जब म तिम्रो समुहको गन्थन सुन्न थाल्छु , म मा रहेको उर्जा क्रमस सकिदै जान्छ l लाग्छ तिम्रा समुहका कुराहरु बर्षौ भैसकेका थोत्रा बाकसको बर्णन गरेर समय खेर गएको जस्तो l ओइलाएको कर्कलाको बिषयमा बहस गरे जस्तो l उर्जा प्रवाह गर्नुपर्ने र उर्जा निर्वाण गर्नुपर्ने यो मेरो समय बर्थ हुदै छ जुन मेरो अहित सिवाय केहि होइन l
जाबो यत्ती कामले पनि घाइते
उ बेला अहिलेका एन आर एन अध्यक्ष शेष घले पनि भाँडा माझ्थे रे। उहाको अनुभव त सुन्न पाइयन । लौ मेरो भय पनि
# साबुन पानीले पनि यो ज्यानलाई यती बिध्न असर गर्छ भन्ने मलाई थाहा थियन । बिदेशको बसाइ अनी केही पैसा कमाइ हालिन्छ कि भनी बिदेशीयको केटो। बिदेसमा कहाँ पैसाको बोट हुदो रहेछ र ! पैसा त खोतलेर पो निकाल्नु पर्ने रहेछ , अहिले पो बुझ्दै छु । म अहिले युरोप को इटाली भन्ने देशमा छु । युरोप पुगेपछी युरो कमाउने सपनामा १०\१२ लाख खर्चिन तयार हुन्छन हाम्रा नेपाली दाजु भाईहरु । तर अहिले युरोपमा काम नपाएर धेरैको बिजोग भएको मैले देखेको छु । कयौ साथीहरु बिना कागज पत्र यतिकै बस्दै छन कागज पाउने आशामा । यहाँ डकुमेण्ट नहुनेलाई काम नै लगाउदैन । काम नभएसी खान बस्न समस्या हुन्छ । यता छिर्न लियको रिण को ब्याज दोब्बर हुन लाग्दै छ तर यहाँ काम कुरो मिल्दैन । एसरी डकुमेण्ट बनाउने प्रकृयामा ३० औ लाख सिध्यै सकेका साथीहरु यहाँ धेरै छन
बिदेशी ब्यथा ।
७ दिन, दैनिक १२ घण्टा ।
छिकेकी देशका भइयहरु सँग ।
इटालीमा छु जस्तै लागेन ।
रोजगारी खोज्ने क्रममा भारतको कुनै कुनाका पुगे जस्तो।
उही बोली, उही ब्यवहार । देशैले सिकाएका जस्ता ।
कम पारीश्रमिक धेरै काम ।
तर नेपाली म । आम नेपालीले जस्तै ।
किनकी खाना भन्दा त भोक मिठो हो नि ।
इटालीमा छु जस्तै लागेन ।
रोजगारी खोज्ने क्रममा भारतको कुनै कुनाका पुगे जस्तो।
उही बोली, उही ब्यवहार । देशैले सिकाएका जस्ता ।
कम पारीश्रमिक धेरै काम ।
तर नेपाली म । आम नेपालीले जस्तै ।
किनकी खाना भन्दा त भोक मिठो हो नि ।
ईटालीको मिलानमा अन्तर्राष्ट्रिय मेला, नेपालको छुट्टै आकर्षण
ईटालीको मिलान शहरमा बर्षेनी लाग्छ, फाईरा मिलानो भन्ने भब्य कोटीको ब्यापारिक मेला । यो वर्षपनि फैरा मिलानो-२०१३ नोभेम्बर ३० देखी शुरु भैसकेको छ । यो डिसेम्बर ८ सम्म रहने छ । मेलामा नेपाल लगायत सयौ देशले भाग लिएका छन । नेपालीलेनै करिब ४५ वटा स्टल राखेका छन् । बिशेस गरेर हस्त कलाका समानहरु यहाँ आकर्षणको रुपमा रहेको छ । (बाँकि तस्विरहरु भित्र गएर हेर्नुस्) ……….
