फ्रान्स निवासी ददि सापकोटाले आफ्नो प्राइभेट कम्पनी भनेको एभरेष्ट एसियन क्राफ्ट प्राइभेट लिमिटेड ब्यानर सहित इटालिको मेलामा देखियो । जसको उदेश्य नेपाली हस्तकलाका सामाग्रीहरु थोक तथा खुद्रा मुल्यमा बिक्री बितरण गर्ने थियो । युरोपका स्विजरल्याण्ड, फ्रान्स र इटालीको बजार आफ्नो हातमा लिने महत्वकांक्षा बोकि यो कम्पनी मैदानमा उत्रीयो । स्विजरल्याण्ड, फ्रान्स र इटालिमा आफ्नो शाखा रहेको सम्म भनी प्रचार गर्न भ्याए । यो कम्पनी ददि सापकोटाको मात्र हो भनी उनैले भनेका हुन ।
यो कम्पनिलाई युरोपमा स्थापित गराउन एउटा समूह खडा पारियो । जसमा फ्रान्स निवासि कम्पनिका मालिक ददि सापकोटा, स्विस बाट इटाली झरेका शिव रिजाल र इटाली निवासी भरत लामा । यी तीन जनाको समूह इटालिमा हुने मेलामा सहभागी हुन आए । तर बिना लगानी अरुको सामान सापटी मागेर । शुरुमा यो समुहले # पादुवामा भएको ओरिएन्ते मेलामा # कसैको पस्मिना सल मागेर प्रवेश गरे । सोचे जस्तो भएन क्यारे । सामान नै फिर्ता गरिदिए र अन्य सामान तिर आँखा डुलाए । चियापत्ती र ह्याम्पको झोला लिएर देखा परे । बिस्तारै यो समुहको योजना मोडियो ।शुरुमा अरुको सामान मागेर काम चलाएको एभरेष्ट एसियन क्राफ्टले नेपाली ब्यापारिहरुको प्रतिनिधित्व गर्ने सपना देख्न थाले । नेपाली कला सस्क्रीतिको प्रचार प्रसार गर्ने, हस्तकला ब्यवसायलाई ब्यापकता दिने, व्यापारीहरुलाई ब्यवस्थित गर्ने जस्ता आस्वासन मेलामा आउने जो कोहिलाई दिन थाले । योजनालाई सार्थकता दिन यो समुहले रोममा भएको मेलामा नेपालबाट मन्दिर झिकाए, विभिन्न नेपाली कला सस्क्रीती झल्कने फोटोहरु प्रदर्शनी गरे । मन्दिरमा पुजा गराउन भारत बाट पाइलट बाबा बोलाए । एन आर एनका अभिएन्ता जिवा लामिछाने, इटालिका लागि नेपाली कन्सुलर पाओलो नुगारी र स्थानिए सङ्घ सस्थाको सहभागीतामा धुमधाम मन्दिरको उद्घाटन गरे । ददि सापकोटा मार्फत नेपालका राष्ट्रीय दैनिकहरु, विभिन्न अन्लाईन पत्रपत्रीकाहरुमा समाचार छापियो । धेरै राम्रो भयो । सबैले खुशी माने ।यो समूहले नेपालको प्रवर्दन गर्ने उद्देश्यले नवलपरासिको मौला कालिकाको स्वरुप रोममा भएको मेलामा प्रदर्शन गर्यो । यो एउटा ब्यापारिक मेला हो । तर मेला आयोजकलाई मन्दिर चित्त बुझेन । मन्दिरको स्वरुप त छ तर नेपाली कला झल्कने खाले नभएकोले आयोजकले त्यति चासो दिएन । यदि मन्दिर आयोजकले चाहेको जस्तो भै दिएको भए मन्दिर राख्ने वरिपरि केही स्टलहरु निशुल्क दिने थिय । जुन स्टल बिक्री बाट यो समुहले केही आम्दानी गर्न सकिने थियो । मन्दिर एक ठाउँ बाट अर्को ठाउमा लाने खर्छ समेत आयोजक आफैले तिरिदिन्थे ।
तर यो समूह बिना लगानि, गफैको भरमा ग्वाम्मै युरो सोहोरौला भनेर बनेको थियो ।
रोममा भएको मेलामा हिन्दु सस्कार अनुसार पुजा गरेर मन्दिर उद्धघाटन गरौला भनेर भारत बाट पाइलट बाबा बोलाईएका थिय । पाइलट बाबालाई आउने जाने टिकट र खाने बस्ने ब्यवस्था गर्ने आस्वासन दिएका थिय । तर एभरेष्ट क्राफ्टका मालिकहरुले यहाँ इमान्दारिता देखाउन सकेनन । पाईलट बाबालाई लागेको खर्छ दिइएन । बाबा रिसाएर भारत फर्किए । बाबालाई दिन्छु भनेको खर्छ मेला आयोजकले यो समुहलाई दिए तर एभरेष्ट क्राफ्टका मालिक ददि सापकोटाले 2800 युरो आफ्नो गोजिमा हाले ।
थोरै रुपैया लगानी गरेर ग्वाम्मै युरो कमाउला भन्ने उद्देश्यले बनेको यो समुहलाई मैले दलाल समूह भनेर उपमा दिए । किन ? त भन्दा नेपाल र नेपालिको नाम बेचेर कमिसन खाने यिनिहरुको मुख्य उद्देश्य थियो । त्यो समुहको उद्देश्य भन्नू नै करोडौ रुपैया लगानी गरेर आएका ब्यापारिहरुलाई धम्याउने, पैसा माग्ने, सामान जफत गर्ने धम्की दिने, अत्यास पार्ने काम गर्ने हो । आफुलाई बुद्दिजिवी ठान्ने , युरोपका जानकार हुँ भन्ने, 20 औ बर्ष देखि यो मेलामा सहभागी हुँदै आएकाहरुलाई ब्यापारको तरिका सिकाउने यो समुहको कार्य शैली थियो । व्यापारीहरुलाई तह लगाउन भनेर निकै तमझाम गरेर इटालिको रोममा अन्तराष्ट्रीय नेपाली हस्तकला महासङ्घ घोषणा गरे ।
अन्तत अरुलाई कार्वाही गर्न , अरुलाई पाठ सिकाउने समूह नै कमिसनको भागबण्डा नमिल्दा तीन महिनाको शिशु अवस्थामै चिरा पर्यो ।
मलाई किन चासो भयो त यो समुहको ?
