नेपाल हुँदा कहिले जाउँ जस्तो, यता आयो यस्तो सास्ती

 महिन्दो वाईबा मिलान, इटाली
mahindo-waiba-milanनेपाल छाडेको त्यस्तै ६ महिना पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसारसँग कल्पना गर्छन । युरोपको सम्पन्नता, सिबिधा, जीवनशैली, लवाइ खवाइ । युरोप पुग्न पाए त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् ‘तँ त सिधै युरोप पुग्ने भइस है ! अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ?’ यस्तै प्रश्न हुने गर्थे साथी भाई को ।
नेपाल छँदा कहिले पुगौंला जस्तो मलाई पनि नभएको चाहीँ होइन । साथी भाई बिदेश गएका छन । बर्ष दिनमा छुट्टीमा आउँछन् । त्यो कोशेली । पैसाको चुरिफुरी । आफू अनुकुल लोभ लाग्दा मोबाइल । छुट्टी बसुन्जेललाई बाइक । यो लक्का ज्यानलाई एस्ता गतिबिधिले आकर्षित नगर्ने कुरो हुँदै भएन । यस्तै यस्तै कृयाकलापले बिदेश जान उक्साइरहेको थियो । नभन्दै तेश्रो पटकको प्रयासमा इटलीको जाने भिषा लाग्यो ।

हिमालमा जम्न नसकेको मस्तिष्क


● महिन्दो वाइबा / भाल्ले दि ओस्ताव, ईटली

पिलिपिली देखिने अनगिन्ती ताराहरु

सुन्सान सन्नाटा

न कुनै किरा कराएको सुनिन्छ, न कोलाहल नै

००००००००००००००००००

उ पर डाँडाको घरमा मधुरो बत्ती बलेको देख्छु

शायद हिउँको बाफले होला

यो उन्माद चिसोमा

थोरै तापमा कृयाशिल यो मस्तिस्कलाई दु:ख दिने प्रयास गर्दै

००००००००००००००००००

ईटालीको हिमालमा नेपालको हिमाली झण्डा फरर

 महिन्दो वाईबा इटाली

इटालीको हिमाली क्षेत्रमा नेपालको हिमाली झन्डा हिजो गाडियो ।  नेपालको हिमाली झन्डा भनेर चिनिने बौध्द झन्डा (लुङ्दा), इटालीको हिमालमा आफहराउन थालेको छ । मैले काम गर्ने ठाउँका साहु गोरे बुढाले निकै पटक सम्झीए यो बौध्द झन्डालाई । ‘तेरो देशको हिमालतिर टाङ्छ नि ! हो त्यस्तो झन्डा यहाँ पनि छ, यो डाँडा पछाडि भन्न पाइयोस न ।’ बुढाको मनसाए बुझें मैले । म झन के कम ? आफ्नो देशको झण्डा टाङ्न पाए किन छोड्ने ? अनी ल्याएर टाँगि दिएँ । उसको क्षेत्रमा । 
nepali-flag-in-Italy-1बिशेष गरी बौध्द धर्मावलम्बीहरुले यो झन्डा प्रयोग गर्छन । नेपालको हिमाली क्षेत्रमा यो झन्डा धेरै नै देख्न सकिन्छ । अन्यत्रभन्दा । त्यसको कारण छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, भोटे, तामाङ, गुरुङ, थकाली आदी जातिहरु बौध्द धर्म मान्दछन । आफ्नो कुनै शुभ कार्य गर्नु अघि बौध्द धर्मावलम्बीहरुले यो झन्डा टाँग्छन् ।

राजनितिबाट अलग मिलानको नेपाली समाज

नेपाल र नेपालीले कल्पेको जस्तो छैन युरोप 

अहिले नेपालमा बेरोजगारी समस्या दिन दुई गुणा रात चौ गुणा बढ्दै गैरहेको छ । बढ्दो बेरोजगारी सँगै युवाहरुमा नैरास्यता, अर्थिक समस्या, आफुले सिकेका ज्ञानको उचित प्रयोग गर्न नपाउदा उत्तिकै उदासिनता पनि बढ्दै गैरहेको । वार्षिक रुपमा राज्यले हजारौ युवा बिद्यार्थी उत्पादन गर्छन् तर त्यो योग्यता अनुसारको रोजागारी श्रीजना गर्न सकिरहेको छैन । त्यसैले पनि अहिले धेरै शिक्षीत युवा बिदेशिन वाध्य छन । नेपालमा डिग्री हासिल गरेता पनि उचित गोजगारको अभावमा कयौ युवा बिदेशिन वाध्य भयका छन । के बिदेशिय पछी त्यो योग्यता अनुसारको काम पाईन्छ त ? पैदाइन । अहिले नेपालीहरुको सजिलो रोजगारी पाउने थालोको रुपमा अरब मुलुक बनेको छ । अरबमा गर्ने काम भनेको बिकास निर्माण को काम हो । यस्को लागि शिपको जरुरत पर्छ । जुन सिप डिग्री हासिल गर्ने नेपालीमा छैन । अनी गर्नु पर्ने नै लेबर काम हो । अली धेरै रीन खोज्न सक्ने नेपाली युरोप अमेरिका तिर लम्कान्छन । कोही बिद्यार्थी भिषामा, कोही परिवार मिलन भिषामा, कोही कार्यक्रम भिषामा त कोही घुम्ने बाहानामा बिदेशीन्छन । जो जसरी बिदेशीयता पनि सबैको उद्देश्य भनेको रोजगारी नै हो ।

युरोपमा ब्यस्त

नेपाल छाडेको तेस्तै ६ महिना दिन पनि पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसार सँग कल्पना गर्छन । युरोपको सम्पन्नता, शुबिधा, जीवन सैली, लवाइ खवाइ अनी युरोप पुगेदेखिन त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् तँ त सिधै युरोप पुग्ने भइस है , अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ? यस्तै प्रश्न हुने गर्थे साथी भाई को । नेपाल छदा कहिले पुगौला जस्तो मलाई पनि नभएको चाही होइन । साथी भाई बिदेश गएका छन, बर्ष दिनमा छुट्टीमा आउछ्न , त्यो कोशेली, पैसाको चुरिफुरी, अनी आफु अनुकुल लोभ लाग्दा मोबाइल, छुट्टी बसुन्जेललाई बाइक । यो लक्का ज्यानलाई एस्ता गतिबिधिले आकर्शित नगरने कुरो हुँदै भएन । यस्तै यस्तै कृयाकलापले बिदेश जान उक्साइ रहेको थियो । नभन्दै तेश्रो पटकको प्रयासमा मेरो इटलिको भिषा लाग्यो ।

लाग्छ

जब म तिम्रो समुहको गन्थन सुन्न थाल्छु , म मा रहेको उर्जा क्रमस सकिदै जान्छ l लाग्छ तिम्रा समुहका कुराहरु बर्षौ भैसकेका थोत्रा बाकसको बर्णन गरेर समय खेर गएको जस्तो  l ओइलाएको कर्कलाको बिषयमा बहस गरे जस्तो  l  उर्जा प्रवाह गर्नुपर्ने र उर्जा निर्वाण गर्नुपर्ने यो मेरो समय बर्थ हुदै छ जुन मेरो अहित सिवाय केहि होइन l

जाबो यत्ती कामले पनि घाइते

उ बेला  अहिलेका एन आर एन अध्यक्ष शेष घले पनि भाँडा माझ्थे रे। उहाको अनुभव त सुन्न पाइयन । लौ मेरो भय पनि 


# साबुन पानीले पनि यो ज्यानलाई यती बिध्न असर गर्छ भन्ने मलाई थाहा थियन । बिदेशको बसाइ अनी केही पैसा कमाइ हालिन्छ कि भनी बिदेशीयको केटो। बिदेसमा कहाँ पैसाको बोट हुदो रहेछ र ! पैसा त खोतलेर पो निकाल्नु पर्ने रहेछ , अहिले पो बुझ्दै छु । म अहिले युरोप को इटाली भन्ने देशमा छु । युरोप पुगेपछी युरो कमाउने सपनामा १०\१२ लाख खर्चिन तयार हुन्छन हाम्रा नेपाली दाजु भाईहरु । तर अहिले युरोपमा काम नपाएर धेरैको बिजोग भएको मैले देखेको छु । कयौ साथीहरु बिना कागज पत्र यतिकै बस्दै छन कागज पाउने आशामा । यहाँ डकुमेण्ट नहुनेलाई काम नै लगाउदैन । काम नभएसी खान बस्न समस्या हुन्छ । यता छिर्न लियको रिण को ब्याज दोब्बर  हुन लाग्दै छ तर यहाँ काम कुरो मिल्दैन । एसरी डकुमेण्ट बनाउने प्रकृयामा ३० औ लाख सिध्यै सकेका साथीहरु यहाँ धेरै छन

बिदेशी ब्यथा ।

७ दिन, दैनिक १२ घण्टा । 

छिकेकी देशका भइयहरु सँग । 
इटालीमा छु जस्तै लागेन । 
रोजगारी खोज्ने क्रममा भारतको कुनै कुनाका पुगे जस्तो। 
उही बोली, उही ब्यवहार । देशैले सिकाएका जस्ता । 
कम पारीश्रमिक धेरै काम । 
तर नेपाली म । आम नेपालीले जस्तै । 
किनकी खाना भन्दा त भोक मिठो हो नि ।

ईटालीको मिलानमा अन्तर्राष्ट्रिय मेला, नेपालको छुट्टै आकर्षण




ईटालीको मिलान शहरमा बर्षेनी लाग्छ, फाईरा मिलानो भन्ने भब्य कोटीको ब्यापारिक मेला । यो वर्षपनि फैरा मिलानो-२०१३ नोभेम्बर ३० देखी शुरु भैसकेको छ । यो डिसेम्बर ८ सम्म रहने छ । मेलामा नेपाल लगायत सयौ देशले भाग लिएका छन । नेपालीलेनै करिब ४५ वटा स्टल राखेका छन् । बिशेस गरेर हस्त कलाका समानहरु यहाँ आकर्षणको रुपमा रहेको छ । (बाँकि तस्विरहरु भित्र गएर हेर्नुस्) ……….