जिन्दगीको खेल
बिदेशीयका धेरै नेपालीको कथा ब्यथा धेरै नै पढेको थिय । कोही बिधार्थी भिसा मा बिदेशिन्छन, कोही कामदार भिसामा बिदेशिन्छन, कोही परिवारिक मिलन भिसामा बिदेशिन्छन, कोही कार्यक्रम भिसामा । जो जसरी बिदेशीय पनि सबैको एउटै लक्ष्य पैसा कमाउनु र सुन्दर भविस्यको कल्पनामा राम्नु हो । यो पेरिफेरिमा नै बिदेशी जीवन बर्षौ बितिदिन्छ । सबैको भबिश्य सुखद हुन्छ भन्ने ग्यरेन्टी हुँदैन, छैन । यो बिचको दुरिमा कोही सम्पन्न बन्छन, त को दरिद्र । कोही सप्रिन्छन त कोही बिर्ग्रन्छन । कोही सफल हुन्छन त कोही बर्वाद हुन्छन । हाल म जिन्दगीको यही खेल खेल्दै छु
बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो रहेछ
नेपालमा दसैं उत्सब चलिरहदा यती खेर म यूरोपको कुनै कुनामा दसैंको रमझम, भेटघाट अनी भलाकुसारीमा छु । आफ्नै देशमा रहदा त्यो लामो बिदाको समय, साथी भाई सँगको भेटघाट, रमाइला कार्यक्रमहरुमा भाग लियको यादहरु लाई निरन्तरता दिनकोलागी पनि हामी यहाँ नेपालीहरु जम्मा भयका छौ । साथीहरु जम्मा भय गफगाफ रमाइलो, खानपिन, अनी हिन्दू धर्मवलम्बी साथीहरु टिका जमरा लागाउछन अन्यलाई कर छैन । बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो
यूरोपमा कमाइ काहानी
तपाईंलाई लाग्दो हो र मलाई पनि लागेको थ्यो यूरोपमा कमाइ राम्रो छ । बस्तबिकता एस्तो छ -
म महिनाको १ हजार युरो बुझ्छु अर्थात अहिले नेपाली रुपैया १ लाख ३५ हजार ।
कोठा भाडा कम्तिमा - ५०० €
खान कम्तिमा - २०० €
बिद्युत र ग्यास - १०० €
गाडी भाडा - ३५ €
मोबाइलमा - २० €
पकेटमनी कम्तिमा - ५० €
जम्मा खर्च - ९०५ €
महिनाको बचत = ९५€
त्यो पनि कहिले साथी भाई भेटघाट त कहिले औषधीमुलो गर्दैमा ठीक्क ।
लोभि कन्जुस नै बनेर बाचायो भने त्यही ८, १० हजार नेपाली बच्दो रहेछ ।
कथा काहानी एस्तो छ । १२, १५ लाख लगानी गरेर काम छैन साथी यूरोपमा । त्यो पनि काम पायो भने । काम पाएन भने एस्तो हिसाब गरेर दिन बिताउने हो। बुझ्नेलाई सुनको माला , पढ्नेलाई फुलको माला ।
कोठा भाडा कम्तिमा - ५०० €
खान कम्तिमा - २०० €
बिद्युत र ग्यास - १०० €
गाडी भाडा - ३५ €
मोबाइलमा - २० €
पकेटमनी कम्तिमा - ५० €
जम्मा खर्च - ९०५ €
महिनाको बचत = ९५€
त्यो पनि कहिले साथी भाई भेटघाट त कहिले औषधीमुलो गर्दैमा ठीक्क ।
लोभि कन्जुस नै बनेर बाचायो भने त्यही ८, १० हजार नेपाली बच्दो रहेछ ।
कथा काहानी एस्तो छ । १२, १५ लाख लगानी गरेर काम छैन साथी यूरोपमा । त्यो पनि काम पायो भने । काम पाएन भने एस्तो हिसाब गरेर दिन बिताउने हो। बुझ्नेलाई सुनको माला , पढ्नेलाई फुलको माला ।
इटलीको मिलान शहरमा बडा दसैं २०७० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
असोज २९/मिलान
नेपालीहरुको महान चाड बडा दशैं २०७० को अवसरमा आइतबार बिदाको दिन पारी इटलिको मिलान शहरमा भब्य सन्स्क्रितीक कार्यक्रमको आयोजना गरी मनाइयको छ । नेपालीहरु लाई एउटै छातामुनी गोलबद्द गराउनको लागि स्थापना गरियको नेपाल मितेरी मञ्च, मिलानो, इटलीको आयोजना र व्यासथापन अनी एन आर एन इटलिको सङ्योजनमा भएको कार्यक्रम नेपाल मितेरी मञ्चका अध्यक्ष श्री मुकुन्द पौड्यालको सभापतित्वमा भएको थियो । कार्यक्रममा एन आर एन इटलिका सस्थापक सदस्य डा भिम बहादुर बामको प्रमुख आतिथ्यता रहेको थियो भने एन आर एन इटलिका अध्यक्ष सञ्जय देव श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा मिलान शहर लगायत अन्य शहरहरुमा