ यस्तै छ ।

जिन्दगी एउटा कथा हो हामी पात्र हौ जिन्दगीको । कुनै पलहरुमा रमाउछौ, कुनै पल दुखी हुन्छौ । कुनै काम सफल भये झै लाग्छ कुनै असफल । सlर्हो, गlर्हो , सुख, दु:ख ,आरोह,
अवरोह , मिलन, बिछोड जिन्दगीका खण्डहरु हुन । यही पलहरु भएमा नै कथा पूर्ण हुन्छ । अन्यथा अधुरो ।

विदेश गइरहेको देश

https://www.himalkhabar.com/news/137873

 - काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ।

- समाजशास्त्री डा. गणेश गुरुङ भन्छन्, “न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ- सिङ्गो देश नै विदेश गइरहेको छ।”
- नेपाली समाज छिटो प्रतिफल चाहने, छिटो धनी हुने लालसाले ग्रस्त बनिसकेकाले देशको अवसरभन्दा विदेशै ताकिरहेको देख्छन्।
- अर्थशास्त्री डा. समीर खतिवडा भन्छन्, “जसलाई पनि भोलिको दिन राम्रो होओस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ। नेपालमा त्यस्तो आशा नदेखेपछि हिंड्न खोज्नु अस्वाभाविक होइन।”
- नेपाली युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनिरहेको छ।
- देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ।
- मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन् l

आखिर असन्तुष्टिले संसार खाएको रहेछ

 मान्छे सम्पन्न हुन हरदम प्रयासरत रहन्छ । धन थुपार्न अनेक थरी उपाए निकाल्छन , युरोप अमेरिका , जापान , हङ्कङ धाउछन । आखिर सम्पन्न हुँदैमा सन्तुष्टी पाउने भए, धन थुपार्दैमा सुख मिल्ने भए , अनेक थरी सुबिधा थप्द्दैमा आनन्द मिल्ने भए संसारकै धनी यि खैरेहरु सुखी र प्रफुल्ल देखिनु पर्ने अनी युरोप , अमेरिका , जापान हङ्कङ पुगेका नेपालीहरु सन्तुष्ट देखिनु पर्ने ! आखिर असन्तुष्टिले संसार खाएको रहेछ ।

पुर्ण बहादुर तामाङ

 नेत्रावती डबजोङ गाउँपालिका ३, गैरा गाउँ सेमजोङ का स्थानिय बासिन्दा पुर्ण बहादुर तामाङको हातमा अद्भुत सीप छ । उनी फुर्शद हुने बेला काठका टुक्राहरुमा आफ्नो अद्भुत कला कुद्छन । काठमा विभिन्न देवि देवताका मुर्तिहरु, भैरबको मुकुट, लाखेको मुकुट बनाउन उनी माहिर छन । झ्याल, ढोका, दराज र खाटमा उनले आज सम्म विभिन्न कला बनाईसकेका छन । काष्टकलामा उनको लगाव रहेको उनले बनाएका काठका आकृतीहरु बाट पनि प्रष्ट झल्किन्छ । पहिले पहिले गाउँका ढोका, झ्याल, खुर्पेटो, लट्ठीहरुमा समेत विभिन्न हातले खोपेका डिजाईनहरु देख्न सकिन्थ्यो । यसको मतलब पहिलेका मानिसहरु सिपमुलक, काष्टकलामा लगाव राख्दथे भन्ने बुझ्न सकिन्छ । तर अहिलेका युवाहरुमा त्यस्तो लगाव र सीप नभएको होकि भन्ने लाग्दछ । सम्भवत यो गाउँमा पुर्ण बहादुर तामाङ यस्ता सीप हुने अन्तिम पुस्ता नै हुन सक्ने अनुमान लगाउन सकिन्छ । यदि हामिले समय मै यस्ता सिप, ज्ञान र क्षमता भएको ब्यक्तीलाई साथमा लिएर युवा पुस्तालाई तालिम दिन सक्ने हो भने काष्टकलाको संरक्षण गर्न टेवा पुग्ने थियो कि ! हाम्रो आफ्नै गाउँ घरमा रहेको सिपको जगेर्ना पो हुने थियो कि !

