आँफैलाई सम्झाएको

एउटा ब्यक्तिले जीवनमा अथाहा ज्ञान लिन भ्याउछ  । त्यही ज्ञान अनुसार उस्ले जीवन परिवर्तन  पनि गर्दै जान्छ । यो बिचमा कतै सोचेको जस्तो पनि हुन्छ त कतै नसोचेको अवस्था पनि आईपर्छ । आफुले सिकेका ज्ञान सही हो भने घमण्ड  उसमा बढ्दै जान्छ । २/ ४ जनालाई त उसले सल्लाह दिन पनि भ्याउछ । तिमी यो कारणले दु:ख पाउदै छौ , अब यसो गर भनी ज्ञान पनि दिन्छ । तर यि अथाहा ज्ञान हासिल गरेको ब्यक्ती अन्तत ति ज्ञानहरु व्यवस्थित गर्न नसक्दा आफ्नै भुमरिमा फस्छन । आखिर कुनै पनि बस्तु , ज्ञान , द्रब्य हासिल गर्नु मात्र मुख्य कुरो होइन । त्यसलाई कसरी ब्यवस्थित गर्ने र समय सापेक्ष रुपमा ढाल्ने भन्ने पनि ध्यान दिनु पर्छ । 
छोरा भन्यो छोरा  ,छोरी भन्यो छोरी , बुढा बुढीकै राम्रो कमाई  हुने जागिर ,राम्रो कन्ट्राक, लुगा धुन्छ मेसिन्ले, भात  पकाउछ ग्यासले , युरोपको सुबिधाको जिन्दगी । आयौ आत्थाउ केही छैन । आफ्नै एउटा परिवार, आफ्नै घर । यती हुँदा पनि नपुग्दो मान्छे असन्तुस्ठीको पराकास्ठा सिवाए केही होइन ।
थाहा छैन भविश्य अन्धकार देख्दैछु
एउटा परदेशीको कथा यो लेख्दैछु

परिवार छोडे देश छोडे केही हुने आशले
फगत चुहिएको भबिश्य छेक्दैछु l

May 20

भावनाहरु

रोजगारी गर्न बिदेशीएको केटो
दिनभरीको कामले थकितभई
पसिना चुहाउदै कोठा तिर फर्कदै
सुनौलो भबिश्यको कल्पनामा डुबुल्की खेल्नु भन्दा त !
बोल्दा पनि टड्कारो सुनिने सुन्य कोठा भित्र
नैराश्यता , हिनताबोध र अन्योलताले ग्रस्त देखिने
फुङ्ग उडेको अनुहार भित्रको ब्यग्र भावनाहरु  सोच्दा सोच्दै थकिन हुँदै
 निराशाका थोपाहरु तप्प तप्प चुहिरहेको देख्छु ।

मे २२
मिलान, इटली 

Gajal

मनको बह मन मै राखी कसो  गरी छान्न सक्छु
आफ्नो भन्दा उनको सोच कसो  गरी जान्न सक्छु

सोच्ने मुल्लाहरु त सोची रहन्छन यहाँ गलत
के सही छ यहाँ के  गलत कसो  गरी झन्न सक्छु

दरिद्र सोचाइको पराकाष्ठाको भुमरिमा फस्दा
 दायरा यहाँ विश्वाशको  कासो  गरी मान्न सक्छु

पलपलको आवेग सँग लड्दै छु म दोहोरी
भद्रगोल यो नबिन यात्रा कसो  गरी तान्न सक्छु ?

