धुमधाम सँग सकियो वाइबा राजाको सम्झनामा खेलिने किर्पा


गाउका परम्परा सँरक्षक लम्भु ( गाउले प्रमुख )
धादिङ जिल्ला को सेम्जोङ गा बि स को गैरा गाउमा बर्सेनी किर्पा खेलिने गर्दछ । वाइबा राजाको सम्झनालाई जिवित राख्नको लागि एस परमपरालाई निरन्तरता दीइयको हो । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिदैन तर यस वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण वि।सं। ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । तात्कालिन वाइवा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषी नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठ्ठा भ्याकुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरिपरी ल्याइदिने गर्थे । राजाले जनावरलाई आफ्नो धनुवाणले मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गथर््ो । राजा धनुवाणमा निकै निपुण थिए । यिनै वाइबा राजाका छोरा नातीहरु अझै पनि एस ठाउँमा छन । त्यसैले बाजे र बज्यै सम्झनामा एस खेल खेलिने गरिन्छ । थप फोटोहरु

जिम्मेवारी, सम्झना र झल्को

सुनसान रात
झ्याउकिरि र भ्यागुत्ताको बिरक्तीलो रटाई
झ्याल बाट अैरहेछ
एत्रतत्र छरीएका किताबहरु
असरल्ल मिल्काइयका कपडाहरु
केही को वास्ता नगरि

ब्यथा आ-आफ्नै

देशका ठुला र प्रतिस्ठित भनाउदा संचार ग्रहमा काम गर्ने पत्रकारहरुले त समयमा उचित पारीश्रमिक पाउदैनन भन्ने खबर बेला बखत आईरहेका छन । पत्रकार महासघले पारिश्रमिक निर्धारण समिती पनि नबनाएको होइन , तर प्रभावकारी हुन सकिरहेको छैन । समयमा पत्रकारले पारिश्रमिक नपाउनु , श्रमशोषन हुनु नेपाली संचार ग्रहमा खसै नौलो होइन ।

भावना प्रस्तुती कार्यक्रम

त्रिबेणी साहित्यीक मन्चको आयोजनामा भानु पार्क, भानु चोक , धादिङमा  भएको भावना प्रस्तुती कार्यक्रममा उपस्थीत साथीहरु ।
सबैले आ-आफ्ना कोसेली वाचन गरेर सुनाए । त्यही गोलोमा म पनि थिए । त मेरो पनि पालो आयो अनी लजाउदै एसरी प्रस्तुत भये -


अचम्म छ संसार यहाँ, अनेक चाल चलेको देख्छु
किन हुन्छ यहाँ एस्तो ? एक्ले अर्कोलाई छलेको देख्छु ।।

विश्व दृष्टि दिवस 2069

  आज विश्व दृष्टि दिवस पनि विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अक्टोबरको दोस्रो साताको बिहीबार यो दिवस मनाउने गरिन्छ । दिवसकै अवसर पारेर धादिङदेशी मा आज बिहान प्रभातफेरी गरिएको छ । धादिङ समुदायिक आँखा केन्द्र बाट सुरु भएको र्‍यालीले बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३१ करोड ४० लाख मानिसको दृष्टि क्षमता कमजोर पाइएको छ । जसमध्य चार करोड ५० लाख मानिस पूर्णरूपमा दृष्टिविहीन छन् । हाल नेपालम करिब दुई लाख ७० हजारभन्दा बढी मानिस अन्धोपन र एक लाख बढी दृष्टिविहीन रहेको तथ्यांक छ । तीमध्ये सबैभन्दा बढी आँखाको रोगमा मोतिबिन्दु देखापर्ने गरेको छ ।

म्हेन्दोमाया कन्सर्ट 2069


कार्यक्रमको सभापती - महिन्दो वाइबा , प्रमुख अतिथी - बहादुर सिङ लामा
पछाडि तामाङ पत्रकार - मन्छिरिङ्ग तामाङ
लप्सङकर्पो समुदाइक मन्च ( LCF ) धादिङ को आयोजनामा काठमण्डौको बालाजु स्थीत दिप ज्योती मा बि को खेल मैदानमा म्हेन्दोमाया कन्सर्ट आयोजन गरियो । फितलो ब्यवस्थापन रहेको कन्सर्ट ११ बजे सुरु हुने भनिए पनि करिब २:१५ मा मात्र सुरु भयो । एक त प्रचार प्रसार नपुग्नु , अर्को आयोजकहरु बिच एक अपसमा तालमेल नमिल्नु कम्जोरी दिखियो । ५ बजे सकिने भनीएको भएपनी ६:३० बजे सम्म उपस्थित दर्सकहरु नच्नमा ब्यस्त थिय

जती सपना देख्नु सजिलो छ त्यतिनै गाह्रो छ त्यो देशमा पुग्नु


त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ, दैनिक हजारौको सङ्ख्यामा मनिसहरु आवाज जावत गर्छन् ।  रोजगारिको लागि दैनिक हजारौ नेपाली बिदेसिन्छन । रोजगारिकै सिल्सिलामा आज मेरो एउटा साथी इटली उड्नु थियो । त्यसैले म पनि पुगे त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ  । प्राया साथीहरु कतार , दुबइ जस्ता अरब मुलुकमा गयता पनि यसपली रोजगारिकै लागि यूरोपियन देश इटली जाने साथीलाई बिदाइको हात हल्लाउन गएको थिय । जो जहाँ गयता पनि श्रम गर्न बिदेशीएका हुन नेपालीहरु । घर, परिवार, समाज, देश छोडेका छन । मन फुरुङ हुने कुरै भएन । बेचैन मन लिएर, सुनौलो भबिस्य को कल्पना गर्दै, परिवारलाई सुख, सुबिधा अनी केही धन जोड्ने द्रीढ सङ्कल्प गरी उड्छन नेपालीहरु ।