अरुको सामान सापटी मागेर...

 फ्रान्स निवासी ददि सापकोटाले आफ्नो प्राइभेट कम्पनी भनेको एभरेष्ट एसियन क्राफ्ट प्राइभेट लिमिटेड ब्यानर सहित इटालिको मेलामा देखियो । जसको उदेश्य नेपाली हस्तकलाका सामाग्रीहरु थोक तथा खुद्रा मुल्यमा बिक्री बितरण गर्ने थियो । युरोपका स्विजरल्याण्ड, फ्रान्स र इटालीको बजार आफ्नो हातमा लिने महत्वकांक्षा बोकि यो कम्पनी मैदानमा उत्रीयो । स्विजरल्याण्ड, फ्रान्स र इटालिमा आफ्नो शाखा रहेको सम्म भनी प्रचार गर्न भ्याए । यो कम्पनी ददि सापकोटाको मात्र हो भनी उनैले भनेका हुन ।

युरोपको एउटा बिकासित देश - इटली

 इटाली युरोपको दक्षिणमा रहेको एक देश हो । इतालिको उत्तरमा अग्ला अग्ला आल्प्स पर्वतहरु छन । जहा फ्रान्स , स्वुजरल्यान्ड अस्त्रीया र स्लिभानिया जस्ता देशहरु पर्दछन । यो देशको अन्य तिन तिर समुन्द्रले घेरिएको छ । सिसिलिया र सर्देया यहाँको सबै भन्दा ठुलो टापु हो । भेटिकन सिटी र सान मारिनो भुगोलिक रुपमा इटालि भित्र पर्ने दुई स्वतन्त्र देशहरु हुन । यहाँको राजाधानी शहर रोम हो । मिलन शहर यहाँको सबै भन्दा ठुलो ब्यवसायिक शहर हो । यहाँ अफिसियल भाषामा इटालियन भाषा प्रयोग हुन्छ । यसको कुल क्षेत्रफल कारीब ३ लाख बर्ग किलोमिटर रहेको छ । यहाँको जनसंख्या कारीब एस् करोड रहेको छ । युरोपियन युनियन भित्र रहेर युरो मुद्रा चलाऊने देश मध्य इटली पनि एक हो । इटली एउटा पुरानो देश हो । यहाँको राजाधानी शहर रोमले यहाँको पुरातात्विक महत्व झल्काउदछ । आधुनिक इटालिको निर्माण सन १९६१ मा भएको हो । त्यो भन्दा अघी यहाँ पनि स साना गणराज्यहरु थिय । यहाँको राजाधानी शहर प्राचिनकाल देखी नै एउटा शक्तिशाली राज्यको रुपमा रहेको थियो । जुन बेला रोम रोमन साम्राज्यको राजाधानी पनि थियो । रोम पछी यहाँका अन्य ठुला शहरहरुमा फ्लोरेन्स, जेनोआ, भेनिस, मिलान, नापोली, बोलोल्या, तोरिनो आदी शहरहरु हुन ।

