युरोपमा नेपालिले धानेको सुशी ब्यवसाय

 अहिले सुसी खान, जापान पुग्नुपर्दैन । तोमयाम सुप पिउन थाइल्यान्ड धाउनु पर्दैन । बेइजिङ डगको स्वाद लिन चीनको यात्रा गरिरहनु पर्दैन । पिज्जा खान इटाली धाइरहनु पर्दैन । आजको चर्चा चाहि यि नै पारीकारहरु मध्य  सुसीको हो ।

तपाईं/हामीलाई थाहा नै छ, शुशी जापानको खास परिकार हो । र, अहिले विश्वकै मेनुमा यो खान्की समेट्न थालिएको छ । भिनेगर अर्थात अम्लिय चामलमा अन्य खानेकुरा जस्तो कि - समुन्द्री परिकार, सब्जी, मासु, फलफूल मिसाइएर सुशी बनाईएको हुन्छ । जापान बाट शुरु भएको यो परिकार अहिले युरोप, अमेरिका हुँदै संसारभर छाएको छ । बिशेष गरी आज म युरोपमा फास्टाएको सुशी ब्यवसायको कुरा गर्न गैरहेको छु । 

म्यानेजर र समोसावालाको कथा


 एउटा ठूलो कम्पनिको गेटको सामुन्ने मा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्च टाइम मा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे । एकदिन कम्पनीको एक मेनेजर ले समोसा खादा खादै समोसा बेच्ने व्यापारी सित मजाक को मुड मा आएर बहश गर्न थाले  । 


मेनेजरले समोसाबाला सित भने " यार ! गोपाल , तिमिले आफ्नो पसल धेरै राम्रो सित ब्यवस्थित गरेको छौ तर के तिमीलाई लाग्दैन कि  तिमी आफ्नो समय र ट्यालेन्ट समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच त यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ कहाँ बाट कहाँ पुग्थ्यौ , हुन सक्थ्यो आज तिमी पनि म जस्तै मेनेजर हुने थियौ । 

यो कुरा सुनेर समोसावाला ले धेरै सोचेर जवाफ फर्काए " सर ! यो मेरो काम तपाइको काम भन्दा धेरै गुणा राम्रो छ । १० बर्ष अघि जब म टोकरीमा समोसा बेच्ने गर्थे त्यति खेरै तपाइले यो कम्पनिमा  जागिर शुरु गर्नु भएको हो । त्यतिखेर म महिनाको मुस्किलले एक हजार रुपैया कमाउथे तर तपाइको तलब 10 हजार थियो । 

हाम्रा देशमा नेता किन साईकल चढ्दैनन ?


हामी प्राय सामाजिक संजालमा देख्ने गर्छौ न्युजिल्याण्डका प्रधानमन्त्री साइकलमा हिड्छन, क्यानडाका प्रधान मन्त्री सामान्य जीवन बिताउछन, अमेरिकाका पुर्व राष्ट्रपती जागीर खोज्दै छन । तर हाम्रा प्रधान्मन्त्री ? हाम्रा नेता ? भनेर प्रश्न तेर्स्याउने गर्छौ । किन हाम्रा प्रधानमन्त्रीले साईकल चढ्दैनन ? किन हाम्रा नेताहरुको जीवन समान्य छैन । आउनुस आज यसै  बिशयमा चर्चा गरौ ।

न्युजिल्याण्सका प्रधान्मन्त्री किन साईकल चढेर अफिस जान्छन ? 

बिकसित देशहरुमा साईकल चढ्नु बाध्यता नभई आवस्यकता र रहर हो ।

सम्पन्न देशहरुमा गाडी हिड्ने बाटो, साईकल हिड्ने बाटो र मान्छे हिड्ने बाटो ब्यवस्थीत रुपमा छुट्याईएको हुन्छ । 

गाडी हिड्ने बाटोहरु अलि धेरै घुमाउरो, one wey  एक तर्फी बाटोहरु,  ट्राफिक लाईट र ट्राफिक जाम हुने गर्छन । 

गाडिमा हिड्दा यी सबै झन्झटको बावजुत पनि कयौ ट्राफिक नियमहरुको ख्याल गर्नु पर्ने हुन्छ । ट्राफिक नियमको पालना नगर्दा निगरानी गर्न बाटोमा राखिएका क्यामेराले खिचेका रेकर्डले पठाउने जरिवानाको भागिदार हुनु पर्ने त छ दैछ । 


