बिदेश जाने चक्करमा घुमीरहेको छु म यती खेर । अस्ती ताका सम्म जाने भनेर सबै कागज बनाएर एम्बेसीमा पनि दिएको हुँ । तर दशा आईलागेको । बनाएको कागज पत्र त सबै बिग्रेछ । त्यसपछी पर्यो फसाद । फेरी बनाउ पर्ने झनझट । पहिलो प्रयासमा काम नभएपछी जस्तो लफडा केही नहुने रहेछ । पहिले बिग्रेकोलाई सच्याउनु पर्ने अनी फेरी एम्बेसिमा गयेर कागज पत्र पेश गर्नु पर्ने । बिग्रेको सच्याउनु कहाँ सहजै हुनु र फेरी ।
अहिले तेही असहजताको समय बेतित गरीरहेको छु । कहाँ के मिल्दैन कहाँ के ? एउटा मिल्यो अर्को मिल्दैन । ओरालो लगेको मिर्गलाई बाच्छाले पनि खेद्छ भने झै सामान्य अफिसको पिउनलाई पनि ज्यु ज्यु गर्नु पर्ने । बिग्र्यो पछी के लाग्छ र । गा बि स को सचीव त्यस्तै , जि बि स को कर्मचारी त्यस्तै ......