युरोपको एउटा सुन्दर देश - Switzerland, नेपालीमा बिस्तृत जानकारी

नमस्कार, आज म तपाईहरुलाई स्विजरल्याण्डको बारेमा रोचक जानकारी दिनेछु । हामिलाई नेपालका नेताहरुले देश स्विजरल्याण्ड जस्तै बनाउछु भनेर बाचा गरेको र आस्वासन दिएको कयौ बर्ष बितिसकेको छ । किन नेताहरुले नेपाललाई स्विजरल्याण्ड जस्तै बनाउछु भन्छन ? नेपाल र स्विजरल्याण्डको तुलना किन गरिन्छ ? स्विजरल्याण्ड र नेपालमा के समानता छ ? आउनुस आजको भिडियोमा यस्तै केही प्रश्नहरुको उत्तर आज म दिनेछु र स्विजरल्याण्डको निकै मनमोहक ठाउँको बारेमा आज तपाईंइहरुलाई बताउने छु ।
स्विजरल्याण्ड एउटा भुपरिवेष्ठित देश हो । दक्षिणमा इटाली , पस्चिममा फ्रान्स, उत्तरमा जर्मन र अश्ट्रीया र पुर्वमा ( liechtenstein) लिक्थेनस्तेन भन्ने देशहरुले यो घेरिएको छ । करिब 41 हजार वर्ग किलो मिटरमा यो फैलिएको छ । यहाको प्रमुख ठुला र ब्यवसायिक शहरहरुमा ज्युरिक , जेनेभा र बासेल शहर हुन । फिफाको हेड अफिस स्विजरल्याण्ड मै रहेको छ र यु एन को दोश्रो ठूलो अफिस पनि यहि रहेको छ । यो देशको आफ्नो भाषा छैन । यहाको अफिसिएल भाषामा जर्मन, फ्रेन्च र इटालिएन भाषा प्रयोग गर्छन ।

स्विजरल्याण्ड यत्ती सुन्दर छ कि त्यहा पुग्न जो कोही पनि लालायित हुन्छन । धर्तिमा कही कतै स्वर्गको बखान हुन्छ भने त्यो यही देश हो - स्विजरल्याण्ड । निकै सुन्दर पर्यावरण, मनमोहक द्रिश्य, यहाँको बातावरणले जो कोहिलाई पनि मात्रमुघ्ध बनाउछ । यत्ती मात्रा नभई यहाँको चकलेट र चिज, यहाँको सुन्दरता र फोटोमा देखिए जस्तै सुन्दर घरहरु यहाँ छन । खास यस्तो के छ त ? स्विजरल्याण्ड मा दुनियाँको मनिसहरुलाई आकरषण बनाउने त्यस्तो बस्तु ? सुन्दरता ?
अहं, सुन्दरता मात्रा स्विजरल्याण्डको आकर्षणको पहिचान होइन । धेरै कुराहरुमा संसारका अन्य देशहरु भन्दा पनि स्विजरल्याण्ड निकै अगाडि रहेको छ ।

बिश्वका शक्तिशाली पासपोर्ट भएका १० देशहरु, नेपाल कति औ स्थानमा ?

बहुप्रतिक्षित ब्रेजिक्ट प्रक्रिया हालै टुङ्गिएको छ । युरोपेली संघसंगको झण्डै ५ दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरिसकेको छ ।

ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र, इमिग्रेसन, सुरक्षा लगायतका कयौं संवेदनशील मामिलामा तत्कालको लागि मात्र नभइ दिर्घकालसम्म प्रभाव पार्ने खालका परिवर्तनहरु हुंदैछन् । यस्तै, परिवर्तनहरुबीच विश्वमा बेलायती पासपोर्टको शक्ति र स्तरमा पनि ब्रेक्जिटपछि परिवर्तन आएको छ ।
विश्वकै शक्तिशालीमध्ये एक बेलायती पासपोर्ट पनि ब्रेक्जिटपछि पहिलेको तुलनामा झन शक्तिशाली बनेको छ । संसारमा कुन देशका पासपोर्ट कति शक्तिशाली छन्, कुन कुन देशमा स्वतन्त्र आवतजावत गर्न पाउँछन् भन्ने जस्ता विषयमा अध्ययन गर्ने ‘हेनली पासपोर्ट इन्डेक्स’को अध्ययनले ब्रेक्जिटपछि बेलायती पासपोर्ट झनै शक्तिशाली बनेको देखाएको छ ।
अध्ययनअनुसार विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा यस वर्ष बेलायत सातौं स्थानमा आएको छ । सोही सूचीमा गत वर्ष बेलायत एक स्थान तल आठौं स्थानमा थियो । बेलायती पासपोर्टवाहकले भिसा नलिइकन नै विश्वका १ सय ८५ देशहरुको यात्रा गर्न सक्छन् ।