यिनिहरुले मलाई पनि आफ्नो समुहमा सामेल गराउन हरदम प्रयास गरेका हुन । तर मैले मानिन । यिनिहरुको गलत बिचार र गलत सोचाई मेलामा आउने जो कोहिलाई थाहा छ ।
समूह कसरी फुट्यो त !
गलत नजिर राखेर बनेको सम्बन्ध लामो समय टिक्दैन भन्ने उदाहरण यो घटनाले प्रमाणित गर्दछ ।
नजिर न. १ - आफ्नो बिना लगानी अरुको सामानमा ट्राइ गर्न मेलामा सहभागी हुन र त्यसै फिर्ता गरिदिनु ।
नजिर न. २ - सङ्गठन खोल्ने, ब्यापारिहरु अनिवार्य सदस्यता हुनु पर्ने, सदस्यता रकम 100 युरो बुझाउनु पर्ने । ब्यापारिहरुलाई धम्क्याउनु र सामान जफत गर्ने चेतावनी दिनु ।
नजिर न. ३ - मन्दिर ल्याउने र आयोजकको तर्फ बाट मेलामा जग्गा हात पार्ने । जहाँ कमिसन खाएर जग्गा बेच्ने ।
नजिर न. ४ - एन आर एन का ठुला ठुला हस्तिहरु सङ्ग सम्बन्ध बढाउने , लगानी झार्ने र नेपाली हस्तकलाको इटालिको व्यापार आफ्नो पकडमा ल्याउने सपना ।
तर अबैधानिक रुपमा बनेको यो सामुहिक गर्व अन्तत तुहियो । कमाउने भन्दा पनि खर्छ धेरै देखिन थाले । योजना गरेको जसरी समुहले फाईदा लिन सकेन । दुई जना बाहुनवादका सिपाही ददि सापकोटा र शिव रिजाल र भरत लामाका ब्यवहारमा फरक देखिन थाले ।मेलामा अलि अलि झोला र चियापत्ती बेचेको पैसा जति सबै शिव रिजालले राख्ने र खर्छ गर्न पर्ने ठाउमा भरतको गोजि बाट निकाल्ने उपाए सोझाए ।
रोममा पाएको 2800 युरो ददि सापकोटाले लिएर हिडे । ट्रान्सपोर्टलाई तिर्नु पर्ने भरतको नाम मा हाली दिए । जहाँ जति पनि तिर्नु छ भरतको नाम मा हाल्ने र पैसा आउने ठाउमा ददि सापकोटा र शिव रिजाल अघि सर्ने देखिन थाले । एक दिन ददि र शिवको बिचमा भरतको बिषयमा भएको वार्तालाप पर्दाफास भयो । एउटै समुहका साझेदारहरु बिचमा भएको यश धुर्त्याई वार्तालाप बाट भरत लामा लाई मात्र प्रयोग गर्न खोजिएको र फसाउने योजना बुनिएको लाटाले पनि बुझ्छन ।
सामाजिक सन्जाल फेसबुकमा बेईमानिका आवाजहरु सुनुन थाले पछि यो तीन जना बिचमा छुट्टिने सहमती भो ।
तर त्यहा पनि चतुर्याई गरेर भरत लामा लाई नै फसाउने षडयन्त्र रचियो । जसमा शिव रिजालका मित्र मितेरी मन्च मिलानका अध्यक्ष विशाल तामाङले समेत निस्पक्ष छानबिन गर्न कन्जुस्याइ गरे । हुँदै नभएका लगानी 20 हजार युरो निकालियो । 4500 युरो तिर्नु पर्ने । यहि खर्चलाई 3 भाग लगाए र सहमती पत्रमा हस्ताक्षर गराए । बिवादको बिचमा भएको सहमतिको कागज अन्त पर्दाफास गराउने भन्दै भरत लामालाई दिएनन । चलाखी स्वरुप त्यो सहमतिको कागज ददि सापकोटा र शिव रिजाल आफैले मात्र राखे । यसरी एउटा तामाङ्को छोरोलाई बाहुनहरुले फसाए ।
ददि सापकोटा उता कोपेन्हेगनमा हुने नेपाल एक्सपोमा मन्दिर ल्याउछु भन्दै नेपाल एक्सपोका सङ्योजक पुर्ण बन्धनको चाप्लुसी गर्दै थिय । मन्दिर कोपेनहेगन लग्न ट्रान्सपोर्टले 2700 युरो लाग्ने भनेको थियो तर उनले 3200 युरो मगाए । उताका आयोजकले तुरुन्तै एकाउण्टमा हालिदिए । तर यिनले मन्दिर कोपेन्हेगन लग्न सकेनन कारण यता ट्रान्सपोर्टको पैसा पहिलेकै बाकी थियो ।
No comments:
Post a Comment