नेपालप्लसमा राजनितिक गूटबन्दीको पर्दाफास भएपछि एन आर एन इटालीको अधिबेशन रद्द


महिन्दो वाईवा / मिलान, ईटाली

राजनैतीक सहमती, सहमती भित्रकोपनि असहमती, आआफ्नो समुहको गुटबन्दी, भनाभन, आरोप प्रत्यरोप र अन्तरिक बिवाद मिल्न नसक्दा एन आर एन इटालीको अधिवेशन अगस्ट २ मा नहुने भएको छ । त्यो राजनितिक गूटबन्दीको नेपालप्लसले यहि बिहिबार पर्दाफास गरिदिएपछि एन आर एन ईटालीको अधिबेशन अनिश्चित कालकालागि रोकिएको छ । अन्य पदहरुमा कुरा मिलीसकेतापनि अध्यक्ष पदमा कुरा मिल्न नसक्दा बिवाद उत्कर्षमा पुगेको थियो । नेपाली काङ्ग्रेसको भात्री सङ्गठन नेपाली जनसंपर्क समिती इटाली र नेकपा एमालेको भात्री सङ्गठन प्रवाशी नेपाली मन्च इटालीले ब्यवसायी क्षेत्र कुमार श्रेष्ठलाई र नेपाल मितेरी मन्च मिलानोले ब्यवसायी उर्मिला थोकरलाई अध्यक्षको रुपमा खडा गरेको थियो । उमेदवारी दर्ता गर्नु भन्दा पहिल्यै अध्यक्षको उमेदवारी घोषणा गरेका दिपेश रेग्मी राजनैतीक सहमती पछी ओझेलमा पर्न गए । फलस्वरुप उनले उमेदवारी दर्ता गर्न पाएनन् । राजनैतीक सहमतीको छायामा परेपछि पिसा निवासी दिपेश रेग्मी को पक्षमा पिसा समाज निर्वाचन बहिस्कार गर्ने निर्णयमा पुग्यो ।

यता वर्तमान एन आर एन इटालीका अध्यक्ष सञ्जय देव श्रेष्ठले सहमती नहुने हो भने मपनि फेरी अध्यक्षमा उमेदवारी दिन्छु भनेर सार्वजनिक अभिब्यक्ती दिईसकेका थिए । उनको चाहना थियो, सहमतीबाट दिपेश रेग्मिलाई अध्यक्षको रुपमा अगाडी ल्याउने । नेकपा एमाले समर्थित दिपेश रेग्मी र सञ्जय देव श्रेष्ठको योजना तब टुक्रियो जब प्रवाशी नेपाली मन्च इटाली र जनसंपर्क समिती इटालीका महासचिव द्वयद्वारा काङ्ग्रेस समर्थक क्षेत्र कुमार श्रेष्ठलाई उमेदवारमा खडा गरियो । उता पार्टिले सहयोग नगरेपछि पिसाबाट दिपेश रेग्मीको पक्षमा अधिवेशन बहिस्कारको घोषणा गरियो । आफ्नो इच्छाएको ब्यक्ती ओझेलमा परेको पिडाको बावजुद पनि सञ्जय देव श्रेष्ठले आई सि सि सदस्यमा उमेदवारी दर्ता गराए र निर्बिरोध भए । अनी वर्तमान अध्यक्ष श्रेष्ठ निर्वाचन समितीसँग कुनै सम्पर्क नगरि बेखबर गुमनाम भए । र आई सि सि सदस्यबाट उमेदवारी फिर्ता लिन पत्र तयारी गर्नतिर लागे ।

उनले लेखेको निबेदन हेर्नुस्

मिति २३ ,०७, श्री मान निर्बाचन संयोजक ज्यु एन.आर.एन., एन सी .सी. इटाली २०१५

बिषय – उमेद्वारी फिर्ता लिने सम्बन्धमा उपरोक्त सम्बन्धमा

म संजय देव श्रेष्ठले एन.आर.एन., एन.सी.सी.को चौथो महाधिबेशनले निर्माण गर्ने आगामी कार्य समितिको अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (आइ सी.सी.) पदमा दिएको मेरो उमेद्वारी आज बसेको नेपाली समाज भारेजेको निर्णय अनुसार मैले उक्त पदको लागि दिएको उमेद्वारी फिर्ता पाउ भनि यो निबेदन पेस गरेको छु ।

बोदार्थ : १ निर्वाचन उपसंयोजक मिलान

निवेदक : संजय देव श्रेष्ठ

……………………………………………..

उता अध्यक्षको उमेदवारीमा देखिएको बिवाद, राजनैतीक सहमती, जहाँ कार्यक्रम हुने भनिएको छ त्यहिकै समाजबाट अधिवेशन बहिस्कारको घोषणा र वर्तमान कार्य समितिको असहयोगका कारण प्राविधिक कारण देखाउदै निर्वाचन समितीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको सुचना जारी गरियो । उता रोममा रहेको राजनैतीक भात्री सङ्गठनका महासचिवहरुबिच भएको सहमतीमा स्वयं अध्यक्षहरु भने असहमत रहेछन् ।

जनसंपर्क समिती ईटालीका अध्यक्षको प्रेस बिज्ञप्ती हेर्नुस

प्रेस बिज्ञप्ति

NRNA Italy को हुन गैरहेको महाधिबेसन समबन्धमा नेपाली जनसम्पर्क समिति इटालीको सभापतिको हैसियतले सम्पूर्ण इटालीबासि नेपाली जनसमुदाय एबम सम्बन्धित सरोकारवालाहरुमा पर्न गएको द्विबिधा एबम हाल भैरहेका विभिन्न क्रियाकलापका सम्बन्धमा यस समितिका तर्फबाट औपचारिक स्पस्ट गर्नुपर्ने आबस्यक देखिएकाले यो बिज्ञप्ति जारी गरिएको जानकारी गर्दछु !