https://youtu.be/sMpHON4nJg0?si=HU4H_uS9UKbXpoVE

कर्म को फल

  •  १ कर्म को फल भोग्नु पर्छ ।
  • २ कुकर्म भन्दा सुकर्मको फल लाभ दायक छ ।
  • हामी संग समय सिमित छ ।
  • ४ मानव जीवन एउटा अवसर हो ।
  • ५ हाम्रो शरीर अनित्य छ ।
  • ६ हाम्रो शरीर नाश भएर जान्छ तर हाम्रो मन र कर्मले अर्को जुनी लिन्छ ।
  • ७ हामी जती कर्म गर्दै जान्छौ त्यती नै कारण थपीदै, बढ्दै जान्छ ।
  • ८ मनको एकाग्रता र ध्यान नै कर्म सुधार्ने एक मात्र माध्यम हो ।
  • ९ त्यसैले ध्यान गरौ ।

अवसर मात्र छैन, ठगहरु सँग जोगिनु पर्ने चुनौती

पैसाले दिएको दु:ख , अरु कुनै अभाव छैन, पैसा दुख्छ यहाँ !
युरोपको एउटा सानो देशको नाउँ हो - बेल्जियम । जहाँ करिब अन्दाजी सात हजार नेपाली परिवार बसोबास गर्छन् । करिब ५ सय परिवार नेपालीको आफ्नै ब्यवसाय छ । कयौ परिवारका छोरा छोरी उच्च शिक्षा हासिल गरेर राम्रो क्षेत्रमा कर्यरत छन । रोजगारी गर्नेहरुले पनि राम्रो आम्दानी गर्न सक्ने ब्यवस्था छ । रोजगारी गर्नेहरुले थोरैमा पनि महिनाको औसतमा २००० युरो बुज्छन । प्रया परिवारमा उमेर पुगेका सबैले काम गर्छन् । ब्यवसायमा लाग्ने नेपालीहरुले यहाँको सरकारलाई राम्रै ट्याक्स तिर्छन । यसको मतलब कारोबार राम्रै गर्छन् भन्ने पनि हो । बिगतको तुलनामा महंगी अली बढेको हो तर यसले दैनिक जीवनमा खासै असार पार्दैन । एउटा परिवारको महिनाको खर्च जती नै भए पनि बेल्जियममा नेपाली परिवारको आम्दानी मस्त छ । बजारमा चेलेका गाडी ल्याण्ड रोभर, आउडी, टेसला लगाएतका गाडी नेपालीले चढेका छन । बेल्जियमको प्रमुख शहरहरुको मध्य भागमा नेपालीको ब्यवसाय छ । को सँग कती किलो सुन छ भन्ने त यहाँ प्रतिस्पर्धा नै चल्छ । प्राय नेपालीहरुले यहाँ आफ्नै घर जोडेका छन । घर, गाडी, ब्यवसाय, रोजगार, खर्च भन्दा आम्दानी बढी, राम्रो शिक्षा, श्वास्थ्य, सुरक्षा आदी इत्यादी, एउटा मान्छेले खोज्ने सुख सुबिधामा बेल्जियममा बस्ने नेपालीलाई आभाव भन्न्ने केही छैन । तै पनि यहाँका नेपालीले सुख पाएनन । अरु कुनै अभाव छैन, पैसा दुख्छ यहाँ !

बुद्ध जयन्ति

 बुद्ध जयन्ति (या बुद्ध पूर्णिमा) बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण पर्व हो। यो दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति (बोधि प्राप्ति) र महापरिनिर्वाण (मृत्यु) भएको दिन मानिन्छ। यसले तीनवटै घटनालाई एउटै दिनमा सम्झन्छ, त्यसैले यसलाई "त्रिसंयोगको पर्व" पनि भनिन्छ।

सिंगिङ्ग बाउल (Singing Bowl) को इतिहास र सिद्धान्त

 सिंगिङ्ग बाउल (Singing Bowl) को इतिहास र सिद्धान्त बुझ्नु यसको अभ्यासको आधार हो। तल म तपाईंलाई स्पष्ट रूपमा बताउँछु —