युरोपमा नेपाली के गर्छन ? पोर्चुगलमा कमाई कस्तो छ ? मिलन बुढाको संघर्ष कथा

 आफ्नो देश छाडी बिदेशिने रहर कमैलाई मात्रा हुन्छ। थोरैका रहर होलान तर धेरैका बाध्यता बनिसकेका छन । अझ नेपालीका लागि त झन देशको अर्थ तन्त्र धान्ने प्रमुख श्रोत नै बैदेशिक रोजगार बनिसकेको छ । कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् भने कोही निरास भएर घर फर्केका उदाहरणहरु पनि छन् । बिदेश बसाइको क्रममा कोही लाख लिएर फर्किन्छन् भने कोही बाकसमा लास भएर फर्किन्छन् । पछील्ला केही बर्ष यता खाडी मुलुकको तुलनामा अन्य बिकासित देशहरुमा पनि नेपालीको संख्या बढ्ने क्रममा रहेको छ । बिशेष गरेर आज म युरोपको बारेमा कुरा गर्न गैरहेको छु । स्टुडेन्ट भिषा, भिजिट भिषा, वोर्ककिङ भिषा जो जसरी युरोप छिरेता पनि प्राया नेपालीको उद्देश्य भनेको पैसा कमाउनु नै हो । युरोपका देशहरुमा सबै देशमा सजिलो सँग कागज पत्र बन्दैन ।



कयौ देशहरुमा त अबैधानिक रुपमा रहनेलाई देश निकाला गर्ने सम्मको कानुन छ भने कत्ती देशहरुमा अबैधानिक रुपमा रहन दिएता पनि कागज पत्र नबन्ने समस्या छ । त्यसैले युरोप छिरेका प्राय नेपालीहरु पोर्चुगल पुग्ने गर्छन् । पोर्चुगल नेपालीहरुको लागि आशाको केन्द्र बनेको छ भन्दा पनि फरक नपर्ला । पछिल्लो केही वर्षदेखि युरोपको पोर्चुगल नेपालीका लागि रोजाईको देश भएको छ। यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सहज हुने कार्ड बन्छ । यहाँको कार्ड बनेको ५ र ६ वर्षमा यहाँको पासपोर्ट पाउन सकिन्छ र त्यस पछी अन्य अली धेरै कमाइ हुने युरोपेली मुलुकमा गएर कमाई गर्न सकिन्छ । युरोपका अन्य देशहरुको तुलनामा पोर्चुगलमा कागज पत्र बन्न सजिलो हुने हुँदा नेपाली मात्र होइन, हामी जस्ता कम विकशित देशका नागरिकहरु पनि पोर्चुगल आउन रुचाउँछन् । बिभिन्न माध्याम बाट युरोप छिरेका नेपालीहरु दैनिक सयौको संख्यामा पोर्चुगल आईपुग्छन । अन्दाजी करिब तीस हजारभन्दा बढी नेपाली पोर्चुगलमा रहेको अनुमान लगाउन सकिन्छ ।

युरोपमा नेपालिले धानेको सुशी ब्यवसाय

 अहिले सुसी खान, जापान पुग्नुपर्दैन । तोमयाम सुप पिउन थाइल्यान्ड धाउनु पर्दैन । बेइजिङ डगको स्वाद लिन चीनको यात्रा गरिरहनु पर्दैन । पिज्जा खान इटाली धाइरहनु पर्दैन । आजको चर्चा चाहि यि नै पारीकारहरु मध्य  सुसीको हो ।

तपाईं/हामीलाई थाहा नै छ, शुशी जापानको खास परिकार हो । र, अहिले विश्वकै मेनुमा यो खान्की समेट्न थालिएको छ । भिनेगर अर्थात अम्लिय चामलमा अन्य खानेकुरा जस्तो कि - समुन्द्री परिकार, सब्जी, मासु, फलफूल मिसाइएर सुशी बनाईएको हुन्छ । जापान बाट शुरु भएको यो परिकार अहिले युरोप, अमेरिका हुँदै संसारभर छाएको छ । बिशेष गरी आज म युरोपमा फास्टाएको सुशी ब्यवसायको कुरा गर्न गैरहेको छु । 

