थान्का


Painting Thangka Lhasa Tibet Luca Galuzzi 2006.jpg
Bhutanese Drukpa applique Buddhist lineage thonka with Shakyamuni Buddha in center, 19th century, Ruben Museum of Art.jpg
नeपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो। यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ। सूती कपडालाई काठको फ्र्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ। सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ। यो क्रम धेरै पटक दोहोर्‍याएपछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ। थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ। यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ। यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखनभन्दा यो फरक रहेको छ।
थाङ्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला हो। जतिखेर बुद्ध धर्मको प्रचार हुँदै थियो, त्यसबेला पढेलेखेका मानिस कम थिए। चित्रबाट सजिलै धर्मशास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीमा यो चित्रकलाको विकास भएको थियो भन्ने धारणा रहि आएको छ | त्यसबेलाको नालन्दा विश्वविद्यालय -हाल भारतको पटना)मा यो विषयको अध्यापन हुन्थ्यो। तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरूहरू यसको शिक्षा लिन त्यहाँ जान्थे। पछि तिब्बतको राजनैतिक परिवर्तनपछि त्यहाँका खाइबाहरू पलायन भए। उनीहरूको उद्देश्य फेरियो। उमेरका कारण उनीहरू चित्र कोर्न नसक्ने भए। उनीहरूका चेला-चेलीले त्यो दर्शन पूर्ण रूपमा टिप्न सकेनन्। आधुनिक शिक्षाका कारण भारतमा पनि यो कलाको अध्यापन रोकियो, तर नेपालका गुम्बामा भने यो शिक्षा फैलिँदै गयो। त्यसैले विश्वमा जति पनि थाङ्का बिक्री-वितरण हुन्छन्, तीमध्ये ९५ प्रतिशत थाङ्का नेपाली हुन्छन्।
नेपालको राजकुमारी भृकुटीको तिव्वती राजा स्रङचन गम्पो सँग विवाह भए पछि यो कला तिव्वतमा प्रवेश पाएको विश्वाश गरिन्छ | यो कला नेपालीको हातमा मात्र भएकाले यो नेपाली कला हो, तिब्बती होइन। हाल वजारमा पाईने थान्कामा नेपाली पौभा चित्रको प्रभाव रहेको छ |

बिवाद इटालि

इटालिको ब्यापारिक मेलामा थोरै रुपैया लगानी गरेर ग्वाम्मै युरो कमाउला भन्ने उद्देश्यले दलालहरुको एउटा समूह बनेको थियो । त्यो समुहमा चिरा आयो भन्ने सुनेको छु । के कारणले चिरा पर्यो ? बिस्तारै खुल्दै जाने छ । त्यो समुहको उद्देश्य भन्नू नै करोडौ रुपैया लगानी गरेर आएका ब्यापारिहरुलाई धम्याउने, पैसा माग्ने, सामान जफत गर्ने धम्की दिने, अत्यास पार्ने काम गर्ने हो । आफुलाई बुद्दिजिवी ठान्ने , युरोपका जानकार हुँ भन्ने, 20 औ बर्ष देखि यो मेलामा सहभागी हुँदै आएकाहरुलाई ब्यापारको तरिका सिकाउने यो समुहको कार्य शैली हो । व्यापारीहरुलाई तह लगाउन भनेर निकै तमझाम गरेर इटालिको रोममा  खै ! के जाती सङ्गठन पनि खोली भ्याईसकेका थिय । अन्तत अरुलाई कार्वाही गर्न , अरुलाई  पाठ सिकाउने समूह नै कमिसनको भागबण्डा नमिल्दा तीन महिनाको शिशु अवस्थामै चिरा पर्यो ।

मेरो भन्नू यत्ती हो कि - नेपालको प्रवर्दन गर्ने र मेलामा आउने ब्यापारिलाई तह लगाउने उद्देश्यले निकै चुरी फुरि गरेर एउटा समूह बन्यो ।
१. फ्रान्स निवासी पत्रकार ददि सापकोटा
२. स्विस निवासी शिव रिजाल
३. मिलान निवासी भरत लामा

