NRNA बेल्जियम द्वारा बेल्जियम सरकारलाई आर्थिक सहयोग हस्तान्तरण

 गत जुलाई २४ मा बेल्जियमको वालोनी क्षेत्रमा आएको बढीले यहाँको जनधनमा निकै क्षती पुर्यायो । बेल्जियममा ३६ जना भन्दा बढीको मृत्यु भएको भिन्न समाचारमा उल्लेख छ । बाढीमा परी सयौं घर भत्किएका छन् भने हजारौं विस्थापित भएको छ । यहाँको बाढीबाट पिडीतहरुको लागी मानवीय सहयोग गर्ने उद्देश्यले बेल्जियम सरकारले नागरिकहरु समक्ष यहॉंको रेडक्रस मार्फत सहयोग गर्न आग्रह गरेको थियो । आफु बसेको देशलाई आपत पर्दा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले गैर आवासिय नेपाली संघ बेल्जियमले पनि आफ्नो कर्म भुमीलाई आपत परेको बेला सबै नेपालीले सहयोग गरौ, यो एउटा सहयोग गर्ने अवसर पनि हो भन्दै सहयोग अभियान संचालन गर्यो । NRNA बेल्जियमले संचालन गरेको यो अभियानमा धेरै थोरै जती सकिन्छ ? नेपालीहरुको तर्फ बाट पनि श्वास्फुर्त रुपमा सहयोग आउन थाल्यो । nrna बेल्जियमले यसरी संकलन गरेको २५ सय युरो एक कार्यक्रमको आयोजना गरी लुभेन महानगरपालिकाका मेयर मोहम्मद रिडवानी मार्फत यहाँको रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।


No comments:

Post a Comment