मान्छे दु:ख भयो भन्दै सुख पाउने अर्थात सुबिधा थप्ने आसयले पैसा कमाउन थाल्छन । यहि नै मान्छेहरुको सबै भन्दा ठूलो भ्रम हो । जब सम्म मान्छेले आफ्नो पन्चइन्द्रीय सम्बन्धी प्रक्रीया बुझ्दैन तब सम्म उ जति नै धन भए पनि दुखि नै हुन्छ । नाक, कान, आँखा, जिब्रो, छाला ।
मीठो बासना सुघ्न मात्र मन पर्नु
मीठो आवाज सुन्न मात्र मन पर्नु
राम्रो दृष्य हेर्न मात्र मन पर्नु
मीठो स्वाद चाख्न मात्र मन पर्नु
राम्रो स्पर्श गर्न मात्र मन पर्नु
नै दु:खको कारण हो । यहाँ सबै राम्रो मात्र छैनन । मीठो मात्रै छैन । नराम्रो र नमिठोको पनि सामना गर्नु पर्छ भन्ने ज्ञान मनले बुझ्ने हो भने दु:ख तत्कालै हटेर जानेछ ।
No comments:
Post a Comment