लोकतन्त्र बिहानी

....................................लोकतन्त्र बिहानी धुन........................................

घरमा पत्नी, विदेशमा विधा, रोगमा औषधि र मृत्युमा धर्म नै साथि हुन । – चाणक्य

....................................लोकतन्त्र बिहानी धुन........................................

आज मिति बिक्रम सम्बत २०६९ साल फाल्गुण २ गते बुधबार माघ शुक्ल पक्ष तृर्तिया तिथि, तदनुसार १३ फेब्रवरी सन २०१३ । आज रेडियो दिवस ।
....................................लोकतन्त्र बिहानी धुन........................................



नमस्कार अनि शुभ प्रभात । रेडियो लोकतन्त्र ८९.४ मेगाहर्ज को दैनिक विहानी प्रस्तुती कार्यक्रम लोकतन्त्र विहानीमा तपाईलाई हर्दिक स्वागत छ । कार्यक्रम लोकतन्त्र विहानीको साथमा म महिन्दो  वाईबा उपस्थित भइसकेको छु ।



१४ फेब्रुवरीलाइ बिश्वभर ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाइन्छ ्र यही चाड नेपाली समाजमा पनि ‘प्रणय दिवस’ वा ‘प्रेम दिवस’ले चिनिन थालेको पनि धेरै भएको छैन ्र यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नाम बाट राखिएको हो र यसलाई धार्मीक चाडको रुपमा नै मनाइदै आएकोमा बिस्तारै, धर्म कम र रमाईलो ज्यादा गरिने हुनाले अरु धर्मावलम्बीहरुले पनि यसको अनुशरण गर्न थालेका हुन । ९सन् २६९ फेब्रुअरी १४ का दिन इटलीका सन्त भ्यालेन्टाइनले विभिन्न आरोपमा जेलमा रहेका कैदिहरुको सामुहिक विबाह गराई दिएको आरोपमा झुण्ड्याएर हत्या गरेको दिनको सम्झनामा यो चाड मनाउन सुरुगरिएको हो्र०

मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । ( स्यामुयल
लभर कुनै महिला सुन्दर भएका कारण तपाईं उनलाई मन पराउनुहुन्न । तपाईंले मनपराएका कारण उनी सुन्दर भएकी हुन्। । ( माइकल स्मिथ
प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । (जोन किट्स
प्रेमले सबैलाई कवि बनाउँछ । ( प्लेटो
मानिसका गुण तौलन थाल्नुभयो भने तपाईं प्रेम गर्न सक्नुहुन्न । ( मदर टेरेसा
थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।( थोरो
तिमी सय वर्षसम्म बाँच्यौ भने म सय वर्ष पुग्न एक मिनेट कम बाँच्छु । किनभने तिमीबिना एक मिनेट बाँच्ने कल्पना पनि गर्न सक्दिनँ ।( ए।ए मिन्ले
गहिरो प्रेम गर्दा बल प्राप्त हुन्छ भने गहिरो प्रेम पाउँदा साहस ।( लाओ त्से
प्रेम भएको ठाउँमा मात्र जीवन हुन्छ । ( महात्मा गान्धी
मृत्यु एउटा चुनौती हो । यसले हामीलाई एक क्ष्ँण पनि खेर नफाली तुरुन्त प्रेम गर्न चुनौती दिइरहेको हुन्छ । ( लियो एफ। बसकागिल्या
प्रेम र खोकी कहिल्यै लुकाउन सकिँदैन । ( जर्ज हर्रबर्ट
यसलाई तपाईं पागलपन ठान्नुहोस्, तर म प्रेम भन्छु । ( डन बायस
प्रेम पाउने र गर्ने दुवैलाई यसले सराप्छ । ( डा। मेनिनर्गल
बानीव्यहोरामा प्रेम अनुभव गरिन्छ, शब्दमा होइन । ( जेरोम कमिङ्स्
परिभाषा दिने झन्झटमा प्रेम पर्न चाहदैन, न त परिभाषित गर्ने हतारमा हुन्छ ।( चार्ल्स दि बोस
प्रेम गर्नु समय बर्बाद गर्नु होइन ।( एसट्रिड एलुदा
प्रेम विस्फोटक सिगार हो । जानीजानी हामी यसलाई खाइरहेका हुन्छौं । ( लिन्डा बेरी
प्रेम दुइजनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । ( इभा गाबर
पागलपन नभएको प्रेम प्रेम नै होइन । ( पेड्रो काल्डरन ला बारसा