म्यानेजर र समोसावालाको कथा


 एउटा ठूलो कम्पनिको गेटको सामुन्ने मा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्च टाइम मा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे । एकदिन कम्पनीको एक मेनेजर ले समोसा खादा खादै समोसा बेच्ने व्यापारी सित मजाक को मुड मा आएर बहश गर्न थाले  । 


मेनेजरले समोसाबाला सित भने " यार ! गोपाल , तिमिले आफ्नो पसल धेरै राम्रो सित ब्यवस्थित गरेको छौ तर के तिमीलाई लाग्दैन कि  तिमी आफ्नो समय र ट्यालेन्ट समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच त यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ कहाँ बाट कहाँ पुग्थ्यौ , हुन सक्थ्यो आज तिमी पनि म जस्तै मेनेजर हुने थियौ । 

यो कुरा सुनेर समोसावाला ले धेरै सोचेर जवाफ फर्काए " सर ! यो मेरो काम तपाइको काम भन्दा धेरै गुणा राम्रो छ । १० बर्ष अघि जब म टोकरीमा समोसा बेच्ने गर्थे त्यति खेरै तपाइले यो कम्पनिमा  जागिर शुरु गर्नु भएको हो । त्यतिखेर म महिनाको मुस्किलले एक हजार रुपैया कमाउथे तर तपाइको तलब 10 हजार थियो । 

हाम्रा देशमा नेता किन साईकल चढ्दैनन ?


हामी प्राय सामाजिक संजालमा देख्ने गर्छौ न्युजिल्याण्डका प्रधानमन्त्री साइकलमा हिड्छन, क्यानडाका प्रधान मन्त्री सामान्य जीवन बिताउछन, अमेरिकाका पुर्व राष्ट्रपती जागीर खोज्दै छन । तर हाम्रा प्रधान्मन्त्री ? हाम्रा नेता ? भनेर प्रश्न तेर्स्याउने गर्छौ । किन हाम्रा प्रधानमन्त्रीले साईकल चढ्दैनन ? किन हाम्रा नेताहरुको जीवन समान्य छैन । आउनुस आज यसै  बिशयमा चर्चा गरौ ।

न्युजिल्याण्सका प्रधान्मन्त्री किन साईकल चढेर अफिस जान्छन ? 

बिकसित देशहरुमा साईकल चढ्नु बाध्यता नभई आवस्यकता र रहर हो ।

सम्पन्न देशहरुमा गाडी हिड्ने बाटो, साईकल हिड्ने बाटो र मान्छे हिड्ने बाटो ब्यवस्थीत रुपमा छुट्याईएको हुन्छ । 

गाडी हिड्ने बाटोहरु अलि धेरै घुमाउरो, one wey  एक तर्फी बाटोहरु,  ट्राफिक लाईट र ट्राफिक जाम हुने गर्छन । 

गाडिमा हिड्दा यी सबै झन्झटको बावजुत पनि कयौ ट्राफिक नियमहरुको ख्याल गर्नु पर्ने हुन्छ । ट्राफिक नियमको पालना नगर्दा निगरानी गर्न बाटोमा राखिएका क्यामेराले खिचेका रेकर्डले पठाउने जरिवानाको भागिदार हुनु पर्ने त छ दैछ । 


साईकलको समेत आफ्नै लेन भएकोले ठुला गाडिहरुको डर हुदैन । ट्याफिक लाईट र ट्राफिक जामको समस्या साईकलको बाटोमा हुदैन । छिटो, छरितो र स्वास्थ्यको दृश्टिले पनि साईकल चलाउनु फाईदा जनक छ । साईकलको बाटोको पनि आफ्नै नियमहरु त छन नै तर गाडिको तुलनामा यी नियमहरु नगन्य रुपमा छन ।

