गजल


अचम्म छ संसार यहाँ, अनेक चाल चलेको देख्छु
किन हुन्छ यहाँ एस्तो ? एक्ले अर्कोलाई छलेको देख्छु ।।

चार जात छत्तिस बर्ण, थरी थरीका मान्छे यहाँ
कस्को मनमा को छिर्ने , रुप हेर्दा बलेको देख्छु ।।


छन यहाँ सम्भ्रान्त बर्ग, मिठो बोल्ने राम्रो लाउने
सुकिला मुकिला जीवन सैली, भित्र भित्रै जलेको देख्छु।।

ढल्क्यो घाम गयो दिन, उपलब्दी छैन हातमा
जीवन र जगतको भुमरिमा, नैरास्य भै गलेको देख्छु ।।

अचम्म छ संसार यहाँ, अनेक चाल चलेको देख्छु
यस्तै छ यहाँ हजुर ! एक्ले अर्कोलाई छलेको देख्छु ।।

चैत्र १८

No comments:

Post a Comment