गजल


मन मिल्ने मायालुलाई पाए जस्तो लाग्छ 
आटुट अनी चोखो माया लाए जस्तो लाग्छ । 

सु समाचार सुन्न पौउदा गर्वले छात्ती फुल्दा 
जीवनमा खुशीका दिन आए जस्तो लाग्छ । 

खाएको छौ कि भोक भोकै छौ आउछौ सपनिमा 
मन मस्तिक तिम्रै खोजिमा धाए जस्तो लाग्छ । 

गयौ तिमी धेरै टाढा एक्लई छाडौ मलाई 
बिछोड हुँदा बिरहको गीत गाए जस्तो लाग्छ । 

::::::::::::::::::::::::::::::::::::::::::::

068/09/25

कबिता

एउटा सुन्दर दिनको कल्पना गर्दै
बिहानिको झुल्के घाम सँगै
यो पुष महिनाको
फात्न नखोज्ने हुस्सु सँगै
पौठे जोरी खेल्दै सडकमा निस्कीएको म
कुलेलाम ठोक्छु
आज को दिनलाई
सुन्दर अनी सफल बनाउने
सपनाहरु बुन्दै
अन्तत
त्यही सधै पुग्नु पर्ने बन्द कोठा भित्र
संगीतको सुमधुर धुन सँग समाहित हुँदै
कल्पन थाल्छु

जहा छन बुद्धका आँखा
स्निघ्ध शान्ता र सुन्दर
तपाईंको आज को दिन हासी खुशी बित्तोस । सम्पूर्ण साथीहरुमा शुभ प्रभात ।

068/09/28

कबिता

जहाँ जाउ जात जाउ तिम्रै झल्को आईरहने l
सधैं भरी यो ज्यानलाई तिम्रै माया लाईरहने l
हरेक क्षणमा सम्झीएर मायाको गीत गाईरहने l
यो मनमुटु सधै भरी तिम्रै यादले सताईरहने l
सप्निलमा पनि तिम्रै गुणगान बताईरहने l

गजल - २

परिवर्तित मनस्थीती

जान्न बिदेश भन्दा खेरी सबै जना जाउ भन्छन
एक्लाई यहाँ के गर्नु उता बुडी आउ भन्छन  ।।

परदेश जाने बोलाई सोचाइ सस्क्रिती भयो हाम्रो
धेरै नेपालीले लगाइ सके अब तिमी लाउ भन्छन ।। 

सुख शान्ती रोगजार छैन किन बस्नु यहाँ अब

"लौ आयो हजुर चना केराउ बदाम । " - सुमन थापा


एका तर्फ शान्ती र अर्को तर्फ बिजय । एक जना पत्रकार दिदीले सिकाइदिएको रे ।
आफुले बेचेको बदामको बोक्रा यिनी आँफै सङ्कलन गरी डस्टबिनमा हाल्छन । आफ्नो सभ्यता देखाउछन, इमान्दारिता पस्कन्छन ।
यिनी हुन काभ्रे घर भएका सुमन थापा । बर्ष १५ भयो रे । निकै हसिला, फुर्तिला र रमाइला रहेछन । यिनी बसन्तपुर दरवार स्क्वायरमा चना, केराउ र बदाम बेच्छन । ४ देखी ५ सय रुपैया दैनिक कमाउछन । आमा अर्कै सँग पोइला गई, बाबाले अर्कै आमा ल्याइ । त्यस पछी यिनी हजुर बाबा सँग बस्न थालेको रहेछन । कक्षा ८ सम्म पढेका यिनले बाबाले पैसा दिन छोडेकाले पढाई छाडेर आँफै कमाउन थालेकारे । यिनी दैनिक ९ वजे दरबार स्क्वायरमा उपस्थित हुन्छन र भाट्याउन थाल्छन - "लौ आयो हजुर चना केराउ बदाम । "

MRP बनाउने दौडमा नेपाली महिला

                      

            "नेपाल साच्चै अन्त्रराष्ट्रिय बजारको लागि कामदार उत्पादन गर्ने राष्ट्र भएछ" - म सँगै पासपोर्ट लिन लाईनमा बसेका एक जना मित्रले भने ।  उनी भख्खरै क्यानडा बाट छुट्टिको समयमा नेपाल फिरेका र पासपोर्टको मिती सकिन लागेकाले नयाँ पासपोर्ट बनाउन आएका रहेछन । अहिले नेपाल सरकारले MRP दिन थालेको  छ ।  मिती बाँकी नै भएको हस्त लिखित पासपोर्ट म सँगै  भयता पनि  म पनि MRP बनाउन परराष्ट्र मन्त्रालय पुगेको थिय । सन २०१५ भित्रमा सबै हस्त लिखित पासपोर्ट लाई MRP मा बादलिसक्ने उद्देस्यले नेपाल सरकारले मिति नै नसकिएको हस्त लिखित पासपोर्टलाई लिएर MRP दिन थालेको छ । परराष्त्र मन्त्रालयमा अहिले दैनिक हजारौं जनाले चाडै ( १ हप्तामा पाउने ) पासपोर्ट पाउनको लागि निवेदन दिने गरेका छन । यदी तपाईंलाई ढिलै ( १ महिनामा पाउेन ) भएपनी हुने भये तपाईंले आफ्नै जिल्लामा पासपोर्टको लागि निवेदन दिन सक्नु हुन्छ । यदी तपाईंलाई चाडै पासपोर्ट चाहिएको हो भने तपाईंले डबल दस्तुर तिरेर परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्ने हुन्छ । १० बजे कार्यालय समय भयता पनि २ बजे देखी नै मन्त्रालय बाहिर भिड लाग्ने गर्छ । कारण एउटै हो सबैलाई छिटो चाहिएको छ । ५ बजे सम्ममा हजारौंको उपस्थीती भई सकेको हुन्छ । त्यस भिडलाई सात बजे टोकन बाडिन्छ । टोकन बाडिसकेपछी त्यस्मा नम्बर हुन्छ । सोही अनुसार अगाडि बढ्नु पर्ने हुन्छ । त्यस पछी भिड अली नियन्त्रीत हुन्छ । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति दुई बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ ।

गजल - १

२०१२ बाई बाई २०१३ हाइ हाइ

हर्ष उमङ्ग बोकी आयौ सुख शान्ती दिन्छु भन्थौ
पिर ब्यथा निर्मुल पारी दु:ख कष्ठ लिन्छु भन्थौ ।।

नलिनु चिन्ता कुनै पनि साता गते महिना बार  
जोश जाँगर लगाइ बढ मेरो दिन गिन्छु भन्थौ ।।

२०११ ले दिएन्न साथ म दिन्छु भन्दै कुर्लियौ

कबिता

***जिवनको गोरेटो  ***
चस्स घोच्यो मुटु दुख्यो यैया भनिन ,
तिमी र म एकै हो फरक गनिन ।
मलाई घोच्ने काडाले तिम्लाई पनि दु:ख होला ,
मलाई भुक्ने कुकुरले तिम्लाई पनि भुक्छ होला ।

रन्थनीयको जिबन

बिदेशीने तरखरमा थिय म । बिदेशमै बस्ने सँग नाता गासे पछी एक्लई स्वदेश बस्ने कुरो पनि त भएन । कर्मैमा त्यस्तो जुर्यो पछी कस्को के लाग्छ र ? केही बर्ष पहिले नै हो मैले र उस्ले बाचा कसम खाएको लामा गुरुहरुको रोहबरमा उस्कै घरमा । २००९ मा यसरी एक हुने कसम पछी हामी एक आपसमा छुटियौ  । उ आफ्नै कर्म थालो फर्कीई म भने एही स्वदेशमै आफ्नै काममा ब्यस्त हुन थाले ।

Foto