गजल

सफलता को शिखर चुम्दा ताली पाए मैले
प्रयासहरु बिफल हुँदा गाली पाए मैले

जीन्दगीका मोडहरुमा पाइला चाल्दै जाँदा
फरक संगत गर्दाखेरी जाली पाए मैले

हिजो आज यत्र-तत्र धोका मिल्ने गर्छ
जिन्दगीको रक्षा गर्ने माली पाए मैले


भाग्यमा नै रहेछ क्यारे भैंसी किन्दा पाडो सित्तै
चुल्बुले बानी भाकी साली पाए मैले

चोखो माया दिन्छिन उनी टाढा हुँदा पनि
सात समुन्द्र पारी जाने  नानी पाए मैले ।
2068 पौष

No comments:

Post a Comment