यिनले मेलामा प्रदर्शन गर्न मन्दिर ल्याए । देखाए पनि ।
पाइलट बाबा ल्याए रोममा । सबैलाई दर्शन गराए ।
बिभिन्न ब्यानर देखाए नेपालको । राम्रै गरे ।
अरु कुरो माथी नै लेखी सकेको छु ।
यी नै समूह फुट्न लागे । लेनदेनको कुरो मिलेन भनेर लेख्दा आसेपासेहरुलाई किन मुटु पोल्यो थाहा पाउन सकिन ।
आफुहरु उपल्लो वर्गमा रहि तल्लो वर्गमा देखाउन एउटा समूह बनाए । जसको नाम अन्तराष्ट्रीय नेपाली हस्तकला महासङ्घ घोषणा गरे । जुन  रोममा उद्धाटन गरे ।

मलाई किन चासो भयो त यो समुहको ?

यिनिहरुले मलाई पनि आफ्नो समुहमा सामेल गराउन हरदम प्रयास गरेका हुन । तर मैले मानिन । यिनिहरुको गलत बिचार र गलत सोचाई मेलामा आउने जो कोहिलाई थाहा छ ।

नोट :- यस समुहमा ददि सापकोटा अपवाद हुन । यिनको त्यति सहभागीता देखिन्न । यहाको गतिबिधी यिनलाई राम्रो जानकारी छैन जस्तो लाग्छ । समुहको नाममा क - कसले के के भनेका छन र बोलेका छन । भरत लामा यो समुहको पिडित र इमान्दार सदस्य हो । अहिले यी नै भरत तामाङ लाई शिव रिजालको योजनामा समूह बाट अलग्याउने सुचना प्राप्त भएको छ । फुटेको समुहलाई मैले चिरा पर्यो भने । कहानिर गल्ती भयो ?

मैले यत्ती लेख्दा Nepal Miteri Munch का अध्यक्ष विशाल तामाङ र सिताराम घिमिरेलाई कताको काउसो पर्यो ? मैले बुझ्न सकिन ।
मैले अन्त हान्दा तिमिहरुलाई दुख्छ भने हनुमान नभनेर अरु के नाम दिउ ?

इटालिमा लाग्ने प्रदर्शनि

इटालीमा बार्षिक दर्जनौ अन्तराष्ट्रीय प्रदर्शनीहरु र सास्क्रीतिक मेलाहरु हुँदै आएका छन । युरोपका अन्य देशहरुमा लाग्ने अन्तराष्ट्रीय प्रदर्शनीहरु भन्दा इटालिमा लाग्ने प्रदर्शनिहरु प्रख्यात छन । एशिया बाट भाग लिन आउने देशहरुमा नेपालको सहभागीता पनि कमको छैन । नेपाल बाट यता आउनेहरुमा ठुला कम्पनीहरु देखि मध्यम पुजि भएका कम्पनिहरु समेतको सहभागीता छ । विशेष गरि नेपाली हस्तकलाका सामानहरु, पस्मिना, फेल्टका डिजाइनहरु, गार्मेन्ट जस्ता बस्तुहरुको युरोपमा राम्रो बजार छ । आर्थिक मन्दिको प्रभावले गर्दा आर्थीक स्तर सुधार्न नसकिरहेको युरोपको बजारमा नेपाली सामानको मूल्य प्रती युरोपियनहरुको आकर्षण बढ्दो छ । यस्ता प्रदर्षनी तथा मेलाहरुमा कम मुल्यमा सामान खरिद गर्न पाईने भएकोले पनि यस्ता प्रदर्शनी र मेलाहरुमा निकै भिड लाग्ने गर्छ ।

