धादिङ / माघ २९
२८४९ औँ डुल ल्हो सोनम ल्होछार विविध साँस्कृतिक कार्यक्रम गरि जिल्ला सदरमुकाम धादिङबेशीमा पनि मनाइयको छ । तामाङ समुदायहरुको साँस्कृतीक तथा प्रमुख परम्पराहरु मध्ये ल्होछार अर्थात चन्द्र नयाँवर्षलाई सबैभन्दा पुरानो चाड मानि तामाङहरुले मनाउँदै आएका छन् । कार्यक्रम सुरु हुनु भन्दा पहिले जिल्ला सदरमुकाम धादिङवेशीको पुछारबजारबाट र्याली निकालीएको थियो । लोप हुने अवस्थामा पुगेको, तामाङ सँस्कृती झल्कने खालका लामा नाच , झाँक्रि नाच लगायत विभिन्न झाँकि सहित सो र्याली बजार परिक्रमा गरि धादिङबेशी स्थिीत निलकण्ठ उच्चमाविको प्रांगणमा पुगेर बृहत साँस्कृतीक कार्यक्रममा परिणत भएको थियो । तामाङ पहिरनमा सु–सज्जीत तामाङहरुले मनाईरहेको यस पर्व विशेष कार्यक्रममा स्थानिय तथा राष्टिय स्तरका तामाङ कलाकारहरुले तामाङ समुदायको लोकप्रीय म्हेन्दोमाया गीत, नृत्य लगायत अन्य आकर्षक साँस्कृतीक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए । नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष अकल बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय अध्यक्ष धन प्रसाद तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल तामाङ संघ केन्द्रिय उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार दिलमान पाख्रीन , नेपाल तामाङ घेदुङ धादिङले आयोजना गरेको कार्यक्रममा नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारी , एनेकपा माओवादि धादिङका सह ईन्चार्ज राम बहादुर भण्डारी , एमालेका कृष्ण अर्याल लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता , प्रमुखजिल्ला अधिकारी बेद प्रसाद खरेल , स्थानिय विकास अधिकारी रमेश न्यौपाने ,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी , प्रहरी नायव उपरिक्षक विकासराज खनाल,विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी , नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम प्रसाद बर्मा लगायत जिल्लामा क्रियाशिल पत्रकार लगायत ल्होछार प्रेमी तामाङ र अन्य समुदायको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment