बुडी र इन्टर्नेट महत्व पूर्ण बिषय भएर आए मेरो जीवनमा । ईन्टरनेट यती महत्व पूर्ण त नहोला, यो त एउटा आवस्यकता न हो, चहिएको समयमा प्रयोग गरेत भाईगो भन्न सकिन्छ । तर मेरो जीवनमा यो अर्थ राख्दैन । यदी मेरी बुडी नभैदिएको भए मलाई एस्को के काम , काम हुँदा आफ्नो काम गर्यो, फुर्सद भये एक दुई वटा मेल पठायो , एसो एकै छिन सामाजिक सन्जाल तिर मन डुलायो , यती न हो ।
तर यतीमा मात्रा सिमित रहेन मेरो जीवनमा । मलाई दिनको साझा पख एक समय ईन्टरनेटमा बस्नै पर्ने भयो । अझ मिल्छ भने भिडियो नै खोल्नु पर्ने भयो । करण मलाई दिनको एक पल बुढीको अनुहार त उनको त्यो मधुर स्वर सुन्नु थियो । न सुनेको दिन म रातभर राम्ररी निदाउन नै सक्दिन । सधैं के कुरा गर्नु भन्नु होला ? तर बुढा बुढी बिच के बिषय चाहियोर । भावना , सामिप्यता , माया , आत्मियाता बस एती न हो । त्यसैले आज भोली मेरा लागी बुढी भन्नु नै ईन्टरनेट भएको छ । ईन्टरनेटको शाहाराले नै मैले बुढी सँग भेट गर्न पएको छु । कहिले कही ईन्टरनेटले धोका दिने गर्छ । त्यो बेला म निसब्द हुन्छ , जागर चल्दैन , कत्ता कत्ता के न भये झै हुन्छ । म सँग आज मेरो बुढी रिसाई झै लाग्छ । म कल्पना थाल्छु - न मेरो साथमा बुढी छ न ईन्टरनेट, अनी म एकोहोरो उनै लाई सम्झीरहन्छु । नितान्त एक्लौ ।
जिन्दगिमा श्रीमती कत्तिको महत्व पूर्ण छ त्यो एक बिवाहित पुरुषले अवस्य अनुभव गरेको हुन्छ । जिन्दगीका २०-२५ बसन्त पार गरेपछि जिन्दगी मा एउटा छुटै ईच्छा आकङ्क्षाहरु हुन्छन । मनमा धेरै भावनाहरु उब्जेका हुन्छन । तिनै इच्क्षा आकङ्क्षा र भावना पोख्ने माध्याम अन्तत जिन्दगिमा श्रीमती घरमा भित्रिन्छ । श्रीमती जो जिन्दगीका हरेक पलहरुमा सुख दु:खमा साथ दिई अैरहेको हुन्छ । एक मन र भावना श्रीमतीको प्रप्ती सँगै दुई मन हुन्छन ।
No comments:
Post a Comment