नेपाल मितेरी मन्च


इटालिको मिलान सिटीमा एउटा सामाजिक सस्था छ नेपाल मितेरी मन्च । मिलान सिटी र लोम्बार्दिया क्षेत्र भित्र बस्ने    सम्पूर्ण   नेपालीहरुको प्रतिनिधित्व गर्छ यो सस्थाले । कुनै नेपालीलाई आपद बिपद परेर सहयोग जुटाउनु परेमा , नेपालका कुनै चाड पर्व मनाउनु परेमा , कुनै जमघट गर्नु परेमा यही सस्थाको छातामुनी रहेर हुन्छन । कुनै राजनैतीक रङ्ग नमिसिएकोले पनि यो सस्था आँफैमा पवित्र छ । मिलानमा बस्ने नेपालीहरु यो सस्थाको बिकल्प पनि देख्दैनन । अरु सस्थाहरु पनि नखोलिएका भने होइनन । मात्रुभुमीका लागि युवा अभियान, इटली , एन आर एन इटली जस्ता सस्थाहरु नभएका भने होइन र  पनि ओझेलमा परेका छन । नहुनु भन्दा कानो मामा जाती भने झै २००७ साल देखी यो सस्थाले आफ्नो अस्तित्व धानिरहेको छ । अन्य समयमा रात दिन काममा ब्यस्त भई भेटघाट नहुने  नेपाली यो सस्थाले आयोजना गरेको कार्यक्रममा उपस्थिती जनाउछन । त्यसैले पनि सस्था भनेको कत्तिको महत्वपूर्ण छ भन्ने सन्देश झल्काउछ । नेपाल देखी निकै टाढा , परिवार सँगको बिछोड , आफ्नो भाषा बोल्न , अनुभवहरु साटासाट गर्न साथै त्यो न्यास्रो पन मेटाउन पनि सस्थाको छाता मुनी गोलबद्द हुन आईपुग्छन । पुर्व मेची देखी पश्चीमा महाकाली सम्मका नेपालीहरु जम्मा हुन्छन । पर्देशमा रहदा सङ्गालेका  अनुभवहरु , नेपाल र नेपाली भेट्दा निर्धक्क पोख्न पाउने दु:खका भारिहरु , देश सम्झदै साथी भाई भेट्दा गुनगुनाउने ति लोक भाकाहरु सबै सबैको चाजो बाजो सस्था कै छत्रछायामा मिल्ने गर्छ । त्यसैले पनि नेपाल मितेरी मन्च कती महत्व पूर्ण र आवश्यक छ अनुमान लगाउन सकिन्छ ।

यती महत्व पूर्ण सस्थाको नेत्रित्व गर्नु भनेको यो शहर र आसपासमा रहने सम्पूर्ण नेपालीहरुको नेत्रित्व गर्नु हो । कुनै पनि कार्यक्रम गर्दा नेपाल र नेपाली भन्ने भावना उजागार गर्ने , राष्ट्रियतामा आच आउन नदिने प्रयास नेत्रित्वमा रहनेहरुले गर्नु पर्दछ । नेत्रित्वमा रहदा जसरी सबैको हाइ हाइ भइन्छ त्यसरि नै आलोचना सहने गुण पनि हुनु पर्दछ । तब न सफल नेत्रित्व बन्न सकिन्छ ।

nepal miteri muncha


जब म इटली झरे । धेरै साथी भाई चिन जान भो । मिलानमा एउटा सङ्स्था छ भन्ने पनि थाहा पाए ( नाम लिन प्रती बन्ध गरेको छ ) , बिदेशमा रहदा पनि नेपाली समुहमा रमाउने मन कस्को हुँदैन होला र ? सङ्गत बढ्दै गयो । साथी भाईले थाहा पाए म नेपालमा पनि पत्रकारीता गर्थे भनेर । त्यसैले उनिहरु नै भन्न थाले , यहाँ पनि एक जन पत्रकारको आवस्यकता छ । कार्यक्रमहरु हुन्छन तर समाचार , सुचना यता उता पठाउन नै केही मेसो मिलीरहेको छैन । अनी मैले पनि मन मनै सोच्न थाले , जानेको काम यही पनि सम्भव हुने भय किन नगर्नु भन्ने भो । अनी सम्भावनाका बाटहरु खोज्न थाले । प्रयास खेर जादैन । बाटो भेटे । एउटा मात्र सस्था छ त्यो पनि आजको दिनमा आलोचित बन्न पुगेको छ । र म सिकार ।