नेपालप्लसमा राजनितिक गूटबन्दीको पर्दाफास भएपछि एन आर एन इटालीको अधिबेशन रद्द


महिन्दो वाईवा / मिलान, ईटाली

राजनैतीक सहमती, सहमती भित्रकोपनि असहमती, आआफ्नो समुहको गुटबन्दी, भनाभन, आरोप प्रत्यरोप र अन्तरिक बिवाद मिल्न नसक्दा एन आर एन इटालीको अधिवेशन अगस्ट २ मा नहुने भएको छ । त्यो राजनितिक गूटबन्दीको नेपालप्लसले यहि बिहिबार पर्दाफास गरिदिएपछि एन आर एन ईटालीको अधिबेशन अनिश्चित कालकालागि रोकिएको छ । अन्य पदहरुमा कुरा मिलीसकेतापनि अध्यक्ष पदमा कुरा मिल्न नसक्दा बिवाद उत्कर्षमा पुगेको थियो ।

एन आर एनको नेत्रित्व लिन ईटालीमा लिखित राजनितिक सहमती, अर्को पक्ष बहिष्कारमा


महिन्दो वाईवा, / मिलान, ईटाली

एन आर एन इटालीको अधिवेशन यहि अगस्ट २ मा पिशा शहरमा हुन गैरहेको छ । एन आर एनमा राजनिति घुस्न नदिने, राजनितिक ब्यक्ति प्रवेश गरे कारवाही गर्ने भनेर केन्द्रिय महासचिव कुमार पन्तले बक्तब्यनै निकाले । तर केन्द्रको बक्तब्यलाई धोती लगाइदिएर एन अर एन ईटालीको आगामी निर्वाचनमा नेपाली कांग्रेस र एमालेले लिखितरुपमै राजनितिक सहमती गरेका छन् । आफ्ना भात्रि संगठनमार्फत तिनले पदमा भागबण्डा गर्दै सहमती गरेका हुन् । यसरि राजनितिक सहमती गर्दा तिनले अर्को पक्षलाई पुरै बाहिर पारेका छन् । त्यसैले गर्दा एक पक्ष बहिस्कारमा उत्रिएको छ ।

ईटालीको अन्तरराष्ट्रिय मेलामा किन हुँदै छ नेपालको बेईज्जत ?

- महिन्दो वाईवा / ईटाली



इटालीमा अहिले एक्स्पो मिलानो २०१५ भन्ने प्रदर्शनी सन्चालन भईरहेको छ । मिलान शहरमा नेपाल सहित बिभिन्न देशहरुको सहभागीता रहेको छ । यो एउटा कुम्भ मेला भने पनि फरक नपर्ला । दैनिक हजारौको सङ्ख्यामा अवलोकन गर्नेको भिड छ । बिभिन्न देशले आआफ्नो कला सस्क्रीती प्रदर्शन गरीरहेका छन । जहाँ नेपालको तयारी पनि साधारण देखिदैन । बिभिन्न कलात्मक बुट्टा कुदिएका आक्रिती देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय मेलाकालागि ईटालीमा ‘सानो नेपाल’



महिन्दो वाईवा ,
आगामी बर्ष इटालीको मिलान शहरमा भब्य मेला लाग्दै छ । अनतर राष्ट्रिय ब्यापारिक मेला । त्यहाँ विश्वका एक सय ४५ देशहरु प्रत्यक्ष भाग लिने छन । हरेक देशले आफ्नो कला, संस्क्रिती, रितिरिवाज र अन्य फरक विविधतालाई प्रदर्शनमा राख्ने छन् । बिश्वका ठुला ठुला ब्यापारिक कम्पनीहरुले आफ्नो ठाउँ सुरक्षित गरिसकेका छन, त्यसैकालागी । एक्पो मिलानो २०१५ नाम दिइएको मेला निकै भब्य हुने अनुमान गरिएको छ । कारण, हाल मिलान साहारा भित्र भईरहेको बिकास गतिबिधीले त्यही सङ्केत गर्दछ । मेलाकै लागि बिशेष प्रकारको द्वार तयार भईसकेको छ ।

नेपाल मितेरी मन्च सँग जोडीएर

नेपाल मितेरी मन्च सँग जोडीएर केही शब्दहरु एही फेसबुकको भित्तो मा लेख्दा धेरैले धेरै थरी लख काट्न भ्याए । मेरो कसै सँग दुस्मनी पनि होइन , न कसैलाई लक्षित नै गरेर लेखे ? पढ्नेले थाहा पाएकै छन । एउटा सस्थाले गरेको कार्यक्रम , त्यो पनि सार्वजनिक आव्हानमा । राम्रो भयो भने आहा कती राम्रो भो , नराम्रो भयो भने कती नराम्रो भो भन्न पनि सोध्नु पर्ने रे !

नेपाल मितेरी मन्च


इटालिको मिलान सिटीमा एउटा सामाजिक सस्था छ नेपाल मितेरी मन्च । मिलान सिटी र लोम्बार्दिया क्षेत्र भित्र बस्ने    सम्पूर्ण   नेपालीहरुको प्रतिनिधित्व गर्छ यो सस्थाले । कुनै नेपालीलाई आपद बिपद परेर सहयोग जुटाउनु परेमा , नेपालका कुनै चाड पर्व मनाउनु परेमा , कुनै जमघट गर्नु परेमा यही सस्थाको छातामुनी रहेर हुन्छन । कुनै राजनैतीक रङ्ग नमिसिएकोले पनि यो सस्था आँफैमा पवित्र छ । मिलानमा बस्ने नेपालीहरु यो सस्थाको बिकल्प पनि देख्दैनन । अरु सस्थाहरु पनि नखोलिएका भने होइनन । मात्रुभुमीका लागि युवा अभियान, इटली , एन आर एन इटली जस्ता सस्थाहरु नभएका भने होइन र  पनि ओझेलमा परेका छन । नहुनु भन्दा कानो मामा जाती भने झै २००७ साल देखी यो सस्थाले आफ्नो अस्तित्व धानिरहेको छ । अन्य समयमा रात दिन काममा ब्यस्त भई भेटघाट नहुने  नेपाली यो सस्थाले आयोजना गरेको कार्यक्रममा उपस्थिती जनाउछन । त्यसैले पनि सस्था भनेको कत्तिको महत्वपूर्ण छ भन्ने सन्देश झल्काउछ । नेपाल देखी निकै टाढा , परिवार सँगको बिछोड , आफ्नो भाषा बोल्न , अनुभवहरु साटासाट गर्न साथै त्यो न्यास्रो पन मेटाउन पनि सस्थाको छाता मुनी गोलबद्द हुन आईपुग्छन । पुर्व मेची देखी पश्चीमा महाकाली सम्मका नेपालीहरु जम्मा हुन्छन । पर्देशमा रहदा सङ्गालेका  अनुभवहरु , नेपाल र नेपाली भेट्दा निर्धक्क पोख्न पाउने दु:खका भारिहरु , देश सम्झदै साथी भाई भेट्दा गुनगुनाउने ति लोक भाकाहरु सबै सबैको चाजो बाजो सस्था कै छत्रछायामा मिल्ने गर्छ । त्यसैले पनि नेपाल मितेरी मन्च कती महत्व पूर्ण र आवश्यक छ अनुमान लगाउन सकिन्छ ।

