
त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ, दैनिक हजारौको सङ्ख्यामा मनिसहरु आवाज जावत गर्छन् । रोजगारिको लागि दैनिक हजारौ नेपाली बिदेसिन्छन । रोजगारिकै सिल्सिलामा आज मेरो एउटा साथी इटली उड्नु थियो । त्यसैले म पनि पुगे त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ । प्राया साथीहरु कतार , दुबइ जस्ता अरब मुलुकमा गयता पनि यसपली रोजगारिकै लागि यूरोपियन देश इटली जाने साथीलाई बिदाइको हात हल्लाउन गएको थिय । जो जहाँ गयता पनि श्रम गर्न बिदेशीएका हुन नेपालीहरु । घर, परिवार, समाज, देश छोडेका छन । मन फुरुङ हुने कुरै भएन । बेचैन मन लिएर, सुनौलो भबिस्य को कल्पना गर्दै, परिवारलाई सुख, सुबिधा अनी केही धन जोड्ने द्रीढ सङ्कल्प गरी उड्छन नेपालीहरु ।