'ग्रीन तारा' - आर्य तारा

 'ग्रीन तारा' जसलाई नेपालीमा आर्य तारा भनिन्छ।

आर्य तारा भन्नासाथ हरियो अनुहार र ज्यान भएकी, एक हातमा निलो र अर्कोमा रातो फूल समाउने भगवान हुन्। आर्य ताराको आँखाले एकदम मायालु दृष्टिले हेरेको हुन्छ भन्ने दर्शनशास्त्र छ। 

उनको एउटा खुट्टा माथि र एउटा तल हुन्छ। आर्य ताराले हरेक जीवलाई आफ्नो सन्तानसरह स्याहार गर्छिन् भन्ने मान्यता छ। बोधिसत्वहरू जस्तोसुकै समयमा आर्य तारा मद्दतका लागि पुग्छिन् भन्ने विश्वास राख्छन्। त्यसैले उनको बसाइ मुद्रा एक खुट्टा उठ्न सहज हुने शैलीमा तयार पारिने चित्रकारहरू बताउँछन्। ती देवीले कुनै रोग, कष्ट भएमा पन्छाइदिने, केही कुराको डर भए हटाइदिने, कुनै पनि विपत कटाइदिने विश्वास छ। 

निलो आकाश एकदम शान्त छ, जसमा पूर्णिमाको चन्द्रले शितलता थपेको छ। मुनि पानीमा पनि त्यही शितलता प्रतिबिम्बित छ। केही फूलहरू छन्, कुनै फूलिसकेका, कुनै कोपिला।

No comments:

Post a Comment