Shared with Only me
ल्हास्सो, फ्याफुल्ला
भगवान बुद्धको महापरिनिर्वाण पछि आठौ बर्षमा एक तान्त्रीक सिद्ध पुरुषको यस धर्तिमा उत्पती भयो । भगवान बुद्धको महापरिनिर्वाण पछि उहाँको ज्ञानलाइ अझै परिस्क्रीत र परिमार्जन सहित बहुजन हिताय र बहुजन सुखायको निमित्त यो शाशनलाई टेवा पुर्याउनको लागि एक अद्दित्तिय ब्यक्तिको जन्म हुनेछ भन्ने कुरा विभिन्न सुत्रहरुमा उल्लेख गरिएको छ । आयुको देवता अमिताभ बुद्धको शरीर , करुणाकि देवि आर्यलोकेस्वरको वचन र सम्पुर्ण बुद्धहरुको चित्तको प्रतिनिधित्व गर्दै उत्पन्न भएको ब्यक्ती नै गुरु रेन्पोर्छे अर्थात गुरु पद्मसम्भव हुन ।
उडियान देशको दक्षिण पुर्वमा रहेको धनकोश अर्थात सिन्धुसागरको पोखरीमा रहेको विशाल कमलको फुलको पत्रमा उहाँको उत्पत्ती भएको थियो । संसारिक रुपमा नभई प्राकृतिको काखमा कमलको फुलबाट उहाँको उत्पती भएकोले नै उहाँको जन्म चार किसिमका जन्महरु मध्य सर्वश्रेष्ठ जन्म उपपादुक जन्म कमल फुलबाट जन्मेको हुनाले उहाँ पुज्य हुनु हुन्छ । ज्ञानको इन्द्रेणी, अमर बज्रकाय भएको र संसार नरित्तिउनजेल सम्म प्राणिहरुको हित गर्नको निमित्त उहाको उत्पती भएको हुनाले उहाँ गुरु रेन्पिर्छेको महिमा निकै महत्वपुर्ण छ ।
महापरिनिर्वाण सूत्रमा भगवान बुद्धले भन्नु भएको छ “म निर्वाण भएपछि तिमीहरुले पीर मान्नु पर्दैन । स्वच्छ र निर्मल जल भएको तलाउबाट म भन्दा पनि उत्तम पुरुष जन्मनेछ । यसरी भगवान बुद्धले नै उहा“ भन्दा पनि विशेष व्यक्ति जन्मनेछ” भनी भविष्यवाणी गर्नु भएको थियो । गुरु पद्ममसम्भवले गुह्यमन्त्रको उपदेश व्यापक रुपमा दिनु भएको छ । सम्पुर्ण बुद्धहरुको प्रतीक गुरु पद्मसम्भवले संसारका हरेक प्राणिहरुको रक्षा गर्नु हुनेछ । उहाको उत्पती संसारका प्राणिहरुको मुक्तीको लागि भएको हुनाले हरेक समयमा हरेक ठाउमा उहाको उपस्थिती हुने गर्दछ । त्यसैले मुक्ती चाहने ब्यक्तिहरुले दिनमा तीन पटक गुरु रेन्पोर्छे गुरु पद्ममसम्भवको सिद्धी मन्त्रको ध्यान र जप गरेमा विभिन्न फाईदाहरु हुने उल्लेख गरिएको छ । धार्मिक तिर्थहरु जाँदा, गुम्बा, पर्वतको शिखरहरुमा, नदिको किनारामा, देवता राक्षस र भुत बस्ने गुफाहरुमा, व्रत बसेका तान्त्रीकहरु, शिल पालन गरेका भिक्षु भिक्षुणीहरु, श्रद्धालु पुरुष र महिलाहरुले मनले राम्रो चिताएर गुरु रेन्पोर्छेको मन्त्र सय, हजार, दस हजार, करोड आदि जप गरेमा ग्रह, दशा, अशान्ती, बेचैन, नकारात्मक प्रभावहरु, अद्रीश्य शक्तिले दिने दुख र भुतप्रेतका नराम्रा रुपहरु सबै हटेर जानेछ भनीएको छ । यहि जिवन, अर्को जीवन र अन्तराभवमा गुरु रेन्पोर्छेको प्रत्यक्ष दर्शन पाईन्छ र मार्गफल प्राप्त भएर शुद्ध भुवन चामर द्विपमा बिद्याधरको तहमा पुग्न सकिने कुरा उल्लेख गरिएको छ । यी र यस्तै कयौ फाईदाहरु दिलाउने उहाँ तन्त्रशास्त्रका महान गुरु, गुरु रेन्पोर्छेको बज्र गुरु मन्त्रको महिमा निकै महत्व पुर्ण छ ।
वर्तमान समयमा पनि उहाको तन्त्रबिद्याको प्रभाव अत्यधिक रहनु, सम्पुर्ण प्राणी जगलको हित रक्षार्थ उहाँ यत्र तत्र सर्वत्र ब्याप्त रहनुले पनि उहा हामी सबैको सर्वज्ञ हुनु हुन्छ । यी नै महान सर्वज्ञ तन्त्रीक गुरु,गुरु रेन्पोर्छेको प्रतिमा नेत्रावति डपजोङ गाउँपालिका वडा न ३ वाका क्षेत्र स्थित ज्यम्पल गोम्पो डाँडाँमा स्थापना गर्न गईरहेका छौ । यो ठाउँ धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउपालिका र नुवाकोट जिल्लाको म्यगाङ गाउपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रमा पर्दछ ।
अब मुर्ती निर्माण कार्य एक बर्ष भित्रमा सम्पन्न गर्ने गरि समितिले कार्य योजना अगाडि बढाईसकेको छ । गुरुको मुर्ती निर्माणको लागि अनुमानित बीस लाख लागत लाग्ने अनुमान गरेका छौ । यो पवित्र कार्यको लागि सबै धर्म प्रेमी श्रद्धालु भक्तजन र बिकास प्रेमी महानुभाबहरुमा स्वेच्छिक दान सहयोगको लागि अपिल गरेका छौ । यो पुण्यकार्यमा तपाईं पनि प्रत्यक्ष सहभागि हुन सक्नु हुनेछ । रु. ५०००/- देखि माथी सहयोग गर्ने दान दाताहरुको नाम ताम्रपत्रमा लेखेर राखिने निर्णय भएको छ ।
त्यसैले तपाई सम्पुर्ण स्वदेश तथा बिदेशमा बस्नु हुने धर्मप्रेमी बिकासप्रेमी महानुभाबहरुमा वाका क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने हाम्रो यो पबित्र महाअभियानमा स्वस्फूर्त रुपमा जोडिनु भई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
यदि तपाईं यो अभियानमा जोडेर पुण्य कमाउन चहानुहुन्छ भने हामिलाई निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्कको लागि :-
खेन्पो पेमा साम्बा लामा काठमाडौ फोन नं. 9844643627
प्रेम दोर्जे बल लामा चितवन फोन नं. 9845214258
धनसुर वाइबा धादिङ फोन नं. 9813258244
छेवङ लामा धादिङ फोन नं. 9745106427
सुकराम तामाङ धादिङ फोन नं. 9845340764
आइसिङ वाइबा नुवाकोट फोन नं. 9841922641
पारस वाइबा नुवाकोट फोन नं. 9803345180
दिवाकर लामा नुवाकोट फोन नं. 9841922646
थप जानकारिको लागी -
semjongonline@gmail.com
धन्यवाद
No comments:
Post a Comment