साईकलको समेत आफ्नै लेन भएकोले ठुला गाडिहरुको डर हुदैन । ट्याफिक लाईट र ट्राफिक जामको समस्या साईकलको बाटोमा हुदैन । छिटो, छरितो र स्वास्थ्यको दृश्टिले पनि साईकल चलाउनु फाईदा जनक छ । साईकलको बाटोको पनि आफ्नै नियमहरु त छन नै तर गाडिको तुलनामा यी नियमहरु नगन्य रुपमा छन ।

मान्छे हिड्ने पनि छुट्टै लेन हुन्छ । मान्छे हिड्ने बाटोमा न गाडिले अवरोध गर्छ न साईकल चढ्नेले नै । बाटोमा हिड्ने ब्यक्ती पनि कुनै अवरोध बिना आफ्नो सामर्थ्रले हिड्न पाउँछन् ।


साईकल चलाउनुका यत्ती धेरै फाईदाहरु त तपाइहरुलाई बताईसके । अब सुरक्षाको कुरा । बिकसित राष्ट्रहरुमा सुरक्षा ब्यवस्था चुस्त र छरितो बनाईएको हुन्छ । आम मान्छेले समेत सुरक्षाको प्रत्याभुती महसुस गरेका हुन्छन । त्यसको माथी नेता भनेको देश बनाउन हिडेका हुन । समाजसेवा गर्न हिडेका हुन भन्ने आम बुझाई छ । तिनको कार्यशैली अनुसार जनताले भोट दिने हुन । त्यसैले पनि नेतालाई कुनै असुरक्षा भन्ने हुदैन । खासै भन्ने हो भने यताका नेतालाई धेरै जसोले चिन्दैनन पनि । त्यसैले करोडौको गाडीमा चढोस कि साईकलमा खासै सरोकार हुदैन ।

आखिर जिन्दगीको अंश के ?

जब एउटा मान्छे मर्छ ।

उसको शरीर घाटमा जलाउन लैजान्छन ।

उसको शरिर घाटमा जलेर खरानी बन्छ ।

उसको शरीर कस्तो थियो कसैले याद गर्दैनन ।

तर प्रत्यक ब्यक्तीके उ सँगको सम्बन्ध याद गरिरहेका हुन्छ्न ।

कसैले सकारात्मक सम्झेला कसैले नकारात्मक पक्ष ।

मात्र यादहरु सम्झन्छन, 

उसले दिएका सुख सम्झन्छन, उसले दिएका दु:ख सम्झन्छन

समग्रमा उसको कर्म सम्झन्छन । 

शरीर त आखिर खरानि भई जाने न रहेछ ।

मनले गरेका इन्छाहरु जिवित हुदा रहेछन ।

सकारात्मक इच्छा गर्छौ कि नकारात्मक ?

आफैमा भर पर्छ ।

बेल्जियम

 युरोपियन युनियन भित्र पर्ने एक देश हो बेल्जियम


। यो देश भित्र नेपालीहरु करिब 12/14 हजारको संख्यामा होलान ।हुन त नेपाली समाजको प्रतिनिधित्व गर्ने यहाँ दर्जनौ समाज छन । तर  यत्ती नै छ भनेर एकिन तत्थ्याङ्क भन्न सक्ने यहाँ कोहि छैनन ।  संख्या थोरै र धेरै भन्दा पनि नेपालिको अवस्था कस्तो छ भन्ने बिषयमा म कुरा गर्न लागिरहेको छु । बेल्जियमलाई स्थाई वा अस्थाई बासस्थान बनाई सकेका प्राए नेपालीहरुको अवस्था सन्तोषजनक नै छ । यहा प्राय नेपालिहरुले महिनामा 2 हजार युरो भन्दा माथि बुझ्छन । तलब र विभिन्न सुबिधाहरु हेर्दा बेल्जियममा जागिर खाने नेपालिहरुको अवस्था सन्तोषजनक नै छ । जागिरको अलावा  आफ्नै ब्यवसाय संचालन गर्ने नेपालिहरुको संख्या पनि उल्लेख्य छ । बिशेसगरी रेष्टुरेण्ट र पसलमा लगानी गर्ने नेपालिहरु प्राय सफल भएका छन  ।