प्रेम उसै पनि कुनै धर्म, जात जाती, वा भौगोलिक अबस्थामा भर नपर्ने हुनाले पनि यसको बिश्वब्यापीकरण हुन सजिलो भएको हुनु पर्छ ्र नेपाली युवा युवतीहरुले “देश र संस्कृतिको सीमालाई नाघ्दै यस्तो पश्चिमी बिकृतिलाइ भित्राई रहेका छन्,” भन्ने मानिसहरुको पनि कमी नभए पनि, समय अनुसार चल्दै जाने मानसिकता हुनेहरु यो चाडले कुनै नराम्रो गरेको ठान्दैनन ्र तपाइको आजको दिन शुभ रहोस, फलादायी वनोस, प्रेममय बनोस हर्दिक शुभकामना ।



यो हाम्रो कार्यक्रम रेडियो ब्यान्डको ८९.४ मेगाहर्ज र इन्टरनेट अनलाइनमा  धधध।चबमष्ययिपतबलतचब।यचन  मार्फत सन्सारभर एकैसाथ प्रशारण भइरहेको छ । हरेक दिन बिहान ७ बजे पछि प्रशारण हुने कार्यक्रम लोकतन्त्र विहानीमा – धादिङ सेरोफेरो, कार्यक्रम झलक, राशिफल र शुभकामनाका सन्देशहरु समावेश गर्ने गर्दछौ ।

आज पनि म यिनै विषयवस्तुको साथमा उपस्थित भएको छु । आजको कार्यक्रममा हामी –,

हिजो धादिङ र धादिङआसपासका जिल्लाहरुमा भएका विभिन्न घटना, गतिवधिहरु र आज हुने विभिन्न कार्यक्रमहरु समेटेर तयार पारिएको समाचारहरुको संगालो धादिङ सेराफेरो, रेडियो लोकतन्त्रवाट आज के के कार्यक्रमहरु प्रशारण भए र के के कार्यक्रमहरु प्रशारण हुन वाँकी छन भन्ने विषयमा कार्यक्रम झलक, ज्योतिस शास्त्रअनुसार भाग्य शास्त्रअनुशार आज तपाइको दिन कसरी वित्दैछ भन्ने विषयमा तपाइको राशिफल अनि तपाइहरुले नै फोन गरेर टिपाउनुभएको विभिन्न शुभकामनाका सन्देशहरु प्रशारण गनेछौ ।

शुभकामनाका सन्देशहरुमा हामी जन्मदिनको शुभकामना, शुभयात्राको शुभकामना,  शिघ्र स्वास्थ्यलाभको शुभकामना, शुभकार्यको शुभकामना जस्ता सन्देशहरु प्रशारण गर्नेछौ । तपाइ आफ्नो आफन्तजन साथीभाइ शुभचिन्तक कसैको जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना वाड्न, शुभकार्यको थालनी गर्दै हुनुहुन्छ भने कार्यसफलताको कामना गर्न, यात्रा गर्दे हुनुहुन्छ भने यात्रासफलताको कामना गर्नका लागी हामीलाइ फोन गरेर सन्देशहरु टिपाउनुहोला । फोन गरेर शुभकामनाका सन्देशहरु टिपाउन हाम्रो स्टुडियोको टेलिफोन नं ०१०–५२०२७१ खुल्ला राखेका छौ । तपाइहरु फोन गरेर सन्देशहरु टिपाउदै गर्नुहाला । अवको आधाघण्टा हामी तपाइसंग यी नै विभिन्न विषवस्तुहरुको साथमा विताउने छौ । आजको कार्यक्रम सुरु गरौ धादिङ र धादिङआसपासमा भएका विविध गतिविधिहरु र घटनाक्रमहरुको संगालो धादिङ सेरेफरोवाट




    ....................................................सेरोफेरो धुन.................................




आजलाइ धादिङ सरोफेरो यति नै । यदि तपाइको गाउ टोल छरछिमेक अनि समुदायमा कुनै गतिविधिहरु र घटनाहरु भइरेका छन भने हामीलाइ जानकारी दिनुहोला । तपाइले दिनुभएको सुचना अनि जानकारीहरुलाइ हामी यसरी नै सधै सधै धादिङ सेरोफेरो मा प्रशारण गर्ने छौ ।

....................................लोकतन्त्र विहानी धुन.......................

