चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग

 भगवान बुद्धले सबै मानव जगतको निमित्त, बहुजन हिताय र बहुजन सुखायको निमित्त दिनुभएको प्रमुख शिक्षा भनेको चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग नै हो । चार आर्य सत्यको संकल्प नै बौद्ध दर्शनको मुल सिद्धान्त हो । अनी आर्य अष्टाङीक मार्ग नै एक मात्रा निर्वान सम्मा पुगे बाटो हो । आउनुहोस्  अब म तपाईंहरुलाई स बिस्तार बताउने छु ।  

के के हुन त ? चार वटा आर्यसत्य ?


(१) दु:ख - संसारमा दु:ख छ ।

(२) समुदाय - दु:खका कारण छन ।

(३) निरोध - दु:खको निबारण छ ।

(४) मार्ग - निवारण गर्नको लागि आर्य अष्टांगिक मार्ग छ । 

आर्य अष्टांगीक मार्गको माध्याम बाट दु:ख निवारण गर्न सकिन्छ । 


के के हुन त दु:ख निवारन गर्न सकिने आठ वटा बाटोहरु ? 

आउनुहोस् अब म तपाईंहरुलाई स बिस्तार बताउने छु । 

 

१) सम्यक दृष्टि:-चार आर्यसत्यमा बिश्वास गर्नु ।

(२) सम्यक संकल्प:-मानसिक र नैतिक बिकाशको प्रतिज्ञा गर्नु ।

(३) सम्यक वाक:-हानिकारक कुरा र झुठो नबोल्नु ।

(४) सम्यक कर्म:-हानिकारक कर्म नगर्नु ।

(५) सम्यक जिविका:-कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक ब्यापार नगर्नु ।

(६) सम्यक प्रयास:-आफुले आफैलाई सुधारने कोशिस गर्नु ।

(७) सम्यक स्मृति:-स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु ।

(८) सम्यक समाधी:-निर्वाण प्राप्त गर्ने कोशिस गर्नु ।


आर्य अष्टांगिक मार्ग तथागत बुद्धको प्रमुख शिक्षाहरु मध्ये एक हो । जुन दु:खबाट मुक्ती पाउन एवं आत्म ज्ञान साधनाका रूपमा बताइएको छ । 



प्राणी जिबनभर दु:खका श्रृङ्गखलामा परि रहन्छ, यो दु:ख आर्यसत्य हो । संसारको विषयप्रती जुन तृष्णा छ त्यहीँ समुदाय आर्यसत्य हो । जुन प्राणी तृष्णामा मर्छ, उ यो प्रेरणाले पुनः जन्म ग्रहण गर्दछ । त्यसैले तृष्णाको समुदायलाई आर्यसत्य भनिन्छ । तृष्णाको अवशेष प्रहाण गरिदिने निरोध आर्यसत्य हो । तृष्णा नभए पछी संसारका बस्तुको कारण कुनै दु:ख हुँदैन न मृत्युपर्यन्त उसको पुनर्जन्म हुन्छ । निभेको दियो झै उसको निर्बाण हुन्छ । यस निरोध प्राप्तिका मार्ग आर्यसत्य अष्टांगिक मार्ग हो । यसको आठ अंग छ ।

(१) सम्यक दृष्टि:-चार आर्यसत्यमा बिश्वास गर्नु ।

(२) सम्यक संकल्प:-मानसिक र नैतिक बिकाशको प्रतिज्ञा गर्नु ।

(३) सम्यक वाक:-हानिकारक कुरा र झुठो नबोल्नु ।

(४) सम्यक कर्म:-हानिकारक कर्म नगर्नु ।

(५) सम्यक जिविका:-कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक ब्यापार नगर्नु ।

(६) सम्यक प्रयास:-आफुले आफैलाई सुधारने कोशिस गर्नु ।

(७) सम्यक स्मृति:-स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु ।

(८) सम्यक समाधी:-निर्वाण प्राप्त गर्ने कोशिस गर्नु ।


केही लोक आर्य अष्टांगिक मार्गलाई पथ झै सम्झन्छन जसमा अगाडी बढनका लागी अघिल्लो स्तरलाई पाउन आबस्यक छ । लोकलाई लाग्दछ कि यस मार्गको स्तर सबै साथ-साथै पाइन्छ । मार्गलाई तीन भागमा बर्गिकृत गरिन्छ:-प्रज्ञा, शिल र समाधी ।