मी १८
इटली 

जिन्दगी भनेको आफ्नो हो

नरे दाई आफ्नै गतिमा गुनगुनाउदै थिय - जिन्दगी भनेको आफ्नो हो । मन्ने वा  नमान्ने मा फरक छ यहाँ । तिमी आफ्नो जिन्दगीलाई सजिलो मान्छौ वा कठिन , दु:ख पाएको ठान्छौ वा सुख पाएको ठान्छौ ? जिन्दगी यतिकै ठीक छ या यो जिन्दगी त अली बोरै भो नि , केही प्रगती गर्नै सकिन ? जिन्दगी आफ्नो हो , फलानाले गरेर मेरो बिग्रियो, मलाई यो अफ्ठ्यारो भो , यो कारणले मैले प्रगती गर्न सकिन , दु:ख पाए , मलाई यहाँ रोक्यो । यि सब  बाहानाहरु हुन । आफु उम्कन रचियका कथाहरु हुन । अक्सर हाम्रा जिन्दगी बाहाना मात्र गरी अघी बढी रहेको हुन्छ । आफु केही गर्न खोजी रहेका हुँदैनौ । अनी जब केही पर्छ दोष जती अरु माथि थोपरी दिन्छौ ।
नरे दाइको रफ्तार झन बढ्दै थियो - जिन्दगी जिउन सजिलो छ । यो सुन्दर फुल हो । जसरी एक मालिले कडा परीस्रमा गरी सुन्दर फुल उमार्छन , त्यस्तै जिन्दगी सुन्दर बनाउन पनि परीस्रम त गर्नै पर्छ । परिस्रम बिनाको सुन्दर फुलको आशा गर्छौ भने काडाको झनझट त सहनै पर्छ । जिन्दगी सुन्दर बनाउने वा दुरगन्धीत, यो दु:खको भुमरी हो वा सुखको अवसर , अवसर मान्ने वा चुतौती । आँफैमा भर पर्ने कुराहरु हुन । कुनै पनि कृयाकलापलाई सकारात्मक मान्नु हुन्छ या नकारात्मक , हेराइमा भर पर्छ । सब चिज मान्ने र नमान्नेमा फरक छ यहाँ । 

युरोप !!! लाग्दछ !!!

- यही बसौ माम छैन फर्केर नेपाल जाउ काम छैन । 
- न ढुक्क सँग बस्नलाई एउटा कोठा जोड्न सकेको छ , न दैनिकी चलाऊन जागिर नै पाउन सके ?
- समयमा दु:ख गर्नु पर्छ भन्छन , सुख सम्झे पनि दु:ख सम्झे पनि उही भाडा माझ्ने र भुइ पुछ्ने काम हो । त्यही पनि नपाएर निकै साथीहरु रन्थनेर हिडिरहेका छन , आफ्नो हालत पनि उस्तै छ । 
- नेपालमा आमा बुवा छोरोले पैसा पठाउला भनेर कुरी बसेका छन , यता आफ्नो हालत घरको न घाटको छ । न हातमा सिप छ , न भाषिक ज्ञान । फेरी यो परदेशमा कस्ले लौ भाई भनेर काम देओस ।

- २ /४ जना साथी भाई मिल्यो , कुनै चौतारोमा हुन्छ कि चिया पसलमा हुन्छ भेटघाट गर्‍यो , रमाइला रमाइला कुरा गर्‍यो , योजना बनायो कतै घुम्न गयो । निर्धक्क सँग बोलेका ति दिनहरु, छोटो काहानीलाई पनि लम्बाइ चौडाइ तन्काएर भनेका कथाहरु अनी भाका मिलाई मिलाई फुर्ती सँग वाचन गरेका ति बसाइहरु बैदेशिक यात्रा सँगै बिछोडिए ।
- निकै बर्ष पुराना ब्यक्तीहरु त निर्धक्क बोल्न सक्दैनन यहाँ, यहिकै भाषामा गफ दिने समय धेरै टाढा देख्छु । साथी भाई सँगको सम्बन्ध " ए म आए है र ए म गए है" मा सिमित छ ब्यस्तताले गर्दा । त्यती रसिलो छैन प्रवासको जिन्दगी । यहाँ सुबिधा छ सुख देख्दिन , उता सुबिधा छैन अथाहा सुख छ ।