ब्रुज, बेल्जियम

यदी तपाई ब्रुज भ्रमण गर्नु हुन्छ भने तपाईंले गर्न सक्ने सबै भन्दा राम्रो चीज मध्ये एक यहाको वायुमिलको अवलोकन गर्दै सुन्दर पर्यावरणको साथ एउटा सुन्दर छोटो पैदल यात्रा गर्न सक्नु हुनेछ । यो शहरको केन्द्रको नजिक छ, त्यसैले शपिंग गर्ने ठाउँहरू, बियरहरू र कफिहरू पत्ता लगाइसके पछि यो एक क्षणको लागि व्यस्त शहरको जीवनबाट उम्कने राम्रो अवसर हो।

बेल्जियमको ईतिहासमा मिलको इतिहास निकै महत्व पूर्ण छ। यदि तपाईंले १६ औं शताब्दीको  ब्रुजको नक्सा हेर्नु भयो भने, तपाईं यहाँ देख्न सक्नुहुन्छ कि त्यहाँ २३ वटा भन्दा कम वायुमिलहरू थिएनन्! तिनीहरू १३ औं शताब्दीको अन्तदेखि शहरका पर्खालहरूको भाग थिए। आजकल, त्यहाँ डाम्पोर्ट र क्रुइसपोर्टको बीचमा चार वटा मात्र मिलहरू बाँकी छन् । 

१ कोइलवेमिल

यो मिललाई कोइलवेमिल वा कोएलवे मिल पनि भनिन्छ ।  मकै पिस्नको लागि यसको प्रयोग गरिएको थियो । यसलाई बोस्टरहोउटोमलेन भनेर पनि  चिनिन्छ । र खास यो मेउलेबेके भन्ने ठाउमा अवस्थित थियो। सन् 1980 मा यो बिग्रिएपछि ब्रुज शहरले यो मिललाई अहिलेको ठाउँमा पुन:निर्माण गरेको हो । खासमा यसको निर्माण सन 1765 मा इट्टाको जग हालेर काठको मिलको रूपमा निर्माण गरिएको थियो।

२ निउवे पेपेगाइ

यो मिललाई निउवे पेपेगाइ भनिन्छ । छतमा राखिएको सुगाको कारण यसको यो नयाँ नाम राखियको हो । सन 1970 मा यसलाई यहाँ सारिएको हो । यसको खास नाउ होज सीनेमोलन हो । यसको निर्माण सन १७९० मा भएको थियो । तेल मिलको रूपमा यो निर्माण गरिएको थियो । यो मिल अहिले आगन्तुकहरूको लागि खुला छैन।

3. सिन्ट-जनशुमिल

यो मिल यहाँको सबै भन्दा पुरानो मिल हो । सन १७७० मा यसको निर्माण गरिएको थियो । यो एकमात्र मिल अझै पनी आफ्नो वास्तविक स्थितिमा 

नै रहिरहेको छ । यो मिल मात्र एउटा एउटा मिल हो जुन संग्रहालयको रुपमा हेर्न सक्छौ, जुन सार्वसाधारणको लागि खुला छ। अर्को खुशीको कुरा यो छ कि यो मिल अझै संचालनमा छ, पिसिँदै छ। यो मिल पनि इट्टा जगहालेर काठको प्रयोग गरी बनेको छ।

4. बोन्ने किएरे

यो मिललाई स्टाक्मोलेन् वा पोष्ट मिलको रूपमा पनि चिनिन्छ। खास यसको निर्माण सन १८४४ मा भएको थियो । आँधीबेहरी दुर्घटनाको कारण भत्किएपछी हालको स्थानमा पुनःनिर्माण गरिएको हो । यसको पुनर्निर्माण सन १९११ मा गरियको हो । यो मिल सिन्ट-जानशुमिल भन्दा कान्छो हो ।   यो मिल पनि उस्तै वस्तु शैलीमा निर्माण गरिएको छ । यो पनि इट्टाको जग हालेर काठको प्रयोग गरी बनाईएको मिल हो । चाखलाग्दो तथ्य के हो भने यो निर्माण गरे देखी यो मिललाई कहिल्यै प्रयोगमा ल्याईएन । सँधै सजावटको लागि मात्र भएको छ र अन्न दानालाई कहिल्यै प्रयोग गरिएको थिएन। यो मिल आगन्तुक र सर्वसाधारणको लागि खुल्ला छैन।

