महिन्दो वाईवा, / मिलान, ईटाली
एन आर एन इटालीको अधिवेशन यहि अगस्ट २ मा पिशा शहरमा हुन गैरहेको छ । एन आर एनमा राजनिति घुस्न नदिने, राजनितिक ब्यक्ति प्रवेश गरे कारवाही गर्ने भनेर केन्द्रिय महासचिव कुमार पन्तले बक्तब्यनै निकाले । तर केन्द्रको बक्तब्यलाई धोती लगाइदिएर एन अर एन ईटालीको आगामी निर्वाचनमा नेपाली कांग्रेस र एमालेले लिखितरुपमै राजनितिक सहमती गरेका छन् । आफ्ना भात्रि संगठनमार्फत तिनले पदमा भागबण्डा गर्दै सहमती गरेका हुन् । यसरि राजनितिक सहमती गर्दा तिनले अर्को पक्षलाई पुरै बाहिर पारेका छन् । त्यसैले गर्दा एक पक्ष बहिस्कारमा उत्रिएको छ ।
निर्वाचन समितिले उमेदवारहरुको नामावली सार्वजनिक गरिसकेको छ । कोहि निर्बिरोध निर्वाचित भएका छन । कैयन सदस्यहरु खोज्नुपर्ने स्थिति देखिएको छ । अध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । अध्यक्ष पदमा स्थानिय सामाजिक सस्था मितेरी मन्च मिलानोको प्रस्तवमा स्वतन्त्र महिला उमेदवार उर्मिला थोकरले उमेद्वारी दिएकी छिन । नेपाली काङ्ग्रेसको भात्रि संगठन नेपाली जनसम्पर्क समिति इटाली र नेकपा एमालेको भात्रि संगठन प्रवासी नेपाली मंच इटालीले राजनैतिक सहमति गरेर क्षेत्र कुमार श्रेष्ठलाइ उमेदवारको रुपमा खडा गरेको छ ।
अध्यक्षको रुपमा उमेदवारी घोषणा गरेका दिपेश रेग्मी राजनैतिक सहमतिका कारण ओझेलमा परेका छन । पिशा समाजबाट उमेदवारी घोषणा गरेका रेग्मीले उमेदवारी दर्ता गर्न नपाएपछि पिशा समाज यस निर्वाचनमा भाग नलिने कुरा पिशा निवाशी सन्तोष गौतमले सामाजिक संजाल फेसबुकमा लेखेका छन ल् जहाँ भनिएको छ – ” सन्तोश् गौतम् – एन आर एन ए इटाली एन सी सी को चौथो महाधिबेसन सम्पन्न हुन गईरहेको सन्दर्भमा आगामी कार्यकालका लागि कार्यसमिति निर्माण गर्ने प्रक्रियामा भइरहेका अस्वस्थ गतिबिधि एबम अप्राकृतिक चलखेलका कारण सम्पूर्ण पिसाबासि नेपालीहरु बाध्यतापुर्बक सम्पूर्ण निर्बाचन प्रक्रियाबाटै बाहिरिनुपरेको जानकारी सम्पूर्ण इटाली बासि नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु एबम सम्बन्धित निकायमा समेत जानकारी गराउन चाहन्छौ । हामी सम्पूर्ण पिसाबासि नेपालीहरुको, यस निर्बाचनमा सामेल भएका कुनैपनि उमेदबारहरुलाइ समर्थन नभएको जानकारी पनि गराउन चाहन्छौ।”
एकातिर राजनैतिक सहमति, अर्कोतिर स्वतन्त्र महिला उमेदवार, अझ त्यसको माथि जहाँ कार्यक्रम हुने भनिएको छ त्यहाँको समाज अधिवेशन बहिस्कार गर्न तम्सिएको छ । यस्तो माहोल बन्दा एन आर एन इटालीको आगामी अधिवेशन रोचक बन्ने पक्का छ । राजनैतिक सहमति द्वारा उमेदवार खडा गरिएका क्षेत्र कुमार श्रेष्ठसँग अघिल्ला कार्यसमितिको उपाध्यक्षको अनुभव छ भने स्वतन्त्र उमेदवार उर्मिला थोकरले कोषाध्यक्षको अनुभव संगालेकी छिन । अध्यक्षका दुवै उमेदवार उत्तिकै बलिया देखिन्छन ।
समाज सेवा भन्दा पदको लागि लडाइ
एन आर एन बिशुद्द गैह्र राजनैतिक सस्थाको रुपमा जति नै व्याख्या गरेतापनि सङ्लिन सकेको छैन । स्वदेशमा रहेका माउ पार्टिका छायाले बिदेशमा रहदापनि नेपालीहरुलाई अलग्ग राख्न सकेको छैन । देश भन्दा बाहिर रहने नेपालीहरुको यो भन्दा ब्रिहत अरु कुनै संस्था छैन । तर यसलाई पनि चोखो राख्न भने एन आर एन कहिल्यै सफल हुन सकेन । एन आर एन इटालीको अधिवेशनको पुर्व सन्ध्यामा देखिएको राजनैतिक सहमतिले त्यहि प्रमाणित गर्दछ । एन आर एन इटालीको भावी कार्यसमिति मा अन्य बिषयहरुका मोटामोटी मिलिसकेता पनि अध्यक्षको उमेदवार दुई जना रहेकोले निर्वाचन हुने निस्चित छ । इटालीमा रहने नेपालीहरुको भावी नेतृत्व कस्ले गर्ला त्यो हेर्न अगस्त २ कुर्ने पर्ने देखिन्छ ।
एन आर एन इटालीको निर्वाचन नजिकिदै गर्दा लागेका कौतुहलता –
१ – जर्मनीमा बसी व्यवसाय गर्ने क्षेत्र कुमार श्रेष्ठ अध्यक्ष भयो भने कसरी इटालीमा बस्ने नेपालीको भलोमा समय खर्चेलान् ?
२ – दुइ दुइ वटा राजनैतिक पार्टिबाट नियुक्ति पाएका अध्यक्ष उमेदवारले कसरी निष्पक्ष भएर समाजको काम गर्लान् ?
३ – एन आर एन इटालीको सक्रियता त्यसै पनि सुस्त छ । पहिल्यै अप्ठारोमा परेको व्यक्तिले कसरि निकास देलान् ?
४ – अध्यक्ष पदमा स्वतन्त्र महिला उमेदवार उर्मिला थोकर बिजयी भ इन् भने यी राजनैतिक भात्रि संगठन सहयोग गर्न तयारी होलान् कि नहोलान् ?
५ – काम गर्न सक्षम छु भन्ने महिला अध्यक्ष उमेदवारले सहमतिको पानामा हस्ताक्षर गर्नुपर्ने यी राजनैतिक भातत्रि संगठनलाइ सहमतिमा ल्याउन सक्लिन् कि नसक्लिन् ?
६ – अन्तमा, इटाली निवासी एन आर एनहरुले अबको भावी नेत्रित्व कस्लाई बनाउला हेर्न बाँकी छ । हाम्रालाई भन्दापनि राम्रालाई प्रोत्साहन गरौ ! नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने ब्यक्ती छान्नुपर्ने दिन आएको छ । बिरोधका बाबजुत पनि एन आर एन इटालीको अधिवेशन सफल रहोस, शुभ कामना ।
No comments:
Post a Comment