---
🕉️ १. इतिहास (History)
🔹त्पत्तिको कथा
तिब्बत, नेपाल, भारत र भूटानका हिमाली क्षेत्रमा सिंगिङ्ग बाउलको प्रयोग हजारौँ वर्षदेखि हुँदै आएको मानिन्छ।
यसको सुरुवात बौद्ध धर्मसँग सम्बन्धित छ, विशेषगरी तान्त्रिक बौद्ध साधनामा।
पहिले भिक्षुहरूले ध्यान, मन्त्र उच्चारण र आध्यात्मिक अभ्यासका लागि प्रयोग गर्थे।

Singing Bowl Chakra Balancing Session को पूरा step-by-step विधि

 Singing Bowl Chakra Balancing Session को पूरा step-by-step विधि दिँदैछु —

यसमा समावेश छन्:
तयारी (Preparation)
चक्रको क्रम र स्थान
बाउल बजाउने तरिका
Visualization र मन्त्र
सेसनको समय र समापन
---
🧘‍♀️ SINGING BOWL CHAKRA BALANCING SESSION (पूर्ण विधि)
---
🌸 १. तयारी (Preparation)
🔹 स्थान:
शान्त, सफा, र सुगन्धित स्थानमा गर्नुहोस्।
मृदु बत्ती वा मैनबत्ती जलाउनुहोस्।
अगरबत्ती वा essential oil प्रयोग गर्न सकिन्छ।

७ चक्र (Chakra) अनुसार उपयुक्त Singing Bowl को Note, Size र Frequency

 ७ चक्र (Chakra) अनुसार उपयुक्त Singing Bowl को Note, Size र Frequency सहितको पूरा तालिका तयार गरिएको छ

🧘‍♀️🎶👇
---
🌀 ७ चक्रका लागि उपयुक्त Singing Bowl तालिका
Chakra (चक्र) स्थान (Location) गुण (Energy Focus) Note Frequency (Hz) Bowl Size (Diameter) रंग (Color) मन्त्र
❤️ Root (Muladhara) मेरुदण्डको तल्लो भाग / पेल्भिक क्षेत्र स्थिरता, सुरक्षा, आत्मविश्वास C 256 Hz 10" – 12" (ठूलो) 🔴 रातो LAM
🧡 Sacral (Svadhisthana) नाभि तल सृजनशीलता, आनन्द, भावना D 288 Hz 9" – 10" 🟠 सुन्तला VAM
☀️ Solar Plexus (Manipura) नाभि माथि, पेटको बीच शक्ति, इच्छाशक्ति, आत्मबल E 320 Hz 8" – 9" 🟡 पहेंलो RAM
💚 Heart (Anahata) मुटु बीचमा प्रेम, करुणा, क्षमा F 341 Hz 7" – 8" 🟢 हरियो YAM
🗣 Throat (Vishuddha) घाँटी सञ्चार, सत्य G 384 Hz 6.5" – 7" 🔵 निलो HAM
👁 Third Eye (Ajna) निधारको बीच अन्तर्ज्ञान, दृष्टि, ज्ञान A 426 Hz 6" – 6.5" 🟣 बैजनी OM
🌸 Crown (Sahasrara) टाउको माथि आध्यात्मिकता, एकत्व, दिव्यता B 480 Hz 5.5" – 6" (सानो) ⚪ सेतो AUM
---

Singing Bowl Sound Healing अभ्यास

 अति राम्रो प्रश्न

🙏 — Singing Bowl Sound Healing अभ्यासमा Practical Session सबभन्दा महत्वपूर्ण हुन्छ।
तपाईंले राम्रो तयारी गर्नुभयो भने सेसनको ऊर्जा, प्रभाव र अनुभव अत्यन्त सशक्त हुन्छ।
अब म तपाईंलाई step-by-step बताउँछु — कसरी प्रभावकारी Practical Session को तयारी गर्ने 👇
---
🧘‍♀️ Singing Bowl Practical Session तयारी विधि
---
🌸 १. वातावरण (Environment Setup)
🔹 स्थान चयन:
शान्त, सफा, अव्यवधानरहित कोठा रोज्नुहोस्।
ध्वनि गुञ्जिने (resonant) तर अत्यधिक echo नभएको ठाउँ राम्रो हुन्छ।
यदि सम्भव छ भने, काठको फर्स वा कर्पेट भएको स्थान उपयुक्त हुन्छ।

