गजल - ३


जनतालाई लोभ्याउन चिल्ला कुरा छर्नु सम्म छर्यो
जनता पनि लोभिय नेताले जे जे भन्यो त्यही गर्यो ।।

कहिले आन्दोलन कहिले बन्द त कहिले चक्काजाम
अघी अघी जनता लगाइ बेइमान नेता पछी पछी सर्यो ।।

हामी भुल्छौ उस्को चिल्ला गफमा उस्ले त फ्याक्छन पासा
भुत र भबिस्यको चिन्ता छैन नेताको मिठो गफमा चर्यो ।।

कहिले यहाँ कहिले त्यँहा फुर्सद भएन कहिलै पनि
एउटा थियो यो ज्यान आखिर बेवारीसे पाराले मर्यो ।।

शहिद भए रे थाहा छैन लासको राजानिती गर्नेहरु
कम्ता दु:ख दिएनन डाम्नाले एक दिन मरे पछी तर्यो ।।

महिन्दो वाइबा
फाल्गुण २

No comments:

Post a Comment