गजल


दरिद्रता

दरिद्र मानसिकताले आँफैलाई सिद्याउछ, भन्थे भन्नलाई
घमन्ड र इर्ष्याले आँफैलाई रित्याउछ, भन्थे भन्नलाई ।।

निच भनेको निच नै हो,जानेको हुन्न उच्च ज्ञान
नगर प्रतिस्पर्धा आँफैलाई बिझाउछ, भन्थे भन्नलाई ।।

कम्जोरी आफ्नो अरुको देख्ने, बानी भाएकाहरु
आफ्नो नभएसी अरुलाई रिझाउछ ,भन्थे भन्नलाई ।।

खराब सोच र खराब मनको, खै ! के गर्नु संगत
छाडिदेउ भो त्यस्ताले झिझाउछ, भन्ने भन्नलाई ।।

असोज २९, २०६८

1 comment: