जती सपना देख्नु सजिलो छ त्यतिनै गाह्रो छ त्यो देशमा पुग्नु


त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ, दैनिक हजारौको सङ्ख्यामा मनिसहरु आवाज जावत गर्छन् ।  रोजगारिको लागि दैनिक हजारौ नेपाली बिदेसिन्छन । रोजगारिकै सिल्सिलामा आज मेरो एउटा साथी इटली उड्नु थियो । त्यसैले म पनि पुगे त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ  । प्राया साथीहरु कतार , दुबइ जस्ता अरब मुलुकमा गयता पनि यसपली रोजगारिकै लागि यूरोपियन देश इटली जाने साथीलाई बिदाइको हात हल्लाउन गएको थिय । जो जहाँ गयता पनि श्रम गर्न बिदेशीएका हुन नेपालीहरु । घर, परिवार, समाज, देश छोडेका छन । मन फुरुङ हुने कुरै भएन । बेचैन मन लिएर, सुनौलो भबिस्य को कल्पना गर्दै, परिवारलाई सुख, सुबिधा अनी केही धन जोड्ने द्रीढ सङ्कल्प गरी उड्छन नेपालीहरु ।

पर्यटकिय गन्तब्य – सेमजोङ गाँउ ( फोटो फिचर )



      पैदल यात्राको लागी उपयुक्त गाउँ हो – सेमजोङ गाउँ । उच्च पहाडको यो गाउँ ऐतिहासिक महत्व, उच्च पहाडी जनजीवन, मौलिक संस्कृति र प्रकृतिक दृष्टिले सम्पन्न छ । पूर्व तिर नुवाकोट जिल्लाको सामरी गाविस, पश्चिम र दक्षिण तिर कटुञ्जे गाविस र उत्तरी क्षेत्र अर्थात सेमजोङको पछाडी नुवाकोट जिल्लाको बर्सुन्चेत गाविस पर्दछ । सेमजोङ गाउँ समुन्द्री सतहदेखी १२०० देखी १८०० मिटरको उचाईमा पर्दछ । सेमजोङ गाउँ ऐतिहासिक र पर्यटकिय दृष्टिले उपयुक्त छ । यो क्षेत्र प्रकृतिक सुन्दरता, स्रोत साधन र जडिबुटि उत्पादनको लागी उपयुक्त रहेको छ ।
डाँडापाखामा गाई–भैसी चराउने गोठालाहरु अनि वनपाखामा घन्कने तामाङ सेलो भाका र म्हेन्दोमाया झनै रमाईलो छ । यहाँको मौलिक पहिचान र आफ्नै संस्कृतिका छुट्टा छुट्टै विशिष्टताले आकर्षित गर्दछ ।
             विभिन्न तिथि मितिमा लाग्ने मेलाहरुमा म्हेन्दोमाया, दो¥रा माने, साईकोलेको नाच गान पनि हेर्न सकिन्छ । भ¥याङ भुरुङ महादेव स्थानमा चैत्र राम नवमीका दिन हिन्दु धर्मावलम्बिहरुको ठुलो मेला लाग्ने गर्दछ । परापूर्वकालदेखी नै यो मेला भर्नका लागि विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
करिब डेढ महिना पछी साउन १८ गते इटालियन कन्सुलेट पुगे म भिसा पाउने आशमा । एउटा उत्साह , जिम्मेवारीबोध , जीवनको एउटा अध्याय को समाप्ती गरी अर्को चराण शुरु गर्ने इच्छ बोकी । तर भिसा रिजेक भएको कुराले रन्थनिय । होस हवस उड्यो, एउटा प्रयास खेर गयो , मन बेचैन भयो । निराशले डेरा जमाउन थाल्यो , असाढ महिनामा पानीका मुल उटेका झै नसोचेका तर्कनाहरु मनमा अनायस फुर्न थाले । केही दिन तनाबमै बित्यो यसै गरी ।
एसरी हरेस खाएर त भएन नि हौ - आफैलाई सम्झाउन थाले । अरुको गल्ती पनि त होइन आखिर । आफ्नै असावधानीले दु:ख पाये । जीवनमा चरेस खानु तर हरेस न खानु भने उखान सुनेको थिय । आफैलाई सम्झाउन बनेका रहेछन एस्ता उखानहरु । सर्जकहरुलाई मन मनै धन्यवाद दिय । अब फेरी कागज पत्र बनाउनु पर्ने । पहिले जे जे गरे त्यो अब बनाउनु पर्ने कामको मार्ग दर्सक बन्ने छ ।

त्यो परदेश

एत्र तत्र अपुरा कामहरु
खाली दिमाग
दैनिक हाजिरिको काम
त्यो परदेश
अनी सम्झनामा उनी ।

आज लाग्दै छ .....

2069-02-23

निकै भयो बुढा बुढी भेट नभएको । सम्भवत अब चाडै नै भेट हुने आश पलाउन थालिसकेको छ । धेरै बर्ष सम्मको अ स्पस्ट सम्बन्ध गएको दसै मा मात्र पूर्णता पएको थियो । दशैमा धन्न ३ सताको बिदामा मिल्यो एउटा मिलन सफल भयो । सफलतालाई निरन्तरता दिनु चुनौती झन हुन्छ । आज ९ महिना पछी एउटा आशा पलाएको छ । आज मङगलबार नुल्ला वस्ता पाउने रे । त्यस्को लागि आज बुडी अफिस जादै छ नुल्ला वस्ता लिनाको लागि । तर मन पहिले जस्तो खुशी छैन, तर भित्र भित्रै खुशी भएपनी बहिरी खुशी बड्न केही असहज लगिरहेको महशुस गरीरहेको छु । जीवनमा खुशीले मतिनु पनि त भएन । कुनै पनि सफलता भनेको खुशी को लागि होइन झन चुनैती हो कसरी त्यस सफलतालाई ब्यवस्थीत रुपामा अगडी बढाउन सकिन्छ सोचनिय बिषय हो । आज नुल्ला वस्ता पायो रे भन्ने खबर पौने बितिकै केही धर्मिक काम गर्नु पर्ला भन्ने सोची रहेको छु । विश्व शान्ती बिहारमा जलपान ख्वाउनु पर्ला भनी सोची रहेको छु ।

कस्ता स्त्रीहरू बिग्रन्छन्

कस्ता स्त्रीहरू बिग्रन्छन्ः पुरुषहरुले याद नगर्दा स्त्रीहरूको चरित्र भ्रष्ट हुन्छ । अतयवः पुरुषहरुले स्त्रीहरु विग्रन नपाऊन् भनेर यस कुरामा ध्यान दिनु पर्दछ । यी कुरामा ध्यान दिए स्त्रीहरु विग्रने कम सम्भावना हुन्छ । धेरैजसो स्त्रीहरू यिनै कुराले विग्रन्छन् । धर्मशास्त्रमा पनि भनेको छ कि यी तल लेखिएको कुराले स्त्रीहरु बिग्रन्छन् । अतएव बुद्धिमान पुरुषले स्त्रीहरूलाई यी कुरा गर्न नदिनू -

गजल


अचम्म छ संसार यहाँ, अनेक चाल चलेको देख्छु
किन हुन्छ यहाँ एस्तो ? एक्ले अर्कोलाई छलेको देख्छु ।।

चार जात छत्तिस बर्ण, थरी थरीका मान्छे यहाँ
कस्को मनमा को छिर्ने , रुप हेर्दा बलेको देख्छु ।।

नहुने

लिन नहुने=चिन्ता
दिन नहुने=ढोका
पाल्न नहुने=रिस
फाल्न नहुने=ईज्जत
खान नहुने=हरेस
मार्न नहुने=अपराध
टार्न नहुने=मौका
बोल्न नहुने=गल्ती
सुन्ऩा नहुने=पोल र गफ
खन्ऩा नहुने =खोईरो
बन्ऩ नहुने=बदमास
लुकाउन नहुने=सत्य
देखाउने नहुने=घमण्ड

-- भूपि शेरचन


मेरो जस्तै ए जून !
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँशु शीत बन्छ
म रुन्छु र मेरो आँशु गीत बन्छ । -- भूपि शेरचन

एक अभिनेत्रीसँग अन्तरंग-


रिलिज हुनुभन्दा पहिले नै बोल्ड फिल्मका रूपमा चर्चाको शिखरमा रहेको 'चपली हाइट'की विनीसँगको अन्तर्वार्ता...यो नौलो प्रयोगका लागिसंवाददाता स्वरूप आचार्यलाई तताउँदै हुनुहुन्थ्यो शुक्रबार सम्पादक। स्वरुपका लागि कहिले नगरेको यो काम रमाइलो र चुनौतीको संगम थियो।