हिजो धादिङ र आसपासका जिल्लाहरुमा भएका विभिन्न गतिविधि र घटनाक्रमहरुको संगालो धादिङ सेराफेरो पछि रेडियो लोकतन्त्र ८९ थोप्लो ४ मेगाहर्जको आजको कार्यक्रम झलक प्रस्तुत गर्ने वेला भइसकेको छ । आज रेडिया लोकतन्त्रवाट के के कार्यक्रमहरु प्रशारण भए र के के कार्यक्रमहरु प्रशारण हुन वाँकी नै छन भन्ने वारेमा कार्यक्रम झलक अव प्रस्तुुत गर्नेछु ।

................................लोकतन्त्र विहानी धुन........................

रेडियो लोकतन्त्र ८९.४ मेगाहर्जवाट आज के के कार्यक्रमहरु प्रशारण भए र के के कार्यक्रमहरु प्रशारण हुन वाँकी छन भन्ने विषयमा कार्यक्रम झलक मार्फत मैले तपाईलाई जानकारी गराईसके । यो कार्यक्रम झलक पछि अव भने तपाइको राशिफल प्रस्तुत गर्ने वेला भइसकेको छ । त्यो भन्दा अगाडी पुन तपाईलाई पुन आग्रह गर्छु , तपाइ आफ्नो आफन्तजन साथीभाइ शुभचिन्तक कसैको जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना वाड्न, शुभकार्यको थालनी गर्दै हुनुहुन्छ भने कार्यसफलताको कामना गर्न, यात्रा गर्दे हुनुहुन्छ भने यात्रासफलताको कामना गर्नका लागी हामीलाइ फोन गरेर सन्देशहरु टिपाउनुहोला । फोन गरेर शुभकामनाका सन्देशहरु टिपाउन हाम्रो स्टुडियोको टेलिफोन नं ०१०–५२०२७१ खुल्ला राखेका छौ । तपाइहरु फोन गरेर सन्देशहरु टिपाउदै गर्नुहाला । अब भने ज्योतिस शास्त्र अनुसार आज तपाइको दिन कसरी वित्दैछ भन्ने वारेमा तपाइको राशिफल कार्यक्रम लोकतन्त्र विहानीको अवको पालोमा


आजको राशिफल

मेष  ः स्वास्थ्यमा एक्कासि खरावी आउने छ, खानपानमा ध्यान पु¥याउनुहोला,
शोक पर्ने समाचार प्राप्त हुनेछ ।

वृष   ः शत्रुमाथि विजयले घरमा नया चहल पहल हुने, शैक्षिक प्रगति, आफन्तको
सहयोगले अधुरो कार्य पूरा हुने छ ।

मिथुन ः आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क
रहि कार्य सम्पन्न गर्नुहोला ।

कर्कट ः आफन्तबाट विरोध हुने, पेशा प्रति असन्तुष्टि हुदै जानेछ, आम्दानीमा
कमी हुने, खर्चमा बृद्धि हुनेछ ।

सिंह ः मानसिक पीडा थपिने, आँखामा खरावी आउने, अपजस पाइने, समग्रमा दिन
खराब रहेकोछ सजक हुनुहोला ।

कन्या ः आदर सत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल
रहने, दिन अत्यन्तै शुभ रहने छ ।

तुला ः आरोग्यता, प्रशन्नता, सवै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ,
धार्मिक कार्यमा मन जाने छ ।

वृश्चिक ः धन तथा जमिन लाभ पाइने, सरकारी सम्मान मिल्ने, आफन्तसंग भेटघाट
हुनेछ, दिन रमाइलो हुनेछ ।

धनु ः  स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन, आफन्तले कुरा
काट्ने, व्यापारमा मन्दी आउनेछ ।

मकर ः सरकारी काम नबन्ने, यात्रामा विभिन्न बाधा आईपर्नेछ, इज्जतमा आँच आउन
सक्नेछ, कुनै न कुनै रोगले सताउने छ ।

कुम्भ ः खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछ
होसियारी अपनाउनु होला ।

मीन  ः मानसिक तथा शारीरिक आराम, पारिवारिक सहयोग पाइने, नयाँ ठाउँको
भ्रमण हुनेछ, दिन शुभ छ ।




......................................लोकतन्त्र विहानी धुन...................................

