गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण समितिको अत्यन्त जरुरी सूचना !!!
आदरणिय बेल्जियमबासी वुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु,
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको आगामी July 18 मा हुन गईरहेको राष्ट्रीय अधिवेशनका लागी पंजीकृत सदस्यताको नयाँ सदस्यता आवेदन १७ तारिख राती १२ बजे बाट बन्द गरिएको यहाँहरुलाई अवगत नै छ I हाल बेल्जियम निवासी गैर आवासीय नेपाली संघका केहि अग्रज अभियन्ता एबं सामाजिक व्यक्तित्व र पंजीकृत सदस्यता आवेदन दिन छुट व्यक्तित्वहरुहरु बाट सदस्यता फारम भर्न छुट भएकोले थपि पाऊ भनि निबेदन प्राप्त हुन आएकोमा राष्ट्रिय महाधिबेशन सम्बन्धी नियमावलीलाई समेत ख्याल राखी निम्न प्रक्रियामा रही अन्तिम पटकको लागि आज शनिबार बेल्जियम समयको बिहान १२ बजे देखि दिउसो ४ बजे सम्मलाई आवेदन खुल्ला गरिएको सम्बन्धित सबैलाई जानकारी गराउदछौं I
१) सदस्यता आवेदन दिदा सम्बधित व्यक्तिले आफ्नो अधिकारिक इमेल र फोन नम्बर अनिबार्य अपलोड गरि सम्पूर्ण रुपमा पूर्ण प्रक्रिया पुर्याइ अनलाईन प्रक्रिया बाट फर्म भरि सम्बन्धित व्यक्ति वा एकाघरको पारिबारिक व्यक्तिको बैंक खाता बाट गैर आवासीय नेपाली संघ बेल्जियमको खाता नम्बर
BE 533632 0211 0553 मा vrij mededeling मा आफ्नो नाम खुलाई सदस्य बापतको १० यूरो रकम जम्मा गरि सो को प्रमाण उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं I अन्यथा यस २०२१-२०२३को निर्बाचन प्रक्रियामा समाबेश हुन पाइने छैन I
२) १७ तारिख भन्दा अगाडी नै सदस्यताको आवेदन दिनु भई सदस्यता शुल्क बुझाउन बाँकी सम्पूर्ण सदस्यहरुले अनिबार्य रुपमा शनिबार ४ बजे सम्ममा गैर आवासीय नेपाली संघ बेल्जियमको खाता नम्बर
BE 533632 0211 0553 मा vrij mededeling मा आउने गरि आफ्नो नाम खुलाई सदस्य बापतको १० यूरो रकम जम्मा गरि सो को प्रमाण उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं I अन्यथा यस २०२१-२०२३को निर्बाचन प्रक्रियामा समाबेश हुन पाइने छैन I
3)सदस्यताको लागि आवेदन दिएर काजगत आइ डी फोटो अपलोड गर्न बाकी सम्पूर्ण सदस्यहरुले पनि शनिबार ४ बजे सम्म आफ्नो फाइल अपलोड गरी शुल्क बुझाई प्रक्रिया पुरा गर्नुहुन अनुरोध गर्दछौं I साथै पहिला को पास्वोर्ड बिर्सिनुभयो भने फोन वा इमेलमा पास्वोर्ड पुन प्राप्त गर्न सकिनेछ र आवेदन प्रक्रिया पुरा भए पछि गैर आवासीय नेपाली संघ बाट कन्फरमेसनको इमेल आउछ त्यो इमेल आएको छैन भने प्रक्रिया नपुगेको हो भन्ने बुझी आवश्यक प्रक्रिया पुरा गर्नुहोला I प्राबिधिक सहयोगको लागि हामी सदा तयार छौँ I
4)कागजात बुझाई शुल्क समेत बुझाई सकेपछि आफ्नो डिजिटल कार्ड हेरी सुरक्षित हुनुहोला I यदि कागजात बुझाएर शुल्क बुझाउदा पनि आफ्नो कार्ड हेर्नु मिलेको छैन भने हामीलाई सम्पर्क गर्नुहोला तर यसरी कार्ड सम्बन्धित व्यक्तिले आफ्नो युजर आइ डी र पास्वोर्ड बाट मात्र हेर्न मिल्ने हुदा कृपया आफुसंग सुरक्षित राख्नुहुन अनुरोध गर्दछौं I
अन्य केहि जानकारीको लागि सम्पर्क गर्नुहोला I यहाँ हरुको सकृय सहभागिता र सहयोगको लागि हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौं I
संयोजक
तिर्थ धमला
सदस्य सचिव
दिपक न्यौपाने
सदस्यता बितरण समिती
एनआरएनए बेल्जियम
No comments:
Post a Comment