यदी तपाई साइकल चलाउनु हुन्छ भने सजिलै सँग यसको चक्कर लगाउन सक्नु हुनेछ ।  साइकलको सहायताले समयको बचत र यात्रा सहज बनाउन सक्नु हुनेछ । यहाँको हरिया चउर र नहरको किनरामा शरीरिक ब्यायाम गर्न र सुस्ताउन स्थानीयहरू माझ लोकप्रिय छ। यहाँको शान्तिमय वातावरणले तपाईंलाई घाँसमा बस्न बोलाउँदछ । वायु मिलको भ्रमण साथै प्रकृतिको आनन्द लिनुहोस् र केहीबेर आराम गर्नुहोस्।

मन्ने वा नमान्ने मा फरक छ यहाँ ।

नरे दाई आफ्नै गतिमा गुनगुनाउदै थिय - 
जिन्दगी भनेको आफ्नो हो । मन्ने वा  नमान्ने मा फरक छ यहाँ । 
तिमी आफ्नो जिन्दगीलाई सजिलो मान्छौ वा कठिन ?
दु:ख पाएको ठान्छौ वा सुख पाएको ठान्छौ ? 
जिन्दगी यतिकै ठीक छ या यो जिन्दगी त अली बोरै भो नि ! 
केही प्रगती गर्नै सकिन ? 
जिन्दगी आफ्नो हो - फलानाले गरेर मेरो बिग्रियो, मलाई यो अफ्ठ्यारो भो , यो कारणले मैले प्रगती गर्न सकिन , दु:ख पाए , मलाई यहाँ रोक्यो । 
यि सब  बाहानाहरु हुन । आफु उम्कन रचियका कथाहरु हुन । 
अक्सर हाम्रा जिन्दगी बाहाना मात्र गरी अघी बढी रहेको हुन्छ । 
आफु केही गर्न खोजी रहेका हुँदैनौ । अनी जब केही पर्छ दोष जती अरु माथि थोपरी दिन्छौ ।

नरे दाइको रफ्तार झन बढ्दै थियो - 
जिन्दगी जिउन सजिलो छ । यो सुन्दर फुल हो । 
जसरी एक मालिले कडा परीस्रम गरी सुन्दर फुल उमार्छन l 
त्यस्तै जिन्दगी सुन्दर बनाउन पनि परीस्रम त गर्नै पर्छ । 
परिस्रम बिनाको सुन्दर फुलको आशा गर्छौ भने काडाको झनझट त सहनै पर्छ । 
जिन्दगी सुन्दर बनाउने वा दुरगन्धीत l 
यो दु:खको भुमरी हो वा सुखको अवसर ? 
अवसर मान्ने वा चुतौती । 
आँफैमा भर पर्ने कुराहरु हुन । 
कुनै पनि कृयाकलापलाई सकारात्मक मान्नु हुन्छ या नकारात्मक ? 
हेराइमा भर पर्छ । 
सब चिज मान्ने र नमान्नेमा फरक छ यहाँ । 

आफुलाई एक्लो महशुस गरिरहनु भएको छ ? के गर्ने जानौ


यो संसारमा जति पनि मान्छेहरु रहेका छन् ति सबै जन्मिदा एक्लै आएका हुन् र अन्तिम समयमा पनि एक्लै नै यो संसार छोडेर जान्छन् । मानिसहरु जन्मिसके पछी एक किसिमले उनिहरुलाई अरुको साथ् पनि मिल्दै जाने गर्छ । तर जब जब जिन्दगी अगाडी बढ्न थाल्दछ तब जीवनमा एक्लै बस्ने वातावरण पनि आफै बनाउदै र मिलाउदै जानु पर्दछ । तर उमेर सानो हुदा भावनात्मक रुपमा उनीहरु अरुमा निर्भर रहने गर्दछन ।

उनीहरुलाई अरुले स्विकारुन, माया गरुन्, आफुलाई सहयोग गरुन्,सम्मान गरुन् भन्ने आशा राख्ने गर्दछन् । तर्र जब उमेर बढ्दै जान्छ यस्ता कुराहरु बाट पनि व्यक्ति टाढिदै जान्छ र उसलाई एक्लो महशुस पनि हुन थाल्दछ ।