आजको तपाइको दिन कसरी वित्दैछ भन्ने विषयमा तपाइको राशिफल प्रस्तुत गरें । तपाइको आजको दिन फलदायी वनोस हामी यहि कामना गर्दछौ । श्रोताहरु तपाइ यतिखेर रेडियो लोकतन्त्र ८९.४ मेगाहर्जको दैनिक विहानी कार्यक्रम लोकतन्त्र विहानी सुन्दै हुनुहुन्छ । लोकतन्त्र विहानीमा मैले धादिङ सेरोफेरो, कार्यक्रम झलक र तपाइको राशिफल प्रस्तुत गरिसकेको छु । कार्यक्रममा शुभकामनाका सन्देशहरु प्रशारण गर्न वाँकी छ । अहिले भने एउटा मिठो गीत सुनाउछु यो गीतपछि तपाइ श्रोताहरुले टिपाउनुभएका विभिन्न शुभकामनामा सन्देशहरु लिएर आउनेछु । तपाइ आफ्नो आफन्तजन साथीभाइ शुभचिन्तक कसैको जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना वाड्न, शुभकार्यको थालनी गर्दै हुनुहुन्छ भने कार्यसफलताको कामना गर्न, यात्रा गर्दे हुनुहुन्छ भने यात्रासफलताको कामना गर्नका लागी हामीलाइ फोन गरेर सन्देशहरु टिपाउनुहोला । फोन गरेर शुभकामनाका सन्देशहरु टिपाउन हाम्रो स्टुडियोको टेलिफोन नं ०१०–५२०२७१ खुल्ला राखेका छौ । तपाइहरु फोन गरेर सन्देशहरु टिपाउदै गर्नुहाला  ।


गीत ........................

यो मिठो गीतपछि कार्यक्रम लोकतन्त्र विहानीमा स्वागत छ । हामी कार्यक्रमको अन्तिम समयमा आइसकेका छौ ।

प्रेम र खोकी कहिल्यै लुकाउन सकिँदैन । ( जर्ज हर्रबर्ट
यसलाई तपाईं पागलपन ठान्नुहोस्, तर म प्रेम भन्छु । ( डन बायस
प्रेम पाउने र गर्ने दुवैलाई यसले सराप्छ । ( डा। मेनिनर्गल
बानीव्यहोरामा प्रेम अनुभव गरिन्छ, शब्दमा होइन । ( जेरोम कमिङ्स्
परिभाषा दिने झन्झटमा प्रेम पर्न चाहदैन, न त परिभाषित गर्ने हतारमा हुन्छ ।( चार्ल्स दि बोस
प्रेम गर्नु समय बर्बाद गर्नु होइन ।( एसट्रिड एलुदा
प्रेम विस्फोटक सिगार हो । जानीजानी हामी यसलाई खाइरहेका हुन्छौं । ( लिन्डा बेरी
प्रेम दुइजनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । ( इभा गाबर
पागलपन नभएको प्रेम प्रेम नै होइन । ( पेड्रो काल्डरन ला बारसा
तपाइ श्रोताहरुले फोन गरेर टिपाउनुभएका विभिन्न शुभकामनाका सन्देशहरु प्रशारण गर्न वाँकी छ । शुभकामनाका सन्देशहरु प्रस्तुत गर्छु यतिखेर । मेरो हातमा सन्देश रहेका छ .............................

आजलाइ शुभकामनाका सन्देशहरु यति नै । यिनै विविध विषयवस्तुहरु प्रशारण गर्दा गर्दै हामी कार्यक्रम लोकतन्त्र विहानीको अन्तिम समयममा आइसकेका छौ । कार्यक्रमवाट छुट्टिनुभन्दा अगाडी एउटा अनुरोध गर्छु यदि तपाइको गाउ, टोल, छर–छिमेक अनि समुदायमा कुनै गतिविधि भइरहेका छन, घटना र सुचनाहरु छन भने हामीलाइ जानकारी गराउनुहोला । तपाइले दिनुभएको सुचना, समाचार अनि गतिविधिलाइ हामी हाम्रो नियमित कार्यक्रम लोकतन्त्र विहानीको धादिङ सेरोफेरोमा प्रस्तुत गर्नेछोै । सुचना समाचार र गतिविधि दिनका लागी हाम्रो स्टुडियो टेलिफोन नं. रहेको छ ०१० ५२०९४४

लोकतन्त्र विहानी धुन........................

श्रोताहरु आजको लागी कार्यक्रम लोकतन्त्र विहानीको समय सकियो । भोली विहान फेरी यही समयमा यिनै विभिन्न विषयवस्तुहरु साथमा कार्यक्रम लोकतन्त्र विहानी लिएर आउनेछौ । आजका लागी भने कार्यक्रम लोकतन्त्र विहानीवाट विदा हुन्छु, तपाइको आजको दिन शुभ रहोस, फलादायी वनोस, नमस्ते शुभदीन..................।


No comments:

Post a Comment