मुख्य कुरो - लेखनलाई कसैले पनि बन्द गर्न सकिन्न , सम्भव छैन । कसैको ब्यक्त्तीगत जीवन सँग जोडेर लेखिनु पनि छैन । कसैको बदनाम गराउनु छैन । तर नेपाल र नेपाली भन्ने समुह सँग गद्दारी गर्छ र खेलवाड गर्छ भने छाडिने छैन । कुनै पनि समाजको अगुवा हुँ भन्ने अनी सामाजिक मुल्य मान्यताको क पनि ज्ञान नराख्ने हरुले गरेको गल्ती छ्यम्य हुन सक्दैन । साथी भाईको समुह  बनाउ , रमाउ । नाच, हास । सरोकार भएन । तर सार्वजनिक सस्था भन्ने , सार्वजनिक बदमाश गर्ने अनी अली अली मात्र त गल्ती भएको हो भन्ने लाई पनि छाडिन्न । सुधारेर अगाडि बढ्नु त कता हो कता लेख्ने माथि  कार्वाहीको धम्की दिने , नियम बनाउने , अनिमती लिनु पर्ने रे ! नेपालमा ज्ञानेन्द्रले कु गर्दा पनि थियन होला शायद यस्तो  नियम ।


फेसबुकमा लेखेको कुरो पछी मलाई फोन गर्नेहरुले गरेका तर्क -

मैले आफ्नो असन्तुस्ठी फेसबुकमा लेख्न नपाउने रे !
सङ्स्थाको बिषयमा नकारात्मक टिप्पणी गर्न पाइदैन रे ,
 सधैं साकारात्मक सन्देश दिने कुरा मात्र लेख्नु पर्ने रे !
केही नराम्रो लागे इन बक्समा मेसेज लेख्न पर्छ रे !
सस्थाको मिटिङमा आएर भन्नु पर्छ रे !
राम्रो गर्न खोज्दा खोज्दै नराम्रो हुन पुगेको रे !
सुधारने मौका दिनु पर्छ रे ! सल्लाह दिनु पर्ने रे !
यसरी जथाभावी लेख्न हुन्न रे !
फिलिम देखाउन लागेको होइन रे रमाइलो गर्ने ।
१५ युरो त केही होइन , पर्‍यो भने २० , २५ युरो पनि उठाउन सकिन्छ रे !
सङ्स्था भनेको घर हो , घरको कुरो बाहिर गर्नु हुन्न रे !

हिन्दूहरुको दशैं, हामी खेल्छौ किर्पा



- महिन्दो वाइबा

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाविसमा विशेष गरी तामाङ जातिको बाहुल्यता छ । यहाँ युगौदेखिको बाक्लो बस्ती छ । नेपालको पश्चिमी तामाङ भनेर चिनिने धादिङका तामाङहरु अन्य क्षेत्रका भन्दा अलिकति पृथक छन् । ति आफ्नै इतिहास, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा रितिरिवाजले सु-सम्पन्न छन् । धादिङ जिल्लाको सेमजोङ गाविस तामाङहरुको ऐतिहासिक थलो हो । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिँदैन । तर वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण विसं ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ ।

गजल


तिमी छौ र त म छु हाम्रो यो कथा बन्यो
नसुनाउ त्यो असन्तुष्ठी कस्ले कस्लाई के भन्यो
कसरी हुन्छ सहमती आफ्नै मात्र ढिपी कस्दा
वारी पारी बस्यो अनी आआफ्नै खोइरो खन्यो

ईटालीको मिलानमा दशैं त कस्तो झुर !


महिन्दो वाईवा / ईटाली

नेपाल मितेरी मन्चको यो वर्षको दशैं कार्यक्रम साह्रै झुर भो । अन्य वर्षभन्दा धेरै पैसा उठाइयो । न रमाइलो भो । न नाचगान नै गर्न पाइयो । के हो यस्तो कार्यक्रम ? एक दिनको छुट्टीमा घरमै बसेर साथीभाई भेटेको भए रमाइलो हुने थियो । एकातिर पैसोको नाश अर्कोतिर समयको बर्बाद भयो भनेर धेरैले गुनासो गरे मसँग । निकै खल्लो भयो रे ! अनी मलाई पनि केही लेखौ लेखौ लाग्यो । नेपाल मितेरी मन्चले दशैं कार्यक्रम आयोजना गर्यो मिलान शहरमा । करिब २०० देखी २५० को हाराहारिमा होन् मिलान शहर र यो वरपर बस्ने नेपालीहरु । दशमीको पर्सी पल्ट राखेको थियो कार्यक्रम । मुस्किलले कार्यक्रममा ६५ जनाको उपस्थिति भएछ ।

कबिता - म यस्तो समय गुजारी रहेको छु


न हर्शले नाच्न सक्छु , न  दु:खले निराश हुन
न बिछोडले बहकिन सक्छु,  न मिलनले खुशी मनाउन
सुख, दु:ख, पिर , ब्यथा , न  सारो छ , न गार्हो नै
भावनामा आउने सङ्वेग सँगै
म यस्तो समय गुजारी रहेको छु ।

नेताको घण्टी फोनमा बज्दा पत्रकारले कुरा फेरेको फेर्‍यै (पत्रकार अधिबेशन सन्दर्भ)