यती महत्व पूर्ण सस्थाको नेत्रित्व गर्नु भनेको यो शहर र आसपासमा रहने सम्पूर्ण नेपालीहरुको नेत्रित्व गर्नु हो । कुनै पनि कार्यक्रम गर्दा नेपाल र नेपाली भन्ने भावना उजागार गर्ने , राष्ट्रियतामा आच आउन नदिने प्रयास नेत्रित्वमा रहनेहरुले गर्नु पर्दछ । नेत्रित्वमा रहदा जसरी सबैको हाइ हाइ भइन्छ त्यसरि नै आलोचना सहने गुण पनि हुनु पर्दछ । तब न सफल नेत्रित्व बन्न सकिन्छ ।

nepal miteri muncha


जब म इटली झरे । धेरै साथी भाई चिन जान भो । मिलानमा एउटा सङ्स्था छ भन्ने पनि थाहा पाए ( नाम लिन प्रती बन्ध गरेको छ ) , बिदेशमा रहदा पनि नेपाली समुहमा रमाउने मन कस्को हुँदैन होला र ? सङ्गत बढ्दै गयो । साथी भाईले थाहा पाए म नेपालमा पनि पत्रकारीता गर्थे भनेर । त्यसैले उनिहरु नै भन्न थाले , यहाँ पनि एक जन पत्रकारको आवस्यकता छ । कार्यक्रमहरु हुन्छन तर समाचार , सुचना यता उता पठाउन नै केही मेसो मिलीरहेको छैन । अनी मैले पनि मन मनै सोच्न थाले , जानेको काम यही पनि सम्भव हुने भय किन नगर्नु भन्ने भो । अनी सम्भावनाका बाटहरु खोज्न थाले । प्रयास खेर जादैन । बाटो भेटे । एउटा मात्र सस्था छ त्यो पनि आजको दिनमा आलोचित बन्न पुगेको छ । र म सिकार ।

मुख्य कुरो - लेखनलाई कसैले पनि बन्द गर्न सकिन्न , सम्भव छैन । कसैको ब्यक्त्तीगत जीवन सँग जोडेर लेखिनु पनि छैन । कसैको बदनाम गराउनु छैन । तर नेपाल र नेपाली भन्ने समुह सँग गद्दारी गर्छ र खेलवाड गर्छ भने छाडिने छैन । कुनै पनि समाजको अगुवा हुँ भन्ने अनी सामाजिक मुल्य मान्यताको क पनि ज्ञान नराख्ने हरुले गरेको गल्ती छ्यम्य हुन सक्दैन । साथी भाईको समुह  बनाउ , रमाउ । नाच, हास । सरोकार भएन । तर सार्वजनिक सस्था भन्ने , सार्वजनिक बदमाश गर्ने अनी अली अली मात्र त गल्ती भएको हो भन्ने लाई पनि छाडिन्न । सुधारेर अगाडि बढ्नु त कता हो कता लेख्ने माथि  कार्वाहीको धम्की दिने , नियम बनाउने , अनिमती लिनु पर्ने रे ! नेपालमा ज्ञानेन्द्रले कु गर्दा पनि थियन होला शायद यस्तो  नियम ।


फेसबुकमा लेखेको कुरो पछी मलाई फोन गर्नेहरुले गरेका तर्क -

मैले आफ्नो असन्तुस्ठी फेसबुकमा लेख्न नपाउने रे !
सङ्स्थाको बिषयमा नकारात्मक टिप्पणी गर्न पाइदैन रे ,
 सधैं साकारात्मक सन्देश दिने कुरा मात्र लेख्नु पर्ने रे !
केही नराम्रो लागे इन बक्समा मेसेज लेख्न पर्छ रे !
सस्थाको मिटिङमा आएर भन्नु पर्छ रे !
राम्रो गर्न खोज्दा खोज्दै नराम्रो हुन पुगेको रे !
सुधारने मौका दिनु पर्छ रे ! सल्लाह दिनु पर्ने रे !
यसरी जथाभावी लेख्न हुन्न रे !
फिलिम देखाउन लागेको होइन रे रमाइलो गर्ने ।
१५ युरो त केही होइन , पर्‍यो भने २० , २५ युरो पनि उठाउन सकिन्छ रे !
सङ्स्था भनेको घर हो , घरको कुरो बाहिर गर्नु हुन्न रे !