ज्याम्पल दोर्जे डुब्खाङ योगाश्रम

यो एक बौद्ध ध्यान केन्द्र / योगाश्रम हो l

जसलाई ज्याम्पल दोर्जे डुब्खाङ योगाश्रम भनेर चिनिन्छ।

ठेगाना - नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३, गैरा गाउँको शिर, वाका, सेमजोङ, धादिङ जिल्ला, बागमती प्रदेश, नेपाल
क्रियाकलापहरू / उद्देश्य - यो स्थान ध्यान, योग, बौद्ध दर्शन अध्ययन र साधना कार्यका लागि प्रयोग हुदै आईरहेको छ ।

धार्मिक तथा पर्यटकिय स्थल - वाका क्षेत्र

 

धादिङ जिल्ला को नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्याघङ गाउँपालिकाको सिमानामा अवस्थित वाका क्षेत्र निकै मनमोहक छ ।
ब्यस्त दैनिकी र शहरको कोलाहल बाट केही दिन विश्राम लिन चाहनेको लागी, शान्त र प्राकृतिक वातावरणमा हराउन चाहनेहरुको रोजाई बन्न सक्छ - वाका क्षेत्र । समिन्द्री सतह बाट करिब 2100 मिटरको उचाईमा अवस्थित यो क्षेत्र प्रकृतिको अनुभूति गर्न र धार्मिक तिर्थ स्थलको लागि उपयुक्त गन्तब्य हो । यहाँ बाट उत्तरी हिमशृङ्खला पर्वतहरु, धादिन र नुवाकोटका उत्तरी मानव बस्तिहरु निकै मनमोहक देखिन्छ्न । यहाँबाट गणेश हिमाल, गौरी शंकर, लिलगिरी, धौलागिरी, माछापुच्छ्रे जस्ता हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । यो उच्छ पहाडी क्षेत्रमा पर्ने भएकोले यहाँ प्राय चिसो हावा चल्छ । चिसो मौसममा बिहानी पख शहर बजार तिर तुवालोले शहर बजार ढाकी रहदा यहाँ पारिलो घाम लाग्छ । यहाँ बुद्ध र बौद्ध धर्म सँग सम्बन्धित विभिन्न तिर्थ स्थलहरुको दर्शन गर्न सकिन्छ । बौद्ध धर्म अध्ययन र ध्यान साधनाको लागि ज्यम्पल दोर्जे डुब्खाङ योगाश्रमको भ्रमण गर्न सकिन्छ । भगवान बुद्धको जीवनी सँग सम्बन्धित अष्ट महाचैत्यको दर्शन गर्न सकिन्छ । तन्त्र साधनाको महागुरु गुरु रेन्पोर्छे र करुणाकी देवि आर्यअवलोकितेश्वरको पनि दर्शन गर्न सकिन्छ । प्रकृतिको समिपमा रहेर ध्यान साधनामा रमाउन चाहनेहरुको लागि यो पुन्य भुमी हो भन्दा फरक नपर्ला ।

हाम्रो सेमजोङ, हाम्रो वाका क्षेत्र

 

🎵 “हाम्रो सेमजोङ, हाम्रो वाका क्षेत्र” 🎵
(सांस्कृतिक–धार्मिक–भावनात्मक गीत)
१. अन्तरा:
सेमजोङ गाउँ, बाक्लो तामाङ बस्ती,
म्हेन्दोमाया, साईकोलेमा नाच्छौं हर्षीखुशी।
माने दोरा गुञ्जिन्छ हावा सँगै बज्छ,
म्हेन्दोमायाको तालमा गाउँ रमाउँछ। 🎶