- महिन्दो वाईबा / ईटाली

फ्रान्सका पत्रकार ददि सापकोटाले एक दिन मलाई भन्नुभो “युरोपमा पत्रकारहरुको अधिवेशन हुँदै छ ।’ तपाईं त पहिले पनि पत्रकारिता गरेको मान्छे । यस्ता मान्छे छुट्नु हुन्न । सकृय हुनुपर्छ । लौ बेल्जियम जानुपर्छ । सदस्यता लिनु पर्यो ।” म दोधारमा परें ‘सकृय बनौं कि निस्कृय । बिदेशको बसाइ । जागिरको चटारो । अर्काको देशमा अनेक समस्या झेल्दै बसेर नेपाली पत्रकारिता । वहाँको प्रस्तावसँगै पत्रकारितामा आस्था राख्ने अन्य पत्रकार र बिदेशमा बसेर पनि लेखन कार्यलाई निरन्तरता दिन सकिन्छ भन्ने साथीहरु संपर्कमा आउन थाले । मैले नेपाल पत्रकार महासंघ धादिङ जिल्लाको सदस्यता युरोप शाखामा स्थानन्तरणकालागि अनुरोध पठाएँ । आफ्नो तर्फबाट गर्नुपर्ने प्रकृया पुरा गरी बेल्जियम हान्निएँ । गत सेक्टेम्बर १४ मा नेपाल पत्रकार महासंघ युरोप (एफ एनजे युरोप)शाखाको अधिवेशनमा भाग लिन ।

दुखेको युरोप


ददी सरले लेख्नु भएको दुखेको युरोप पढ्दै छु । केही नेपालीलाई छाडेर प्राय नेपालीको हालत उस्तै रहेछ युरोपमा । सुख पाउने भन्दा पनि दु:ख पाउने धेरै । अनेकौ हन्डर ठक्कर खाएर युरोप त आई पुगियो । युरोप आई पुगे पछी झन अरु दु:खका श्रिङ्खलाहरु शुरु हुने रहेछन । हातमा कुनै सिप नहुनु , भाषाको अज्ञानता, वास्तबिकता भन्दा पनि सपनामा कल्पने बानि, आवश्यक जानकारी बिनै जोखिम मोल्ने बानिले नेपालीले दु:ख पाउने रहेछन । बरु तपाईं युरोप आउँदै हुनु हुन्छ भने जुत्ता सिउने काम सिकेर आउनुस, लुगा सिलाउन सिकेर आउनुस , कपाल काट्ने काम सिकेर आउनुस, पुछपाछ गर्ने काम सिकेर आउनुस तर ब्याचलर डिग्री र मस्टर डिग्री गरेको सर्टिफिकेटको काम छैन । हाम्रो आज सम्मको दु:खको एक पाटो सिपमा भन्दा डिग्रीको सर्टीफिकेटमा विश्वाश गरेर पनि हो झै लाग्यो आज सम्मको अध्ययनले ।

स्वर्गको मान्छे स्विजरल्याण्ड पुग्दा !


युरोप त्यसै सम्पन्न भएको होइन रहेछ । निती, नियम बनाएर, आफूपनि पालना गर्छन्। अरुलाई पनि बुझाएर अघी बढ्छन् र नै सम्पन्न भएका रहेछन । यहाँ कसैलाईपनि अल्छि मानेर, काम पाइन भनेर बस्ने फुर्सदै छैन । दोश्रो ब्यक्तीले ल्याउँछ अनी पेट भरी खाउँला भन्नेपनि चिताउनै पर्दैन । यहाँको व्यावस्था नै त्यस्तै बनाइदिएको छ सरकारले । यहाँको राज्यको प्रणालिमा जो चल्छ उसको दैनिकी सहज हुने भयो । नत्र त्यती सजिलो छैन जती

एन आर एन इटालिको ५ औ साधारण सभा सम्पन्न

पिसा, इटाली , महिन्दो वाइबा
२० जुलाई २०१४


बनौ आत्म निर्भर , नपरौ दलालको भर भन्ने मुल नारा का साथ एन आर एन इटालिको ५ औ साधारण सभा सम्पन्न भएको छ । इटालिको एतिहासिक सुन्दर शहर पिसामा भएको उक्त कार्यक्रममा इटालीमा बस्ने नेपालीहरुको उपस्थिती रहेको थियो । एन आर एन इटालीका अध्यक्ष सञ्जय देव श्रेष्ठको सङ्योजकत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा एन आर एन युरोप सङ्योजक अर्जुन कुमार श्रेष्ठ, बिशेष अतिथीको रुपमा अवैतनिय वाणिज्य दुत पाउलो नुगारी को उपस्थित रहेको थियो । 

कार्यक्रममा एन आर एन इटालिले बिगत स्थापना काल देखी हाल सम्म गरेका गतिबिधीहरुको साथै भावी दिनमा गर्ने योजनाको बारेमा जानकारी गराइएको थियो । पछील्लो समयमा दलालको भरमा परी नेपालीहरु ठगीएको र यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा एन आर एन इटालीले गम्भिरता साथ लिएको अध्यक्ष सञ्जय देव श्रेष्ठले बताउनु भएको छ ।