कोहि व्यक्तिलाई समुहमा वा साथीभाईहरु संग मात्र हिड्ने बस्ने बानि लागेको हुन्छ । तर यदि परिस्थिति बस उनीहरु छुटिनु पर्यो भने व्यक्तिले आफुलाई मन बाटै एक्लो महशुस गर्न थाल्दछ र मानसिक रुपमा पनि ऊ कमजोर हुने गर्दछ । कतिपयहरु बाट त झन् अप्रिय घटना पनि घट्ने गर्दछ । त्यसैले यस्ता कुराहरुको समाधान के छ त ? यदि एक्लो महशुस भएको छ भने के गर्ने भन्नेबारे आज हामी यहा चर्चा गर्नेछौ ।

आफुलाई एक्लो महशुस गरिरहनुभएको छ भने के गर्ने त ?

जिन्दगी भनेको एउटा निरन्तर चलिरहने यात्रा हो । यो यात्रामा कति मान्छेहरु तपाईको जीवनमा भेटिन्छन र छुटिन्छन । त्यसैले सबैभन्दा पहिलो के कुरा याद गर्नुहोस भने, यो संसारमा आफ्नो भन्ने कोहि पनि हुदैन, यो कुरा स्वीकार्नुहोस कि तपाइँ एक्लो नै हुनुन्छ ।

जसलाई तपाइँ आफ्नो ठानीरहनु भएको छ । जुन साथीहरु संग तपाई छुटिएर बस्न पनि सक्नुहुन्न एकदिन ति सबैबाट तपाइँ टाढा हुनुनै पर्छ । तिनीहरुले जतिबेला पनि तपाईको साथ् छोड्न सक्छन । जिन्दगीको यात्रामा चल्न सिक्नुहोस । बीच बाटोमै अल्झिएर नबस्नुहोस् ।

जीवनमा यदी तपाईले क्केही कुरा प्राप्त गर्नुभयो भने त्यसलाई आफ्नो लक्ष्य नबनाउनु । तिमि जे बन्न चाहन्छौ त्यसलाई आफ्नो लक्ष्य बनाउनु । यो समय फर्केर आउदैन भन्ने नसोच । किनकि तिम्रो जीवनमा यो समय भन्दा पनि अझ राम्रो समय आउनै बाकि छ ।

आफुले कसैको साथ् पाइन् र अब मा केहि पनि गर्न सक्दिन भन्ने गलत मानसिकता हटाउनुहोस् । किनकि संसारमा जतिपनि मानिहरु सफल भएका छन् तिनीहरु एक्लै नै सफल बहेका छन् ।

यदि तपाइले कसैको साथ् पाइरहनु भएको छैन यो तपाइको लागी आफुलाई प्रमाणित गर्ने एक सुनौलो अवसर हो । यदि तपाई जब एक्लै संघर्ष गर्नेबारे ठान्नुहुन्छ । यसले तपईलाई अझ बढी परिपक्व र आत्मनिर्भर बनाउछ । जब दृढ संकल्पको साथमा अघि बढ्नुहुन्छ तब तपाईलाई बिश्वास नगरेकाले पनि तपाईलाई बिश्वास गर्न थाल्दछन ।

एउटा कुरा सधै याद राख्नु कि मानिसहरु बलिरहेको आगो मात्र तापन मन पराउछन त्यसैले यदि तपाइँ ओसिएर ब्बसं थाल्नुभयो भने तपाइँ ति मानिसहरुको भिडमा नै हराएर जानुहुन्छ । त्यसैले आफुलाई हराउन नदिनको लागी आफुलाई तताउनुहोस । आफुलाई आगो बनाउनुहोस् । अनि मात्र तपाइँ अघि बढ्न सक्नुहुनेछ र एक सफल व्यक्ति बन्नुहुनेछ ।

तपाइको जिन्दगीबाट जो मानिसहरु टाढा भए उनीहरुलाई जान दिनुहोस । यो कुरा स्वीकार्नुहोस कि उनीहरु तपाइको जीवनमा केहि समयको लागी मात्र पाहुना बनेर आएका थिए । छोडेर गएका मानिहरुको बारेमा धेरै सोचेर भावनामा नडुब्नुहोस् ।

भावनामा डुब्न थाल्नुभयो तपाइको जीवन नै डुब्न सक्छ । जानेलाई जान दिनुहोस । जो टाढिएर गए ति व्यक्तिहरु तपाईइको जिन्दगीको लागि आएका होइनन् भनेर बुझ्नुहोस् । सधै आफ्नो दिमागको कुरा मात्र सुन्ने गर्नुहोस । तपाईको जीवनमा अझै धेरै लुकेका रहस्यहरु आउने बाकी छन । बरु त्यसको लागी बाटो बनाउदै जानुहोस ।