सर्बप्रथम NRNA Italy को महाधिबेशन सम्बन्धमा देखिएका गतिबिधि पूर्णतया कसैबाट नियोजित एबं षडयन्त्र पूर्ण तरिकाले गरिएको स्पस्ट नै छ । नेपाली जनसम्पर्क समिति इटाली र NDF Italy बीच भएको भनिएको कथित सहमति मेरो मौखिक एबम लिखित निर्देशनको धोर उलंघन गर्दै यस नेपाली जनसम्पर्क समिति इटालीका महामन्त्री दौलत कुमार साम्बा एबम NDF Italy का महासचिब (निर्बाचन संयोजक रोम NRNA ITALY ) युबराज अधिकारी बीच भएका कथित सहमति नितान्त गैरजिम्बेवार ठहर गर्दै कथित सहमति खारेज गरेको घोषणा गर्दछु । साथै आगामी दिनमा हुन गैरहेको NRNA Italy को महाधिबेशनमा जनसम्पर्क समिति इटालीको कुनै अन्य राजनैतिक भातृ सघ सस्थाहरु सँग कुनै प्रकारको गठबन्धन नहुने कुरा स्पस्ट पर्दछु !

जयनेपाल

रमेश राज लामिछाने

सभापति, नेपाली जनसम्पर्क समिति, इटाली

……………………………………………..

रह्यो भावी अध्यक्ष को हुने भन्ने अन्योल । उता क्षेत्र कुमार श्रेष्ठ निर्वाचन भएमा आफु बिजयी हुनेमा ढुक्क छन् भने यता उर्मिला थोकर पनि आफु बिजयी हुनेमा विश्वस्त छिन् । दुबै जना ब्यवसायी प्रिष्ठभूमिका उमेदवार चुनाबी मैदानमा उत्तिकै तगडा देखिन्छन् । नेपाली काङ्ग्रेसको भात्री सङ्गठन नेपाली जनसंपर्क समिती इटालीको पूर्ण समर्थन र नेकपा एमालेको महासचिवको आंशिक समर्थन मिलेको कारणले पनि बहुमत आउनेमा क्षेत्र कुमार श्रेष्ठ बलिया देखिन्छन् भने यता उर्मिला थोकर स्वतन्त्र महिला उमेदवार भनेपनि काङ्ग्रेसी प्रिष्ठभूमिका हुन् । त्यसैले पनि काङ्ग्रेसी जनको भोट बाँढिने पक्का छ । जुन उमेदवार बिजयी भ पनि काङ्ग्रेसी बिजयी हुने हुन् भन्ने पिरलो यता असन्तुस्ट एमाले समर्थितहरुलाई छ । त्यसैले पनि मर्नु भन्दा बहुलाउनु निको भन्ने मनस्थितिमा पुगेको असतुष्ट एमाले समर्थितहरु जसरी हुन्छ यो अधिवेशन भाड्न सकृय भएको आरोप लागेको छ । एन आर एन इटालीको अधिवेशनको भित्री छलफल, सहमती, सहकार्य कहाँ के हुँदै छ सम्बन्धित निकायलाई नै थाहा होला । तर सतहमा देखिएको वास्तबिकता भने यही हो ।

कतै कोठे बैठक, कतै कोठे नेता त कतै बिधान भन्दा बाहिर रहेर राजनैतिक सहमती गरी एन आर एनमा हाली मुहाली गरौला भन्नेहरु यसपाली एन आर एन इटालीको नेत्रित्व लिन असफल भए । राजनैतीक खेल, एक आपसमा गुटबन्दी, राम्रा भन्दा पनि हाम्रा नेत्रित्व चाहिने मनोब्रिती, कुशल नेत्रित्वको कमीले गर्दा एन आर एन इटालीको निर्वाचन स्थगित भएको हो । एन आर एन इटालीले एक जना कुशल नेत्रित्व पनि छान्न सकेन भन्न नमज्जा यहाँ मानिरहेका छन् । अधिवेशन किन स्थगित भयो ? के कारणले स्थगित भयो ? कस्का कारणले स्थगित भयो ? आउँदा दिनमा सम्बन्धित निकाएले लेखा जोखा गर्ला नै ! निर्वाचनमा भाग लिन भनेर उत्सबनै आएजसरी बाढिएको सदस्यताको के अर्थ ? एन आर एनका सदस्यहरुलाई यसको जवाफ कसले दिने ? आयु सकिन लागेको बर्तमान कार्यसमिती कहाँ लुकेर बसेको छ ? यसमा निर्वाचन समिती भन्दा पनि वर्तमान कार्यसमितीका खेलाडीहरु जिम्मेवार देखिन्छन् ।

No comments:

Post a Comment