मान्छे हिड्ने पनि छुट्टै लेन हुन्छ । मान्छे हिड्ने बाटोमा न गाडिले अवरोध गर्छ न साईकल चढ्नेले नै । बाटोमा हिड्ने ब्यक्ती पनि कुनै अवरोध बिना आफ्नो सामर्थ्रले हिड्न पाउँछन् ।


साईकल चलाउनुका यत्ती धेरै फाईदाहरु त तपाइहरुलाई बताईसके । अब सुरक्षाको कुरा । बिकसित राष्ट्रहरुमा सुरक्षा ब्यवस्था चुस्त र छरितो बनाईएको हुन्छ । आम मान्छेले समेत सुरक्षाको प्रत्याभुती महसुस गरेका हुन्छन । त्यसको माथी नेता भनेको देश बनाउन हिडेका हुन । समाजसेवा गर्न हिडेका हुन भन्ने आम बुझाई छ । तिनको कार्यशैली अनुसार जनताले भोट दिने हुन । त्यसैले पनि नेतालाई कुनै असुरक्षा भन्ने हुदैन । खासै भन्ने हो भने यताका नेतालाई धेरै जसोले चिन्दैनन पनि । त्यसैले करोडौको गाडीमा चढोस कि साईकलमा खासै सरोकार हुदैन ।

आखिर जिन्दगीको अंश के ?

जब एउटा मान्छे मर्छ ।

उसको शरीर घाटमा जलाउन लैजान्छन ।

उसको शरिर घाटमा जलेर खरानी बन्छ ।

उसको शरीर कस्तो थियो कसैले याद गर्दैनन ।

तर प्रत्यक ब्यक्तीके उ सँगको सम्बन्ध याद गरिरहेका हुन्छ्न ।

कसैले सकारात्मक सम्झेला कसैले नकारात्मक पक्ष ।

मात्र यादहरु सम्झन्छन, 

उसले दिएका सुख सम्झन्छन, उसले दिएका दु:ख सम्झन्छन

समग्रमा उसको कर्म सम्झन्छन । 

शरीर त आखिर खरानि भई जाने न रहेछ ।

मनले गरेका इन्छाहरु जिवित हुदा रहेछन ।

सकारात्मक इच्छा गर्छौ कि नकारात्मक ?

आफैमा भर पर्छ ।

बेल्जियम

 युरोपियन युनियन भित्र पर्ने एक देश हो बेल्जियम


। यो देश भित्र नेपालीहरु करिब 12/14 हजारको संख्यामा होलान ।हुन त नेपाली समाजको प्रतिनिधित्व गर्ने यहाँ दर्जनौ समाज छन । तर  यत्ती नै छ भनेर एकिन तत्थ्याङ्क भन्न सक्ने यहाँ कोहि छैनन ।  संख्या थोरै र धेरै भन्दा पनि नेपालिको अवस्था कस्तो छ भन्ने बिषयमा म कुरा गर्न लागिरहेको छु । बेल्जियमलाई स्थाई वा अस्थाई बासस्थान बनाई सकेका प्राए नेपालीहरुको अवस्था सन्तोषजनक नै छ । यहा प्राय नेपालिहरुले महिनामा 2 हजार युरो भन्दा माथि बुझ्छन । तलब र विभिन्न सुबिधाहरु हेर्दा बेल्जियममा जागिर खाने नेपालिहरुको अवस्था सन्तोषजनक नै छ । जागिरको अलावा  आफ्नै ब्यवसाय संचालन गर्ने नेपालिहरुको संख्या पनि उल्लेख्य छ । बिशेसगरी रेष्टुरेण्ट र पसलमा लगानी गर्ने नेपालिहरु प्राय सफल भएका छन  ।