समयतालिका बनाएर काम गर्ने गर्नुहोस । आफुलाई व्यस्त राख्ने गर्नुहोस । जब तपाइँ दिमागी रुपले व्यस्त बन्न थाल्नुहुन्छ तब तपाइको व्यक्तित्व बिकास पनि हुन थाल्दछ । तपाइँ अरु भन्दा परिपक्व बन्दै जानुहुनेछ । दिमागमा सकारात्मक कुराहरु मात्र आउने गर्छन र मनबाट डर, त्रास जस्ता कुराहरु पनि हट्दै जान्छन् ।

हरेक दिन पुस्तक वा पत्रपत्रिका पढ्ने बानीको बिकास गर्नुहोस । प्रविधिसंग अपडेट रहनुहोस । नया कुराहरु खोजि खोजि पढ्ने र त्यसबारे जान्ने कोसिस गर्नुहोस । खाली समय छ भने आफुलाई मन पर्ने गीत गाउनुहोस र बेला बेलामा नाच्ने पनि गर्नुहोस । तर आफुलाई खाली भने हुन नदिनुहोस् ।

यदि मन दुखेको छ भने वा रुना मन लागेको छ भने मन खोलेर चिच्याई चिच्याई रुनुहोस । यसले तपाईको मन हल्का हुन्छ । मनमा केहि कुराहरु पनि घुम्स्याएर नाराख्ह्नुहोस । मनमा जे कुरा छ आफ्नो दाजुभाई अथवा दिदिलाइ सुनाउनुहोस ।

आफ्नो परिवार संग बसेर आफ्नो मनमा लागेको कुरा बताउने गर्नुहोस । जो साग पनि खुलेर कुरा गर्ने बानी बसाल्नुहोस । हरेक दिन एक नयन जीवन हो । त्यसैले हरेक दिनालिया खूलेर रमाउने गर्नुहोस । दिमागमा नकारात्मक कुराहरुलाई डेरा जमाउन नदिनुहोस । कसैले नकारात्मक कुरा गर्छ भने उसलिया सकारात्कम तरिकाले प्रेरित गर्नुहोस ।

सधै आफैमा बिश्वास गर्ने गर्नुहोस । कहिल्यै पनि आफ्नो कामको लागी अरुको आशमा बस्ने नगर्नुहोस । भाग्यमा होइन आफ्नो कर्ममा भर पर्नुहोस । भोली पनि एउटा सुनौलो मौका आउने छ । त्यसैले आशावादी रहनुहोस । हरेक दिन एक घण्टा भए पनि सुन्दर र शान्त ठाउमा बस्ने गर्नुहोस । त्यसबेला दिमागमा राम्रा राम्रा कुराहरु मात्र ल्याउनुहोस । सबैलाई सहयोग गर्छु भन्ने भावना जगाउनुहोस ।

यदि तपाई जतिबेला पनि आफ़ुलाई एक्लो महशुस गरिरहनु हुन्छ भने त्यस्ता ब्यक्तिहरु संग गैर भेट्नुहोस जो व्यक्तिहरु एक्लै बस्दा खुसी हुने गर्छन् । उनीहरु बाट तपाइँ प्रेरित पनि बन्नुहुनेछ । त्यस्ता व्यक्तिलाई भेट्दा तपाइको मनबाट यो कुरा हट्दै जानेछ कि यो संसार एक्लो तपाई मात्र हैन कि अरुपनि हुने गर्छन ।

