आयो आयो भन्छन दशै, कता आयो थाहा छैन
हुने खानेको हो दशै, हुँदा खानेलाई चाहा छैन ।।
चाहे गरीब चाहे धनी, रहर हुन्छ सबैको
मिठो खाने र राम्रो लाउने, इच्छाउने कहाँ छैन ।।
दु:ख पिडा, पिर मर्का बिछोडलाई रहत दिन
ल्याउन सकोस यो पर्बले हासो खुशी जहाँ छैन ।।
गच्छे अनुसार मनाऔ दशै रिणको भार नबोकौ
छाडिदेउ अब देखासिकी रमाइलो त्यँहा छैन ।।
कार्तिक ४, २०६८

No comments:
Post a Comment