बसोबास गर्ने नेपालीहरुको पनि उल्यख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ब्यक्तीहरुलाई प्रमुख अतिथी डा भिम बहादुर बामले टिका तथा जमरा लगाइ दियका थिय । बिभिन्न नाच गान, रोचक खेल अनी दसैं सम्बन्धी गजल, कबिता र मुक्तकले कार्यक्रमलाई अझै रमाइलो र नेपालको सम्झना गराइयको थियो । नेपालमा दसैं उत्सब भब्य रुपमा मनाइरहेका बेला आफ्नो देशको सम्झना र रितिरिवाजको परम्परा जोगाउन ब्यस्त समयको बाबजुद पनि यसरी नेपालीहरु परदेशमा भेटघाट गर्ने गर्छन । सातसमुन्द्र पारी पर्देशमा रहेका नेपालीहरुलाई नेपालको चाडबाड भेटघाट गर्ने बाहाना बनिदिन्छ । कार्यक्रममा प्रमुख अतिथी डा बाम , एन आर एन इटलीका अध्यक्ष सञ्जय देव श्रेष्ठ , नेपाल मितेरी मन्च, मिलानका सल्लाहकारहरु क्रिष्ण न्यौपाने, बिशाल तामाङ लगायतले शुभ कामना दिदै आगामी दिनहरुमा पनि यस्तै भेटघाट हुन सकोस भन्ने भनाइ राखेका थिय ।
मुक्तक
नटुङ्गीने यात्रामा छु खेल जिन्दगीको
सबै यात्री सङ्गी नहुने मेल जिन्दगीको
कहिले सम्भावनाको खात त कहिले चुनौतिको
यस्तै रहेछ बाढी अनी भेल जिन्दगीको।
अक्टुबर २२
पर्देशमा रहेपनी भाषा भुल्ने छैन
तिमीले साचेको त्यो आशा भुल्ने छैन
याद आउछ तिनै पलहरु अनी दिनहरु
त्यो गाउघर र आफन्तजन खासा भुल्ने छैन ।
सबै यात्री सङ्गी नहुने मेल जिन्दगीको
कहिले सम्भावनाको खात त कहिले चुनौतिको
यस्तै रहेछ बाढी अनी भेल जिन्दगीको।
अक्टुबर २२
पर्देशमा रहेपनी भाषा भुल्ने छैन
तिमीले साचेको त्यो आशा भुल्ने छैन
याद आउछ तिनै पलहरु अनी दिनहरु
त्यो गाउघर र आफन्तजन खासा भुल्ने छैन ।
विदेशी भूमि
केही नेपालीको लागि विदेशी भूमि रहर होला। तर अधिकांश नेपालीको लागि यो एउटा बाध्यता हो। उचित रोजगार र अवसर को खोजीमा विदेश आउने नेपालीको पछाडि उसको पारिवारिक विछोड र सामाजिक शून्यता साथै हुन्छ। त्यसमाथि आर्थिक रुप मा नि ऊ पिरोलिएको हुन्छ। अधिकांश नेपाली खोजेको र ऋण लिएको पैसामा विदेश गएका हुन्छन् । त्यस बाहेक पनि नयाँ वातावरण, भाषा ,संस्कृति, व्यस्त जीवन जस्ता समस्या उनीहरुको जीवनमा एकै पटक आइपर्छ। विदेशको जीवन आफूले सोचे जस्तो हुँदैन। आफूले सोचे जस्तो र विदेशको जीवनमा मेल नखाँदा नैरास्य बढेर जान्छ। यसका कारण उनीहरुमा तनाव ,चिन्ता, अनिद्रा, अरुचि, पाचन समस्या जस्ता समस्याको सुरुवात हुन्छ। जुन समस्या लामो समय सम्म रहँदा उनीहरुमा विभिन्न मानसिक समस्याको सुरुवात हुन्छ।
यूरोप सपना
जो कसैको पनि सपनाको संसार हुने गर्छ यूरोप । यूरोप पुग्न लाखौं रुपैया तिर्न तयार हुन्छन जो कोही पनि । नेपालको हरेक समाज अहिले बिदेश बाट आउने रेमिट्यान्सले झिलीमिली छ । शहर बजार ब्यस्त बनेका छन , धेरै परिवारको अर्थिक अवस्था उकासिएको छ । धेरै को परिवारले मकै र कोदोको धिडो खान छाडेका छन , घण्टौ लगाएर दाउराको भारी बोक्नु परेको छैन एक क्लिकको भरमा खान पाकेको छ । बच्चाको उज्यल भबिस्यको कल्पनामा धेरै आमाहरु शहर बजार झरेका छन । अझै भन्नु पर्दा सजिलै सँग खाडी मुलुक जानु भन्दा पनि दलालको हातमा लाखौं रुपैया सुम्पेर यूरोप जान भाग्य मानी ठान्छन । यूरोपको देश मध्य इटाली पनि एक हो । यहाँ बेनी, बाग्लुङ, धादिङ, गोर्खा, झापा, काठमाण्डौ, ईलाम, इटहरी, धरान, पोखरा, काभ्रे आदी घर भएका नेपालीहरु छन । करिब हजारको हाराहारिमा नेपालीहरु यहाँ भएको मैले सुनेको छु । मिलान शहरमा मात्र २०० को सङ्ख्यामा रहेका छन ।
Subscribe to:
Posts (Atom)