जिवनमा


1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
8) अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन 

पानीमा तैरिएको सुन्दर सहर भेनिस



इटलीको नाम सुन्नेबित्तिकै मानिसको मनमा त्यहाँका प्रसिद्ध कुराहरू आउँछन् । पोपको भेटिकन सहर, मिलानको चर्चित अन्तर्राष्ट्रिय फेसन मेला, पिसाको झुकेको धरहरा, माइकल एन्जेलोका कलाकृति आदि इटलीलाई विश्वसामु चिनाउने धरोहर हुन् ।

इटलीको रोम, फ्लोरेन्स, मिलान, जेनेभा, पिसा, वेनिस आदि सहरलाई प्राचीन कला, संस्कृति एवं ज्ञान-विज्ञानको ज्वलन्त उदाहरण मानिन्छ । त्यहाँका प्रत्येक सहरका गल्लीमा देख्न पाइने आकर्षक प्रतिमा तथा प्राचीन सभ्यताका नमुनाहरूले इटलीको गौरव उँचो तुल्याएका छन् । इटलीका सहरहरू आफैमा म्युजियमजस्ता देखिन्छन् ।

म , बुढी अनी इन्टर्नेट


बुडी र इन्टर्नेट महत्व पूर्ण बिषय भएर आए मेरो जीवनमा । ईन्टरनेट यती महत्व पूर्ण त नहोला, यो त एउटा आवस्यकता न हो, चहिएको समयमा प्रयोग गरेत भाईगो भन्न सकिन्छ । तर मेरो जीवनमा यो अर्थ राख्दैन । यदी मेरी बुडी नभैदिएको भए मलाई एस्को के काम , काम हुँदा आफ्नो काम गर्‍यो, फुर्सद भये एक दुई वटा मेल पठायो , एसो एकै छिन सामाजिक सन्जाल तिर मन डुलायो , यती न हो ।

एक मच्छडको आत्मकथा

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काखीमा च्यापेँ।

आत्मकथा

पल्लो घर को आइमाई
जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका
बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो
मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ
...

कथाः बूढीकन्या


आज किन मलिन मिनु ?

डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्।

‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो।

किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न तेर्साए।

मिनु अक्क न बक्क परेर टेबलमा केही सोचेजस्तै गरी बसिरहेकी थिइन्। ‘त्यस्तो केही पनि भा’ छैन सर, मेरो पर्सनल प्रोब्लम हो ।
ए! भन्न मिल्ने भए ………

भान्का

 (अनुवादित कथा)
- एन्तोन चेखब
अनुवादक : अनिल अल्पविराम

भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नजाउञ्जेल ऊ पर्खिरह्यो, उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल मसी, खिया लागिसकेको नीब भएको कलम र कच्याककुचुक भएर खुजमुजिएको कागज भुइँमा उसका सामुन्ने फिँजाएर लेख्न सुरु गर्यो । पहिलो अक्षरको श्रीगणेश गर्नुपूर्व उसले कैंयन पटक त्रसित भएर झ्याल र ढोकातर्फ नजर दौडायो, कुनै आकृतिले उसलाई लुकेर हेरेको छ भन्ने कुरामा बडो डर मानिरहेको थियो अनि डरले गर्दा ऊ लामो श्वास फेरिरहेको थियो । कागज बेन्चमा राखेर ऊ घुँडा दोबारेर चिठी लेख्दै थियो ।