आर्य अष्टांगिक मार्ग तथागत बुद्धको प्रमुख शिक्षाहरु मध्ये एक हो । जुन दु:खबाट मुक्ती पाउन एवं आत्म ज्ञान साधनाका रूपमा बताइएको छ । अष्टांगिक मार्गको सबै मार्ग "सम्यक" शब्दबाट आरम्भ हुन्छ । ( सम्यक=राम्रो वा सहि ) बौद्ध प्रतिकमा प्रायः अष्टांग मार्गका धर्म चक्रको आठ spokes द्वारा निरुपित गरिन्छ ।

बौद्ध धम्मका अनुसार चौथो आर्यसत्य नै आर्य अष्टांगिक मार्ग हो-दु:ख निरोध प्राप्तिको मार्ग । तथागत बुद्धले भन्नुहुन्थ्यो कि चार आर्यसत्यको सत्यता निश्चय गर्नका लागी यस मार्गको अनुसरण गर्नुपर्दछ ।

भगवान बुद्धले बताउनु भएको छ तृष्णा नै दु:खको मुल कारण हो । तृष्णाका कारण संसारको विभिन्न बस्तुहरु तर्फ मनुष्य प्रबृत्त हुन्छ र जब उसले ती चिजहरु प्राप्त गर्न सक्दैन अथवा प्राप्ति पछी पनि नष्ट भएर जान्छ तब उसलाई दु:ख हुन्छ । तृष्णाका साथमा मृत्यु प्राप्त गर्नेवला प्राणी त्यो प्रेरणाले फेरि जन्म ग्रहण गर्दछ र संसारको दु:ख चक्रमा पिसिदै रहन्छ । अत: तृष्णालाई सर्वथा प्रहाण गर्नेवाला जुन मार्ग छ त्यहीँ मुक्तिको मार्ग हो । यसलाई दु:ख निरोध गामिनी प्रतिपदा भनिन्छ । भगवान बुद्धले यस मार्गका आठ अंगहरु बताउनु भएको छ ।

(१) सम्यक दृष्टि । - प्रज्ञा 

(२) सम्यक संकल्प । - प्रज्ञा 

(३) सम्यक वचन । - शिल 

(४) सम्यक कर्म । - शिल

(५) सम्यक आजिबिका । - शिल

(६) सम्यक ब्यायाम । - शिल

(७) सम्यक स्मृति र - समाधि

(८) सम्यक समाधी । - समाधि


यस मार्गको प्रथम दुई अंग प्रज्ञाको र अन्तिम दुई समाधिको छ । बिचको चार शिलको छ । यसरी शिल, समाधी र प्रज्ञा यी तिनमा आठै अंगको सन्निवेस हुन्छ । शिल शुद्ध भएपछि मात्रै आध्यात्मिक जिबनमा कोही प्रवेश पाउन सक्छ । शुद्ध शिलको आधारमा नै मनुष्य ध्यान अभ्यास गरि समाधीको लाभ प्राप्त गर्दछ र समाधिस्थ अबस्थामा नै उसलाई सत्यको साक्षात्कार हुन्छ । यसलाई प्रज्ञा भनिन्छ, जसको ज्ञान प्राप्त हुनसाथ साधकलाई सत्ता मात्रको अनित्य, अनाम र दु:ख स्वरुप साक्षात्कार हुन्छ ।

प्रज्ञाको आलोकमा उसको अज्ञानांधकार नष्ट हुन्छ । यसले गर्दा संसरको सम्पुर्ण तृष्णा हराएर जानेछ । बितृष्णा भइ काहीं पनि अहंकार गर्दैन र सुख दु:खको बन्धनभन्दा माथी उठछ । यस जिबनको अनन्तर, तृष्णा नभएको कारण उसले फेरि जन्म ग्रहण गर्नेको कुनै हेतु रहदैन । यस प्रकार शिल, समाधी र प्रज्ञावला मार्ग आठ अंगमा बिभक्त भइ आर्य अष्टांगिक मार्ग भनिन्छ ।

स्रोत:-बौद्ध धर्मको श्रेणिको भाग ।

अनुबाद सुर्य तामाङ ।

No comments:

Post a Comment