गजल - १

२०१२ बाई बाई २०१३ हाइ हाइ

हर्ष उमङ्ग बोकी आयौ सुख शान्ती दिन्छु भन्थौ
पिर ब्यथा निर्मुल पारी दु:ख कष्ठ लिन्छु भन्थौ ।।

नलिनु चिन्ता कुनै पनि साता गते महिना बार  
जोश जाँगर लगाइ बढ मेरो दिन गिन्छु भन्थौ ।।

२०११ ले दिएन्न साथ म दिन्छु भन्दै कुर्लियौ

कबिता

***जिवनको गोरेटो  ***
चस्स घोच्यो मुटु दुख्यो यैया भनिन ,
तिमी र म एकै हो फरक गनिन ।
मलाई घोच्ने काडाले तिम्लाई पनि दु:ख होला ,
मलाई भुक्ने कुकुरले तिम्लाई पनि भुक्छ होला ।

रन्थनीयको जिबन

बिदेशीने तरखरमा थिय म । बिदेशमै बस्ने सँग नाता गासे पछी एक्लई स्वदेश बस्ने कुरो पनि त भएन । कर्मैमा त्यस्तो जुर्यो पछी कस्को के लाग्छ र ? केही बर्ष पहिले नै हो मैले र उस्ले बाचा कसम खाएको लामा गुरुहरुको रोहबरमा उस्कै घरमा । २००९ मा यसरी एक हुने कसम पछी हामी एक आपसमा छुटियौ  । उ आफ्नै कर्म थालो फर्कीई म भने एही स्वदेशमै आफ्नै काममा ब्यस्त हुन थाले ।

Foto


जन्मदिन

यस धर्तिमा आएको पनि बर्ष दिन भएछ आज
थाहा पत्तो केही नपाई आधा जुनी गएछ आज ।।

ब्यस्ततामा हराएछु जिन्दगीको भुमरिमा
फेसबुक हेर्दा पो थाहा पाए जन्मदिन रहेछ आज ।। 


मङ्शिर १८

@एक पल -

हो, उ तस्बिर हो । मैले यही रुपमा लिएको छु । एउटा निस्चित आकारको फ्रेम भित्र छे, न स्पर्श गर्न सकिन्छ, न कुनै भौतिक कृयाकलाप । उ सँग मात्र मनका भावनाहरु साट्न सकिन्छ । मायाका शब्दहरुले श्रीङ्गारन सकिन्छ । निस्चित हुन्छ उस्को समय , उस्को समयमा चल्नु मेरो बाध्यता हो । कारण उ समयसँग बिन्त गर्न सक्दैन । बिहानको नित्य कर्म देखी साँझको आराम गर्ने बेला सम्म घडीको टिक.. टिक... को इसार
ामा चल्नु पर्छ ।
मान्छेको भाग्य आमाको गर्भमै हुँदा भाविले लेखेको हुन्छ रे ! जीवनमा पाउने सुख दु:ख, उतार चढाव, खै के के हो ? शायद होला पनि । नैत किन दु:ख पाउनु मान्छे ले ? सुख र दु:ख, छि छि दुर दुर, लोभ र मोह, घमण्ड, माया, मोह । हो यही पेरीफेरिमा घुमेको छ मनब जिबन । कतै बाट सन्चालन भए जस्तो । बिचरा म । तिमी पनि तस्बिर, म पनि तस्बिर । तिम्रो तस्बिर म, मेरो तिमी । कहिले सम्मको मिती तोकिएको रहेछ हेर्न पाए मन त सन्चो हुनी थियो ।

तिमी नदेख्दा

जल्छ मुटु पल पल तिमी नदेख्दा
समिपैमा आउन तिम्रो चाडो नलेख्दा ।।

धाँए धेरै बाटाहरु गरे धेरै प्रार्थाना
दिन साथ सकिन दशा यो नछेक्दा ।।

यूरोपभरिको घडी घुम्दा २५ घण्टाको दिन र रात

साभार - नेपाल प्लस

 २४ घन्टाको हुनु पर्ने हो दिन र रात । तर आज यूरोपभरि २५ घण्टाको हुन्छ । हातैमा भएको घडीमा एक घण्टा थपिन्छ  । हेर्दै गरेको कम्प्युटरले एक घण्टा बढि समय निकाल्छ आज । अरु देशमा के हुन्छ कुन्नी, आज यूरोपेली परिषदमा पर्ने चाहिँ सबै देशमा २५ घण्टाको दिन र रात हुन्छ । अर्थात आज विहान ३ बज्नुपर्नेमा २ बज्छ । अर्थात आज विहान दुई पटक २ बज्छ ।  २ बजेर ६९ ५९ मिनेट सकिनासाथ ३ बजेको देखाउनुपर्नेमा घडीमा कम्प्युटरले फेरी २ बजेको देखाउँछ । घडीको भने सुई घुमाएर फेरी २ मै लगिन्छ ।

इच्छा..........

सोचेको पुग्दै जाने भए के के पो हुन्थ्यो होला
चन्द्रमा त चुमीसके अरु के के चुम्थ्यो होला 

एउटा पायो अर्को पनि पाउनु पर्ने मानब स्वभाव
इच्छा हुन्छ सफलताको असफलको बाटो थुन्थ्यो होला 

मङ्सिर १८ 

सोंचे भन्दा भिन्दै जिन्दगी प्रवासमा

- दिनेश बाला श्रेष्ठ, रोम इटली

नेपालीहरुको बिदेश जाने र पैसा कमाउने सपना बोक्दै बिदेशिनेहरुको संख्या दिन दुइगुना रात चौगुना भने झै हिसाबमा बढिरहेको छ। यस्तै देशहरु मध्य यूरोप अन्तर्गत पार्ने इटली पनि एउटा सपनाको नयाँ देश बनेको र यहाँ आउने नेपालीहरुको संख्यामा निकै बृदि हुन थालेको छ। बिभिन्न उद्देश्य लिएर इटली आउनेको संख्या २००७ देखि बढदै आएको हो। हुन त इटली आउने अबसर पाएर यहाँ आउने संख्यामा जति जति बृदि हुँदै गएको छ, त्यति त्यति नेपाली पनमा ह्रास आएको देखिन थालेको छ। २००७ अगाडि कोही नयाँ नेपाली अनुहार देखिएमा निक्कै खुशी लाग्ने र हर्सित भई एक अर्काको समस्या सुझाब आदन प्रदान गरिन्थियो। अहिले यस्तो छैन।