धादिङ रुवीभ्याली


रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुवीढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र तिप्लिङ गाविसलाइ समेटेर ‘रुवीभ्याली’ नाम राखेर गाउँपालिका बनाइएको हो ।
रुवीभ्यालीको सवैभन्दा आकर्षक ठाउँ हो ‘पाङसाङ पास’ । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ पासबाट मनोरम हिमश्रृंखलाहरु, सुन्दर पहाडी प्राकृतिक छटाहरु अवलोकन गर्न सकिन्छ ।
१ वर्ष अघिसम्म यहाँ मोटरवाटो पुगेको थिएन । अहिले नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ (गणेश हिमालको फेदी) हुदै पाङसाङ पास सम्म सडकमार्ग मार्फत पुग्न सकिन्छ । पाङसाङ पास ब्यस्त शहरी भीडभाडबाट मन शान्त पार्नको लागि One Night Stay गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो ।
सोमदाङमा सानो हिमाली बजार पनि रहेकाले पाङसाङ पास जानेले त्यहाँबाट सवैखाले खानेकुराहरु किनेर लैजान सकिन्छ । यहीबाट गणेश हिमालको फेदीमा रहेको जस्ता खानी जाने बाटो छुट्टिन्छ ।
पृथ्वी राजमार्गको गल्छी बजारबाट करिव एक सय किलोमिटर (बेत्रावती सम्म पक्की, त्यसपछि कच्ची) सडक यात्रा गरेपछि पाङसाङ पास पुग्न सकिन्छ । रसुवाको सदरमुकाम धुन्चे भएर जान्छु भन्नेहरुको लागि २५–३० किलोमिटर दुरी बढी पर्न जान्छ ।
अहिले त्यहाँ धेरै होमस्टेहरु नभएकाले बस्न खानको लागि केही समस्या हुन सक्छ तर आफ्नो लागि आवश्यक पर्ने लजिस्टिक सामानहरु टेन्ट-स्लिपिङ ब्याग लिएर जाँदा धेरै राम्रो । पाङसाङ पासमा अहिले तिप्लिङका निरज तामाङले होम स्टे चलाएका छन् । उनको सम्पर्क नम्वर ९८४०३१७४७५ हो । पाङसाङ पास घुम्न जान मन हुनेले उहाँसित सम्पर्क गरेर जाँदा राम्रो ।
मंसिर १५–२० बाट पाङसाङ पास वरपर हिउँ पर्न थाल्छ । पाङसाङ घुम्नको लागि सवैभन्दा उपयुक्त समय भनेको चैत-बैशाख महिनामा हो । यस बेला पाङसाङ क्षेत्रमा विभिन्न प्रजातिका फुलहरु र भेडीगोठ को सुगन्ध पनि थपिन्छ । हिउँमा हिड्न मन हुनेहरुको लागि माघको अन्तिम तिर जाँदा उपयुक्त हुन्छ । पौष माघमा निरन्तर हिउँ परिरहने हुनाले अलि समस्या हुन सक्छ ।
पाङसाङ पासबाट करिव २ देखि ३ घण्टाको पैदल यात्रा पछि अर्को भ्यु टावर पुग्न सकिन्छ जहाँबाट लाङटाङ हिमाल, गणेश हिमाल जस्ता हिमालहरुको मनोरम दृृश्य देख्न सकिन्छ ।
धादिङवेशीबाट पनि एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेर पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँपालिकाको गाउँ बस्तीहरुमा पुगिन्छ । जहाँ उत्तरी धादिङको ग्रामिण जीवनशैली, तामाङ सँस्कृति र परम्परा अवलोकन गर्न सकिन्छ ।
यहाँका प्रायजसो गाउँ बस्ती एकदमै बाक्लो रहेको छ । हरेक गाउँहरुमा १ सय देखि ६ सय ५० वटासम्म घरहरु रहेका छन् । हरेक गाउँहरुमा भर्खरै होमस्टेहरु सचालनमा आउन थालेका छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङ, जस्ता गाउँहरु धेरै घरधुरी रहेको गाउँहरु हुन् ।
रुवीभ्यालीको बस्ती बस्तीमा घुम्न चाहनेहरुले ७ देखि ८ दिनको प्याकेज बनाएर पदैल यात्रा गर्दा धेरै उत्तम हुन्छ ।


वाइबा राजा र रानी


 

धम्मपद - बाल वग्गो ( मूर्ख वर्ग ) पाली र नेपाली अर्थ सहित


धम्मपद - पुप्फ वग्गो ( फुल वर्ग ) पाली र नेपाली अर्थ सहित

धम्मपद- चित्त वग्गो ( चित्त वर्ग ) पाली र नेपाली अर्थ सहित

धम्मपद - अप्पमाद वग्गो ( अप्रमाद वर्ग ) पाली र नेपाली अर्थ सहित

गुरु रेन्पोछेको प्रार्थना

धम्मपद - यमक वग्गो ( जोरा वर्ग ) नेपाली अर्थ मात्र